Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

घडीका डाक्टर

(0 votes)
घडीका डाक्टर
एकजना पाको मान्छे एकाग्र भएर हाते घडी मर्मत गर्दैछन्। झिँगाको टाउकोभन्दा मसिना किलाले जेलिएको घडीका पाटपुर्जा खोतलखातल पार्दैछन् उनी। सानो सटरभित्र कोचिएको खाटमा पलेँटी कसेर काम गरिरहेका उनलाई छेउमै उभिएका ग्राहक घाँटी तन्काएर नियाल्दै छन्। केही बेरपछि घडी चल्न थाल्छ। अघिको एकाग्रता तोड्दै उनी मुसुक्क हाँसेर घडी बनेको संकेत गर्छन्। 'बूढालाई मान्नैपर्छ' भन्दै ग्राहकहरू कुनै बार्गेनिङ नगरी पैसा तिरेर बाटो लाग्छन्।
nepali-patro-may
काठमाडौँ, ताहाचलका ७२ वर्षीय लक्ष्मण शाक्य हुन् उनी। धरहराको पश्चिमतिर रहेको उनको कर्मथलो धेरै पुरानो हो भन्ने कुरा भित्ते घडीहरूले पनि बताउँछन्। उमेरले आठ पुगेपछि घडी बनाउन थालेको बताउने उनी आफ्नो चार पुस्ताले यही पेशा अपनाएको बताउँछन्। 'मेरा बाउबाजेले पनि यही काम गरे। म र मेरा छोराहरूले पनि यही काम गरेर बाँचिरहेका छौँ,' उनले भने। चार भाइमध्ये कान्छा हुन् उनी। उनका जुम्ल्याहा दाइ राम पनि घडी मर्मतकै काम गर्छन्। 'मेरा तीनटा छोराले पनि छुट्टाछुट्टै पसल थापेर यही काम गर्छन्,' आफूले जेठो र माइलो छोरालाई काम सिकाएको बताउँदै उनले कान्छो छोराले भने दाइहरूबाट सिकेको बताए।
'मेरा बुबाले चन्द्रशमशेरदेखि मोहनशमशेरसम्मको घडी बनाइदिनुभयो,' उनी भन्छन्, 'मैले राजा वीरेन्द्र र उहाँका परिवारको घडी बनाइदिएँ।' बिग्रेका घडीहरूसँग खेल्दै यहाँसम्म आइपुगेका उनी यस पेशालाई पुर्खाको नासो भन्छन्। यो उमेरसम्म उनी खाली आँखाले पनि घडी बनाउन सक्छन्। 'कहिलेकाहीँ गाह्रो भयो भने चस्मा लाउँछु। धेरै साना पार्टपुर्जा बाक्लो लेन्सबाट हेर्छु,' उनले भने, 'मलाई कतिपयले त घडीका डाक्टर भन्ने गरेका छन्।' सम्पन्न परिवारमा जन्मे पनि पारिवारिक विखण्डनले काम नगरी हात जोर्न मुश्किल पर्ने बनाएको उनको बुझाइ छ। उमेरले उकालो लाग्दै गर्दा छोराहरूले गरेको उपेक्षाले आफूलाई पीडा दिएको उनको दुखेसो छ। आधा घण्टाको फरकमा जन्मेका दाइसँग पनि सम्बन्ध अमिलो भएकोमा खिन्न छन् उनी। 'अचेल त दाइसँग बोलचालै छैन,' उनी दुःखी छन्, 'एउटै थालमा खान्थ्यौँ पहिला। नङ र मासुजस्ता।' जुम्ल्याहा दाजुभाइ दुरुस्तै थिए। उनको रमाइलो अनुभव छ, 'दाइको ससुराली जाँदा साह्रै गाह्रो पथ्र्यो। मैलाई ज्वाइँ भन्ठानेर हैरान। एकपटक त भाउजूले मलाई दाइ सम्झेर ढोग पनि गर्नुभाछ।' दाइका साथीहरूले आफूलाई दाइ ठानेर अँगालो मारेको अनुभव पनि छ उनीसँग।
सटरको चार हजार रुपैयाँ भाडा तिर्नुपर्छ। दिनमा बढीमा दुईतीन सय कमाइ हुन्छ। 'के गर्नु, मुश्किल छ गुजारा टार्न,' उनले भने, 'रोइरहनुभन्दा गाइरहनु बेस भनेजस्तो सकुञ्जेल काम गर्छु।' होटलमा खाना खाने उनी घरमा सुत्न मात्र जाने गरेको बताउँछन्। आफ्नो जीवनदेखि भने सन्तुष्ट छन् उनी। 'आत्मसन्तुष्टि भएन भने त जिउनुको सारै भएन नि,' उनको व्याख्या छ, 'जीवन भनेकै आत्मा हो। यो आत्मालाई सन्तुष्ट राख्न सकिएन भने शरीर खाली पिँजडा हो। सुगा भएन भने त्यो पिँजडाको के काम ?' आत्मालाई सन्तुष्ट राख्न धनको थुप्रोले नसक्ने बुझाइ छ उनको। जीवनमा जति उतारचढाव भए पनि उनी कहिल्यै आत्तिएनन्। 'हातमा सीप छ। सकुञ्जेल गरिखाइन्छ। नसके मरिगइन्छ,' उनले भने, 'अरूसँग हात थापेर खानु नपरोस् भनेर भगवान्सँग प्रार्थना गर्छु।' अरूले बिगारेका घडी आफूले सुधारिदिएर त्यसैबापत पैसा आर्जन गर्छन् उनी। जीवनलाई पनि तिनै बिग्रेका घडीसँग तुलना गर्दै भन्छन्, 'नयाँ हुने बेलासम्म सबैले जतन गर्छन्। बिग्रेपछि बने ठीक छ, नबने खोलामै बगाउन खोज्छन्। मान्छेलाई पनि हुने बेलासम्म सबैले आफ्नै भन्छन्।'
उनले पुराना धेरै ब्रान्डेड घडीसँग खेले। 'सिको, सिको फाइभ, रोलेक्स, टिसो, ओमेगा, फोर्टिस जस्ता ब्रान्ड खेलाइयो,' उनी सम्झन्छन्, 'पहिला त घडीलाई ठूलो प्रतिष्ठा सोच्थे मान्छेहरू।' उनका अनुसार कसको हातमा कुन घडी टल्क्यो भन्ने जान्न चाहन्थे उतिबेलाका मान्छे। 'अचेल पनि घडीको महŒव त घटेको होइन। तर, मान्छेहरू यसलाई भन्दा अरु इलेक्ट्रोनिक सामानलाई ठूलो ठान्छन्,' उनलाई लाग्छ, 'घडी लगाउनेहरू समयलाई ख्याल गर्छन्।'

Leave a comment

शुक्रवारको कार्यकारी सम्पादकमा राजन

नेपाल रिपब्लिक मिडियाले साप्ताहिक प्रकाशन शुक्रवारको कार्यकारी सम्पादकमा राजन नेपाललाई नियुक्त गरेको छ।

'धन्न, आइटम क्विन बनिनँ!'

'धन्न, आइटम क्विन बनिनँ!'

गायिका मौसमी गुरुङको गायन पनि मौसमजस्तै छ। कहिले उनी रिमिक्समा भुल्छिन्, कहिले जिंगलमा झुल्छिन्, कहिले आइटम सङमा अड्किन्छिन्। 'परेलीमा छौ कि कसो', 'चोरेर लग्यो यो मन', 'लाउन त लाइदिएँ माया...

१० सेक्स गन्तव्य

१० सेक्स गन्तव्य

डोमिनिकन रिपब्लिक क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमिनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ। यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरहेका छन्। यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी...

'झन्डै मजदुरी गर्न दुबई पुगेको'

'झन्डै मजदुरी गर्न दुबई पुगेको'

लोकगायनमा रामजी खाँडको स्वर अहिले निकै रुचाइनेमध्ये पर्छ। पाँच हजारको हाराहारीमा गीत रेकर्ड गराइसकेका उनका भागमा अहिले पनि महिनामा २० गीत पर्छन्। स्टेज कार्यक्रममा पनि उत्तिकै माग छ उनको। यो...

मुम्बईले धेरै थोक सिकायो : सुरेन्द्र पौडेल, फिल्म एडिटर/निर्देशक

मुम्बईले धेरै थोक सिकायो : सुरेन्द्र पौडेल, फिल्म एडिटर/निर्देशक

जीटीभीमा चिफ एडिटरको जागिर थियो। जी म्युजिक च्यानलमा बलिउडका समाचार आउने 'बी न्युज'को एडिटिङको जिम्मा सम्हालेका थिए। पार्ट टाइम जागिरका लागि नजर अब्बास नामका फिल्मकर्मीसँग मिलेर 'फिल्म मेकिङ' (फिल्मको सुटिङ...

'सिंगल छु भने ''एस'' भन्छु' :ज्योति मगर लोकगायिका

'सिंगल छु भने ''एस'' भन्छु' :ज्योति मगर लोकगायिका

सेक्स के हो ?सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।

सुन्दरी कारखाना

सुन्दरी कारखाना

दिवंगत नेता ह्युगो चाभेजको देश भेनेजुएलाले पश्चिमी जगतले तेस्रो विश्वमाथि लाद्न खोज्दै आएको प्रभुत्व र वैरभावको जमेर विरोध गर्ने गरेको छ। अमेरिकाविरोधी क्रान्तिकारी छवि बनाएको यो देशले अर्को छवि पनि...

कुवेतमा नेपाली टोली

कुवेतमा नेपाली टोली

एसीसी यू–१९ प्रिमियर क्रिकेट खेल्न नेपाली टोली मंगलवार राति कुवेत लागेको छ। राजु रिजालको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली दुबई हुँदै बुधवार कुवेत सिटी पुगेको छ।