Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मञ्च–रंगमञ्च : मुक्त आकाशीय मञ्चन

  • शुक्रबार ४ पुष, २०७१
  • राजेन्द्र रिमाल
  • Be the first to comment!
(0 votes)
नेपालमा २०३६ सालमा सर्वनामले सर्वप्रथम राजनीतिक आन्दोलनका रूपमा सडक नाटक सुरु गरेको मानिन्छ। सडक नाटकको नामबाट गरिएको त्यो पहिलो नाटक भए पनि नेपालमा मल्लकालदेखि नै मुक्त आकाशीय मञ्चनहरू हुने गरेका थिए। यो परम्परा आज पनि काठमाडौँका डबलीहरूमा देख्न पाइन्छ।
nepali-patro-may
सर्वनामका अशेष मल्लले सडक नाटकलाई एउटा निश्चित उद्देश्यका साथ आम जनतामा राजनीतिक चेतना जगाउन र राज्यलाई दबाब दिन नाटकको यो शैलीलाई व्यवस्थाको विपक्षमा उपयोग गरेका थिए। त्यहाँदेखि यहाँसम्म आइपुग्दा सडक नाटकलाई विभिन्न अन्तर्राष्ट्रिय दातृसंस्थाको सहयोगमा गैरसरकारी संस्थाहरूले विभिन्न सन्देश आम मानिसमा पुर्‍याउन उपयोग गर्दै आइरहेका छन्। यद्यपि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास संस्थाले सडक नाटकलाई बढी 'विकासे' बनाएको आरोप पनि लाग्दै आएको छ। रंगकर्मीहरू पनि त्यो विकासे कर्मको हिस्सा बन्दै आइरहेका छन्।
अहिले सडक नाटकमा विभिन्न प्रयोग हुँदै यसलाई बढीभन्दा बढी र सिर्जनात्मक सदुपयोग गर्दै नयाँ–नयाँ शैलीहरूको पनि उपयोग हुँदै आएको छ। पछिल्लो समय नेपालमा कचहरी नाटक तथा कानुनी नाटकको पनि प्रयोग हुँदै आइरहेको छ। यसलाई सडक नाटकको विकसित र पछिल्लो अवस्थाको रूपमा पनि चित्रण गर्ने गरिएको छ। नेपालमा सुनील पोखरेलको अगुवाइमा परिचित कचहरी नाटक विकासे संस्थाहरूमा अलि प्रभावकारी हुँदै गइरहेको छ।
नेपालमा सडक नाटक नभनेर मुक्त आकाशीय मञ्चन नै भनेर पहिलो पटक अनामले धरानमा नाटक मञ्चन गरेको थियो। प्रकाश सायमीको निर्देशनमा २०४५ सालमा गरिएको सो नाटकको नाम 'निजी आँखाहरू' थियो। सैद्धान्तिक रूपमै मुक्त आकाशीय मञ्चन भनेर गरिएको सो नाटक नै पूर्वाञ्चलको पहिलो मुक्त आकाशीय नाटक थियो। यद्यपि रंगमञ्चको अभावमा वा अन्य कुनै उद्देश्यले खुला रूपमा नाटक वा अन्य मञ्चीय गतिविधि नभएका भने होइनन्।
केही वर्षअगाडि मञ्चमुक्त नाटकको रूपमा 'यात्रापथ' नामक शैलीको परिचय गराएका थिए, भारतका प्रोविर गुहाले। संसारका विभिन्न रंगकर्मीले यस्ता धेरै पृथक् शैलीका नाटकको प्रस्तुतीकरण विभिन्न कालखण्डमा गरिरहेका छन्। काठमाडौँका विभिन्न दरबार र अन्य स्थानमा डबलीको विकास भएको पाइन्छ। काठमाडौँबाहिर पनि विभिन्न शहरमा डबलीको अस्तित्व पाइन्छ। अर्थात्, ती स्थानमा ऊ बेलैदेखि रंगमञ्चीय गतिविधि हुने गरेका थिए भन्ने त्यसले पुष्टि गर्छ।
पछि त केही साथीले यसलाई अर्को नाम पनि दिए– धुले नाटक। त्यसैमा थपेर केहीले अझ क्रान्तिकारी बनाए– जनधुले नाटक। जे नाम दिए पनि ती मुक्त आकाशीय मञ्चनका विविध स्वरूप थिए। विभिन्न स्वरूपमा विकसित हुँदै आए पनि प्रस्तुतीकरणमा केही साझा कुरा तिनमा अन्तर्निहित थिए। स्वतन्त्र मञ्च यसको मुख्य विशेषता हो भने चौतर्फी दर्शक हुनु यसको अर्को विशेषता हो। यसले कलाकारलाई सहज पनि बनाएको छ भने कतिपय कलाकारलाई अप्ठेरो पनि बनाएको छ। कलाकारले परम्परागत मञ्चको नियमलाई मान्दै नाटकमा समाहित हुनुपर्ने कुरा कतिलाई सहज लाग्छ भने कतिपय कलाकार वरिपरि रहेका दर्शकका बीचमा वरिपरि नै अभिनय गर्नु असहज महसुस गर्छन्। सडक नाटकमा पनि ती सबै गर्न सकिन्छ जुन मञ्चमा गर्न सकिन्छ। रंगमञ्चको त्यही प्रस्तुतीकरणलाई मितव्ययी रूपमा सडक नाटकमा प्रस्तुत गर्न सकिन्छ।

Leave a comment

छ महिनापछि बाहिर

छ महिनापछि बाहिर

पप गायिका साकिरालाई हिजोआज सार्वजनिक ठाउँमा बिरलै देख्न पाइन्छ किनकि अहिले उनी छ महिनाकी सुत्केरी छिन् र शिशुको स्याहारसुसारमा दत्तचित्त छिन्। हालै छुट्टी मनाउन हवाई पुगेकी थिइन् उनी, जहाँ उनका...

ढलेको धरहरामा चार घण्टा

शनिवार मध्याह्न सुन्धारास्थित कार्यकक्षमा दाइ विनोदविक्रम केसीसँग गफ मारिरहेका बेला ७ दशमलव ६ रेक्टर स्केलको झट्का लाग्यो। सुरुमा त रिंगटा लागेको अनुभूत भयो। तर, दाइले 'भुइँचालो' भनेर जुरुक्क उठेपछि म...

व्यङ्ग्य : राजनीतिक उपचार

सभासद् संस्थागत जनजाति अचेत भएर ढल्नुभयो। बोल्दाबोल्दै मानिस एक्कासि ढल्नु गम्भीर विषय थियो। डेरा अगाडिको रासनपसलेसँग कुरा गर्दागर्दै उहाँ ढल्नुभएको थियो। पसले कहालियो। वरिपरिका मानिस छिनमै जम्मा भए। जो मानिस...

कति पढ्ने, के दिने?

कति पढ्ने, के दिने?

भारतको एक दैनिक पत्रिका 'टाइम्स अफ इन्डिया'ले केही वर्षअघि आफ्नो मुम्बई संस्करणका लागि केही पत्रकारको विज्ञापन गर्योक। पाँचजनाका लागि गरिएको सो विज्ञापनमा कैयौँ युवायुवतीले दर्खास्त दिए र लिखित र अन्तर्वार्ताबाट...

शुक्रबार सम्पादकीय : गयल हुने गल्ती

संविधानका विवादित विषयमा सहमति जुटाउन भएका भनिएका 'घनीभूत' छलफलको स्तर र हैसियतमाथि नै प्रश्न उठ्नेगरी प्रमुख दलहरूको बीचमा धु्रवीकरण सुरु भएको छ। संविधानका विवादित विषयमा सहमति जुटाउन भगीरथ प्रयत्न गरिरहेको...

व्यङ्ग्य : बग्गी

थापा काजीको बग्गीले सर्वत्र चर्चा पायो। व्यस्त सहरहरूमा दौडिएको बग्गी चर्चित हुनु पनि स्वाभाविक हो। बग्गी जस्तो होस् वा त्यो दौडनुको अभिप्राय जेसुकै होस्, यसको लेखाजोखा गर्न हामी 'राष्ट्रभक्त'हरूलाई फुर्सद...

तिमी उता, म यता

भ्यालेनटाइन्स डेको रमाइलोले नछोएको कोही छैन होला। सबैलाई प्रणय दिवसले छोएको छ। माया गर्न कुनै दिन वा साइत चाहिँदैन भन्नेहरू पनि आजभोलि भ्यालेन्टाइन्स डेमा रमाउन थालेका छन्। सँगै बस्ने युवा...

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

सेक्स के हो?प्रकृतिको वरदान हो। यो सबैलाई चाहिन्छ।प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?प्रेममा सेक्सको आफ्नै स्थान  हुन्छ। सेक्सले  आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।बिहेपूर्वको सेक्स कति उचित...