Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

देश दौडाहामा 'जिन्दगी रक्स'

(0 votes)
देश दौडाहामा 'जिन्दगी रक्स'
फिल्म 'जिन्दगी रक्स' का कलाकार फिल्मको प्रचार गर्दै देशदौडाहामा निक्लेका छन्। फिल्म प्रचार गर्न कलाकारको टोली पोखरा आइपुगेको छ। यो यात्रा अझै केही दिन चल्नेछ।
nepali-patro-may
फिल्मको कथावस्तु पनि यात्रामै केन्द्रित भएको कलाकारले बताए। आइतवार टोलीले पत्रकार सम्मेलन गरी फिल्मबारे जानकारी दिएको थियो। युवा पुस्तालाई लक्ष्य गरी निर्माण भएको जानकारी दिँदै टोलीले फिल्मको ट्रेलर र गीतको भिडियो देखाएको थियो। पुस १८ गते रिलिज हुने फिल्म देशभर करिब ५० वटा हलमा चल्ने कलाकार सोनाम पाख्रिनले बताए। पोखराको बाराही हलमा फिल्म लाग्नेछ।सोनामसहित सहनिर्माता सुजिता श्रेष्ठ, कलाकार तथा मुख्य सहायक निर्देशक विनोद मैनाली र ड्रेस डिजाइनर आल्या गिरीको टोली पोखरा आएको थियो। सुजिताका अनुसार काठमाडौँदेखि चितवन हुँदै पोखरा पुगेर टुंगिएको चारदिने यात्राबीच नै फिल्म घुमेको छ। निकेश खड्काको डेब्यू निर्देशन फिल्ममा सौरमराज तुलाधर, अकेशा विष्ट, सोनाम पाख्रिन, प्रकृति श्रेष्ठ, ऋचा शर्मा, मकन राईलगायत कलाकारले अभिनय गरेका छन्। हरि हुमागार्इंले छायांकन गरेको फिल्मलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

Leave a comment

कलाकार सधैँ एक्लैः नाना पाटेकर

कलाकार सधैँ एक्लैः नाना पाटेकर

बलिउडमा खरो, सनकी र मनमौजी अभिनेताका रूपमा चिनिन्छन्, नाना पाटेकर । जीवन्त अभिनय उनको विशिष्टता हो । हाल उनी अभिनीत नयाँ फिल्म 'वेलकम ब्याक' प्रदर्शन भइरहेको छ। हालै एक भारतीय...

राष्ट्रियतामा छिर्के लागेको इतिहास

राष्ट्रियतामा छिर्के लागेको इतिहास

महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसभित्र विचार नभई अमुक नेता चयनको प्रसंगले मूल प्राथमिकता पाइरहेको छ । समाजवाद स्थापनार्थ गठन भएको भनिएको नेपाली कांग्रेसले समाजवादलाई राष्ट्रियतासँग जोड्न कुनै समय मेलमिलाप नीति...

एसएलसी परीक्षा : 'आइरन गेट' कि 'वेलकम गेट?'

एसएलसी परीक्षा : 'आइरन गेट' कि 'वेलकम गेट?'

विद्यार्थी भाइबहिनी हो, एसएलसी कुनै दैत्य होइन। यसबाट तर्सिनुपर्ने, डराउनुपर्ने कुनै कारण छैन। तपाईंहरूले दिनुभएका अन्य जाँचजस्तै यो पनि एउटा सामान्य जाँच हो। यसमा कम नम्बर आउँदैमा वा असफल हुँदैमा...

गुन्डालाई अढैया दशा

गुन्डालाई अढैया दशा

वर्ष २०७१ संगठित आपराधिक गतिविधिमा सक्रियहरूका लागि अफापसिद्ध भयो। रकम असुली, अपहरण र हत्याजस्ता आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरू कोही मारिए, कोही जेल पुगे भने कोही नेपालमा टिक्न नसकेर विदेशिए।...

मुन्ना बिबी एमबीबीएस र राजेश हमालको उठबस

मुन्ना बिबी एमबीबीएस र राजेश हमालको उठबस

नामः आफूलाई डा. सुहाना, अदिति, सृष्टि केसी बताउने भगवती केसीउमेरः अन्दाजी २३ वर्षठेगानाः गुल्मी, हस्तिचौर– ९ (हालः काठमाडौँ, पोखरालगायत स्थानमा बस्दै आएको)सम्पर्क नम्बरः ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०, ९८०३६४२६०६, ९८६७२८४३५५, ९८२५१६२४१८,...

गोली भएर आफैँतिर नफर्कियोस् बोली!

नेपालमा नेता बन्न ढङ्ग चाहिँदैन। अभिनेताले झैँ श्रोतालाई दङ्ग पार्न कर्णप्रिय भाषण छाँटिदिए पुग्छ। विपक्षीका वक्षभेदन गर्न सक्ने गालीसँगै ताली पिटिटी पड्किन थाल्छ। गाली पनि प्रधानमन्त्री ओलीले जस्तै भाँती पुर्यागएर...

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ। बलिउडमा क्रिकेटमाथि 'लगान' र 'अब्बल नम्बर', 'पटियाला हाउस', 'दिल बोले हडिप्पा', 'भिक्ट्री', 'चेन खुली कि मेन खुली', 'फरारी की सवारी', 'जन्नत'लगायत थुप्रै फिल्म बनेका...

लाजमर्दो!

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई...