Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

रचनात्मक बनाउने बियर

(1 Vote)
रचनात्मक बनाउने बियर
क्रिएटिभ अर्थात् रचनात्मक हुन मानिसले के गर्दैनन् ? किताब पढ्नेदेखि घातक नशा लिनेसम्मका काम गर्छन्। अब पेय पदार्थले मान्छेलाई क्रिएटिभ बनाउने भएको छ। अनुसन्धानकर्ताहरूले यस्तो बियर पत्ता लगाएका छन्, जसको सेवनले मानिसको क्रिएटिभिटीमा बढोत्तरी ल्याउँछ।
nepali-patro-may
इलिनोइस युनिभर्सिटीकी प्रोफेसर जेनिफर नेतृत्वको समूहले यस्तो बियरको फर्मुला पत्ता लगाएको हो। 'रगतमा अल्कोहलको मात्रा ०.०७५ प्रतिशत पुगेको बेला मानिसको रचनात्मक ढंगले काम गर्ने क्षमता वृद्धि हुन्छ,' जेनिफरले भनिन्।
जेनिफरको समूहले पत्ता लगाएको फर्मुलाका आधारमा अमेरिकाका दुई कम्पनीले शरीरलाई रचनात्मक बनाउने मात्रामा अल्कोहल मिसाएर संयुक्त रूपमा 'प्रोब्लम सल्भर' ब्रान्डको बियर बनाएका छन्। बियर कम्पनीका अनुसार यो बियर पिउँदा कुनै हानिनोक्सानी हुँदैन। बरु, यसले रचनात्मकता बढाउँछ। 'प्रोब्लम सल्भर' बियर पिउने मानिसको रगतमा अल्कोहलको मात्रा ०.०७५ प्रतिशत पुग्ने र यसले मानिसलाई क्रिएटिभ बनाउने कम्पनीको दाबी छ।

Leave a comment

रंगीचंगी साउन

रंगीचंगी साउन

गोंगबु, गणेशथानमा तरकारी पसल गर्ने मैया पोखरेलले दुवै हातमा झपक्क चुरा लगाएकी छन्। उनको गलामा मोटो लुङको हरियो पोते झुन्डिएको छ। हरेक साल साउनमा रातो, हरियो र पहेँलो रङका चुरा...

श्रीजुको ग्ल्यामर भोक

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी...

सकियो 'होस्टेल रिटर्न्स'

सकियो 'होस्टेल रिटर्न्स'

फिल्म 'होस्टेल रिटर्न्स'को छायांकन सकिएसँगै रिलिज मिति घोषणा भएको छ। वैशाख २५ गते यो फिल्म देशव्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्म्सले जनाएको छ।

के गर्दैछन् नेइमार?

के गर्दैछन् नेइमार?

विश्वकपका क्रममा पिठ्यूँको हाड भाँचेका ब्राजिलियन स्ट्राइकर नेइमार के गर्दै होलान् भनेर कसैले प्रश्न गरेमा अस्पतालमै उपचार गराइरहेका होलान् वा आराम गरिरहेका होलान भन्ने उत्तर पाइने छैन।

गर्नै नहुने भो लभ

गर्नै नहुने भो लभ

प्रेम गर्नु पनि ठूलै जोखिम मोल्नु भएको छ अचेल। मायालुको हातमा भएको गुलाब कतिखेर चक्कुमा परिणत हुने हो र त्यो मुटुमा रोपिने हो, ठेगान हुँदैन। प्रेमीप्रेमिका एकअर्कासँग सशंकित र त्रसित...

व्यङ्ग्य : कविजी

कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता...

कोइरालाः सरल मान्छे, प्रतिबद्ध नेता

कुनै नेताको मृत्युपछि उसका बारेमा गरिने अति प्रशंसाले कतिपय अवस्थामा उसले आफ्नो जीवनकालमा गरेका राम्रा कामको पनि कम चर्चा हुने गरेको पाइन्छ। मृत्युपछि कसैको निन्दा गर्नुलाई पूर्वीय दर्शनमा निको मानिँदैन।...

ल्हारक्यालको लकर

ल्हारक्यालको लकर

माननीय सभासद् ल्हारक्याल लामाको लकरमा गोली भेटिएपछि कमरेड तरंगित भए । उनलाई असाध्यै रिस पनि उठ्यो । कमरेडको रिस माननीय सभासद्प्रति भन्दा पनि अध्यक्ष कमरेडप्रति तीव्र थियो । उतिबेला ल्हारक्याल...