Sunday 9 Kartik, 2077 | October 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

उपयोगी एप्स

  • शुक्रबार १६ माघ, २०७१
  • जीवन पुडासैनी
  • Be the first to comment!
(2 votes)
लोडसेडिङ एप
एफ वनसफ्ट कम्पनीको मोबाइल एप्लिकेसन विभागले बनाएको लोडसेडिङ एपले नेपालीको दिनचर्यालाई केही सहज बनाएको छ। समूहअनुसार बत्ती जानुभन्दा १५ मिनेटअघि सूचना दिने यो एपले दैनिकी सहज बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले बताए। आठ लाखभन्दा बढी डाउनलोड गरिसकिएको यो एपले समय व्यवस्थापन गर्न सघाउँछ।
nepali-patro-may
गाउँ खाने कथा
हराउँदै गएको नेपाली मौलिकता झल्कने शब्द तथा गाउँ खाने कथालाई नयाँ पिढीले नबिर्सिऊन् भन्नाका लागि ‘गाउँ खाने कथा' एप निर्माण गरिएको छ। सजत श्रेष्ठ भन्छन्, ‘नेपालमा भन्दा गैरआवासीय नेपालीले यसलाई बढी मन पराएका छन्। बजारमा आएको छोटो समयमा नै ३० हजारले डाउनलोड गरिसकेका छन्।' बालबालिकालाई नेपालीका मौलिक खेल (बाघचाल, डण्डीबियो, कबड्डी आदि) समावेश गरेर गाउँ खाने कथालाई अझै उपयोगी बनाउने लक्ष्य रहेको श्रेष्ठले बताए। 
सो टाइम
कुन हलमा कुन हलिउड, बलिउड र नेपाली फिल्म लागिरहेका छन् भन्ने जानकारी दिने ‘सो टाइम' एपले मोबाइलबाट टिकट बुकिङ गर्न मिल्ने बनाएको छ। यो एपमा चलिरहेको, आउने र आफ्नो रुचिअनुसारको पुरानो फिल्मको सूची पनि देख्न पाइन्छ। 
फिल्मका निर्माता, निर्देशक, अभिनेता, अभिनेत्री, कथा र विधाबारे पनि एपले जानकारी दिन्छ। 
ओहो बजार 
आफूलाई बेच्न र किन्न मन लागेका विभिन्न प्रयोजनका सामग्री अब बजार चहार्दै हिँड्नुपर्दैन। ‘ओहो बजार'मा आफ्नो सामानको फोटो खिचेर एपमा अपलोड गरेर बेच्न सकिने व्यवस्था छ। मन परेको सामान मोबाइलमा हेरेर किन्ने र बेच्ने सुविधा छ। 
येलो एप
आफ्ना साथीसँग ‘गेटदुगेदर' गर्न र मन परेको ‘डिस', ‘कुइजिन' र ‘लाइभ म्युजिक'को साथमा रमाउन ‘येलो एप'ले सघाउन थालेको छ। १० हजारभन्दा बढी डाउनलोड भइसकेको येलो एपमा होटल तथा रेस्टुरेन्टमा उपलब्ध सुविधा, स्थान, मेनु घरमै बसेर रोज्न पाइने व्यवस्था रहेको एप निर्माता अनिश श्रेष्ठले जानकारी दिए। 
वी रिड
मन परेका नयाँ तथा पुराना किताब किनेर पढ्न सकिने ‘वी रिड' एपले ‘ई–बुक रिडर' संख्या थपेको छ। १० हजारभन्दा बढी डाउनलोड भइसकेको एपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यलाई प्रवर्द्धन गर्न सहयोग पुर्याीइरहेको एप निर्माता सुरज श्रेष्ठले बताए। ई–सेवा र पे–पालबाट भुक्तानी गर्ने व्यवस्था रहेको एपमा सयभन्दा बढी पुस्तक राखिएका छन्। 

हाम्रो पात्रो
अमेरिकी कम्पनी सिमानटेक कर्पोरेसनका प्रिन्सिपल तथा सफ्टवेयर इन्जिनियर शंकर उप्रेतीले विकास गरेको ‘हाम्रो पात्रो' एपले नेपाली तिथि, मिति, बार, गते र मिति ‘कन्भर्ट'गर्न सकिने सुविधा राखेको छ। उप्रेतीले नै विकास गरेको नेपाली इंग्लिस डिक्सनरी एप पनि उपयोगी छ। 
गहना बजार
‘सपिङ कल्चर' र जीवन शैली परिवर्तन गर्न हातहातमै गहनाको डिजाइन पुर्या उन शंकर उप्रेतीको प्राविधिक सहयोगमा विधि प्रालिले विकास गरेको गहना बजार एपले आफूलाई मन परेको गहना छान्ने सुविधा दिएको छ। नौ हजारभन्दा बढी डाउनलोड भइसकेको एपमा दैनिक सूनको मूल्य अपडेट हुन्छ। 
लोकसेवा नेपाल एप
दूरदराजबाट लोकसेवा तयारीका लागि शहर छिर्नुपर्ने बाध्यतालाई कम गर्न लोकसेवा नेपाल एपको विकास भएको छ। एपमन्त्र आइडियाजले विकास गरेको एपले श्रम, पैसा, समयको बचत गर्दै घरमै बसीबसी लोकसेवा तयारी गर्न सक्ने सुविधा दिएको छ। ११ हजारभन्दा बढी डाउनलोड भएको एपमा दरखास्त फारम, पाठ्यक्रम, ऐन, नियमावली, सूचना र विभिन्न विषयका नमुना प्रश्नहरू छन्। 

आईएफए 
एनसेल एप्स क्याम्पमा उत्कृष्ट ठहरिएका एपमध्ये आईसीटी फर एग्रिकल्चर (आईएफए) ले किसानलाई खेती प्रविधि, पशुपालन, रोग, कीरा, मौसम, बजारभाउ र उपज खरिदकर्ताजस्ता अत्यावश्यक जानकारी दिन्छ। त्यसैगरी, स्मार्ट कृषि एप, कृषिघर एप आदि किसानका लागि निकै नै उपयोगी छन्। 

कसरी डाउनलोड गर्ने? 
स्मार्टफोनमा रहेको ‘प्ले स्टोर'मा क्लिक गरेर ‘सर्च'मा आफूलाई मन परेको एप्लिकेसनको नाम लेखेर डाउनलोड गर्न सकिन्छ। एन्ड्रोइड सफ्टवेयर भएको मोबाइलमा एप्स डाउनलोड गर्न सकिन्छ। प्रायः एप एप्पलको आईओएस र विन्डोजमा चलाउन सकिने हुन्छन्।

Leave a comment

‘भरियाको भेषमा रेस्टुरेन्ट छिरियो'

‘भरियाको भेषमा रेस्टुरेन्ट छिरियो'

कमलमणि नेपाल रंगमञ्चमा परिचित नाम हो। उनले केही फिल्म र सिरियलमा पनि अभिनय गरेका छन्। यतिबेला हास्य सिरियल ‘भद्रगोल'मा खुपीका बाउको पात्रका रूपमा ‘ए होई ए होई हन के त...

अबोला नम्रता

अबोला नम्रता

अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता...

अनुभूति : भीमदत्त बन्दा

अनुभूति : भीमदत्त बन्दा

अभिनेता नवल खड्काले सामाजिक विषयवस्तुमाथि फिल्म बनाइरहेका छन्। जनयुद्धको विषयलाई लिएर 'आवाज' बनाए। सीमा मिचिएका कथामा 'दशगजा' बनाए। सुदूरपश्चिमलाई मूल थलो बनाएर स्वाधीनताका लागि लडेका भीमदत्त पन्तको जीवनीमा फिल्म 'भीमदत्त'...

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

आज्ञापालक कमरेड आँखा खोल्छ (कविता)

सोह्र्र वर्षपछि मेरा आँखामा फर्किएको छ त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक

केले बनाउँछ सुन्दर?

देशमा हप्तैपिच्छे र टोलैपिच्छे सौन्दर्य प्रतिस्पर्धा भइरहेका छन्। देशमा गोरो या गोरी बनाउने क्रिमपाउडर पनि बिकिरहेका छन्। सबै सुन्दर बन्न चाहन्छन्। 'गुड लुक' भएकाहरूले करिअर पनि राम्रै बनाउँछन् भन्ने हल्ला...

बाँझो फूलबारी डिलका उपदेशकहरू

बाँझो फूलबारी डिलका उपदेशकहरू

यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार। त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ– खगेन्› संग्रौला सम्मान ग्रहण गर्न आउला र? मित्रलालजीहरूले कल्पना गर्नुभएजस्तै यसमा मेरा...

गुगलमा जसलाई बढी खोजियो

गुगलमा जसलाई बढी खोजियो

सर्च इन्जिनमध्ये सबैभन्दा लोकप्रिय छ, गुगल। गुगलमा दैनिक असंख्य व्यक्ति र विषयबारे खोजिन्छन्। सन् २०१४ मा यी विषय र व्यक्तिबारे गुगलमा बढी खोजी भयो।

महिलाको पिठ्यूँमा लिंगको ट्याटू

बेलायतकी एक महिलाले कुमछेउ लिंगको ट्याटू खोपाएकी छिन्। अहिलेसम्म कसैले नगरेको यस्तो काम गर्ने उनी हुन्, होली अस्टन।