Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

खिचडीमा बिग्रिएको बानी

(1 Vote)
पछिल्लो समय चर्चामा आएका 'सुनगाभा' 'साँघुरो'लाई धेरै दर्शकले डकुमेन्ट्री टाइपको फिल्म भनेर बुझे। यी फिल्ममा अतिनाटकीयता, हिरोहिरोइनको नाचगान, ढिस्युढिस्यु फाइट, दाह्रा किट्ने भिलेन थिएनन्। दुवैमा कलाकारको अभिनय र प्रस्तुति यथार्थपरक थियो। साधारण दर्शकमात्र होइन, नेपालका केही निर्देशकले समेत यस्ता फिल्मलाई डकुमेन्ट्रीको संज्ञा दिँदै आएका छन्।


nepali-patro-may
फिल्मको नाममा वर्षौंदेखि बलिउडका खुराकमात्र सेवन गरेर हुर्किएका धेरैजसोको बुझाइ यस्तै छ। फिक्सनलाई पनि ननफिक्सन देख्ने मनोविज्ञान बलिउडकै सूत्रवद्ध फिल्मले निर्माण गरिदिएको हो। बलिउड फिल्ममा अहिले पनि मेलोड्रामा र सस्तो टि्रटमेन्टकै हालिमुहाली छ। नाच्नगाउन जान्ने हिरोहिरोइनडरलाग्दा भिलेनपाँच गीतपाँच फाइट यथावतै छन्। 

यस्तो फिल्ममा स्वाद बसेकाले तर्कसंगत र यथार्थ घटनामात्र समावेश भएका फिल्मलाई डकुमेन्ट्री वा डकुमेन्ट्री टाइपको देख्नु स्वाभाविकै हो। हिन्दी फिल्मका लाउड (अतिरञ्जित) अभिनय हेर्नेले 'रियलिस्टिकअभिनय गर्नेहरूको 'एक्सप्रेसननै फिक्का भयो भनेर टिप्पणी गर्नसक्छन्। बलिउडको 'ढकतराजुप्रयोग गरेर कुनै पनि फिल्म वा कलाकारको मूल्यांकन गर्ने परिपाटी नेपालमा छ।

जब कि बलिउड त्यस्तो उदाहरणीय वा अनुकरणीय फिल्म उद्योग होइन। विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा बलिउडको उपस्थिति असाध्यै कमजोर छ। बलिउड होइनभारतबाटै प्रतिष्ठित अवार्ड जित्ने पछिल्लो फिल्म सन् २००६ को तेलुगु भाषाको 'भानाजाहो। यसले बर्लिन फिल्म महोत्सवमा 'बेस्ट फस्ट फिचरअवार्ड जितेको थियो। 

पछिल्लो समय केही अफट्रयाक वा प्रयोगात्मक फिल्म बने पनि बलिउड झुर फिल्म बन्ने विशाल उद्योग हो। ठूला स्टारहरूले खेल्ने र ठूलो बजेटमा बन्ने फिल्म नै बलिउडको वास्तविक अनुहार वा पहिचान हो। यस्ता फिल्मको चर्चा रिलिजअघि जति लामो हुन्छरिलिजपछि त्यति छोटो। कलात्मकरचनात्मक र सिर्जनात्मक बहसमा यी फिल्म कतै उल्लेख हुँदैनन्। 

एक्सनकमेडीलभस्टोरीम्युजिकल छुट्टाछुट्टै विधा (जान्र) हुन्। तरबलिउडका ९० प्रतिशत फिल्म यी सबै विधा घोलेर बनाइएको हुन्छ। यो खिचडी फिल्म हेर्ने बानीले दर्शकको सोचाइ र व्यवहारमा कस्तो असर पारेको छगम्भीर रिसर्च आवश्यक छ।

नेपालको हरेक चोकको संरचना खिचडी नै छ। मेडिकलस्टेसनरीतरकारी पसलकेक सपकस्मेटिककिरानासैलुनमासु पसल र साइबर हरेक चोकमा भेटिन्छन्। यस्तो संरचना निर्माण हुनुको कारण खोतल्ने जिम्मेवारी समाजशास्त्रीहरूको हो। तैपनि के भन्न सकिन्छ भनेसमाज रचनात्मक हुन नसकेको एउटा प्रमाण चाहिँ हो यो। 

हाम्रोजस्तो यथास्थितिवादी समाजमा अरूले भन्दा फरक सोच्ने र बजारमा नभएका वस्तु आविष्कार गर्ने प्रेरणा आवश्यक छ। एउटा कलात्मक र रचनात्मक शैलीका फिल्ममा दर्शकलाई सिर्जनात्मक वा तार्किक बनाउने क्षमता हुन्छ। तरबलिउडले चाहिँ एकैखाले फिल्म उत्पादन गर्दै दर्शकलाई बारम्बार भन्छ, 'सधैँ उस्तै गीतउस्तै फाइटउस्तै नाटकीयता र उस्तै पात्रहरू हेरत्यसमै रमाऊ। नयाँ वा फरक कुरा नसोच।

बलिउडमात्र होइनहलिउडका फिल्मले पनि एकप्रकारको पलायनवाद (इस्केपिज्म) हुर्काइरहेको छ। समाजको यथार्थ र मौलिक विषयवस्तुको सट्टा फेन्टासीमा रमाउनु पलायनवाद नै हो। यस्ता फिल्मले दर्शकलाई आफ्नो समाजमाथि चिन्तन गर्न सिकाउँदैनन्।

बलिउडका नियमित फिल्मले दर्शकलाई 'स्पेसदिँदैन। 'ओभर एक्सपोजिसनधेरै हुन्छ अर्थात् दर्शकले दृश्यबाट सजिलै बुझ्ने कुरालाई डायलग वा न्यारेसनबाट समेत बुझाउने प्रयास गरिन्छ। दर्शकलाई 'स्पेसनदिएको भनेको यही हो। यस्तो फिल्ममा दर्शकले बौद्धिक अभ्यास गर्ने अवसर पाउँदैन। दर्शकको सिकाइ र बुझाइ सधैँ 'ए फर एप्पल'कै स्तरमा रहन्छ।

कतिपय नेपाली फिल्मकर्मी भारत र नेपालको संस्कृति मिल्ने भएकाले बलिउडको नक्कललाई जायज मान्नुपर्ने तर्क दिन्छन्। तर, 'नेपाल र भारतको संस्कृति र भाषा समान छभन्ने भारतीय भारतमा कमै भेटिन्छ। नेपाली फिल्मकर्मीमा देखिएको पलायनवादी मानसिकता बलिउडकै उपज हो। त्यस्तै बलिउडमार्फत सांस्कृतिक साम्राज्यवाद विस्तार भइरहेको पनि सत्य हो।

अहिले नयाँ पुस्ताका फिल्मकर्मीका लागि सबैभन्दा ठूलो चुनौतंी भनेकै आमदर्शकमा रहेको साँघुरो बुझाइ र बलिउडको संक्रमणलाई भत्काउनु हो। चलनचल्तीको भन्दा फरक र कलात्मक फिल्मलाई सजिलै स्विकार्ने दर्शक यहाँ अत्यन्त थोरै छ। दर्शकले पनि आफ्नो बुझाइ फराकिलो बनाउन इरानफ्रान्सचीनसिंगापुरइटाली जस्ता देशका फिल्महरू खोजेर हेर्न जरुरी छ। ठाउँठाउँका फिल्म हेरियो भने यो धर्ती र यसमा बाँचिरहेका मान्छेहरू बुझ्न त सकिन्छ नैआफ्नो जीवनलाई चाहिएको ऊर्जा पनि प्राप्त हुनसक्छ। जीवनसँग नजिक रहेर फिल्म बनाउने निर्देशकहरू बलिउड र हलिउडभन्दा बाहिर धेरै छन्। 

Leave a comment

भारतको अशोभनीय रवैया

संसारकै ठूलो लोकतन्त्रका रूपमा चिनिने निकट छिमेकी भारतले नेपालको संविधान निर्माणका क्रममा अपनाइएको लोकतान्त्रिक विधिमाथि औँला उठाएको छ। नेपालको हरेक राजनीतिक परिवर्तनमा आफ्नो हिस्सेदारी सुरक्षित गर्दै आएको भारतले संविधान निर्माणका...

प्रेम होइन, सजिलो त पाखण्ड हुन्छ

मैले कलेजमा आफूसँगै पढ्ने साथीसँग लामो समय प्रेम सम्बन्ध राखेपछि नै विवाह गरेको हुँ। तर, प्रेम सम्बन्धकै बारेमा धेरै दिमाग लगाएर घोत्लिएको भने छैन। एकताका ओशो पढ्दा उनले नित्सेका बारेमा...

साइनबोर्ड एउटा धन्दा अर्कै

फलानो मेनपावर कम्पनी ! फलानो ब्युटिपार्लर ! फलानो खाजापसल ! साइनबोर्डमा यस्तो लेखिएको हुन्छ । तर, लेखिएअनुसार नै काम हुन्छ भन्न कहाँ सकिन्छ र ? राजधानीमा एकथरी पेशा वा व्यवसायको...

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...

इतिहासका प्रेम प्रकरण

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे नेपालमा मनाउने चलन बढ्दै गएको छ। पश्चिमा देशबाट सुरु भएको यो चलन विश्वव्यापी रूपमा फैलिएको छ। शहरका युवायुवतीले प्रेम दिवसका रूपमा यसलाई धुमधामसँग मनाउने गरेका...

मौन कांग्रेस

मौन कांग्रेस

नयाँ संविधान जारी हुने क्रममा नेपाली कांग्रेसले आफू सत्ताको नयाँ समीकरणमा नअट्ने र पछाडि धकेलिने संकेत पाइसकेको घटनाक्रमले प्रस्ट्याएका छन्। संविधान जारी गर्ने मिति केही समय पछि सार्ने कांग्रेसको इच्छा...

प्रेमाधिकारको प्रश्न र घर

प्रेमाधिकारको प्रश्न र घर

'प्रेम केवल प्रेम हो, प्रेमले केवल प्रेम गर्छ।''प्रेमको कुनै जात, धर्म र भूगोल हुँदैन।''प्रेम नै संसारमा सबैभन्दा सुन्दर कुरा हो।'प्रेमका यस्ता 'सुन्दर' परिभाषा र 'महानता' ध्रुवसत्य जस्तै आरोपित गरिएका छन्।...