Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

पोर्नको भव्य खेतीपाती

(5 votes)
पोर्नको भव्य खेतीपाती
विश्वका ४५ करोड मानिस 'पोर्नोग्राफी'को नशामा फसेको तथ्यांकले देखाएको छ। जिक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एक जनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन्। त्यस्तै ५९ प्रतिशतले हप्तामा पाँचदेखि १५ घण्टासम्म पोर्न फिल्म हेर्छन्। पोर्न मुभीको लतमा फसेका ५० प्रतिशतले भने 'सेक्स'को अनुभव नै बटुलेको देखिँदैन। तथ्यांकले पोर्नोग्राफीको नशामा फसेका ४२ प्रतिशत कलेजका विद्यार्थी रहेको उल्लेख गरेको छ। त्यस्तै ५३ प्रतिशत १२ देखि १४ वर्ष उमेरका छन्। उनीहरू १२ वर्ष कटेपछि पोर्न फिल्मको लतमा फसेको तथ्यांकले देखाएको छ।
nepali-patro-may
इन्टरनेटको माध्यमबाट पोर्न फिल्म हेर्ने सबैभन्दा बढी अमेरिकामा छन्। यहाँ चार करोड मानिस पोर्नको लतमा फसेका छन्। यो संख्याको एक तिहाई अर्थात् १ करोड ३० लाख महिला छन्। अमेरिकालाई 'पोर्न'को राजा पनि भन्ने गरिन्छ। पोर्नसम्बन्धी फिल्म निर्माण, पोर्नस्टार, पोर्नसम्बन्धी वेबसाइट, वेबसाइट होस्टिङलगायत सबै काम अमेरिकामै बढी हुने गरेकाले अमेरिकालाई पोर्नको राजा भनिएको हो। विश्व बजारको ६६ प्रतिशत पोर्न फिल्म अमेरिकामा बन्ने गरेका छन्। साइकोलोजी फ्याक्ट्सले हरेक ३९ मिनेटको अन्तरमा अमेरिकामा नयाँ ब्लू फिल्म बन्ने देखाएको छ। संसारभर पोर्नोग्राफीको वार्षिक १३ अर्ब डलरको कारोबार हँुदै आएको छ। जसमध्ये अमेरिकामा मात्र ८९ प्रतिशत कारोबार हुन्छ।

अमेरिकापछि यस्ता क्रियाकलाप ब्राजिलमा बढी हुन्छ। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पोर्न हेर्नेको संख्या दिनप्रति दिन बढ्दै गएको तथ्यांकले देखाएको छ। ब्राजिलपछि दक्षिण एसियाली मुलुक पाकिस्तान पोर्न फिल्म हेर्ने तेस्रो ठूलो राष्ट्र हो।

संसारकै ठूलो अर्थतन्त्र मानिएको चीन पोर्न हेर्ने चौथो ठूलो मुलुक हो। यहाँ कतिपय वेबसाइटहरू सरकारले प्रतिबन्ध लगाए पनि लुकीछिपी पोर्न हेर्नेको जमात बढ्दै गएको छ।

विश्वकै दोस्रो ठूलो जनसंख्या भारतमा भने पोर्नसम्बन्धी आँकडा मिश्रित छ। इन्डियन एक्सप्रेसका अनुसार उच्च शिक्षा पढ्ने ८० प्रतिशत विद्यार्थीहरू पोर्न फिल्म हेर्छन्। शहरिया क्षेत्रमा इन्टरनेट र दुर्गमका विद्यार्थीहरू साथीभाइसँग उपलब्ध पोर्न फिल्म ब्लुटुथको माध्यमबाट ट्रान्सफर गरेर हेर्छन्। भारतका दुर्गम ठाउँका महिलामा पनि पार्नोग्राफीको लत बसेको देखिन्छ।

सेलिब्रिटीका भाइरल सेक्स टेप
स्मार्टफोनबाट सेक्स भिडियो बनाउने प्रचलन पनि बढ्दो छ। आफूसँग भएको स्मार्टफोनले आफ्नी पत्नी वा प्रेमिकासँग भएको सेक्सुअल क्रियाकलाप अहिलेका पुस्ताले रेकर्ड गर्ने गर्छन्। आफूसँग भइन्जेलसम्म ती क्लिप सुरक्षित भए पनि मोबाइल बिग्रिँदा वा हराउँदा यस्ता भिडियो लिक भएर भाइरल भइरहेका छन्। यस्तो क्लिप भाइरल हुनेमा आम मान्छेदेखि सेलिब्रिटीसम्मका छन्। हालैमात्र बलिउड अभिनेत्री राधिका अप्तेको नांगो तस्बिर भाइरल बनेको थियो। यसअघि पनि बलिउडका धेरै हिरोइनहरूको नांगो तस्बिर भाइरल बनेका थिए।

हलिउडमा त झन् यसको लेखाजोखा नै छैन। लिक्ड हुनेमा चर्चित सोसलाइट किमदेखि निकोल नारेनसम्म छन्। त्यस्तै, पेरिस हिल्टन र रिक सलोमन, पमेला एन्डर्सन र टोमी ली, केटी प्राइस र डेन बोअर्स, भेर्ने ट्रोयर र रनाए सि्रदर, अवि टिटमुस र जोहन लेसलीलगायत सेलिब्रिटीका सेक्स टेप सार्वजनिक भइसकेका छन्। यसको मुख्य कारण स्मार्टफोन भएको बेलायती पत्रिका मिररले उल्लेख गरेको छ।

गुगलमा पोर्न प्रतिबन्धित
गुगलले आफ्नो ब्लग प्लेटफर्म 'ब्लगर डटकम' (जुन ब्लगस्पट डटकमको नामले समेत चिनिन्छ) मा पोर्न सामग्री पोस्ट गर्न प्रतिबन्ध लगाएको छ। विभिन्न देशले पोर्न साइटमाथि प्रतिबन्ध लगाउन थालेपछि पछिल्लो समय पोर्न सामग्री उत्पादकहरूले गुगलको फ्री ब्लग साइट ब्लगस्पटको सहारा लिँदै आएका थिए। तर, अब गुगलले पोर्न कन्टेन्टयुक्त यस्ता ब्लगलाई सार्वजनिक रूपमा नखुल्ने बनाउने भएको छ भने नयाँ कन्टेन्ट पोस्ट गर्न पनि प्रतिबन्ध लगाउने छ। गुगलले मंगलवार सूचना जारी गर्दै मार्च २३ भित्र त्यस्ता सामग्री नहटाए ती ब्लगलाई प्राइभेटमा रूपान्तर गरिदिने बताएको छ। प्राइभेट ब्लग एडमिनले मात्र हेर्न पाउँछ, जसलाई सार्वजनिक रूपमा खोल्न सकिँदैन। तर, ब्लग सञ्चालकले सेयर गरेका लिंक भने खोल्न सकिन्छ।

गुगलले नांगा तस्बिर, भिडियो वा ग्राफिकयुक्त सामग्री सार्वजनिक ब्लगमा राख्न नपाइने बताएको छ। तर, न्युड आर्ट वा शैक्षिक तथा चेतनामूलक प्रयोजनका लागि राखिएका सामग्रीलाई भने हटाउनु पर्ने छैन। गुगलको पछिल्लो नीतिले ब्लगस्पटमा सेक्स ब्लग, पोर्न भिडियो र तस्बिरको साइट चलाइरहेका लाखौँ प्रयोगकर्ता र त्यसका करोडौँ दर्शक प्रभावित हुनेछन्। गुगलले पहिला आफ्नो नीतिमा पोर्न कन्टेन्टलाई प्रतिबन्ध नलगाउने स्पष्ट उल्लेख गरेको थियो। तर, अहिले आधारभूत नीतिमै परिवर्तन गरेपछि पोर्न ब्लग सञ्चालकहरू असन्तुष्ट भएका छन्।

Leave a comment

बिलखबन्द लोकतन्त्र

लोकतन्त्र बहाली भएको नौ वर्ष पूरा भएको छ। दशवर्षे माओवादी विद्रोहको जगमा ०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनबाट प्राप्त लोकतन्त्रप्रति जनताको गहिरो लगाव र सम्मान छ। तर, लोकतान्त्रिक पद्धति निर्माणमा...

सेतो पर्दा: अभिनय गरेर अर्बपति बनिँदैन

नेपालमा धेरैजसो निर्माता पैसा कमाउनुपर्छ भन्दै तथाकथित कमर्सियल फिल्म बनाउने गर्छन्। कलाकारले पनि पैसा कमाउन धेरैभन्दा धेरै फिल्म खेल्नुपरेको तर्क दिन्छन्। जबकि विश्वकै फिल्म क्षेत्रको अध्ययनले देखाउँछ, फिल्मबाट पैसा कमाउन...

कहिले कसले जिते विश्वकप?

सन् १९३०, उरुग्वे (पहिलो विश्वकप) विजेता– उरुग्वे उपविजेता– अर्जेन्टिना तेस्रो– अमेरिका चौथो– युगोस्लाभिया

बलियो टोली

बलियो टोली

दक्षिण एसियामा नेपाली महिला फुटबललाई बलियो टोलीका रूपमा लिइन्छ। अट्याकिङ र सटिक पासमा राम्रो समन्वय देखिने महिला टोलीले साफ च्याम्पियनसिपको दुई संस्करणको फाइनलमा पुगेर आफ्नो क्षमता देखाइसकेका छन्।

नयाँ जुनी

नयाँ जुनी

अघिल्लो शनिवार गएको महाभैँचालोले देशको रूप–स्वरूप, मन–मनस्थिति भत्काइदिएको छ। नागरिक हतास छन्, शोकाकुल छन्, मर्माहत छन्। यो प्रचण्ड दुःखको बेलामा जब कसैले मृत्युलाई जितेको खबर आउँछ, सारा देश हर्षविभोर हुन्छ।...

'डार्लिङ एक्टर'देखि सावधान!

'डार्लिङ एक्टर'देखि सावधान!

चाहे पुलिसकै भूमिका होस्, राजेश हमाल किन सधैँ लामो कपालमा अभिनय गर्छन्? भुवन केसी किन सुटिङको बेला सास थामेर पेट लुकाउँछन्? रेखा थापाले फिल्ममा किन छोटो स्कर्ट लगाउँछिन्? आर्यन सिग्देल...

देहसुखका भोका

देहसुखका भोका

सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने...

मुख, मुखमुख, मुखसुख र मुखामुख

एउटै शब्द दोहोरिएर अर्को नयाँ शब्द बन्ने भाषिक प्रक्रियाको कुरा गरौँ। नेपाली भाषामा यस्ता सयौँ शब्दहरू छन्। 'घरबाट घरघर, भातबाट भातसात, बानीबाट आनीबानी' बनेजस्तै गरी नयाँ शब्दहरू बनेका छन्। यसरी...