Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'म नेपथ्यको बोस होइन'

(0 votes)
'म नेपथ्यको बोस होइन'
बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो। उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानीः




nepali-patro-may
लन्डनस्थित वेम्बली अरिनामा कन्सर्ट गर्दै हुनुहुन्छ। कस्तो लागिरा'छ?
जहाँ रोलिङ स्टोन, बब डिलनजस्ता सुप्रसिद्ध गायक र ब्यान्डले प्रस्तुति दिएका छन्, त्यस्तो प्रतिष्ठित ठाउँमा उभिन पाउनु हाम्रा लागि गौरवको कुरा हो। दंग छौँ। त्यहाँ परफर्म गर्ने गायकगायिकाले 'आई एम अ वेम्बली सिंगर' भनेर गर्व गर्दा रहेछन्। यो नेपथ्यको मात्रै होइन, समग्र नेपाली संगीतका लागि गौरवको कुरा हो। 
वेम्बलीमा केही फरक गर्ने सोच छ?
छैन। त्यस्तो नयाँ–नौलो केही गर्दैनौँ। भएकै चिजलाई जतिसक्दो राम्रो तरिकाले प्रस्तुत गर्नेछौँ। दुई घण्टाको कार्यक्रम सम्झनलायक बनाउने प्रयत्न गर्नेछौँ।
त्यसका लागि अल द बेस्ट। वेम्बलीलाई छोडौँ अब। नेपथ्यले सन् १९९० देखि गाउन थालेको होइन?
नेपथ्य फर्म भएको १९९० मा हो। तर, हामीले गाउन थालेको चाहिँ १९९१ बाट हो। 
तपाईंहरू एसएलसी दिएर काठमाडौँ आउनुभएको थियो, अध्ययनका लागि। गायनतिर कसरी लाग्नुभयो? 
म र दीपकजंग राणा एउटै कोठामा बस्थ्यौँ। हामी, खास गरी म, हावा तालका मान्छे थियौँ। बिहान क्याम्पस गयो, दिउसभरि हल्लेर बस्यो। बाले पोखराबाट पठाएको पैसा म दुई दिनमै सखाप पार्थें। पर्सिपल्टदेखि खल्ती रित्तो हुन्थ्यो। कोठा भाडा, खाना खर्च सबै दीपकले बेहोर्थ्यो। दिनहरू यत्तिकै बितिरहेका थिए। हाम्रो पोखराको साथी भीम पुन साह्रै राम्रो गिटार बजाउँथ्यो। दिउँसो कोठामा हामी तीन जना गीत गाउँदै, गिटार बजाउँदै बस्न थाल्यौँ। गाउँदा–गाउँदै ब्यान्ड नै बनाउने सल्लाह भयो। अरू साथीभाइ पनि खोज्यौँ। ब्यान्डको नाम दीपकले जुराएको थियो। 
'हामी हावा तालका थियौँ, टाइम पास गर्न ब्यान्ड खोलेका थियौँ' भन्नुभयो। तर, नेपथ्यले त्यतिबेलैदेखि फ्युजन संगीत रोजेर ब्यान्डको दिशा निर्देश गरिसकेको थियो। यो 'हावा तालका मान्छे'ले गर्ने कुरा हो र? 
हामी मान्छे हावा भए पनि संगीतका गम्भीर स्रोता थियौँ। नारायण गोपाल, अम्बर गुरुङ, बब डिलनलगायतका संगीत सुनेर हुर्केका थियौँ। काम नहुञ्जेल समय काट्ने मेलोका रूपमा संगीत रोजेका थियौँ। तर, 'नगर्नु गरेपछि अरूका कभर सङ किन गाउने?' भन्ने लाग्यो। फेरि, मेरा साथी– दीपक र भिम असाध्यै कुशल वादक थिए। यसर्थ, हामीमा पनि क्षमता थियो। त्यसकारण हामीले एउटा प्रतिज्ञा गर्यौँ्– 'हाम्रा प्रत्येक सिर्जना लोकलयमा आधारित र नेपाली भाषाका हुनेछन्।' यो नै नेपथ्यको गुरुमन्त्र बन्ला भन्ने हेक्का चाहिँ थिएन। 
अहिले फोक–रक विधामा ख्याति कमाए पनि सुरुमा त तपाईंहरूले लोक–पप गाउनुभयो नि? 
हो। त्यो किनभने त्यतिबेला हामीसँग धेरै थोकको अभाव थियो। पर्याप्त वाद्यसामग्री थिएन। ब्यान्ड बनाइसक्दा पनि हामीसँग जम्मा एउटा गिटार थियो। साथीभाइसँग इन्स्ट्रुमेन्ट मागेर काम चलाउँथ्यौँ। अभ्यास गर्ने ठाउँ थिएन। यी सबै चिजका लागि चाहिने पैसा त झन् छँदै थिएन। त्यसैले, रुचि रक म्युजिकमा भए पनि हामीले त्यसबेलाको टे्रन्डअनुसार पप गीत गाउनुपर्योै। 
पहिलो एल्बम 'नेपथ्य' निकाल्दाको अनुभव कस्तो छ?
त्यो एल्बम हामीले १९९१ साल, अप्रिल फुलको दिन निकालेका थियौँ। संगीतलाई निरन्तरता दिने सोच नभएकाले हामीले जतिन्जेल गाइन्छ, खुब रमाइलो तरिकाले गाउने बाचा गरेका थियौँ। अप्रिल फुलको दिन एल्बम निकाल्नु पनि 'पार्ट अफ इन्जोएमेन्ट' थियो। 
तपाईं गणितको विद्यार्थी हुनुहुन्थ्यो रे। ब्यान्ड बनाएर गीत गाउँदा परिवारले कराएनन्?
मेरो बा कडा मिजासको हुनुहुन्थ्यो। उहाँ मलाई सेनामा जागिर खुवाउन चाहनुहुन्थ्यो। म भने पेन्टिङ गर्न र बाँसुरी बजाउन रुचाउथेँ। उहाँलाई मैले बाँसुरी बजाएको मन पर्दैन थियो। एसएलसीपछि म फाइन आर्ट्स पढ्न काठमाडौँ आएँ। तर, कारणवश ललितकलामा भर्ना हुन सकिनँ। र, रत्नराज्य क्याम्पसमा गणित लिएर पढ्न थालेँ। त्यही बेला ब्यान्डमा पनि संलग्न भएँ। गीत गाएर हिट भएपछि बा गाउँमा भन्नुहुन्थ्यो रे, 'बाटुलेचौर (पोखरा) मा नपढेका गाइने छन्, मेरो छोरा चाहिँ पढेको गाइने भएछ।' उहाँले खिस्याएर त्यसो भन्नुभएको थियो। म संगीतमा लागेकोमा उहाँ यति रुष्ट हुनुभएको थियो कि हाम्रो गीत टिभीमा आउँदा टिभीको स्विचै अफ गर्दिनुहुन्थ्यो।
उहाँलाई संगीत पटक्कै मन नपर्ने हो?
होइन, उहाँलाई संगीत मन पर्थ्यो। तर, गाएपछि कि नारायण गोपाल जस्तो गाऊ नभए गाउँदै नगाऊ भन्नुहुन्थ्यो। हामीलाई त कहाँ पत्याउनु? तर, पछि–पछि चाहिँ 'मेरो छोराले राम्रो गर्योभ' भन्नुहुन्थ्यो रे। 
बाबु–छोराबीच चर्काचर्की परेको थियो कि कसो?
झगडा परेको थिएन। तर, दुवै जनाबीच 'इगो प्रोब्लम' थियो। 
इगो सिर्जना गर्ने कारण पनि त थियो होला नि?
बूढापाका अलि तानाशाह प्रवृत्तिका हुन्छन् नि। मेरो बा पनि त्यस्तै हुनुहुन्थ्यो। म भने स्वाभिमानी खालको थिएँ। स्नातक तह सकाएपछि बाले एक दिन मलाई 'मैले पैसो पठाइँन भने तँ मुलाले केही गर्न सक्दैनस्' भन्नुभयो। उहाँको भनाइले मेरो स्वाभिमानमा चोट पुर्या यो। संघर्ष गर्दै गरेको छोरालाई पनि त्यस्तो भन्नु हुन्छ? त्यो दिनदेखि मैले घरबाट पठाएको एक पैसो लिइनँ। तीन वर्षसम्म घर (पोखरा) पनि गइनँ।
तपाईं झुक्किएर संगीतमा लाग्नुभएको रे...
हो। सुरुसुरुमा काम नभएर लागियो। हावा तालमा एल्बम निकालियो। गीतहरू फटाफट हिट भए। हिट भएपछि डिमान्ड बढ्न थाल्यो। विभिन्न ठाउँबाट कार्यक्रमका लागि अफर आउन थाले। हामी गीत गाउँदै हिँड्न थाल्यौँ। तर, चा–चार वटा एल्बम निकालिसक्दा पनि मैले संगीतलाई गम्भीरतापूर्वक लिएको थिइनँ। बरु, वातारण र प्रकृतिप्रति लगाव भएकाले गणित छोडेर मैले फिल्म पढ्न थालेको थिएँ। सन् १९९८ मा 'अब गीत–सीत गाउँदिनँ, फिल्म/डकुमेन्ट्री बनाउँछु' भनेर खुब तम्सिएको थिएँ। दुई वर्ष संगीत छोडेँ पनि। तर, दीपक (जो अहिले पाइलट छन्) ले मलाई 'तँ म्युजिकमै लाग्नुपर्छ' भनेर हत्ते हाल्यो। अरूले पनि 'नेपथ्य खोइ?' भनेर कराउन थाले। चारैतिरबाट प्रेसर आएपछि मलाई के गनर्ेे भनेर निकै तनाव भयो। सन् २००० मा भने मैले निर्णय गरेँ– अब म म्युजिकमै लाग्छु। त्यसपछि सारा काम छोडर गीत लेख्ने, कम्पोज, अरेन्जमेन्ट सबथोक आफैँले गर्न थालेँ। र, एल्बम निकालँे– 'रेस्सम'।
जुन नेपथ्यको 'ट्याग' झैँ भएको छ। यो ब्यान्डलाई निकै मेहनती ब्यान्ड भन्दा रहेछन्। एउटा गीत तयार पार्न कति समय खर्च गर्नुहुन्छ?
नेपथ्यका गीत नेपथ्यका अनुभव हुन्। हाम्रा गीत बितेका २२ वर्षमा नेपथ्यले गरेका यात्रा, भोगेका घटना, नेपाली परिवेश र कालखण्डका चित्रण हुन्। हामी कोठामा थुनिएर, शब्दकोश पल्टाएर, टिभी हेर्दै गीत लेख्ने, कम्पोज गर्ने गर्दैनौँ। नेपालका डाँडाकाँडा र कुना–कन्दरा चहारेर त्यहाँका लोकभाका, लोक संस्कृति र स्थानीय मानिसका दुःख, वेदना, हाँसो, ठट्टालाई गीतमा समेट्न खोज्छौँ। तर, 'एउटा गीतका लागि कति समय?' यो चाहिँ उत्तर दिन सक्ने प्रश्न होइन। सन् ९० मा लेखेको गीत अहिले कम्पोज गर्दै छौँ भने अस्ति भर्खर 'डडेल्धुरा' जाँदा देखेको घटनालाई गीत बनाएर निकाल्न आँटिसक्यौँ। भनाइको अर्थ, गीत तयार पार्न हामीले निश्चित समयसीमा तोक्ने गरेका छैनौँ। त्यो मुडमा भर पर्छ।
नेपथ्यमा थुप्रै सदस्य आए, गए। कतिपयले नेपथ्यलाई 'ब्यान्ड' होइन, 'कम्पनी' भन्दा रहेछन्। जहाँ कर्मचारी (ब्यान्डका सदस्य) हरू केही कालखण्डका लागि नियुक्त हुन्छन्, काम गर्छन् र जान्छन्। यो कम्पनीको बोस चाहिँ अमृत गुरुङ हो रे। 
कम्पनी र कर्मचारीको कुरा कसले, कसरी भन्यो र सुन्नेले कसरी लियो, त्यो मलाई थाहा भएन। तर, यति भन्छु कि नेपथ्य कुनै कम्पनी होइन। बरु, यो एउटा प्लेटफर्म हो, रेलको प्लेटफर्म। जहाँ स्टेसनपिच्छे कोही ओर्लिन्छ, कोही चढ्छ, फेरि ओर्लिन्छ र फेरि अर्को चढ्छ। यो चलिरहेने पक्रिया हो। नेपथ्य कम्पनी होइन, अमृत बोस होइन। ऊ एउटा कलाकार हो र नेपथ्यको खम्बा हो। 
जुन खम्बाको वरिपरि अरू 'मान्छे' घुम्छन्...
'घुम्छन्' होइन। अमृतलाई घुमाउन सक्ने आए राम्रो हुन्थ्यो। मभन्दा बेटर मान्छे छ भने आओस्! 
च्यालेन्ज गर्नुहुन्छ?
च्यालेन्ज गरेको होइन। कोही मभन्दा तगडा, शक्तिशाली, समर्पित, विचार र भिजन भएको मान्छे आउँछ भने त्यो त ब्यान्डका लागि गजबको कुरा हुन्छ। म त सधँै ब्यान्डलाई अर्को डाइमेन्सन दिन सक्ने, कोही तागतवर मानिस आइदिए हुन्थ्यो भन्ने चाहन्छु। तर, त्यस्तो कोही आएकै छैन अहिलेसम्म। अब यत्तिका वर्षदेखि आमाले झैँ सम्हालेको मेरो ब्यान्डलाई लरोतरो मानिसका हातमा सुम्पिने कुरा त भएन नि मैले। त्यसो गर्नु भनेको बाँदरलाई नरिवल दिएसरह हुन्छ। तर, क्राइटेरिया मिट गर्ने कोही आयो भने अमृत कन्जुस बन्नेछैन।
एउटा कुरा अचम्म लाग्छ– नेपथ्यजस्तो प्रसिद्ध र टे्रन्ड सेटर ब्यान्डमा पनि सदस्यहरू टिक्न सक्दैनन्। किन होला?
त्यसको पछाडि थुप्रै कारण छन्। प्रमुख चाहिँ आर्थिक कारणले हो। नेपालमा संगीत प्रोफेसन हुन सकेको छैन। यहाँ अम्बर गुरुङ, जो संगीतका दार्शनिक हुन्, लाई त बाँच्न गाह्रो छ भने नेपथ्य त को नै हो र? जाबो नेपथ्य! यस्तो जाबोका लागि किन कसैले आफ्नो उत्पादनशील समय खर्च गरोस्? फेरि, नेपालमा हिट भएर मात्रै हुँदैन। नाम कमाउँदैमा पेट पाल्न सकिन्छ भन्ने छैन। सोलो आर्टिस्टलाई त बाँच्न गाह्रो छ भने हाम्रो त झन् ब्यान्ड हो। गतिलो पारिश्रमिक मिल्दैन। केका लागि ब्यान्ड रोज्नु? दोस्रो कारण चाहिँ 'कलाकार'बीचको इगो प्रब्लम हो। कलाकारमा इगो हुन्छ। र, इगो भएपछि समस्या स्वतः आउँछ। अरू पनि कारण छन्।
सँगै काम गर्ने साथी ब्यान्डबाट अलग्गिँदा मानसिक रूपमा कस्तो प्रभाव पर्छ?
दिक्क लाग्छ। साथीहरू हिँडेपछि एक–दुई पटक मैले 'अब सक्दिनँ' भनेर ब्यान्ड छोड्दिएको पनि थिएँ। तर, प्रत्येक पटक मलाई सम्झाइबुझाई गर्ने र प्रेरणा दिने मान्छे फेला परिरहे । ब्यान्ड कुदिरह्यो। अब त बानी परिसक्यो। एउटा गए, अर्को आउँदो रहेछ भन्ने छाप परिसक्यो। सुरुका दिनमा जस्तो टेन्सन हुँदैन।
तपाईंले नेपालका ७० वटा जिल्ला घुमिसक्नुभयो। ठावैँपिच्छे अनेक थरी मान्छे र घटनासँग साक्षात्कार गर्नुभएको छ। कहाँको कुन घटना बढी यादगार लाग्छ?
सबै ठाउँका मानिस र देखेभोगेका सबै घटना उत्तिकै यादगार छन्। छुट्याएर भन्न सक्दिनँ।
भ्रमणले धेरै कुरा सिकाउँछ नि?
हो। मैले स्कुल, कलेजमा पढेका सबैथोक बिर्सिएँ। तर, आफू हिँडेका बाटो–घाटो, खोला–खोल्सा, त्यहाँ भेटेका मान्छे जहिल्यै सोधे पनि भन्न सक्छु। अझ, कुरा कोट्याइदिने कोही भेटेँ भने त सबै घटना याद आउँछन्। अध्ययनको गतिलो र भरपर्दो माध्यम रहेछ भ्रमण।
कपाल काट्दा तपाईं कस्तो देखिनु हुँदो हो?
छोट्याउँछु कहिलेकाहीँ। चार वर्षअघि बा बित्दा ठुटै पारेको थिएँ।
यो गान्धी चस्मा चाहिँ उपहार पाउनुभएको रे, होइन?
अहिले लगाएको चस्मा चाहिँ उपहार पाएको होइन। तर, यही आकारको चस्मा बज्यैले दिनुभएको थियो। कलेज पढ्दाताका नै मेरा आँखा कमजोर भएका थिए। डाक्टरले चस्मा लगाउन भनेपछि मैले रेक्ट्यांगल सेपको चस्मा किनेको थिएँ। एक दिन पोखरा गएका बेला बज्यैले 'तँलाई त्यो चस्मा सुहाएन' भन्दै आफ्नो चस्मा लगाइदिनुभयो। त्यतिबेलासम्म मैले गान्धी र जोन लेनन चिनिसकेको थिएँ। उनीहरूले लगाउने आकारको चस्मा पाउँदा खुसी लाग्यो। 
तपाईंले लभ कि अरेन्ज म्यारिज गर्नुभएको?
लभ म्यारिज। उनी र म स्कुलदेखिका साथी थियौँ। कलेज पुगेपछि लभ पर्योा। उनको परिवार राजी भए पनि मेरो घरमा हाम्रो सम्बन्ध स्वीकार्य भएन। हामीले जबर्जस्ती बिहे गर्यौँ ।

Leave a comment

राक्षस पति

राक्षस पति

रक्सीले मातेर ढुनमुनाउँदै आउँछ, एउटा पुरुष। र, यौन आवेगमा खनिन्छ पत्नीमाथि। उसलाई पत्नीको इच्छा र सहमतिसँग कुनै सरोकार हुँदैन। सरोकार हुन्छ त केबल आफ्नो देहको भोक। उसका निम्ति पत्नी विलासकी...

नेपाल पुनः डिभिजन २ मा

नेपाल पुनः डिभिजन २ मा

नेपाली जनतालाई खुशी दिइरहेको नेपाली क्रिकेटले फेरि अर्को सफलता हासिल गरेको छ। वर्षाले प्रभावित खेलमा फेरि एकपटक भाग्यमानी सावित भएपछि नेपाल मलेसियामा जारी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा...

गायक रामचन्द्र काफ्लेको स्टेज अनुभव - त्यो मानवसागर, त्यो चुम्बन

गायक रामचन्द्र काफ्लेको स्टेज अनुभव - त्यो मानवसागर, त्यो चुम्बन

गायक रामचन्द्र काफ्लेलाई 'स्टेज हिरो' नै भन्ने गरिन्छ। उनका लोकपप र आधुनिक गीत चर्चित छन्। उनको गीतमा दर्शक नाचेर रमाइलो गर्छन्। 'वार्ता गराइदेऊ', 'उही मुलाको सिन्की', 'लाठी चार्ज', 'झिम्काइदेऊ परेली'...

अग्ला अपार्टमेन्ट, अग्लै अत्यास

अग्ला अपार्टमेन्ट, अग्लै अत्यास

काठमाडौँ, टोखा नगरपालिका, धापासीमा अवस्थित २२ रोपनी १५ आना जग्गामा फैलिएको छ, पार्क भ्यू होराइजन अपार्टमेन्ट । आकाश चर्चेर बनाएको अपार्टमेन्टमा १७ तले पाँचवटा टावर ठडिएका छन् । 

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...

'सहस्र थकान मेटाउन कविता लेख्छु'

'सहस्र थकान मेटाउन कविता लेख्छु'

चित्रकार तथा कवि चन्द्र रानोहोंछाको कवितासंग्रह 'थिबिया चराको गीत' हालसालै प्रकाशनमा आएको छ। उक्त कृतिले यस वर्षको 'छत्र–विष्णु राई कृति पुरस्कार' पायो, पन्ध्र हजारको रुपैयाँको थैलीसहित। रानोहोंछासँग प्रवीण बानियाँले गरेको...

चिन्ता गर्नुपर्दैन

सेक्समा लीन भएको बेला कतिपय कुराले मानिसको आत्मविश्वास ओराल्ने गरेको छ। तर, सेक्स गर्ने बेलामा उत्पन्न हुने कतिपय अवस्थाप्रति कुनै चिन्ता लिनुनपर्ने तथ्य येल युनिभर्सिटीले गरेको एउटा अनुसन्धानमा बताइएको छ।

शुक्रबार सम्पादकीय : 'अपग्रेड' र 'काँटछाँट'को भद्दा ठट्टा

सत्ता साझेदार एवम् संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनयता दिएका अभिव्यक्तिले नयाँ संविधान लेख्ने काम राजनीतिक दलका लागि भालुको कनपट हुँदै गएको छनक पाउन...