Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

साझा बस जीपीएसमा

(0 votes)
तपाईं सार्वजनिक यातायातका साधन कुरेर वाक्क हुनुभएको छ? छ भने साझा बसले तपाईंका लागि नयाँ उपाय ल्याएको छ। साझा बसले आफ्नो दुइटा बसमा जीपीएस सुविधा हालेर परीक्षण गरिरहेको छ। घरमै बसी–बसी बस कहाँ आइपुग्यो भन्नेबारे सजिलै जानकारी लिन सकिने भएकाले यात्रुहरूको कुर्ने समय बचत हुने साझा बसका महेन्द्र पाण्डेले बताए।
nepali-patro-may
उनका अनुसार एन्ड्रोइड प्रयोगकर्ताले गुगलप्ले एप स्टोरबाट 'हाम्रो साझा'नामक एप डाउनलोड गर्न सक्छन्। हाल लगनखेल–नयाँ बसपार्क रुटमा चल्ने दुइटा बसमा यो सुविधा जडान गरिएको पाण्डेले बताए। छिट्टै साझाका १६ वटै बसमा यो सुविधा जडान गर्ने योजना रहेको उनले सुनाए।
unnamedदुई हप्तामै यात्रुहरूको राम्रो प्रतिक्रिया पाएको पाण्डेले बताए। यात्रुहरूले साझा बसमा मात्र नभएर सबै सार्वजनिक यातायातमा यस्तो सुविधा जडान गर्नुपर्ने सुझाव दिएको उनले बताए।
लुनिभाटेकको प्राविधिक सहयोगमा साझाले यो परीक्षण गरिरहेको छ। यसले यात्रुलाई फाइदामात्र होइन, साझा बसको अवस्था, एउटा स्टपदेखि अर्को स्टपसम्म पुग्ने दूरी र समयबारे एपले जानकारी दिने पाण्डेले बताए।
सार्वजनिक यातायातमा यस्तो सेवा पहिलोपटक साझाले ल्याएको उनले दाबी गरे। 'प्रविधिको विकास र मानिसहरूको ग्याजेटप्रटिको आकर्षण र ब्यस्त दैनिकीले यात्रुहरूलाई यो सेवा फलदायी हुने विश्वास लिएका छौँ,' पाण्डेले भने। यस्तो सेवा सार्वजनिक यातायातमा मात्र नभएर स्कुलहरूले पनि ल्याउनुपर्ने उनको बुझाइ छ। यसले आफ्नो बच्चा कहाँ आइपुगेको भन्नेबारे जानकारी दिने हुँदा अभिभावकलाई सजिलो हुने उनले बताए। जीपीएस सेवाले सेक्युरिटी पनि प्रदान गर्ने भएकाले प्रभावकारी हुने उनले बताए।
जीपीएसका लागि नेपाल टेलिकमले साझाका १६ वटै बसमा वाइम्याक्स सेवा प्रदान गरेको छ। साझाले लगनखेल–नयाँ बसपार्क र एयरपोर्ट–कलंकी रुटमा आफ्नो बस चलाउँदै आएको छ।

Leave a comment

फिल्ममा व्यस्त किशोर

फिल्ममा व्यस्त किशोर

बक्सिङका सहायक प्रशिक्षक किशोर सम्बाहाङ्फे फिल्मकर्मी पनि हुन्। नेपाली फिल्ममा खलनायक, नायक हुँदै निर्माता बनेका किशोर पछिल्लो समय अभिनय र फिल्म निर्माणमा व्यस्त छन्। 'मानिस', 'जिन्दगानी', 'सायद', 'छिमेकी', 'चण्डाल' आदिमा...

टेन्सनग्रस्त काजी

टेन्सनग्रस्त काजी

डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणको करिब–करिब पटाक्षेप भएको छ। वरिष्ठ नेताको सूत्रलाई पार्टीको पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरूको बैठकले अनुमोदन गरेर समस्याको टालटुले समाधान निकालिएको...

यसरी डुब्यो ‘अनाम'

यसरी डुब्यो ‘अनाम'

संविधानसभा निर्वाचनको प्रचार गर्न गत कात्तिकमा नाट्य संस्था ‘अनाम'ले सुनसरी, धनकुटा, भोजपुर र डडेल्धुरा जिल्लाका ३९ ठाउँमा नाटक प्रदर्शन गर्‍यो। दसैँ–तिहारका बेला एक महिनासम्म नाटकका लागि खटेका कलाकारलाई १७ हजार...

मिट–मसला र नुन–खुर्सानीको खिर

श्रम–दिवसको दिन जन्मिएकीले मैले नातिनीको नाम श्रमिका राखिदिएको थिएँ। वास्तवमै उनी श्रमिक भएर निस्किसकेकी छन्। टेलिभिजन उनैले खोल्नुपर्ने, टेलिफुन उनैले उठाउनुपर्ने, कुचो उनैले लाउनुपर्ने। हाम्रो कपालसमेत बाटिदिन भ्याउँछिन्। एउटा कचौरो...

सर्जरीले सुन्दरी

सर्जरीले सुन्दरी

प्रियंका चोपडा प्रियंका चोपडाले नाक र ओठमा प्लास्टिक सर्जरी गराएकी छिन्। त्यसअघि उनको ओठ चिरिएजस्तो थियो भने नाक पनि त्यति मिलेको थिएन।      

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक...

के गर्दैछन् नेइमार?

के गर्दैछन् नेइमार?

विश्वकपका क्रममा पिठ्यूँको हाड भाँचेका ब्राजिलियन स्ट्राइकर नेइमार के गर्दै होलान् भनेर कसैले प्रश्न गरेमा अस्पतालमै उपचार गराइरहेका होलान् वा आराम गरिरहेका होलान भन्ने उत्तर पाइने छैन।

चिन्ता गर्नुपर्दैन

सेक्समा लीन भएको बेला कतिपय कुराले मानिसको आत्मविश्वास ओराल्ने गरेको छ। तर, सेक्स गर्ने बेलामा उत्पन्न हुने कतिपय अवस्थाप्रति कुनै चिन्ता लिनुनपर्ने तथ्य येल युनिभर्सिटीले गरेको एउटा अनुसन्धानमा बताइएको छ।