Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

को जाओस् पार्टी कार्यालय?

(3 votes)
को जाओस् पार्टी कार्यालय?
एक वर्षअघि सरकारको नेतृत्व लिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पार्टीका नेता भेटिँदैनन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला सार्वजनिक कार्यक्रमबाहेक गत साउनदेखि कार्यालय पुगेका छैनन्। 
nepali-patro-may
सरकारमा पुगेपछि पार्टी र जनताबीचको दूरी बढ्ने भन्दै कार्यालयले मन्त्रीहरूलाई नियमित कार्यालय आउने 'सेड्युल'सहित भेटघाटका लागि कोठाको नै व्यवस्था गरेको थियो। तर, कार्यालय जाने को? मन्त्रीहरू कार्यालय जान छाडेपछि मन्त्रीले कार्यकर्ता भेटका लागि बनाएको कोठामा कार्यालय सुरक्षाका लागि पुगेका सशस्त्र प्रहरीका अधिकारीहरू सुतिरहेका भेटिन्छन् भने कार्यालय सुनसान छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला उपत्यकाबाहिर चौतारा उद्घाटन गर्न समेत जान भ्याए पनि उनलाई कार्यालय जाने फुर्सद भने छैन। केन्द्रीय सदस्यहरूले विरोध जनाए पनि कोइरालाले हाँसेर उडाइदिने गरेका छन्। प्रधानमन्त्री र मन्त्री मात्र होइनन्, पार्टीका पदाधिकारी र नेता पनि कमै पुग्छन्। बल्लतल्ल बसेको केन्द्रीय समितिको बैठक पनि प्रधानमन्त्री निवासमा नै बसेको छ। त्यो पनि चारपटकको स्थगनपछि। पार्टी कार्यालयमा बैठक नबसेर बालुवाटारमा राखेकोप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य प्रकाशशरण महतले पार्टीको नेतृत्वमा सरकार गठन भएका बेला प्रधानमन्त्री निवासमा नै बैठक राख्ने निर्णय गर्न प्रस्तावै गरेका छन्। बैठकले पार्टीको १३ औँ महाधिवेशन भदौ २४ बाट काठमाडौँमा गर्ने निर्णय गरेको छ।

Leave a comment

‘नाच्न जान्नुका फाइदा छन्'

‘नाच्न जान्नुका फाइदा छन्'

सम्झना लामिछाने मगर उदाउँदी लोकगायिका हुन्। उनको स्वरमा रहेका ‘घरमा पराल बारीमा बन्सो', ‘फूल फुलेर पयाँलै भयो' जस्ता गीत चर्चित छन्। नृत्यमा पनि रुचि भएकी उनी मोडलिङ पनि गर्छिन्। केही...

'म योद्धा हुँ, योद्धा'

'म योद्धा हुँ, योद्धा'

क्यान्सरसँग लड्न सक्षम भएँ म। त्यसैले अहिले नयाँ जीवन बाँचिरहेकी छु। मलाई पाठेघरको क्यान्सर भएको थियो। अस्पतालको बेडमा मैले लामो समय बिताएँ। त्यतिबेला मैले जीवन र मृत्युलाई धेरै नजिकबाट नियाल्ने...

कोरियामा नेपालीको तलब वृद्धि

नेपाली कामदारको लागि आकर्षक गन्तव्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलब बढ्ने भएको छ। दक्षिण कोरियाले सन् २०१५ का लागि मजदुरको न्यूनतम तलब वृद्धि गर्ने निर्णयसँगै...

फ्राइडे रिलिज : 'सरी ल'सँगै 'एउटा साथी'

फ्राइडे रिलिज : 'सरी ल'सँगै 'एउटा साथी'

फेसबुकमा ड्रिम ब्वाइ/गर्ल खोज्ने युवायुवतीका कथामा बनेको फिल्म 'सरी ल' यो हप्ता रिलिज हुने भएको छ। ऋषि लामिछानेले निर्देशन गरेको फिल्मले फेसबुक च्याटिङमा प्रेम पर्नेहरूको कथालाई रोचक ढंगले प्रस्तुत गरेको...

गीतले जुराएको गृहस्थी

गीतले जुराएको गृहस्थी

रामचन्द्र काफ्ले–जुनु रिजाल दम्पती संगीत पेसामा आबद्ध छ। रामचन्द्रका 'हिउँ चुलीमा घाम लाग्यो', 'लाठी चार्ज', 'वार्ता गराइदेऊ'लगायत दर्जनौँ गीत हिट छन्। त्यसै गरी जुनुले गाएका 'कसले सुरुवात गर्यो ', 'हिमाललाई...

बर्थडेमा विदेशबाट केक

बर्थडेमा विदेशबाट केक

कार्यक्रम सञ्चालिकाबाट लोकगायनमा प्रवेश गरेकी सुनिता दुलालले अघिल्लो हप्ता मात्रै चौधौं गीति संग्रह 'मायालाई के दिऊँ म' बजारमा ल्याएकी छिन्। मायाप्रेमका रमाइला गीत गाउने उनीसँग उनको प्रेमजीवनमै केन्द्रित भएर धनबहादुर...

कोइरालाको नियतमै खोट

कोइरालाको नियतमै खोट

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बोलेको बुझिँदैन। जिब्रोमा लागेको क्यान्सरका कारण उनी प्रस्ट बोल्न सक्दैनन्। वयोवृद्ध प्रधानमन्त्री कोइरालामा उमेरका कारण सिर्जना हुने समस्या पनि छन्। तर, देशको कार्यकारी...

प्रिये, तिमी कन्या हौ कि कुमारी हौ?

“भाउजू, काकी, आमा, माइजू र कतिपयका श्रीमतीहरूले अध्ययन गर्ने प्रौढ पाठशाला हो कि जस्तो क्याम्पसको नाम 'पद्म कन्या क्याम्पस' राखिएको छ। “मलाई क्या हाँसो उठ्यो। दुई सन्तानकी आमा मेरी काकीले...