Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

नडराऔँ मनको बाघसँग

(6 votes)
नडराऔँ मनको बाघसँग
nepali-patro-may

वनको बाघले खाओस्/नखाओस्, मनको बाघले खाइरहेको हुन्छ मान्छेलाई। विपत्ति बेहोरेको मान्छे डराउनु स्वाभाविक हो तर जब भयले चौबीसै घण्टा छोपिरहन्छ, व्यक्तिको मानसिक स्वास्थ्य गडबड हुन सक्छ। शक्तिशाली भुइँचालोले धेरैका मनमा त्रास गढाइदिएको छ। जमिन हल्लिरहेको जस्तो लाग्ने, ठूला घरमुनि पुग्नासाथ मन आत्तिने, फेरि ठूलो भुइँचालो आउँछ कि भनेर सशंकित भइरहने जस्ता समस्या लिएर मनोचिकित्सककहाँ पुग्नेको संख्या ठूलो छ। अनि, तनाव कम गर्न मद्यपान र धूम्रपानजस्ता नकारात्मक उपाय अपनाउने पनि छन्। मनोविद्हरू ठूलो विपद्पछि व्यक्तिले अनुभव गर्ने त्रास केही समयपछि आफैँ साम्य भएर जान्छ भन्छन्। धनबहादुर खड्काले भुइँचालोपछि नेपालीको मानसिक स्वास्थ्यस्थिति बुझ्न खोजेका छन्।

भूकम्पका पराकम्पनहरू घट्दै जाँदा नेपालीहरू सामान्य अवस्थामा फर्किने प्रयत्न गरिरहेका छन्। तर, दोहोर्या एर आएको ठूलो भूकम्प र एक महिनाभन्दा लामो पराकम्पनका कारण मनमा डेरा जमाएर बसेको त्रासले ठाउँ छाड्न मानिरहेको छैन। आफन्त र घरबास गुमाएकाले यति चाँडै पीर भुल्न नसक्नु सामान्य हो। महाविपत्ति झेलेकाले डराउनु स्वाभाविकै हो। तर, विपत्तिपछिको मनोवैज्ञानिक असरलाई सामान्य रूपमा ग्रहण गरेर दैनिक जीवनमा फर्किन नसक्दा अवस्था जटिल बनिरहेको छ।

भूकम्प भुल्न नसकेपछि


काठमाडौँकी एक महिला भूकम्पपछि घरको भुइँतलाबाट माथि चढ्न मान्दै मान्दिनन्। भूकम्प आउनुभन्दा अघि पाँचौँ तलामा बस्दै आएकी उनलाई उनका छोराहरूले आफन्तको दुईतले घरमा राखे। दुईतले सानो घरमा पनि उनी भुइँतलाभन्दा माथि जानै मानिनन्। जति सम्झाउँदा पनि भर्यााङको खुड्किलोमा पाइला राख्न नमानेपछि उनलाई उपचारका लागि मनोचिकित्सक डा. रवि शाक्यकहाँ पुर्यालइएको थियो। शाक्यले उनलाई सामान्य चिन्ता रोगले सताएको पत्ता लगाएका थिए। भूकम्पले सिर्जना गरेको डर हुकर्िंदै गएपछि उनी त्यस्तो अवस्थामा आइपुगेकी थिइन्।
डा. शाक्यकहाँ नै आइपुगेकी ३० वर्षीया एक महिलाले आफ्नो समस्या घरमा एक्लै बस्न नसक्ने भएको बताएकी थिइन्। भूकम्प जाँदा घरमा एक्लै परेकी थिइन् उनी। अहिले पनि एक्लो हुनासाथ भूकम्प आउने सोच हाबी हुने हुँदा उनी आत्तिने गर्छिन्। उनको यही समस्याका कारण आफूसमेत नियमित काममा फर्किन नसेकपछि उनका श्रीमान्ले डाक्टरकोमा पुर्यासएका थिए। उनलाई पनि चिन्ता तथा डरसँग सम्बन्धित मानसिक रोगको लक्षण देखापरेको शाक्यले बताए।
महाभूकम्पले अत्याएको मन सम्हाल्न नसकेकी एक २० वर्षीया युवती नर्भिक इन्टरनेसनल हस्पिटलका मनोचिकित्सक डा. दीपप्रकाश मल्लकोमा पुगेकी थिइन्। उनमा चाहिँ कसैले ‘भूकम्प आयो' भन्ने वा हल्लिएको महसुस गर्नेबित्तिकै बेहोस हुने लक्षण देखिएको थियो। भूकम्पका कारण अत्यधिक डराएर त्यसलाई भुल्न नसक्नुको परिणाम उनको त्यो अवस्था भएको डाक्टर बताउँछन्। परामर्शपछि भूकम्प भुल्न नसकेर परेको मानसिक आघात ठीक हुने डा. मल्लले बताए।
मनोरोगको डर
अहिले आफूलाई सामान्य जीवनमा फर्काउन नसकेका धेरै मान्छे मनोचिकित्सकको परामर्शमा आइरहेका छन्। नेपाल शिक्षण अस्पताल, महाराजगञ्जका मनोचिकित्सक डा. सरोजप्रसाद ओझाकहाँ आउने अधिकांशले आफूलाई मनोरोगीका रूपमा प्रस्तुत गर्छन्। जब उनी परामर्श दिन्छन्, बिरामी तुरुन्तै निको भएको महसुस गरेर बाहिरिन्छन्। सोमवार उनीकहाँ उपचार गर्न आएकी एक युवतीको व्यवहारले त्यहाँ रहेका धेरैको ध्यान खिचेको थियो। २२–२४ वर्षकी देखिने उनको समस्या भनेकै हरेकलाई परामर्श सेवा आवश्यक रहेको सोच्नु हो। विपत्तिपछि हरेकको मनोविज्ञान बिग्रेको हुने भन्दै उनी पालो कुरेर बसेका बिरामी जतिलाई परामर्श दिइरहेकी थिइन्। भनिरहेकी थिइन्, ‘मनमा डर हुनु सामान्य हो, परामर्श सेवा लिएपछि सब ठीक हुन्छ।' भूकम्पका त्रासलाई परामर्श सेवाको माध्यमबाट निकाल्न सकिने थाहा पाएकी उनी त्यसैमा एकोहोरिन थालेपछि आफन्तले डा. ओझाकोमा ल्याएका थिए।
नर्भिकका मनोचिकित्सक डा. दीपप्रकाश मल्लकोमा आएका एकजना व्यापारीमा पनि यस्तै लक्षण देखिएको थियो। भूकम्पले उनको घर र व्यापार रहेको ठाउँ दुवै चर्काएको थियो। उनले डेरा र पसल दुइटै सार्ने ठाउँको खोजीमा केही दिन बिताए। आफन्त, चिनेजानेका र बाटोमा भेटिएका समेतलाई उनले खाली घरको बारेमा कुरा गरिरहे। यसरी जहाँ पनि डेराकै पीर लिएर कुराकानी गरिरहनु परेपछि उनलाई आफूमा मानसिक विचलन आइसकेको लाग्न थाल्यो। त्यसपछि भने उनलाई डेरा खोज्ने बानी नै पर्योू। नर्भिकमा उपचारका लागि आएका उनले डा. मल्ललाई समेत ‘कहीँ घर खाली भए खबर गर्न' आग्रह गरेका थिए।
आफूले पहिलेदेखि काम गरेको ठाउँमा जान डर लाग्ने, ठूला घरमुनि मन आत्तिने र खाली ठाउँ देख्यो कि लामो समयसम्म बस्न मन लाग्ने जस्ता समस्या लिएर धेरै जना मनोचिकित्सकोमा पुगिरहेका छन्। यस्ता लक्षण मनोविद्का अनुसार सामान्य हुन्। तर, यही कारणले आफू असामान्य भएको ठानेर झन् जटिल अवस्था निम्त्याउने बढ्दै गएका छन्।

वास्तविकता नस्विकार्ने

घरमुनि पुरिएका, घाइते भएका, आँखैअघि आफन्त गुमाएका र त्यो अवस्थालाई झेल्न नसक्नेमा भने तुरुन्तै मानसिक आघात परेको हुन सक्ने मनोचिकित्सक बताउँछन्। दोलखा, चरीकोटका १० वर्षीय बालक भूकम्प आउँदा घरमा लडेका थिए। घरका सबै परिवार आत्तिएका र रोइकराइ गरेको देखेपछि भुइँमा लडेका उनलाई उनका बाबुले बोकेर नजिकैको खुला स्थानमा पुर्याकए। त्यसपछि भने ती बालकले दुइटा खुट्टाले भुइँ टेक्नै छाडे। ‘म उभिनै सक्दिनँ' भन्दै भुइँमै लडीबुडी गरिरहने उनलाई केही दिनअघि पाटन अस्पताल, मानसिक रोग विभागमा उपचारका लागि ल्याइएको थियो। उनको अवस्था थाहा पाउनेबित्तिकै मानसिक रोग विशेषज्ञले उनलाई भूकम्पका कारण मानसिक आघात परेको निर्क्यौल गरे र उपचार पनि सुरु गरिहाले। अस्पतालमा भर्ना गरेर दुई दिन मनोवैज्ञानिक परामर्श दिएपछि ती बालक हिँड्न थालेका थिए। भुइँमा खुट्टा टेक्न नमान्ने बालक दुई दिनपछि ठमठम हिँड्दै अस्पतालबाट बाहिरिएका थिए।
मानसिक आघात परेकाले वास्तविक कुरा बुझ्न नसक्ने र उनीहरूलाई जे भएकै छैन, त्यो भएको भान पर्ने र वास्तविक कुरा स्वीकार गर्न नसक्ने समस्या देखिन्छ। यस्तो अवस्थालाई ‘कन्भर्जन डिसअर्डर' भनिन्छ।
वैशाख १२ गतेको भूकम्पले भत्काएको घरमा ३८ वर्षीय रामबहादुर पुरिए। केही घण्टामा उनलाई भग्नावशेषबाट छिमेकीले जीवितै उद्धार गरे। दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दैै आएका उनको भूकम्पले सातो लिइदियो। त्यसपछि उनको मनको चैन पनि हरायो। प्राथमिक उपचारपछि उनको शारीरिक अवस्था त सामान्य बन्यो, तर उनको मानसिक पीडा झन् बल्भि्कँदै गयो। उनलाई निन्द्रै परेन। निदाए पनि डरलाग्दा सपना देख्थे। भीडले आफूलाई किचेको, आफ्नो शरीरमाथि भागदौड मच्चिएको, पृथ्वी नै कसैले उल्टोपाल्टो पार्न खोजिरहेको जस्ता सपना देख्ने र तर्सिंदै, चिच्याउँदै बिउँझिने गर्थे। विपनामा पनि उनी त्रसित भइरहन्थे। केही दिनपछि काठमाडौँ मेडिकल कलेज पुगेका उनलाई मानसिक रोग विभागमा विशेष निगरानीसहित उपचार थालियो। अहिले रामबहादुरको अवस्था सामान्य बनिसकेको मनोचिकित्सक डा. रचना शर्मा बस्नेतले बताइन्।

नशाको नकारात्मक असर

लमजुङ घर भएका कपन डेरा गरी बस्ने एक ४८ वर्षीय पुरुषले भूकम्पको त्रास हटाउन नियमित रक्सी सेवन गर्न थाले। केही दिनपछि त उनी रक्सीको सेवनबिना जतिबेला पनि भूकम्प गएको महसुस गर्न थाले। त्यसपछि उनी बिहानैदखि मदिरा सेवन गर्न थाले। मानसिक र शारीरिक रूपमा थलिएपछि उनलाई महाराजगञ्जस्थित नेपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो। मनोचिकित्सक डा. ओझालाई उनको मदिराको लत र मनोवैज्ञानिक समस्या हटाउन दुई हप्ता लाग्यो। डा. ओझाले भने, ‘तनाव भुल्न रक्सी खाने, चुरोट खाने, नशा लिने नकारात्मक तरिका हो। यसले नयाँ समस्या जन्माउँछ।'
भूकम्प वा त्यसपछिको समयमा त्रास हटाउन वा जीवनबारे नकारात्मक दृष्टिकोण बोकेर ‘दुई दिनको जिन्दगी हो, मरिलानु के छ र' भन्दै अत्यधिक मदिरा सेवन गर्ने बढेका छन्। यसले भूकम्पका कारण सिर्जित असामान्य मनोविज्ञानलाई सामान्य अवस्थामा फर्किन रोकिरहेको छ। महाविपत्ति भुल्न नकारात्मक तरिका अपनाउनेहरूमा भविष्यमा थप जटिल मानसिक समस्या आउने चिकित्सकहरू बताउँछन्।

पहिलो शक्तिशाली भूकम्प गएको छ हप्ता बितिसकेको छ भने दोस्रो ठूलो भूकम्प गएको पनि एक महिना पुगिसकेको छ। त्यसपछि स–साना पराकम्पन आए पनि ठूलो भूकम्प आएको छैन। तर, मानिसहरू अहिले पनि मनमा डर पालेर बसिरहेका छन्। तथ्यहीन हल्लाको पछाडि लाग्ने ठूलो जमातका कारण मानिसको मनबाट भय हट्न सकेको छैन। ‘यस्तो विपत्तिमा मानिसहरू केही समयका लागि डराउने र आत्तिने कुरालाई सामान्य रूपमा लिनुपर्छ,' पाटन अस्पताल, मानसिक रोग विभाग प्रमुख डा. रवि शाक्य भन्छन्, ‘तर डरकै कारण आफ्नो दैनिक जीवनका कामकाजमा ‘डिस्टर्ब' भएको छ भने परामर्शका लागि मनोचिकित्सककोमा जानुपर्छ। कुनै पनि हालतमा नशाको सहारा लिनु हुँदैन।'

स्वाभाविक हो त्रास


विपत्पछिको केही समयसम्म देखिने मनोवैज्ञानिक प्रतिक्रियालाई स्वाभाविक मान्नुपर्ने मनोचिकित्सक बताउँछन्। ‘भूकम्पपछि घरभित्र छिर्न डराउनु र फेरि पनि भूकम्प आउँछ कि भन्ने डर पलाउनुलाई सामान्य प्रतिक्रियाका रूपमा लिनुपर्छ,' मनोचिकित्सक डा. शाक्य भन्छन्, ‘केही दिनका लागि निद्रा नलाग्नु, खाना खान मन नलाग्नु, यौन इच्छा नहुनु, एकाग्र हुन नसक्नु, छिनछिनमा बिर्सने हुनु, टाउको भारी हुनु, थकान महसुस हुनु, बेलाबेला आत्तिनु स्वाभाविक प्रतिक्रियाभित्रै पर्छन्।' यस्ता समस्या भएकालाई हौसला बढाएर विपत्पछि समाजका अन्य मानिस सामान्य जीवनयापनमा फर्केको उदाहरण दिएर सामान्य अवस्थामा फर्काउनुपर्ने मनोचिकित्सक डा. मल्ल बताउँछन्।
महाविपत्तिपछि धेरैजसो मानिसमा सुरु चरणमा ‘एक्टिभ स्टेज' हुन्छ। यो अवस्थामा भूकम्प आइरहेजस्तो लाग्ने, आउला–आउला जस्तो लाग्ने र तिनै घटनालाई सम्भि्करहने हुन्छ। त्यसपछिको अवस्थामा मानिस त्यही विपत्तिपूर्ण क्षण बारम्बार सम्भि्कने, त्यसले पुर्यासएको क्षति स्विकार्न नसक्ने मनस्थितिमा हुन्छ। यस्तो अवस्थाबाट सामान्यमा फर्किन पाँचदेखि छ महिना लाग्ने चिकित्सकहरू बताउँछन्। ‘विपत्तिपछि यस्तो समस्या भएका ९५ प्रतिशतलाई सामान्य दैनिकीमा फर्काएर डिसअर्डरको अवस्थामा जानबाट रोक्न सकिन्छ,' डा. शाक्य भन्छन्। सामान्य दैनिकीमा फर्किएपछि पनि गुमाएको कुरा र त्रासका क्षण सम्झेर मन आत्तिइरहन सक्छ। यस्तो अवस्थामा ‘यो प्राकृतिक कुरा भएकाले स्विकार्नुपर्छ' भन्ने सोचाइका साथ अघि बढ्दा बिस्तारै समस्या समाधान हुने डा. शाक्य बताउँछन्।
चिकित्सकका अनुसार सामान्यतया विपद्पछि मानसिक समस्या भएका ८० प्रतिशत जति केही समयपछि आफैँ ठीक हुन्छन्। ‘१५ प्रतिशत जतिलाई सामान्य उपचार र काउन्सिलिङपछि निको पार्न सकिन्छ,' मनोचिकित्सक डा. रचना शर्मा बस्नेत भन्छिन्, ‘बाँकी पाँच प्रतिशतलाई कडा खालको मानसिक रोग हुन सक्छ।'

हल्ला र भ्रम

फेरि ठूला भूकम्प आउने वा यस्तै केही विपत्तिको खतरा रहेको भन्ने हल्ला सुनेर मनोवैज्ञानिक असर परेकाको संख्या ठूलो रहेको डा. शाक्य बताउँछन्। भन्छन्, ‘धेरैलाई अनावश्यक हल्लाले बिगारेको छ। उपचारका लागि आएका बिरामीहरू तथ्यहीन कुरा सुनेकै कारण बढी डराइरहेको पाएको छु।'

विपत्तिपछि अरूले ‘तँलाई त मानसिक रोग भएजस्तो छ' भनिदिएपछि सशंकित भएर अस्पताल पुग्नेहरू पनि छन्। ठूला भूकम्प र त्यसपछिका निरन्तर कम्पनका कारणले मन आत्तिनु, डराउनु, निद्रा नलाग्नु, ठूलो भूकम्प आउँछ कि भन्ने त्रास हुनुलाई सामान्य मानिन्छ। ‘यिनै कुरालाई कसैले जटिल हुन सक्ने त्रास देखाइदिएर मानसिक समस्या भएको समेत देखिन्छ,' डा. बस्नेत भन्छिन्।
भूकम्पका कारण मानसिक स्वास्थ्यमा असर परेको भन्दै अस्पताल तथा क्लिनिकमा भीड देखिन थालेको छ। शिक्षण अस्पतालमा मात्रै आफ्नो मानसिक अवस्थाबारे बुझ्नेको संख्या पहिलेको भन्दा कम्तीमा तीन गुना बढेको डा. ओझाले बताए। ‘भूकम्पपछि उत्पन्न यस्ता समस्या मनोसामाजिक समस्या हुन्,' उनले भने, ‘छ महिनाको समयसम्म सामान्य अवस्थामा फर्किन नसके मात्रै मानसिक रोगको अवस्थासम्म पुग्ने हो।'

मानसिक स्वास्थ्य चेकजाँच गराउने कुरामा नेपाली समाज सकारात्मक छैन। यसैले कतिपयले मानसिक रूपमा आफू कमजोर भएको महसुस गरे पनि समयमै मनोचिकित्सकको सल्लाह लिने वा मनोपरामर्शमा सहभागी हुने गर्दैनन्। यसले गर्दा पनि कतिपयमा पछि जटिल समस्या देखिनेमा मनोचिकित्सले सचेत गराएका छन्। ‘शरीरमा लागेको सानो घाउको उपचार बेलैमा नगर्दा पछि ठूलो समस्या आउँछ,' डा. दीपप्रकाश मल्ल सुझाउँछन्, ‘मानसिक आघात पनि अहिले सानो छ भन्दै पन्छिनु हुँदैन।'

विपत्तिमा परेकामा देखिनसक्ने ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर'का बिरामी अहिलेसम्म देखानपर्नुलाई विपत्तिमा परेकाहरू सम्हालिँदै छन् भन्ने प्रमाणका रूपमा लिनुपर्ने डा. शाक्य बताउँछन्। ‘तर, यस्ता बिरामी देखिने सम्भावना टरिसकेको भने छैन,' उनले भने।

अब के गर्ने?

विपत्तिपछि पीर, चिन्ता, डर र त्रास सबैको मनमा धेरथोर छ। त्यसैले आफूलाई ‘केही भएकै छैन' भनेर यसलाई बेवास्ता पनि गर्नु हँुदैन र थोरै पीर र चिन्ताले ‘खत्तमै भयो' भन्ने सोच्नु पनि हुँदैन। आफूलाई सम्हाल्नकै लागि पनि जीवनशैलीमा केही सुधार गर्न जरुरी छ।
खानपिन, आराम तथा निद्रामा एकदमै ध्यान दिनुपर्छ। नियमित व्यायाम तथा उचित मनोरञ्जन अहिलेको अवस्थामा सबैलाई जरुरी छ। ‘राष्ट्र विपत्तिमा परेका बेला केको मनोरञ्जन? केको रमाइलो?' भन्ने सोच धेरैको हुन्छ। तर, आफूलाई सामान्य अवस्थामा नल्याई देश सामान्य अवस्थामा फर्किंदैन भन्ने सोचाइले अहिलेको अवस्थामा काम गर्ने मनोविद्हरू बताउँछन्। ‘सधैँ चिन्ता लिएर र डराएर मात्र यस्ता विपत्तिबाट बाहिर निस्किन सकिँदैन, त्यसैले चिन्ता भुलाउन मनोरञ्जनको सहारा लिनुपर्ने हुन्छ,' डा. शाक्यको सुझाव छ, ‘यतिबेला हाँस्ने वातावरण सिर्जना गर्नुपर्छ। मनका कुरा गुम्स्याउने होइन, पोख्ने गर्नुपर्छ। परिवार, आफन्त तथा साथीहरूसँग भेटघाट र रमाइलो गर्ने क्रम बढाउनुपर्छ। सही सूचना लिने र दिने गर्नुपर्छ।' सकारात्मक कोणबाट सोच्ने बानीको विकासले मात्रै महाविपत्ति भुलेर सामान्य अवस्थामा फर्किन मद्दत गर्ने चिकित्सकहरू बताउँछन्।
के नगर्ने?
एकातिर विपद्पछि नियमित काममा फर्किन मुश्किल भइरहेको छ भने अर्कातिर विभिन्न जटिलता सिर्जना भइरहेका छन्। यस्तो अवस्थाबाट गुजिँरदा पहिलेको भन्दा स्वाभाविक रूपमा बढी तनाव उत्पन्न हुन्छ। सामान्य अवस्थामा तनाव दूर गर्न सेवन गर्ने गरेको मद्यपान र धूम्रपान यतिबेला झन् बढ्न सक्ने हुन्छ। तर, यस्तै अवस्थामा ती कुलतको विकल्प खोज्नुपर्छ।
चिया, सुर्ती, चुरोट र मदिरा सेवनमा यतिबेला नियन्त्रण गर्न सकिएन भने मानसिक क्षय मात्रै होइन, कुलतमा समेत फस्न सक्ने सम्भावना बढी हुन्छ। डा. ओझा भन्छन्, ‘मद्यपान तथा धूम्रपान गर्नेहरूले यस्तो अवस्थामा जाँडरक्सी र चुरोट दोब्बर खाने सम्भावना रहन्छ। जसले झन् ठूलो क्षति पुर्यानउँछ।'
अव्यवहारिक कल्पना गर्नु हुँदैन। अरूमा अत्यधिक निर्भर हुनु हुँदैन। आवेशमा आएर तुरुन्त कुनै पनि निर्णय गर्नु हुँदैन। एक्लै बस्ने गर्नु हुँदैन। निराश हुनु हुँदैन। ‘सबै सकियो, अब केही बाँकी छैन, केही पनि गर्न सकिँदैन' भनेर हतास हुनु हुँदैन। बरु धेरैलाई उस्तै परेको छ भनेर मन बुझाउँदै नयाँ जीवन र कामको सुरुवात गर्नुपर्ने मनोचिकित्सकहरूको निष्कर्ष छ।

‘तनाव भुल्न नशा नरोजौँ'

डा. सरोजप्रसादप्रसाद ओझा
अध्यक्ष, नेपाल मनोचिकित्सक संघ

भूकम्पले सिर्जना गरेको तनाव कम गर्न नकारात्मक उपाय अपनाउने बढेका छन्। अब भूकम्पले होइन, तनाव कम गर्न उनीहरूले अपनाएको उपायले जटिल मानसिक समस्या निम्त्याउने देखिएको छ। तनाव भुल्न रक्सी खाने, चुरोट खाने, नशा लिने नकारात्मक तरिका हो। यसले नयाँ समस्या जन्माउँछ। भूकम्प वा त्यसपछिको समयमा त्रास हटाउन वा जीवनबारे नकारात्मक दृष्टिकोण राखेर अत्यधिक मदिरा सेवन गर्ने बढेका छन्। यसले भूकम्पका कारण सिर्जित असामान्य मनोविज्ञानलाई सामान्य अवस्थामा फर्किन रोकिरहेको छ। महाविपत्ति भुल्न नकारात्मक तरिका अपनाउनेहरूमा भविष्यमा थप जटिल मानसिक समस्या आउन सक्छ। त्यसैले तनाव भुल्न नशालु पदार्थ प्रयोग नगरौँ।

‘आत्तिनु स्वाभाविक प्रतिक्रिया हो'

डा. रवि शाक्य
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
मानिसहरू अहिले पनि मनमा डर पालेर बसिरहेका छन्। तथ्यहीन हल्लाको पछाडि लाग्ने ठूलो जमातका कारण मानिसको मनबाट भय हट्न सकेको छैन। यस्तो विपत्तिमा मानिसहरू केही समयका लागि डराउने र आत्तिने कुरालाई सामान्य रूपमा लिनुपर्छ। विपत्पछिको केही समयसम्म देखिने मनोवैज्ञानिक प्रतिक्रियालाई स्वाभाविक मान्नुपर्छ। केही दिनका लागि निद्रा नलाग्नु, खाना खान मन नलाग्नु, यौन इच्छा नहुनु, एकाग्र हुन नसक्नु, छिनछिनमा बिर्सने हुनु, टाउको भारी हुनु, थकान महसुस हुनु, बेलाबेला आत्तिनु स्वाभाविक प्रतिक्रियाभित्रै पर्छन्।

 

‘मनोरञ्जनको सहारा लिनुपर्छ'

डा. दीपप्रकाश मल्ल
नर्भिक इन्टरनेशनल हस्पिटल
पीर, चिन्ता, डर र त्रास सबैको मनमा धेरथोर छ। त्यसैले आफूलाई ‘केही भएकै छैन' भनेर यसलाई बेवास्ता पनि गर्नु हुँदैन र थोरै पीर र चिन्ताले ‘खत्तमै भयो' भन्ने सोच्नु पनि हुँदैन। आफूलाई सम्हाल्नकै लागि पनि जीवनशैलीमा केही सुधार गर्न जरुरी छ। खानपिन, आराम तथा निद्रामा एकदमै ध्यान दिनुपर्छ। नियमित व्यायाम तथा उचित मनोरञ्जन अहिलेको अवस्थामा सवैलाई जरुरी छ। सधैँ चिन्ता लिएर र डराएरमात्र यस्ता विपत्तिबाट बाहिर निस्कन सकिँदैन। त्यसैले चिन्ता भुलाउन मनोरञ्जनको सहारा लिनुपर्ने हुन्छ।

 

‘समयमै परामर्श जरुरी'

डा. रचना शर्मा बस्नेत
काठमाडौँ मेडिकल कलेज
समाजमा स्वास्थ्यलाई कम महत्वपूर्ण ठान्नेहरू पनि छन्। अझ मानसिक स्वास्थ्य भने पछि बौलाहा र पागलकै रूपमा मात्र बुझ्ने गलत धारणा व्याप्त छ। पूरै विक्षिप्त नभएसम्म मानसिक रोग नै ठानिँदैन। यसले गर्दा कतिपयले सामान्य समस्यालाई मानसिक रोगका रूपमा हुर्काइहेका हुन सक्छन्। समयमै परामर्शलगायत प्रारम्भिक उपचारका विधि अपनाउन सक्यौँ भने धेरै हदसम्म कडा खालको मानसिक रोगबाट टाढा रहन सक्छौँ। यस्ता विपद्पछि मानसिक समस्या भएका ८० प्रतिशत जतिलाई केही समय पछि आफैँ निको हुन्छ। १५ प्रतिशत जतिलाई सामान्य उपचार र काउन्सिलिङपछि निको पार्न सकिन्छ। बाँकी ५ प्रतिशत जतिलाई कडा खालको मानसिक रोग हुन सक्छ।


Leave a comment

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे।...

'म नेपथ्यको बोस होइन'

'म नेपथ्यको बोस होइन'

बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो।...

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

यस वर्षको प्रवेशिका अर्थात् एस.एल.सी. परीक्षाको तयारीमा लाग्नुभएको किशोर–किशोरी मित्रहरू अथवा भाइबहिनीहरूलाई हार्दिक शुभ–कामनासहित परीक्षा उत्तीर्ण गर्ने उपाय सिकाउँ कि कि भनेर आएको छु। एक्कै छिन मेरा कुरा सुनेर पढ्न...

सर्जरीले सुन्दरी

सर्जरीले सुन्दरी

प्रियंका चोपडा प्रियंका चोपडाले नाक र ओठमा प्लास्टिक सर्जरी गराएकी छिन्। त्यसअघि उनको ओठ चिरिएजस्तो थियो भने नाक पनि त्यति मिलेको थिएन।      

'शुक्रवारको प्राथमिकता युवा'

'शुक्रवारको प्राथमिकता युवा'

साप्ताहिक समाचारपत्रका विषयवस्तुका चर्चा गर्दा युरोपेली पुनर्जागरणका समयमा व्यापार, वाणिज्यका कुराहरू समाचारका प्रभावकारी खजाना हुने गरेका उदाहरण भेटिन्छन्। त्यसैगरी युद्ध र आर्थिक अवस्थाका विषयले पनि साप्ताहिक अखबारमा महत्वपूर्ण स्थान पाउने...

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

कृष्ण प्रेमका प्रतीक मानिन्छन्। १६ सय गोपिनीसँग उनको 'चक्कर' चलेको श्रीकृष्ण लीला नपढ्नेका जानकारीमा पनि छ। श्रीकृष्ण–राधाको प्रेमलाई आदर्श मानिन्छ। आइतबार श्रीकृष्ण जन्माष्टमी हो। यही अवसरमा यसपटक मध्यपृष्ठमा मिस्टर नेपाल...

तीजको रहर आयो बरिलै...

तीजको रहर आयो बरिलै...

निर्देशक प्रकाश थापासँग मेरो राम्रो मित्रता थियो। उहाँका फिल्मका लागि मैले गीत लेखिदिएको थिएँ। आजभन्दा करिब १५ वर्षअगाडिको कुरा गर्दैछु म। एक दिन प्रकाशजी र उहाँको छोरा विजय जावलाखेलस्थित मेरो...

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्। लाम जानेको मात्र छैन। फर्कनेको...