Friday 9 Ashwin, 2077 | September 25, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'डार्लिङ एक्टर'देखि सावधान!

  • शुक्रबार १८ श्रावण, २०७०
  • दीपेन्द्र लामा
  • Be the first to comment!
(1 Vote)
'डार्लिङ एक्टर'देखि सावधान!
चाहे पुलिसकै भूमिका होस्, राजेश हमाल किन सधैँ लामो कपालमा अभिनय गर्छन्? भुवन केसी किन सुटिङको बेला सास थामेर पेट लुकाउँछन्? रेखा थापाले फिल्ममा किन छोटो स्कर्ट लगाउँछिन्? आर्यन सिग्देल किन नक्कली कपाल भिर्छन्?
nepali-patro-may
किनभने धेरैजसो कलाकारलाई आफू भौतिक रूपमा कसरी सुन्दर देखिन्छु भन्ने चिन्ता बढी हुन्छ। गालामा डिम्पल भएका अभिनेत्रीहरू जतिसक्दो धेरैपटक डिम्पल देखियोस् भनेर ठाउँ कुठाउँ मुस्कुराइरहन्छन्। सुगठित शरीर छ भने अभिनेताहरू टिसर्ट खोल्ने बहाना खोजिरहन्छन्।
रंगकर्मी अनुप बराल यस्ता कलाकारलाई 'डार्लिङ एक्टर'को रूपमा परिभाषित गर्न चाहन्छन्। 'डार्लिङ एक्टर'हरू आफूले पर्दामा उतार्नुपर्ने पात्रको चरित्रमा डुब्दैनन्। पात्रलाई विश्वसनीय बनाउनभन्दा आफ्नो रूपलाई सिंगार्न उनीहरू मेहनत गर्छन्।
हलिउडका ज्याक निकोल्सन सर्वत्र प्रशंसित अभिनेता हुन्। उनको तालु खुइलिएको छ। तर, उनले नक्कली कपाल टाँसेनन्। त्यही हुलियामै तहल्का मच्चाए। पछिल्लो समयमा ब्रुस विलिस त झन् बिना कपाल नै हिरो बनिरहेका छन्। 
नेपालमा पाको उमेरका कलाकारमा पनि 'डार्लिङ एक्टर'को स्वभाव भेट्टिन्छ। सुभद्रा अधिकारी, लक्ष्मी गिरी, वसुन्धरा भुसालजस्ता अभिनेत्रीहरू राजेश हमालको आमा बनेर अभिनय गर्दा पनि आफ्नो अनुहारमा बाक्लो क्रिम–पाउडर लिपपोत गर्छन्। चाउरीपन ढाकछोप गर्न मेकअप म्यानलाई दबाब दिन्छन्। 
नेपालमा कलाकारलाई 'डार्लिङ एक्टर' के हो भन्ने जानकारी लगभग छैन। मिडियामा अनुप बरालले नै यो शब्दको उठान गरेका हुन्। जबसम्म 'डार्लिङ एक्टर' र यसका बेफाइदाबारे बहस गरिँदैन, तबसम्म कलाकारहरू यसको विकृतिबाट मुक्त हुन सक्दैनन्। नेपालमा जो कोही 'डार्लिङ एक्टर'जस्तो लाग्नुको कारण पनि यही हो।
जहाँ–जहाँ स्टारडम छ, त्यहाँ–त्यहाँ 'डार्लिङ एक्टर'को प्रकोप पाइन्छ। 'हलिउड र बलिउडका धेरैजसो सुपरस्टारहरू डार्लिङ एक्टर नै छन्, त्यही भएर फिल्मको कथानकभन्दा पनि कलाकारलाई हेर्न जाने चलन चलेको हो,' अनुप भन्छन्, 'वास्तविक कलाकारले आफूलाई ब्युटिफाई होइन, आफूले पाएको भूमिकालाई जीवन्त बनाउँछ।' 
आवरणमा राम्रो देखिने कुनै पनि चिज तुरुन्तै बिक्ला। तर, बिक्री दीर्घकालीन हुनलाई आवरण राम्रो भएर पुग्दैन, भित्री पक्ष पनि खँदिलो र रसिलो हुनैपर्छ। नेपाल र बलिउडमा 'डार्लिङ एक्टर'हरूले नै नाम र दाम बढी कमाएका हुन सक्छन्। तर, रचनात्मक र कलात्मक पक्षको मूल्यांकनमा त्यस्ता कलाकार अटाउँदैनन्। हलिउड र बलिउडका 'सुपरस्टार'हरूले कुनै पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा खासै प्रभाव छाड्न वा अवार्ड जित्न सकेका छैनन्।
कलाकारको शरीर, अनुहार, हाउभाउ र मुस्कुराहटमा निर्भर रहेर फिल्म बनाउने प्रवृत्ति 'डार्लिङ एक्टर'हरूले हुर्काएका छन्। यी तत्वमा आधारित भएर निर्माण गरिएका फिल्ममा गम्भीर मानवीय संवेदनाभन्दा कुनै कलाकार विशेषको नौटंकी हालीमुहाली हुन्छ। फिल्म पनि एउटा निश्चित र नियमित सूत्रमा अल्भि्कने खतरा हुन्छ।
कलाकारलाई मध्यनजर गर्दै स्त्रि्कप्ट लेख्ने चलन त्यसै सुरु भएको होइन। हिरोको पाखुरा र हिरोइनको तिघ्रा प्रदर्शन कहाँ–कहाँ घुसाउन सकिन्छ भनेर दिमाग खियाएपछि फिल्म गतिलो बन्दैन। यो प्रवृत्तिले स्वयम् कलाकारलाई पनि बेफाइदा छ। उसले आफ्नो वास्तविक अभिनय देखाउने अवसर पाउँदैन। कलाकारले पात्रको चरित्रभन्दा पनि आफ्नो शरीर र बाहिरी हाउभाउमा बढी ध्यान केन्द्रित गर्छन्।
नेपालमा 'डार्लिङ एक्टर' हुनबाट जोगिन खोज्ने कलाकार पनि छन्। 'छड्के'मा सौगात मल्ल, 'लुट'मा दयाहाङ राई र 'धन्दा'मा अर्पण थापाले कलाकारको एउटा संकुचित दायरालाई भत्काएको स्विकार्न सकिन्छ। सौगातले 'छड्के'मा आफूलाई निकै बिरूप देखाउन हिचकिचाएका छैनन्। त्यस्तै दयाहाङले 'लुट'मा आफ्नो भुँडी प्रदर्शन गरेका छन्। 'धन्दा'मा केही अतिरञ्जित लागे पनि अर्पणले एक हदसम्म आफूलाई वीभत्स अनुहारमा उतारेकै हुन्। जब कि धेरैजसो कलाकार आफ्नो अनुहारको कोठी पनि छोप्न लगाउँछन्।
सौगात, दया र अर्पण आफूलाई दिइएको पात्रसँग धेरै नजिक देखिन्छन्। यसका लागि मेहनत र हिम्मत दुवै खाँचो पर्छन्। नेपालका राजेश हमाल, भुवन केसी हुन् या बलिउडका शाहरूख, सलमान चाहिँ अधिकांश फिल्ममा एउटै देखिन्छन्। 'डार्लिङ एक्टर' हुने चक्करको परिणाम हो यो। 
चरित्रमा भिज्ने 'एक्टर'ले कला पस्किन्छ भने 'डार्लिङ एक्टर'ले चर्तिकला देखाउँछ। 'चर्तिकला'ले दर्शकमा निर्माण हुने मनोविज्ञानमा कसैले ध्यान दिएका छैनन्। जब कि, यो एकदम संवेदनशील विषय हो। 
कलाकारको दायित्व दर्शकलाई मनोरञ्जन दिनुमात्र होइन। जीवनमा उपयोगी हुने केही न केही प्रेरणा पनि दिन सक्नुपर्छ। तर, विडम्बना 'डार्लिङ एक्टर'हरूले प्रत्यक्ष वा अप्रत्यक्ष दर्शकलाई भित्री रूपभन्दा बाहिरी रूपलाई सुन्दर बनाउनुपर्छ भन्ने गलत प्रेरणा दिइरहेका हुन सक्छन्।

Leave a comment

व्यङ्ग्य : साउन ‘सावन' बनेपछि

साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको...

दुःख बाँडौँ, दुःख साटौँ

महाभूकम्पले ल्याएको भयावह विपत्तिले जनजीवन ठप्प छ। सरकारले दिएको आधिकारिक तथ्यांकअनुसार बुधवार बेलुकासम्म पाँच हजारभन्दा बढी व्यक्तिले महाभूकम्पमा ज्यान गुमाएका छन् भने हजारौँ घाइते छन्।

भूकम्पपीडितलाई भुल्दै छ राज्य

प्रमुख दलका शीर्ष नेताहरू संविधान निर्माण गर्ने चटारोमा छन्। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि दलका नेतामा संविधान बनाइहाल्नुपर्छ भन्ने जुन चेत आएको छ, यसलाई सबैले सकारात्मक रूपमै लिएका छन्।...

कुन ध्येयले हुन्छ विमान अपहरण ?

कुन ध्येयले हुन्छ विमान अपहरण ?

अन्तर्राष्ट्रिय उडानसेवा सहज रूपमा उपलब्ध हुन थालेके धेरै समय बित्न नपाउँदै विमान अपहरण हुन थालेको थियो । तर, त्यतिबेला विमान अपहरणकारीहरूले राजनीतिकभन्दा पनि व्यक्तिगत आकांक्षा पूर्तिका लागि हाइज्याक गर्ने गर्थे...

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

नेपाली फिल्मको कथा गतिलो हुनुपर्‍यो : रामकुमारी झाँक्री

के पाउनुभयो राजनीतिमा लागेर? समाजलाई चिनेँ। सम्बन्धहरू बनाएँ। धेरै चिजहरू बदल्ने अभियानमा सरिक हुन पाएँ।   कति भयो राजनीतिमा लाग्नुभएको? भयो २३ वर्ष जति।

'टिचरले प्रेमप्रस्ताव राखे'

'टिचरले प्रेमप्रस्ताव राखे'

म पहिलेदेखि नै एकदमै घमण्डी केटी ।  आफूजस्ती राम्री कोही छैन जस्तो लाग्थ्यो। सानैदेखि एकदमै चुलबुले पनि थिएँ। पढाइमा पनि एकदमै तेज थिएँ। कक्षा ५ सम्म काठमाडाँैमै पढेकी हुँ। त्यतिबेला...

ख्वामितहरूको राज्यमा

सिरहा, धनगढीका दीपक मल्लिक एकाएक सञ्चारमाध्यममा छाए। आखिर आड लागेपछि ठूलैको लाग्नु भनेको सोह्रै आना सत्य रहेछ। महानायक राजेश हमालको आड पाएपछि दीपकले पनि चर्चित हुने सौभाग्य पाए। दीपकको कथामा...

उड्ने पनि बढे, ठगी पनि बढ्यो

कामको खोजीमा विदेशिने नेपालीको संख्या आर्थिक वर्षको ११ महिनामा ४ लाख ६६ हजार ५ सय १५ जना पुगेको छ। बेरोजगारीका कारण लाखौँ नेपाली कामको खोजीमा विदेशिन बाध्य छन्। आर्थिक वर्षको...