Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

तेस्रो अवतारमा कमरेड ओली

(1 Vote)
नयाँ पुस्ताले कमरेड खड्गप्रसाद ओलीको पछिल्लो अवतारमात्र देख्यो होला। हाम्रो पुस्ताले उनका तीन अवतार देखेको छ। म ओलीलाई कुनै खराब या असल अथवा ठीक या बेठीकको तराजुमा मूल्यांकन गर्ने लेठो पनि उठाउँदिनँ। उनको आलोचना या समर्थन गर्ने उपक्रममा पनि पर्न चाहन्नँ। म उनका तीन अवतारबारे कुरा गर्न चाहन्छु।

nepali-patro-may
मानिस समाजमा विद्यमान संस्कृति या चेतनाको पुनर्उत्पादन हो। त्यसको यो एउटै वृत्तमा घुमिरहने किरो पनि होइन। भौतिक अवस्थाहरू र आफ्ना वरपरको समाजको चेतनामा आइरहेको परिवर्तनका सापेक्षतामा आफ्नो चिन्तन प्रणालीलाई परिष्कृत गर्ने र परिवर्तन गर्दै अगाडि बढ्ने मानवीय स्वभाव हुन्छ। समाजले त्यही गर्छ र उन्नति गर्छ, मान्छेले त्यही गर्छ तर उन्नति नै गर्छ भन्ने छैन। मानिसको रुचि, उनीहरूको चेतनास्तर र त्यसको परिष्कार गर्न सक्ने क्षमतासहित उसको रोजाइमा धेरै कुरा निर्भर हुन्छन्। मानिसको जीवनमा एकपटक देखेको सत्य स्थायी हुँदैन। यो कुरा राजनीतिमा लागू हुने नै भयो। यस्तो परिवर्तन कम्युनिस्टहरूको पनि र्याकडिकल धारमा बढी देखापर्छ। धेरैजसो के देखिन्छ भने पहिले त र्याैडिकलहरू समाज र दुनियाँलाई बदल्ने कुरा गर्छन्। जोरजुलुम गर्छन् र नसकेपछि हतार–हतारमा आफू बदलिदिन्छन् र दुनियाँ बदलिएको भनेर त्यसैलाई सैद्धान्तिकीकरण गरिदिन्छन्। यस्तो अभ्यासमा हाम्रा झापाली मालेवालाहरू र पछि माओवादीहरू कति पारंगत भए, हामी सबैलाई थाहा छ। ओली त्यो परिवर्तनका एकजना शीर्ष उदाहरणमात्र हुन्।

कमरेड केपी शर्मा ओली आफ्ना शिक्षक रामनाथ दाहाल, जो आफैँ क्रान्तिकारी थिए र वर्ग संघर्षमा विश्वास गर्थे, बाट प्रभावित भएर या डोर्याफइएर क्रान्तिकारी आन्दोलनमा सामेल भएका सामान्य परिवारका किशोर थिए। झापा आन्दोलन आफ्ना प्रारम्भिक दिनहरूमा नै व्यापक दमनमा पर्योआ। रामनाथ दाहाललाई शासकहरूले जेल सार्ने निहुँमा लगेर उनका चारजना साथीसहित हत्या गरे। केपी ओली र अन्य धेरै नेता/कार्यकर्ता समातिए तथा भयानक यातनासहित लामो समय जेल परे। प्रारम्भिक राजनीतिक जीवनदेखि जेलमा बसुञ्जेल ओली क्रान्तिकारी थिए। उनलाई यो समाज बदलेर समानतामा आधारित नयाँ समाज बनाउन सकिन्छ भन्ने एकप्रकारको आदर्श विश्वासले डोर्याईएको थियो।

पञ्चायतका आखिरी वर्षहरूमा १४ वर्ष जेल बसेर छुटेपछि ओली बिस्तारै सुधारवादी बने। उनी तत्कालीन मालेको केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। झापाको एउटा गरिब किसान परिवारबाट हुर्केर १४ वर्ष जेल बसीकन बाहिर निस्कँदा उनको व्यक्तित्व निकै उठिसकेको थियो। जति–जति मालेले शक्ति आर्जन गर्योव, त्यति–त्यति नै उनको पनि अरू नेतासरह व्यक्तित्व उठ्यो। जेलबाट निस्केपछि उनले काठमाडाँैको एउटा नेवार परिवारकी बैंकमा अधिकृत तहमा कार्यरत रहेकी महिलासँग बिहे गरे, जो विद्यार्थीकालमा राजनीतिमा संलग्न पनि थिइन्। यसले उनको सम्पर्क मध्यमवर्गसँग बनाइदियो। आर्थिक दृष्टिले पनि यो सुरक्षित अवस्थामा फड्को थियो। पार्टीमा शक्ति थियो। त्यसको अन्तिम मूल्य सत्तामा पुगेपछि मात्र प्राप्त हुन्थ्यो। कमरेड ओलीसहितको तत्कालीन माले नेतृत्व बिस्तारै सुधारवादी बाटोबाट राजनीतिक सत्तामा पुग्ने उपायको खोजीमा थियो। २०४६ को चौथो महाधिवेशनसम्म आइपुग्दा मालेको र्याबडिकल क्रान्तिकारिता सुधारवादमा औपचारिक रूपमा प्रवेश गर्यो्। यही कारण थियो कि २०४६ को जनआन्दोलनमा मालेको सहभागिता र हस्तक्षेप सम्भव भयो।

२०४७ पछि माले र पछि एमाले संसदीय शक्तिका रूपमा वैकल्पिक शक्ति बनेर उदायो, जसलाई २०४८ को संसदीय निर्वाचनले पुष्टि गर्योए। यो अवधिमा पार्टीको आन्तरिक संरचना र नेतृत्वको सोपान निर्माणमा मध्यमवर्गलाई प्रोत्साहित गरियो। पार्टी सम्पूर्ण रूपमा संसदीय राजनीतिक शक्तिका रूपमा रूपान्तरित गर्नमा पार्टीलाई नेतृत्व गर्नेमा कमरेड ओली पनि एक थिए। श्रमजीवी या निम्नमध्यम वर्गीय कार्यकर्ता र नेताहरूलाई पछि सरेर निजी उत्पादनको काममा लाग्न र मध्यम वर्गीयहरूलाई पार्टी सोपानको माथिल्लो सिँढीमा पुर्यानउन खुला वकालत गर्नेमा कमरेड ओली पनि एक हुन्।

एमालेको सुधारवादले २०४९ को पाँचौँ महाधिवेशनसम्म पुग्दा बुर्जुवा पार्टीमा रूपान्तरणको जग हाल्यो। त्यहि महाधिवेशनले जबजका नाममा पार्टीका सिद्धान्तहरूमा उदारवादी प्रजातन्त्रका सबै आधारभूत सैद्धान्तिक पक्षहरूलाई रङ दलेर रातो बनाउने प्रयास गर्योी। पार्टीलाई संसदीय व्यवस्थाभित्रैको तथा बुर्जुवा वर्गको पनि हितको प्रतिनिधित्व ठीक ढंगले गर्न सक्ने दलका रूपमा स्थापित गराउने जबजका एकजना प्रवक्ताका रूपमा केपी ओली पनि अग्रपंक्तिमा देखापरे। पार्टीको यो चरण २०५२ भदौमा एमाले नेतृत्वको सरकारको पतन हुने बेलासम्म कायम रह्यो। खासगरी ०५२ भदौ १२ को सर्वोच्च अदालतको फैसलासम्म यो अवधि कायम रह्यो। उक्त सरकारको पतनपछि कमरेड ओली र एमालेको तेस्रो अवतार सुरु भयो।

२०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा परी कमरेड मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएपछि कमरेड ओली एमालेमा निर्णायक हैसियततिर उक्लन थाले। अल्पमत सरकारमा गृहमन्त्रीका रूपमा सरकारमा सहभागी भएपछि उनको वर्गीय हैसियत, सामाजिक सम्बन्धहरूको दायरा श्रमजीवी र निम्न वर्गबाट काठमाडौँको परम्परागत सम्भ्रान्त वर्ग र नवधनाढ्य वर्गसँगतिर फडि्कयो। यो त्यस्तो सामाजिक आधार थियो जसले उनलाई समाज बदलिएको दाबी गर्ने गजबको अवसर दियो। २०५२ भदौ १२ को फैसलासँगै बुर्जुवा वर्ग, दरबार र भारतको समेत चित्त नबुझाई सरकारमा टिकिरहन नसकिने रहेछ भन्ने बुझाइ एमालेमा स्थापित भएपछि एमालेले सुधारवादको जामा पनि फेर्यो र यथास्थितिवादको प्रवक्ता बन्नतिर लाग्यो।

आफ्नो जनाधार या मताधारमा रहेको वामपन्थी झुकावका कारण एमालेले औपचारिक रूपमा सुधारवादी या खैरो मार्क्सवादी जामा लगाउन छाडिहाल्न मिल्दैनथ्यो। त्यसमाथि नयाँ र्याेडिकल शक्तिका रूपमा माओवादीहरूले स्थान निर्माण गर्न थालिसकेका थिए। माओवादीहरूले शक्ति आर्जन गर्दै जाँदा केपी शर्मा ओली भारतको विश्वास जित्न महाकाली सन्धि गराउनेदेखि राजतन्त्र नेपालमा रहिरहने छ भन्नेसम्मका वैचारिक राजनीतिक वितण्डाको नेतृत्व गर्न थालिसकेका थिए। त्यसयता उनले लगातार संविधानसभाको विरोध गरे, गणतन्त्रको विरोध र राजतन्त्रको बचाउ गरे, जनआन्दोलनको विरोधमा मत व्यक्त गरे, समावेशी समानुपातिक प्रणालीको विपक्षमा बोले र पछि संघीयता र पहिचानको मुद्दालाई विरोध गर्नमा सम्पूर्ण शक्ति लगाए। अहिले उनले जुन शक्तिको नेतृत्व गर्छन्, त्यसले मध्य–दक्षिणपन्थी राजनीतिक शक्तिको स्पेस बनाउँदै गरेको छ।

अझै पनि मताधार र जनाधारका दृष्टिले तथा आफ्नो वामपन्थी लिगेसीका कारणले एमालेका दस्तावेजहरूमा केही वामपन्थी सुधारवादी नाराहरू देखिन्छन्। घनश्याम भुसाल र शंकर पोखरेलहरू जबजकै बाटोबाट समाजवादमा पुग्न सकिने उपायको डिस्कोर्स निर्माणमा लागेका छन्। तर, नेतृत्वको कुराा गर्दा त्यहाँ न मार्क्सवाद छ न समाजवाद। बरु ओलीको नेतृत्व यथास्थितिवादी र अझ कतिपय सन्दर्भमा परिवर्तनविराधी शक्तिको प्रतिनिधित्व गर्ने शक्ति बनेको छ। एमाले र त्यसका अध्यक्ष ओली दुवैको यो तेस्रो अवतार हो। उनलाई ठीक मान्नु र नमान्नु या समर्थन र विरोध गर्नु आ–आफ्नो स्वतन्त्रताको कुरा हो।

(कुराकानीमा आधारित)

Leave a comment

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

आर्यन सिग्देल ‘चकलेटी हिरो’को रूपमा चिनिन्छन् । व्यस्त हिरोमध्ये पर्ने उनी अहिले फिल्म निर्माणमा पनि सक्रिय हुन थालेका छन् । अघिल्लोपल्ट निर्माता सुवास गिरीसँग मिलेर बनाएको ‘नोभेम्बर रेन’ हिट भएपछि...

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

नेपालमा मेडिकल कलेज खोल्ने स्पर्धा चर्को बन्दै गए पनि एमबीबीएस पढ्न विदेशिने विद्यार्थीको संख्या भने घट्न सकेको छैन। देशमा अहिले डेढ दर्जन मेडिकल कलेज सञ्चालनमा छन्। तर, एमबीबीएस पढ्न विदेश...

रंगीचंगी साउन

रंगीचंगी साउन

गोंगबु, गणेशथानमा तरकारी पसल गर्ने मैया पोखरेलले दुवै हातमा झपक्क चुरा लगाएकी छन्। उनको गलामा मोटो लुङको हरियो पोते झुन्डिएको छ। हरेक साल साउनमा रातो, हरियो र पहेँलो रङका चुरा...

हतियार खोइ?

हतियार खोइ?

फिल्मकर्मीले हिरोइनलाई फिल्म प्रचारको मुख्य 'हतियार' मान्छन्। ब्लेड बेच्न पनि महिला चाहिने युगमा फिल्म बेच्नका लागि हिरोइनको भूमिका महत्वपूर्ण हुने कुरा स्वाभाविकै हो। तर, फिल्म 'प्रोड्युसर'लाई भने प्रचारकै समयमा हिरोइन...

'तोङ्बा पसलमा मेरो पोस्टर!'

'तोङ्बा पसलमा मेरो पोस्टर!'

जीवन लुइँटेल 'कमर्सियल' कलाकार हुन्। उनी 'लभर ब्वाई'को भूमिकामा धेरै देखिन्छन्। फिल्मबाहिर उनी कहिले कवि हुन्छन्, कहिले अध्यात्मप्रति झुकाव राख्ने मान्छे देखिन्छन्। घरगृहस्थीलाई बढी समय दिइरहेका उनी फिल्ममा पनि फरक...

धरापमा फुटबल

धरापमा फुटबल

फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। नेपालमा पनि सरकारले...

भारतको अशोभनीय रवैया

संसारकै ठूलो लोकतन्त्रका रूपमा चिनिने निकट छिमेकी भारतले नेपालको संविधान निर्माणका क्रममा अपनाइएको लोकतान्त्रिक विधिमाथि औँला उठाएको छ। नेपालको हरेक राजनीतिक परिवर्तनमा आफ्नो हिस्सेदारी सुरक्षित गर्दै आएको भारतले संविधान निर्माणका...

'अल्टर' आलोक

'अल्टर' आलोक

मान्छेका आ–आफ्नै जिउने कला हुन्छन्, ढंग हुन्छन्। निर्देशक आलोक नेम्वाङ पनि आफ्नै तरिकाले बाँच्छन्। एक्लै बस्छन्। सडकमा भेटिएका फोहोरी, लुते कुकुर र बिराला उठाएर घरमा लैजान्छन्। तिनको स्याहार गर्छन्। उनलाई...