Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

भ्यालेन्टाइन्स डे डिस्कोर्स

(4 votes)
भ्यालेन्टाइन्स डे डिस्कोर्स
डा. अभि सुवेदी, साहित्यकार
मान्छेले प्रेममा जत्रो नाटक अरू केही कुरामा गरेको देखिएन। सबैभन्दा प्रकट रूपमा गरिने प्रेम हो। तर, सबैभन्दा लुकाएर हि"डिने पनि प्रेम नै हो। यो दुईवटा कुरा सबैलाई थाहा छ, तर त्यो प्रकट गर्ने र लुकाउने काम नित्य चलिरहन्छ। प्रकट प्रेममा युद्ध भएका छन्। लुकाउने प्रेमजति धेरै मान्छेले गरेको अभ्यास अरू केही छैन। प्रेमभन्दा मजा आउ"छ, भन्न गाह्रो पनि हुन्छ। महाकाव्य, लोकगीत, संगीत, फिल्म सबै माध्यमबाट प्रेमका नाटक आइरहन्छन्। तर, भित्र अति आनन्द भइरहने, रुवाइरहने अनि सहारा दिइरहने कुरा प्रेम नै हो। हामीजस्ता अघिल्ला पुस्ताकाले पनि प्रेम नै गर्यौँ । लुकाउने र भन्ने नाटकहरू गरिआएकै छौँ। युवाहरूको पनि कुरा त्यही हो, तर उनीहरूको निम्ति प्रेम अलिक बलियो तरंग लिएर आउ"छ। क्रान्तिमा, शान्तिमा, केही नहुँदा, केही पाउ"दा, केही गुमाउ"दा जहिले पनि प्रेमले साहारा दिन्छ।
nepali-patro-may
नारायण ढकाल, आख्यानकार
म भ्यालेन्टाइन्स डेलाई सकारात्मक उत्सवका रूपमा लिन्छु। विशेषगरी यो पर्वले पितृसत्ताका विसंगतिलाई समाप्त गर्ने अवसर दिएको छ। प्रेम दिवसले उन्मुक्त प्रेमलाई ठाउ" दिएको छ र यो स्त्री–पुरुषको समानताको जगमा उभिएको छ। यो पर्वका पछाडि जुन व्यक्ति र घटनाको मुहान भए पनि नारी स्वतन्त्रताको विमर्शमा म यसलाई सुखद घटनाको रूपमा लिन्छु।

बाहिरबाट आएका कुरा सबै खराब हुन्छन् भन्ने सोच आफैँमा गलत छ। त्यस्तो सूत्रले हामीलाई कहीँ पुर्यानउ"दैन। प्रेम गर्ने विषयलाई सानो चित्तले हेर्नु हु"दैन।

नयनराज पाण्डे, आख्यानकार
प्रेमका अनेक रूप छन्। परिभाषा पनि अनेक छन्। हरेक व्यक्तिले आफू उभिएको समाज र त्यस समाजले बहन गरिरहेका मान्यताकै आधारमा प्रेमको आफू अनुकूूल व्याख्या गर्छ।

समाजमा केही मान्यता अन्धविश्वासको हदसम्म जड भएर रहेका हुन्छन् र केही परिवर्तनशील हुन्छन्। यसको असर प्रेमको परिभाषा र स्वरूपमा निरन्तर परिरहेकै हुन्छ।

वैज्ञानिकहरू माया, प्रेम र यौनमा हार्मोनको प्रभावका कुरा गर्छन्। म ती वैज्ञानिक तथ्यलाई पनि नकार्न सक्दिनँ र प्रेमका शाश्वत परिभाषाहरूलाई पनि चटक्कै बिर्सन सक्दिनँ। त्यसैले प्रेम मेरो लागि जटिल विषय हो। तर, यो जटिलतालाई भने सम्मान गर्न मन लाग्छ।

केही प्रेमहरू चुकुल लगाएर गरिन्छन् र केहीमा चुकुल लगाउनै पर्दैन। तर मर्यादा र आपसी विश्वासको सीमाभित्र रहुन्जेल दुवै खाले प्रेम मेरा लागि सम्मानित विषय हुन्।

अभय श्रेष्ठ, कवि
प्रेमजस्तो कोमल भावनाप्रति मानवीय प्राणी आकर्षित हुनु स्वाभाविक कुरा हो। त्यसकारण युवा–युवती भ्यालेन्टाइन्स डेप्रति आकर्षित हुनु स्वाभाविक छ। प्रेमजस्तो चोखो भावनाप्रति समर्पित युवायुवतीको भावनाप्रति मेरो उच्च सम्मान छ। तर, समस्या के छ भने यो दिवस बजारको एजेन्ट भएर प्रस्तुत हुन थालेको छ। प्रेमजस्तो चोखो भावना कसरी बजारको बिकाउ वस्तु बनिरहेको छ, सुपरमार्केटहरूमा गएर हेरे पुग्छ। अथवा, अखबारका अर्थपृष्ठहरू पल्टाए पनि हुन्छ।

मेरो विचारमा एक, भ्यालेन्टाइन दिवस सांस्कृतिक हैकमवादको माध्यम बनेको छ। दुई, यो मुनाफाखोर व्यापारीको डरलाग्दो राजनीति हो। तीन, यसले नारी अस्मितालाई सबैभन्दा बिकाउ वस्तु ठान्छ। मानवीय मूल्य र मान्यतालाई कुनै महत्व नदिने हो भने कुरा बेग्ले हो। नत्र भने हाम्रो अस्मिताको प्राणै तिनै कुरा हुन्।

प्रेमका लागि भ्यालेन्टाइन दिवस नै किन? अब यो प्रश्न उठाउनैपर्ने भएको छ। अचेल त सांस्कृतिक क्रान्तिका सूत्रधार मानिने कविहरूले समेत त्यसमा ल्याप्चे लगाउन थालेका छन्। के त्यसका लागि हाम्रै कुनै पर्व रोज्न सकिन्न? फागुपर्व वा कुनै अल्पमत जातिको प्रेमपर्वका रूपमा रहेको कुनै पर्वलाई राष्ट्रिय प्रेमपर्वका रूपमा मनाउन सकिन्छ।

रमेश क्षितिज, कवि
प्रेम मानव जीवनको सर्वाधिक महत्वको विषय हो। प्रेम अनन्त ऊर्जा हो। यसले हजारौँ सम्भावनाका ढोकाहरू खोल्छ। संसार बाँच्नलायक र सुन्दर छ किनभने मानिसलाई प्रेमको उपहार प्राप्त छ। तर, रहस्यमय कुरा के छ भने प्रेम त्यसैलाई प्राप्त हुन्छ, जसले अरूलाई प्रेम गर्न सक्दछ। किनकि प्रेम विनिमय वा प्राप्त गर्ने मात्र होइन, यो त बिनाशर्त आफूले दिने कुरा हो।

प्रेम दिवस मनाउने प्रचलन राम्रो लाग्छ मलाई। जीवन प्रेममय होस्, प्रेम उत्सवपूर्ण होस्। संसारको कुनै पनि राम्रा कुरा ग्रहण गर्नु अन्यथा होइन। त्यसमा झन् प्रेम गर्न सिक्नु, प्रेमलाई उत्सवको रूपमा मनाउनु, जीवनलाई कलापूर्ण बनाउनु र खुशी हुने शैलीलाई हाम्रो जीवन पद्धतिले अँगाल्नु त झनै राम्रो हो।

मनु मन्जिल, कवि
भ्यालेन्टाइन्स डेलाई म बलिदानको महत्वले हेर्छु। प्रेमसित एक सन्तको सहादत जोडिएको महान् कथा छ। प्रेममा मानिसलाई सपनामा लैजाने शक्ति हुन्छ। प्रेममा परेपछि चमेरोले पनि सपना देख्तो हो।

खास गरेर भ्यालेन्टाइन्स डे एउटा क्रिस्चियन पर्व हो भनेर रुढीवादी र आदिवासी जगतमा यसको आलोचना हुन्छ। तर, यसका संस्थापक सन्त भ्यालेन्टाइन स्वयं क्रिस्चियन रुढीवादविरुद्ध प्रेम र सम्बन्धको पक्षमा उभिँदा प्रेमका महान् प्रतीक बनेथे।

हामीसित भ्यालेन्टाइन्स डेको विकल्प पनि छैन। विरोधभन्दा विकल्प महŒवको कुरा हो। हाम्रा विश्वास र धार्मिक आस्थाहरू प्रेमपूर्ण सम्बन्धमा जोखिम देख्छन्।

डरलाग्दो हिंसाको माझमा पनि प्रेमको यो शान्त दौड कम्ता लोभलाग्दो छैन। गहिरो र महान् नभई कुनै पनि कुरा यति लोकप्रिय र व्यापक हुँदैन।

सरीता तिवारी, कवि
प्रेम नै नभए यो दुनियाँ कति कुरूप हुन्थ्यो होला! प्रेम भन्ने भाव छ र हामीसित बाँच्ने अनुप्रेरणा छ। यो हुँदैनथ्यो भने मान्छे आजसम्मको इतिहासमा जति बर्बर र नृशंस थियो वा छ, त्योभन्दा हज्जारौँ गुणा बढी क्रूर हुन्थ्यो। प्रेमले नै मान्छेलाई खास बनाएको हो। पशुताबाट माथि उठाएको हो।

प्रेम दिवस मनाउनुलाई म अन्यथा ठान्दिनँ। तर मूल कुरा हो, कसरी मनाउने भन्ने। प्रेम फूल दिएर व्यक्त गरिने या फूल ग्रहण गरेर स्वीकृति प्रदान गरिने कुनै प्रदर्शनी या मेला लगाइने चिज होइन।

प्रेमको नाममा, प्रेमीहरूका नाममा एकजना ज्ञानी मानिसले गरेको बलिदानको सम्मानमा जति शब्द खर्च गरे पनि थोरै हुन्छ। प्रेम नै त्यस्तो अनुभुति हो, जसले मान्छेलाई आफ्नो प्राण हत्केलामा लिएर समयको क्रूरतासँग नहारी बरु मृत्यु रोज्न उत्प्रेरित गराउँछ।

सङ्गीत श्रोता, कवि
भ्यालेन्टाइन्स डेलाई बजारले 'प्रेम गर्ने दिन' भनेर प्रचार गर्छ। मेरो बुझाइमा प्रेमले कुनै दिन कुरेर बस्दैन, जसरी भोकले आउँदो वर्षको भतेरको प्रतीक्षा गर्दैन। बजारले उपभोक्ताको मनोविज्ञान 'कब्जा' गर्न तीजदेखि, दशैँसम्म, भ्यालेन्टाइन दिवसदेखि क्रिसमससम्मलाई बढाइचढाइ गर्छ, गरिरहेको छ। किनकि, उसलाई सामान बेच्नका लागि यस्ता थुप्रै 'उत्सव' चाहिन्छन्। भ्यालेन्टाइन्स डेको सबैभन्दा बढी प्रचार अहिले तिनै व्यापारीहरूबाट भइरहेको छ, जो गुलाब, कार्ड वा उपहारका अरू सामान बेच्न चाहन्छन्।

नेपालमा बालबच्चालाई एउटा यस्तो फ्रेमभित्र राखेर हुर्काइन्छ, जसका कारण ऊ फरक भाषा, फरक समुदाय र फरक पहिचानसहित हुर्केको अर्को बच्चालाई साथी बनाउन हिच्किचाउँछ र जसको परिणाम किशोर भइसक्दा फरक जात, क्षेत्र वा पहिचानको साथीलाई प्रेम गर्नै ऊ डराउँछ। किनकि, उसको प्रेमलाई समाजको स्थापित संरचनाले मान्यता दिँदैन। अनि, बजार यही मौका छोपेर वर्षको एकदिन उपहारसहित प्रेम–प्रस्ताव राख्न 'अफर' गर्छ।

सरस्वती प्रतीक्षा, कवि
भ्यालेन्टाइन्स डेजस्तो दिनले मान्छेलाई प्रेमका बारेमा सोच्ने समय दिन्छ। प्रेमदिवस जहाँबाट जसरी सुरु भए पनि यसलाई मनाउनु भनेको प्रेमको सर्वोच्चतालाई स्विकार्नु हो।

अहिलेको पुस्ता प्रेमको गहिराइभन्दा पनि प्रेमको सतही फैलावटमा मग्न भएको हो कि भन्ने लाग्छ। आर्चिज र हलमार्कका कार्ड बढी बिक्ने, हृदयको कार्ड कम बिक्ने समयका उभिएका छौँ हामी। प्रेम प्रेम कम, फेसन बढी भए जस्तो देखिन्छ। हृदयको किस्सा हुनुपर्ने प्रेम फेसनको किस्सा हुन पुग्दा प्रेमको सौन्दर्यमा आँच आएको महसुस पनि हुन्छ।

मेरो विचारमा प्रेम र मोक्ष उस्तै कुरा हुन्। विराट सत्यसँगको साक्षात्कारजस्तो। सबै मान्छेलाई त्यो प्राप्त हुँदैन, तर प्राप्तिको उत्कण्ठा सबैमा सदैव जीवित हुन्छ।

प्रस्तुतिः दीपक सापकोटा

Leave a comment

'सेल्फिस सेल्फी'

'सेल्फिस सेल्फी'

सेल्फी लिनु धेरैको सोख बन्न पुगेको छ। तर, ठाउँकुठाउँ सेल्फी लिनेहरूले भने ठूलो आलोचना खेप्नुपर्दो रहेछ। गतसाता आपत्ग्रस्त ठाउँमा सेल्फी लिएर सन्तुष्टि लिने थुप्रै भेटिए।

देखाएकै भरमा कहाँ चलिन्छ र?

देखाएकै भरमा कहाँ चलिन्छ र?

प्लस टू सकाएर बसेकी थिइन्, सबिना कार्की। सिन्धुलीमा जन्मेहुर्केकी सबिना काठमाडौँ आएको केही वर्ष भइसकेको थियो। स्नातक पढ्न सुरु गर्दा उनले आफूमा हिरोइन बन्नुपर्ने केही आधार पनि विकास गरेकी थिइन्।...

जीवनलाई सजाय भन्ने जीवन

जीवनलाई सजाय भन्ने जीवन

अलिकति कवि, अलिकति बौद्धिक, अलिकति वाचाल, अलिकति अभिनेता, अलिकति स्टार... जीवन लुइँटेल यी सबैका योग हुन्। उनलाई कहिलेकाहीँ सुटिङ स्पटको जिन्दगी यान्त्रिक लाग्छ र जीवनका अन्य पहेली बुझ्न उनी आर्यघाटमा...

घडीका डाक्टर

घडीका डाक्टर

एकजना पाको मान्छे एकाग्र भएर हाते घडी मर्मत गर्दैछन्। झिँगाको टाउकोभन्दा मसिना किलाले जेलिएको घडीका पाटपुर्जा खोतलखातल पार्दैछन् उनी। सानो सटरभित्र कोचिएको खाटमा पलेँटी कसेर काम गरिरहेका उनलाई छेउमै उभिएका...

'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...

रोपाइँ गर्दै 'चपली गर्ल' (फोटो फिचर)

रोपाइँ गर्दै 'चपली गर्ल' (फोटो फिचर)

हट फोटोसुट र फिल्ममा गरमागरम दृश्य दिएर एकाएक चर्चामा आएकी हिरोइन विनिता बराल अचेल यो क्षेत्रमा छैनन्। पछिल्ला फिल्मले अपेक्षित सफलता हासिल गर्न नसकेपछि ग्ल्यामर क्षेत्र त्यागेकी उनले यो क्षेत्रप्रतिको...

यौन र इन्टरनेट

यौन र इन्टरनेट

जर्मनीको बर्लिनमा यौनकर्मी खोज्न सजिलो छ। पेपर भन्ने एप्सले यस कामलाई सहज पारिदिएको छ। यसले यौनकर्मीको सूची, तस्बिर, मूल्य र शारीरिक बनोट आदि विवरण तुरुन्त उपलब्ध गराउँछ। 

उड्ने पनि बढे, ठगी पनि बढ्यो

कामको खोजीमा विदेशिने नेपालीको संख्या आर्थिक वर्षको ११ महिनामा ४ लाख ६६ हजार ५ सय १५ जना पुगेको छ। बेरोजगारीका कारण लाखौँ नेपाली कामको खोजीमा विदेशिन बाध्य छन्। आर्थिक वर्षको...