Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

भूकम्प संयोग

(0 votes)
दुईचार दिनदेखि नराम्रो सपना देखिरहेको थिएँ। बाटोमा हिँड्दाहिँड्दै अलि पर पुगेपछि बाटो नै नहुने। पुल तर्न खोज्दा पुलै गायब हुने। ओरालो–ओरालो झरिरहेको हुने। यस्ता सपनाले अनिष्टको संकेत गर्छन् भन्ने जनकथन छ।


nepali-patro-may
शनिवार मध्याह्न १२ बजे। स्थान स्युचाटार रामकोट। अकस्मात् ठूूलो आवाज आयो र जमिन हल्लियो। भूकम्प आएको भन्ने थाहा भैहाल्यो। वरिपरि रहेका केही घर ढलिरहेका थिए। बाहिर चौरमा भएकाले सबैतिर हेर्न भ्याइरहेका थिए। कोलाहल थियो। महाभूकम्पको त्यो क्षणमा म र श्रीमती अनीता खुलाचौर आसपासमा नै थियौँ। र, आँखाअगाडि भयानक दृश्य थिए। मैले आफ्ना सपना सम्झेँ, सपनाका दृश्य सम्भि्कएँ।

हामी स्युचाटार, रामकोटमा घर किन्न खोजिरहेका थियौँ। त्यसैले शनिवार त्यहाँ पुगेका थियौँ। घरमालिक राजन श्रेष्ठलाई कुर्दा केही समय गयो। उनी आउनुभन्दा अगाडि घरभित्र हेरेर बसिसकेका थियौँ। उनलाई बाहिर नै भेटाएपछि मैले 'दाइ, भित्र कोठामा त केही चर्केको छ नि' भनेँ। उनले 'हो र, खोइ हेरौँ त' भने। हामी दुई भित्र छिर्नै लागेका थियौँ, शनिवारको पहिलो भूकम्प गयो। अनीता अलिकति माथि थिइन्। राजन दाइ र म भागेर खुल्ला चौर आउँदै गर्दा मैले उनलाई पनि ठूलो स्वरमा कराउँदै बोलाए।

चर्केको घर देखाउन भित्र छिरेको बाहिरबाटै हेर्दा घर त थप चर्केको देखेँ। खुल्ला चौरमा बसिरहेका थियौँ, अझै जमिन हल्लिरहेको थियो। वरिपरि घर ढलेर धुलो उडिरहेको थियो। मान्छे भागाभाग गर्दै थिए। मैले सोचेँ– अब ठूलो भूकम्प जाँदैन। मोबाइलको क्यामेरा खोलेर धुलो उडेको र मान्छे भागेको भिडियो खिच्न थालेँ। भिडियो खिच्ने बेलामा मैले अनीतालाई 'क्या ठूलो भूकम्प गएको है'

मात्र के भनेको थिएँ, फेरि भूकम्प गयो। हामी अघिको ठाउँ छोडेर अलिकति तल गयौँ। त्यहाँ बसेर मैले फेरि फेसबुक खोलेँ। धरहरा ढलेको, कपनको साततले घर ढलेको लगायतका पोस्ट र फोटोहरू आउन थाले। वरिपरि घरहरू बनाउने कामदार थिए। सबै मसँग झुमिन थाले। सबैले सोधे, कति रेक्टरको थियो? मैले उनीहरूलाई ७.९ रहेको जानकारी गराएँ। त्यतिबेलासम्म सबैले फेसबुक र अनलाइनमा समाचार राखिसकेका थिए।

त्यही बेला एकजना कामदारले 'दाइ, अब त नजाला नि भूकम्प!' भनेका मात्र के थिए, फेरि जमिन हल्लाइहाल्यो। हामी फेरि एकठाउँमा जम्मा भयौँ। नजिकैको पुल चर्केको थियो। असुरक्षित ठानेर अर्काे ठाउँमा गयौं।

त्यो बेलासम्म केन्द्रविन्दु भएको ठाउँदेखि भौतिक क्षति र मान्छेहरू मरिरहेका समाचार आइरहेका थिए। घरपरिवारदेखि आफन्त साथीभाइहरूको तारन्तार फोन बजिरहेको थियो।

हामी अझ ठूलो खेत भएको ठाउँतिर लाग्यौँ। त्रास उस्तै थियो। ठूलो क्षति भएको भन्ने खबरले मन दुःखी थियो। खेतमा बसिरहँदा घरमा पुरिएर घाइते भएकालाई अस्पताल लैजान मोटरसाइकलमा दगुराइरहेको देखिएको थियो। एकैछिनपछि टोलाउँदै अघि खिचेको तस्बिर र भिडियो हेर्न मन लाग्यो। फोटो हेरिसकेपछि भिडियो हेर्दै थियौं। भिडियोमा हल्लिएर भागेको र कति ठूलो भुकम्प भन्दै चिच्चाएको दृश्य थियो। त्यही बेला फेरि अर्काे भूकम्प गयो। अनीताले मलाई दुःखी भएर हेरिन्। मैले 'मनमनै के भएको होला भगवान्!' भने"। शनिवार पटक–पटक आइरहेको भूकम्पले भयभीत बनाइरह्यो।

बाटोमा भत्केका घर र मान्छेहरूको अवस्थाको फोटो खिच्दै सुन्धारा अफिसमा आइयो। सुन्धाराको सिभिल ट्रेड सेन्टर चर्केर प्वाल परेको थियो। त्यही बाटो जानुपर्ने झन् डर लाग्यो। हाम्रो अफिस केही चर्केको थियो। कम्प्युटर खोलेर समाचार लेख्न थालियो। समाचार भूकम्पमा दूरसञ्चार सेवाको विषयमा लेख्दै थिए। साँझको समयमा फेरि हल्लायो।

अनीता म सँगै थिइन्। समाचार लेखेर हामी सोह्रखुट्टेस्थित डेरामा पुग्यौँ

। बिजुली नभएको घरमा भित्र मान्छे कोही पनि थिएनन्। सबै बाहिर खाली सडक र चौरमा बसिरहेका थिए। हामी पनि ओढ्ने र ओछ्याउने निकालेर सडकमा नै आयौँ। राती पानी पर्न थाल्यो। घरभित्र गयौँ

। सहकर्मी सुजनलाई फोन गरेँ, के छ अवस्था भनेर। उसले ठीकै छ भन्दै थियो। राती फेरि भूकम्प गयो। मैले अनीतालाई बेडबाट तानेर र झरालेँ। अनि हामी बाहिर नै लाग्यौँ। डर त छँदै थियो।

आइतवार बिहान त्यहाँबाट टुँडिखेल आइयो। अनीता र म बिहानभर टुँडिखेलमा बस्यौँ। भोक लागेर खाना खान खोजियो। कुनै पसल खुलेका थिएनन्। बेलुका नै चाउचाउ खाएर सुतेको शरीरले दालभात नै मागिरहेको थियो। अनीताले कोठामा गएर पकाएर खाने भनिन्, मैले हुन्छ भनेर अनि फेरी कोठामा लाग्यौं। उनले भात बसाल्न थालिन् मैले छिटो छिटो तरकारी काटे। दिउँसो १२ बजेको थियो। शनिवार पनि १२ बजे भुकम्प गएका हुनाले डरले १२ बजे हामी कोठा बाहिर निस्क्यौँ। एकैछिनपछि खाना खाएर सँगसँगै सुन्धारा अफिसमा लाग्यौँ।

मैले अनीतालाई केही भयो भने कम्प्युटर टेबलको तल लुक्नुपर्छ है भनेको थिएँ। एउटा फोन आयो। फोन भारतबाट थियो। बोल्ने चाहिँ नेपाली। उनले भूकम्पको बारेमा जानकारी लिन खोजिरहेका थिए। 'कतिको मृत्यु भयो अहिलेसम्म?' उनले सोधे। मैले त्यो बेलाको तथ्यांक दिएँ।

उनले 'अब त जाँदैन होला नि?' भने। मैले यस्तो अनुमान गर्न सकिन्न भनेँ। फोन राख्न नपाउँदै अफिस त पूरा हल्लायो। अनीता कम्प्पुटर तल लुक्दै थिइन्। म झोला बोकेर उनलाई तानेर बाहिर निस्किएँ। अगाडि गोविन्द अधिकारी दाइ अत्तालिँदै झर्दै हुनुहुन्थ्यो। हामी भर्याङमा ओर्लंदा पिङ मच्चिएझैँ भएको थियो। यो दिउँसो १ बजेको ६.७ रेक्टरको भूकम्प थियो।

शनिवारपछिको ठूलो भूकम्प। शनिवारको भूकम्पमा खाली चौरमा थियौँ र डर कम लागेको थियो। आइतवारको भूकम्पले त बाँचिदैनजस्तो भयो।

त्यसपछि हामी अफिस अगाडिको आर्मी हेडक्वार्टरको खाली चौरमा लाग्यौँ। सबै त्यहीँ जम्मा भयौँ। सम्पादक प्रतीक प्रधान पनि त्यहीँ आउनुभयो। उहाँ भुकम्प आउँदा न्युरोड क्षेत्रमा हुनुहुन्थ्यो। उहाँले अब अफिसमा गएर काम गर्न नसक्ने अवस्था रहेको र पहिला सुरक्षा ठूलो रहेको भन्दै प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीसँग आज पत्रिका ननिकाल्ने कि भनेर सोध्नुभयो। विनोद सरले पनि हुन्छ भनेपछि सोमवारको पत्रिका ननिस्कने भयो। आइतवार काम गर्नुपरेन। तर, अनलाइनमा अपडेट गर्ने कुरा भयो। त्यसैले त्यही चोरमा बसेर अपडेट गर्ने निर्णय भएपछि फोटो एडिटर चन्द्रशेखर कार्कीले त्रिपालको व्यवस्था गर्नुभयो। कृष्ण ढुंगाना, प्रशान्त लामिछाने, विपुलेन्द्र पोखरेल, सुजन ओली, म साँझदेखि नागरिक न्युजमा समाचार अपडेटमा लाग्यौँ। अनीता म सँगै थिइन्। उनलाई एकैछिन छोड्ने अवस्था पनि थिएन।

बिहान भयो। खाना सुन्धाराकै लुम्बिनी तन्दुरीमा खायौँ। त्यो पसल शनिवारदेखि नै खुल्ला थियो।। त्यो क्षेत्रमा त्यो पसल एक्लै खुल्ला थियो। खाना खाएर त्यसका साहु नारायण पाण्डेसँग कुरा गरेर उनको स्टोरी नागरिकन्यूजमा लेखियो।

सोमवार दिउँसो एकैछिन कोठामा गइयो। फेरि फर्केर आर्मीकै चौरमा आइयो। पत्रिकाका लागि समाचार तयार गर्दै थियौँ। साँझपख मैले साथीहरूलाई 'मैले भूकम्पको कुरा गर्नेबित्तिकै भूकम्प जान्छ यार, के भएको होला' भन्दै थिएँ। ठीक त्यही बेला फेरि ४.५ रेक्टरको भूकम्प गयो।

मैले सोचेँ– यो भूकम्प मलाई लगेपछि मात्र शान्त हुन्छ होला। म जतिखेर भूकम्प भन्ने शब्द उच्चारण गरिरहेको हुन्थेँ, ठीक त्यही बेला भूकम्प गइरहेको हुन्थ्यो।

धेरैले फोन गरेर भूकम्पबारे सोध्न खोज्दै थिए। मैले डरले कतिको त फोनै उठाइनँ। आइतवारको दिन त मैले आफ्नै भिनाजु रामजी लम्सालसँग पनि झर्केर बोलेछु। उहाँ पनि भूकम्पबारे नै सोध्दै हुनुहुन्थ्यो।

ब्रेकरः अब यो दैवीप्रकोपबाट सबैले पाठ सिक्नुपर्छ। मान्छेलाई धेरै कुरा सिकाउनुपर्छ यसले। विपद्सँग लड्ने क्षमता विकास गर्नुपर्छ। सुखमा नमातिने, दुःखमा नआतिने त्यसै भनिएको होइन। अनि, नेताहरूले पनि ठूलो पाठ सिक्नुपर्छ। सानो स्वार्थमा अल्झेर सहमति गर्न नसकेका उनीहरूलाई यसले एकतामा बाँधिन सघाउनुपर्छ। लोभलालच, रिसराग त्यागेर सही र दीर्घकालीन निर्णय लिन दबाब दिएको हुनुपर्छ यो महाभूकम्पले।

Leave a comment

'दुबई नआउनुस्!'

बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकी दुबई पुगेका केही युवा बिचल्लीमा परेका छन्। दुबईको अन्सार ग्रुप अफ कम्पनिजको अन्सार मलमा पुगेका युवा यतिखेर कसरी पैसा कमाउने भन्दा पनि नेपालबाट आउने...

शुक्रबार सम्पादकीय - माघ ८ः आलाप आ–आफ्ना

संविधान जारी गर्ने भनिएको माघ ८ गते नजिकिँदै गर्दा संविधान सहमतिका आधारमा जारी गर्ने कि प्रक्रियामा गएर जारी गर्ने भन्ने विषयमा आ–आफ्ना स्वार्थअनुसारको 'लबिङ' तीव्र गतिमा सुरु भएको छ।

नक्कली 'मिस नेपाल'

नक्कली 'मिस नेपाल'

मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान...

कोइरालाको नियतमै खोट

कोइरालाको नियतमै खोट

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बोलेको बुझिँदैन। जिब्रोमा लागेको क्यान्सरका कारण उनी प्रस्ट बोल्न सक्दैनन्। वयोवृद्ध प्रधानमन्त्री कोइरालामा उमेरका कारण सिर्जना हुने समस्या पनि छन्। तर, देशको कार्यकारी...

लाजमर्दो!

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई...

'सायद नाच्नै जन्मेको हुँ म'

'सायद नाच्नै जन्मेको हुँ म'

टेलिभिजनका दर्शकलाई थाहा छ– शंकर बीसीको अनुहार एकैदिनमा कतिपल्ट दोहोरिन्छ। तीजको सिजन आयो भने त जताततै 'शंकरै शंकर'! उन्नाइस वर्षदेखि नृत्य क्षेत्रमा सक्रिय शंकरले ४५ वटा फिल्ममा कोरियोग्राफी गरेका छन्,...

भूकम्प संयोग

दुईचार दिनदेखि नराम्रो सपना देखिरहेको थिएँ। बाटोमा हिँड्दाहिँड्दै अलि पर पुगेपछि बाटो नै नहुने। पुल तर्न खोज्दा पुलै गायब हुने। ओरालो–ओरालो झरिरहेको हुने। यस्ता सपनाले अनिष्टको संकेत गर्छन् भन्ने जनकथन...

शुक्रबार सम्पादकीय : गयल हुने गल्ती

संविधानका विवादित विषयमा सहमति जुटाउन भएका भनिएका 'घनीभूत' छलफलको स्तर र हैसियतमाथि नै प्रश्न उठ्नेगरी प्रमुख दलहरूको बीचमा धु्रवीकरण सुरु भएको छ। संविधानका विवादित विषयमा सहमति जुटाउन भगीरथ प्रयत्न गरिरहेको...