Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

पिलेग्रिनीको नजरमा सान्चेज उत्कृष्ट

(0 votes)
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक म्यानुअल पिलेग्रिनीले आर्सनलका खेलाडी एलेक्सिस सान्चेज इंग्लिस क्लबका उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्। पिलेग्रिनीले सिटीका सर्जियो अगुइरोभन्दा पनि सान्चेज उत्कृष्ट भएको बताए। अगुइरोले घाइते भएका कारण सिटीका लाग खासै प्रदर्शन गर्न सकेका छैनन्।
nepali-patro-may
छ महिनाअघि बार्सिलोनाबाट आर्सनलमा आएका सान्चेजले आफूलाई उत्कृष्ट प्रमाणित गरेको दाबी गर्दै पिलेग्रिनीले भने, 'म देखिरहेको छु, उसले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।'
चिलीको नागरिक भएका कारणले पनि आफू सान्चेजको सफलताबाट खुशी भएको पिलेग्रिनीले बताए। 'ऊ गोल स्कोरर होइन,' उनलेे भने, 'तर, पछिल्ला खेलमा उसले गोल गर्ने क्षमता विकास गरिसकेको मैले देखेँ।' ६१ वर्षका पिलेग्रिनी र सान्चेज दुवै चिलीका हुन्।
बार्सिलोनाका लागि १ सय ४१ खेलमा ४७ गोल गरेका सान्चेजले आर्सनलका लागि यो सिजनमा ३० खेल खेल्दै १८ गोल ठोकेका छन्। उनी छ महिनाअघि ३ करोड २० लाख पाउन्डमा बार्सिलोनाबाट आर्सनल आएका हुन्।

Leave a comment

'कन्फ्युजन'मा तन्नेरी

'कन्फ्युजन'मा तन्नेरी

कन्फ्युजन अर्थात् अन्योल । यो गरूँ कि त्यो गरूँ ? यहाँ जाऊँ कि त्यहाँ जाऊँ ? यस्तै–यस्तै अन्योलमा छन् आजका तन्नेरी । आज के गर्ने ? भोलि के बन्ने ?...

'मिस्टर नेपालः गतिलो प्लेटफर्म'

एक्सपोज नेपाल डटकमले हरेक वर्ष आयोजना गर्दै आएको मिस्टर नेपाल प्रतियोगिताको नयाँ संस्करण आगामी फागुनमा सम्पन्न हुँदै छ।

'आमा'को बेस्वादे आइटम

आधा दर्जन फिल्ममा अभिनय गरिसके पनि रागिनी खड्गी चम्किन सकेकी छैनन्। यसअघि आफू नचम्किनुको कारण क्षमता देखाउन सक्ने भूमिका नदिएको गुनासो गर्थिन्। रागिनीले अभिनय गरेको अर्को फिल्म 'नथिङ इम्पोसिबल'को एउटा...

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले...

अन्धविश्वासी सितारा

वैज्ञानिक आधार र तर्क नभएको कुनै पनि चिजप्रतिको विश्वास नै अन्धविश्वास हो। भूतप्रेत, बोक्सी, धामीझाँक्री, झारफुक आदिमात्र अन्धविश्वास होइनन्। कसैले हातमा ब्रासलेट लगाउँछ र यसका कारण उसको जिन्दगीमा फलिफाप हुन्छ...

भित्री खेल : गणेश थापाको आराम र तरंगहरू

भित्री खेल : गणेश थापाको आराम र तरंगहरू

पछिल्ला केही महिनादेखि विवादास्पद नेपाली फुटबलमा मंगलवार अर्को तरंग पैदा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले चार महिनाका लागि फुटबलसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैखाले गतिविधिबाट...

सेक्सी ज्यान

सेक्सी ज्यान

आजभोलिका महिला आफ्नो शारीरिक संरचनाप्रति एकदमै सचेत भएका छन्। शरीरलाई सुडौल बनाउन उनीहरू धेरै मेहनत गर्छन्। सुगठित शरीरका लागि हेल्थ क्लब, जिम धाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राम्रो...

त्यागको तुरुप

त्यागको तुरुप

राजनीतिमा त्यागको चर्चा निकै हुने गर्छ। नेताहरू भाषण गर्दा जनताको 'बलिदान र त्याग'बाट प्राप्त उपलब्धि भन्न कहिल्यै छुटाउँदैनन्। जनताको त्याग र बलिदानको चर्चा गरेर नथाक्ने नेताहरू भने त्यागी हुन नसकेको...