15 Chaitra, 2076 | March 28, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

कैँची चिकित्सक

(0 votes)
कैँची चिकित्सक
बोर्डमा लेखिएको छ– 'कैँची अस्पताल'। काठमाडौँ, चाबहिलको व्यस्त सडक छेउमा रहेको एक पुरानो घरमा छ यो कैँची अस्पताल।
'कैँची अस्पतालको डाक्टर को हुनुहुन्छ?' शुक्रवारकर्मीले सोध्यो।
nepali-patro-may
'मैँ हुँ हजुर! यहाँको डाक्टर भने पनि, नर्स भने पनि,' च्यातिएको जिन्स पाइन्टबाट बनेको एप्रोन लगाएर कैँचीकै उपचारमा व्यस्त पाको पुरुषको आवाज आयो। 'यहाँलाई के सेवा दिन सक्छ हाम्रो अस्पतालले?' सेवाभाव तुरुन्तै प्रकट गर्छन् उनी।
उनी हुन्, कैँचीमिस्त्री रौतहट गौरका ५५ वर्षे रामचन्द्र ठाकुर। उनको कैँचीको धार लगाउँदा सानबाट फैलिने झिल्काजस्तै कहाँ–कहाँ फैलिएनन् उमेरमा उनी पनि। 'पाखुरामा बल हुञ्जेल काँधमा मेसिन बोकेर शहरका प्रत्येक गल्ली र टोल पुगेको छु,' उनी भन्दै थिए। सान बोक्ने पाखुरा गल्दै गएपछि यहीँ आएर थन्किएका छन्, 'ज्यानले साथ नदिएपछि मेसिन बोकेर कुद्न सकिएन। पसलै थापेर बस्नुपर्योन।'
उनले 'कैँची अस्पताल' खोलेको १० वर्ष भयो। बाउबाजेले गर्दै आएको काम भएकाले उनले अर्काे पेशा सोचेनन्। आफ्नो पेशाप्रति गर्व पनि छ। स्वाभिमान प्रकट गर्छन्, 'हातको सीप बेचेर आजको दिनसम्म जिन्दा छु।'
पन्ध्र वर्षे ठिटौले उमेरमा काठमाडौँ आइपुगेका थिए उनी। ठ्याक्कै ४० वर्ष भएछ, बिग्रेका कैँचीको उपचार गर्न थालेको। कैँचीका सानाभन्दा साना अंग (पाटपुर्जा) नियालेर उपचार (मर्मत) गर्न सक्छन्। विशेषज्ञ डाक्टरको भन्दा कम्ता शान छैन, 'कैँचीको डाक्टर हुँ, हर कैँचीको उपचार गर्न सक्छु। बच्चैदेखि गरेको काम हो। कैँची मर्मतको मैले नजान्ने काम के होला र!'
पसललाई अस्पताल, आफूलाई डाक्टर किन भन्छन् उनी? 'यो त रमाइलो मात्र हो,' उनले खुलाए, 'कैँचीको उपचार गर्न सक्ने भएर यसो सबैको आँखा पर्ला भनेर नि।' रसिक स्वभावका उनी पसलको बोर्डमा धेरैको आँखा परेको देख्दा दंग छन्। आफ्नो 'टेक्निक' सफल पनि भएको ठान्छन्। पसलको मासिक भाडा एक हजार रुपैयाँ तिर्छन्। मोटर जडान गरिएको मेसिनले कैँचीमा धार लाउँछ।
लोडसेडिङले उनको काम प्रभावित छ। 'दिनमा मुश्किलले दुईतीन सय कमाउँछु,' उनले भने, 'अरूका दुःख नबुझ्ने यो शहरमा बाँच्नै मुश्किल हुन लाग्यो।' मेहनतको सही मूल्यांकन नगर्ने मान्छेहरूको प्रवृत्तिसँग उनी दिक्क छन्। आफैसँग संवाद गर्छन्, 'जाने ठाउँ नै कहाँ छ र?'
महँगीलाई उनले पनि सम्बोधन गरेका छन्। भित्तामा सूचना टाँसिएको छ, 'महँगीका कारण आजैका दिनबाट प्रतिकैँची पाँच रुपैयाँ मूल्य वृद्धि भयो।' २०६९ असोज १ गतेको सूचना हो यो। त्यसपछि उनले भाउ बढाएका छैनन्। 'भाउ बढाएको बढायै गर्योा भने ग्राहक हच्केलान् भन्ने डर लागेर फेरि सूचना गरेकै छैन,' उनी बाध्यता बोल्छन्। उनी आफू पनि महँगीदेखि आजित भइसके, 'महंगी त कुन धुरीमा पो पुगिसक्यो नि! हाम्रो मूल्य कहिले होला त्यसरी बढ्ने?'
पाँच छोरी र दुई छोराका पिता हुन् उनी। छोरै चाहने सामाजिक मूल्यमान्यताले उनलाई यत्रो हुल सन्तान बनाउन बाध्य बनायो। आफू कैँचीको मात्र डाक्टर भए पनि छोरालाई मान्छेकै उपचार गर्ने डाक्टर भएको देख्न चाहन्छन्। 'हामीले बाउबाजेको काम सिक्यौँ। हाम्रो जीवन त यसै गुज्रिगो। छोराहरू मेरो काममा नआऊन् भन्ने चाहन्छु,' उनी यो पेशाको आम्दानीदेखि सन्तुष्ट छैनन्। यो पेशाको अब भविष्य पनि देख्दैनन् उनी। भन्छन्, 'बाँच्न मुश्किल पर्ने काम पनि कसले गर्छ? बरु भारी बोक्ने खच्चरले धेरै कमाउँछ।'
दिनमा पाँच रुपैयाँको पान मुखमा च्याप्छन्। उनको भाषामा यो तनावको ओखती हो। 'पान खाएर थुकेपछि पिर पनि थुकिइन्छ' उनको मौलिक तर्क छ।
काठमाडौंमा केही गाउँलेसँग मिलेर भाडाको कोठामा बस्छन्। कमाइको थोरबहुत हिस्सा घर पठाउँछन्। ठाकुर समुदायको पुर्ख्यौली पेशा हो, हजाम (कपाल काट्ने)। तर, उनी त्यही कपाल काट्ने कैँची बनाउँछन्। 'सबैले एउटै काम गर्न लागे कसरी कमाउने पैसा?' आफूले कैँची बनाउने काम रोज्नुको कारण बताए उनले।

Leave a comment

हौसिएकी सोविन

हौसिएकी सोविन

थुप्रै फिल्ममा अभिनय गरेका डीबी गुरुङ छोरी सोविनलाई पनि यही क्षेत्रमा क्रियाशील गराउन चाहन्थे। चौध वर्षकै उमेरमा सोविनले त्यो लक्षण देखाइन्। 'म्ही छ्याबा’ फिल्ममा अभिनय गरेपछि सोविन फिल्ममा रमाउन थालिन्।

बिहाबारी पचासपारि

बिहाबारी पचासपारि

दुई लोकप्रिय कलाकार राजेश हमाल र मिथिला शर्माले पाको उमेरमा घरजम गर्ने पक्का भएको छ। बिहे गर्ने सही उमेर कुन हो? सायद यो प्रश्न आफैँमा त्रुटिपूर्ण छ। विवाह पनि प्रेमकै...

‘सपना फराकिलो भएको छ'

‘सपना फराकिलो भएको छ'

– प्रिन्सा श्रेष्ठ, मिस नेपाल अर्थ २०१४ ताज पहिरिएपछिको अनुभव र दैनिकी कस्तो छ? हाम्रो दैनिकी आयोजक हिडेन ट्रेजरले निर्धारण गरिरहेको छ। आयोजक अभिभावक भएको छ भने हामी ज्ञानी छोरी भएर आज्ञापालन...

सेतो पर्दा : नामै अशुद्ध !

सेतो पर्दा : नामै अशुद्ध !

फिल्मको बारेमा दर्शकलाई पहिलो प्रभाव पार्ने नामले हो। विडम्बना, धेरैजसो नेपाली फिल्मकर्मी आफ्नो फिल्मको नामसमेत शुद्ध लेख्दैनन्। नाममै गल्ती गर्नेले फिल्म गतिलो बनाउलान् भन्ने कसरी विश्वास गर्ने ?

कुवेतमा नेपाली टोली

कुवेतमा नेपाली टोली

एसीसी यू–१९ प्रिमियर क्रिकेट खेल्न नेपाली टोली मंगलवार राति कुवेत लागेको छ। राजु रिजालको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली दुबई हुँदै बुधवार कुवेत सिटी पुगेको छ।

उड्ने पनि बढे, ठगी पनि बढ्यो

कामको खोजीमा विदेशिने नेपालीको संख्या आर्थिक वर्षको ११ महिनामा ४ लाख ६६ हजार ५ सय १५ जना पुगेको छ। बेरोजगारीका कारण लाखौँ नेपाली कामको खोजीमा विदेशिन बाध्य छन्। आर्थिक वर्षको...

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्।...

व्यङ्ग्य : रहर

रहरैरहरमा बाँच्नु हामी नेपालीको जन्मसिद्ध स्वभाव हो। हामीले जहिल्यै पनि 'अच्छा'को रहर गर्‍यौँ। तर, हाम्रा अधिकांश रहर जहरमा परिणत भए। हामीले प्रजातान्त्रको रहर गर्‍यौँ। हामीले सर्वहारावादी सत्ताको रहर गर्‍यौँ। अनि,...