Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'तीस वर्षमा तीन थान डिक्सनरी फटाएँ'

(1 Vote)
'तीस वर्षमा तीन थान डिक्सनरी फटाएँ'
प्रसिद्ध लेखक खगेन्द्र संग्रौला नेपाली साहित्यमा अनुवादको जग हाल्ने व्यक्तिहरूमध्ये एक हुन्। उनले थुप्रै किताब अनुवाद गरेका छन्। 'अजम्मरी गाउ"' (भियतनामी उपन्यास), 'फूल बेच्ने केटी' (उत्तर कोरियाली अपेरा), याङ मोको उपन्यास 'युवाहरूको गीत', लु स्युनको जीवनी, कटहरे खाडी (चिनिया" नाटक), गोर्कीको 'अ"ध्यारोमा निसासिएका मानिसहरू' र 'शत्रु' (नाटक), निकोलाई गोगोलको उपन्यास 'तारास बुल्बा' र सरकारी निरीक्षक (नाटक), एंगेल्सको 'कम्युनिस्ट प्रश्नावली', कार्ल मार्क्सको 'गोथा कार्यक्रमको आलोचना', माओत्से तुङका ठेलीहरू भाग २, ३, ४ र ५, टीभी इएचारा भारिएरको 'एक पिताका सम्झनाहरू', जोन उडको 'माइक्रोसफ्टदेखि बाहुन डा"डासम्म' आदि उनले अनुवाद गरेका किताब हुन्। यो सूचीमा भर्खरै थपिएको छ, चिनगिज आइतमातोभको लघुउपन्यास 'प्रथम गुरु'। उनीसँग शुक्रवारका लागि विनोदविक्रम केसीले अनुवाद–संवाद गरेका छन्।

nepali-patro-may
अनुवाद सिर्जनात्मक काम होइन, यो त प्राविधिक काममात्र हो भन्नेहरू पनि छन्। हो?
यो सर्वथा गलत कुरा हो। अनुवाद अलग–अलग पाटपुर्जाहरू जोडेर साइकल बनाउनुजस्तो होइन। अनुवाद एक जटिल बौद्धिक तथा सांस्कृतिक कर्म हो। यो प्राविधिक होइन, सिर्जनशील काम हो।

अनुवाद नभएर नेपाली साहित्य अन्तर्राष्ट्रिय जगत्मा पुग्न सकेन वा यसको प्रगति हुन सकेन भन्ने तर्क पनि छ। सहमत हुनुहुन्छ?
यस्तो आकांक्षा राख्ने वा गुनासो गर्नेहरू कुन–कुन नेपाली कृति अन्तर्राष्ट्रिय जगत्मा पुर्यालउन लायक ठान्दा हुन्? म त खासै देख्दिन"। सामान्यतया अन्तर्राष्ट्रिय जगत्मा तिनै देशका अनुदित साहित्यको सोधनी–पुछनी हुन्छ, जो आर्थिक तथा सामरिक दृष्टिले बलवान् छन्। हामीस"ग यी दुवै बल छैनन्। नेपाली अनुवादको पाठकीय बजार कहा" छ? बरु विश्वसाहित्यका उत्कृष्ट रचनाहरू नेपालीमा अनुवाद गर्न नसक्दा हाम्रो चिन्तन तथा सिर्जनाको स्तर उक्सिन नसकेको पो हो कि † विचारणीय कुरा त यो पो छ।

नेपालीमा अनुवाद गर्नैपर्ने केही किताब?
नाम गन्दा धेरै हुन सक्छन्। मलाई के लाग्छ भने, खास गरेर विश्व साहित्यका उत्कृष्ट उपन्यासहरू नेपालीमा अनुवाद हुनु जरुरी छ। सर्भान्तेज, चार्ल्स डिकेन्स, थमस हार्डी, थ्याकरे, डेनियल डिफो, बाल्जाक, तोल्सतोय, हेमिङ्वे, दोस्तोएभस्की, अल्बेयर कामु, सार्त्र, अलेक्स हली, मार्खेज, चिनुवा अचेबे— यी मेरो लाटो प्राथमिकतामा पर्ने लेखक हुन्।

अनुवाद भनेको 'थ्यांकलेस जब' पनि हो है?
हो पनि र होइन पनि। रचनाकर्म, त्यो मौलिक लेखन होस् वा अनुवाद, स्याबासीका लागि गरिन्न। यी दुवै कर्म लेखक वा अनुवादकको अन्तस्करणको आदेश वा उदात्त आदर्शद्वारा पे्ररित तथा निर्देशित हुन्छन्। हामीकहा" अनुवाद कर्मलाई मौलिक सिर्जनाको सापेक्षमा दोयम दर्जाको कर्म मानिन्छ। तर, दोयम दर्जाको मौलिक सिर्जनाभन्दा त अब्बल दर्जाका कृतिको अनुवाद उत्तम चिज होइन र?

आफूले ठूलो त्रुटि गरेछु भन्ने लागेको छ कुनै अनुवादमा?
हामीकहा" अनुवादको लेखाजोखा गर्ने संस्कृति छैन। सा"च्ची नै अनुवादको परख गर्न जान्नेहरूले मेरा अनुवादहरूको लेखाजोखा गरेको खण्डमा पक्का पनि अनेक त्रुटि फेला पर्दा हुन्। म लज्जित हुने गरी पक्राउ परेको घटना एउटैमात्र छ। 'माइक्रोसफ्टदेखि बाहुन डा"डासम्म'मा म्यागजिनलाई पत्रिका भनेर अनुवाद गर्न पुगेछु। हैट्, कुरो हतियारको रहेछ। कवि हरि अधिकारीले मलाई झ्याप्पै पक्राउ गरे।

एनजीओका रिपोर्टहरू कत्तिको अनुवाद गर्नुहुन्छ?
यो मेरो अनुवादकर्मको नदेखिएको र देखिन नालायक पाटो हो। झण्डै दश वर्ष मेरो वृत्ति आर्जनको मूल स्रोत एनजीओ–आईएनजीओका विकासे स्रेस्ताहरूको अनुवाद भयो। यो कर्म झुर भए पनि यी संस्थाहरूप्रति म कृतज्ञ छु। यिनले मलाई वृत्ति आर्जनको धन्दा नदिएका भए उपयोगी दार्शनिक, साहित्यिक कृतिहरूको अनुवाद गर्न म कसरी पो सक्दो हु" र? तर, अहिले गर्दिन"। मैले यो धन्दा छाडेको वर्षाैं भयो।

अनुवादकलाई 'ज्याला' दिने सवालमा प्रकाशकहरू कत्तिको उदार छन्?
यो खतरनाक प्रश्न हो। यो प्रश्नको खरो जवाफ दिने हो भने प्रकाशकहरू मलाई अनुवादको काम दिनै छाड्छन्। मेरा अनुवादहरूबाट आर्थिक लाभ प्राप्त गर्ने भाग्यमानी प्रकाशकहरू धेरै छन्। म अभागी भने सधै" ठगिएको ठगियै † तथापि यी द्रव्यपारखीहरूस"ग म कृतज्ञ छु। यिनीहरू छाप्न तयार नभएका भए म के अनुवाद गर्दो हु" र? अनुवाद गर्दा मेरो मूल चासो रकममा होइन, कृतिको वैचारिक–सांस्कृतिक मूल्य तथा उपयोगितामा रहन्छ।

अनुवादमा शब्दकोशको सहाराभन्दा बोध (अन्डरस्ट्यान्डिङ) को सहारा महत्वपूर्ण हुन्छ भन्छन्। हो?

हो, बोध प्राथमिक कुरा हो। कृतिको मूल भाषा र अनुवाद गरिने भाषाको बोध तथा ती दुई भाषाका संस्कृतिको बोध। तर, शब्दकोशको सहारा पनि कम महत्वको छैन। तीस वर्षजति अनुवाद गर्दा मैले 'एडभान्स्ड लर्नर्स डिक्सनरी' दुई–तीन थान फटाए"। बुझिएन कुरो †

मूल टेक्स्ट कति पटक पढ्नुहुन्छ?
माओका कतिपय रचना अनुवाद गर्दा अनेकौ" पटक पढे"। त्यो रचनाको गम्भीरताप्रतिको दायित्वबोध र इमानको कुरा थियो। अन्य रचनाहरूको हकमा एक पटकमात्र। पढ्दा बिराना शब्दमा चिनो लगाउ"दै फड्के किनारामा अर्थ लेख्छु, पर्यायवाचीसहितका अर्थहरू। त्यसपछि फटाफट अनुवाद गर्छु।

कुनै पनि किताबको कुन पक्षले प्रेरणा दिएपछि अनुवाद गरूँ जस्तो लाग्छ?
मेरो अनुवादकर्म, सैद्धान्तिक र साहित्यिक दुवै, 'मिसन' वा उदात्त उद्देश्यस"ग सम्बन्धित छ। सम्बन्धित रचनाले नेपाली पाठकको मन–मानसलाई वैचारिक वा कलात्मक दृष्टिले थोरै भए पनि समृद्ध तुल्याओस्— मेरो कामना यस्तो हुन्छ। यस अर्थमा मलाई प्रेरित गर्ने कृतिविशेषका तत्व वैचारिक र कलात्मक नै हुन्।

अनुवाद गर्दा 'लस्ट इन ट्रान्सलेसन' होला र मूल टेक्स्टलाई न्याय गर्न नसकिएला भन्ने भयले कत्तिको पिरोल्छ? यसबाट मुक्त हुन कुन उपाय लगाउनुहुन्छ?
सधै" पिरोल्छ र धेरै पिरोल्छ। वैचारिक रचनामा मलाई प्रायः त्यो भय हु"दैन। कला हेरी विचार अनुवाद गर्न सजिलो हुन्छ। तर, कलाकृतिको अनुवाद गर्दा एक भाषा र अर्को भाषाको बीचमा केही न केही कुरा छुटिहाल्छ। त्यसो त मस्तिष्कबाट भाषामा ओर्लिंदा पनि हाम्रा अनुभूति र विचारका कतिपय तŒवहरू छुटिरहन्छन्। यो भयबाट मुक्त हुने उपाय अनुवादकर्मप्रति निष्ठा र इमान हो, जसले सावधानी, मिहेनत र धैर्यको माग गर्छ।

सम्भवतः सबैभन्दा बढी अनुदित कवि पाब्लो नेरुदा गुनासो गर्थे, 'अंग्रेजी अनुवादमा मेरो कविताको 'अर्थ' त व्यक्त हुन्छ तर कविताको 'पर्यावरण' भने व्यक्त हुँदैन।' यस्तो किन हुन्छ होला?
कविता सूक्ष्मतम अनुभूतिको संक्षिप्त, सूत्रमय र तीव्रतम अभिव्यक्ति हो। अनुवादमा कविताको जीवन्त र माधुर्ययुक्त लय, ताल र स्पन्दन प्रायः छुट्छ। नेरुदाको गुनासोको जडी कुरो यही पो हो कि †

अनुवादको 'अथेन्टिसिटी' कसरी कायम हुन्छ?
अथेन्टिसिटीको मानक के हो र त्यसको निरूपण गर्ने न्यायाधीश को हो? यो सवाल विवादमुक्त छैन। कुशल र पारखी हातले अनुवादको सम्पादन गर्ने संस्कृति अथेन्टिसिटीको एउटा आधार होला।

प्रसिद्ध उपन्यासकार मार्खेजका थुप्रै किताब अनुवाद गरेका अनुवादक एडिथ ग्रसम्यानको मान्यता छ– 'अनुवाद भनेको एक भाषाबाट अर्काे भाषामा समतुल्य टेक्स्ट तयार गर्नु होइन, यो त पहिलो टेक्स्टको पुनर्लेखन हो।' तपाईंको यति धेरै अनुवादको अनुभवले के भन्छ?
यो कुरा सही हो। एक अर्थमा अनुवाद मूल कृतिको अर्को भाषामा पुनःसृजन हो। 'युवाहरूको गीत' पढेपछि पारिजात दिदीको मलाई प्रश्न थियो— यो याङमोको कृति हो कि संग्रौलाको? मैले फिस्स हा"सेर जवाफ दिए"- दुवैको हो, दिदी।

कुनै कृतिको मौलिकता नै मासिदिने गरी खराब अनुवाद भएका त्यस्ता कुनै किताब सम्झिनुहुन्छ?
पुस्तक मेलामा गएर हेर्नोस्। अनुदित कृतिहरूको चाङ देख्नुहुन्छ। पल्टाएर एक पन्ना पढ्नोस्, बैराग लागेर आउ"छ। द्रव्यका नैतिकहराम शिकारीहरूले अनुवादकर्मको गर्नुविधि बद्नाम गरेका छन्।

एउटा राम्रो अनुवादकका योग्यता के–के हुन्?
मलाई थाहा छैन। म अनुवादको सिद्धान्त पढेर अनुवादकर्ममा प्रवृत्त भएको होइन। मैले अनुवाद गरेरै अनुवाद गर्न सिकेको हु"। पहिले नै भनिएझै", मूल कृतिको भाषा र अनुवाद गरिने भाषा तथा ती दुई भाषाका संस्कृतिको आधारभूत ज्ञान आवश्यक पर्ला। बा"की योग्यता त कृतिप्रतिको सम्मानभाव र अनुवादकर्मप्रतिको दायित्वबोध नै होला। साधना र धैर्यका त कुरै गर्नु परेन।

Leave a comment

घटना क्यालेन्डर २०१४

घटना क्यालेन्डर २०१४

छुट्टिएन स्कटल्यान्ड स्कटल्यान्ड बेलायतबाट अलग हुनुपर्छ अथवा बेलायतमै रहनुपर्छ भन्नेमा दशकौँदेखि जारी विवादको छिनोफानो गर्न गत वर्ष १८ सेप्टेम्बरमा जनमतसंग्रह गरियो। जनमतसंग्रहमा बहुसंख्यक स्कटिस जनताले बेलायतसँगै मिलेर बस्ने चाहना व्यक्त गरेपछि...

व्यङ्ग्य : साउन ‘सावन' बनेपछि

साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको...

एमाओवादी थप कमजोर

एकीकृत नेकपा माओवादीभित्र फेरि एकपटक नेतृत्व हस्तान्तरण र विकासको प्रसंग उठेको छ। ०४५ सालमा भएको सेक्टर काण्डपछि मोहन वैद्य किरण कारबाहीमा परेर पार्टी नेतृत्वबाट बाहिरिएका थिए। त्यसपछि निरन्तर पार्टी नेतृत्वमा...

के गर्दैछन् नेइमार?

के गर्दैछन् नेइमार?

विश्वकपका क्रममा पिठ्यूँको हाड भाँचेका ब्राजिलियन स्ट्राइकर नेइमार के गर्दै होलान् भनेर कसैले प्रश्न गरेमा अस्पतालमै उपचार गराइरहेका होलान् वा आराम गरिरहेका होलान भन्ने उत्तर पाइने छैन।

जहिले पनि तालीमात्रै

जहिले पनि तालीमात्रै

एउटा कलाकारले अर्को कलाकारको तारिफ गर्न कन्जुस्याइँ गर्छन्। तर, माओवादी जनयुद्धको कथामा बनेको फिल्म 'उमा' हेरेपछि अभिनेत्री करिश्मा मानन्धरले ऋचा शर्माको मन खोलेरै तारिफ गरिन्। पछिल्लो समय नेपाली फिल्मका दर्शक...

चर्चाका लागि चर्तिकला

चर्चाका लागि चर्तिकला

फिल्म क्षेत्रमा टिक्नका लागि, बिक्नका लागि फिल्मकर्मीले चर्चामा रहनुपर्छ। अखबार र टीभीमा छाउनुपर्छ। फिल्म चलाउन निर्माता–निर्देशकले प्रचार गर्नुपर्छ। यी सामान्य सत्य हुन्। तर, चर्चाका लागि जे पनि गर्न तयार हुने...

अपराधीलाई रोल मोडल बनाउने?

अपराधीलाई रोल मोडल बनाउने?

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–   दिनेश अधिकारीको घटना के हो? यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।   भन्नाले? आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय...

उपमा अलङ्कार र प्रेमसूत्र

–गाउँले बलदेव हाम्रा पूर्वजहरू उपमानको सहारा लिई वर्ण चिनाउने वा चिन्ने गर्थे। गाईको जस्तो गोडा= गाईगोडा। गाईगोडे ग। यहाँ गाईको जस्तो उपमान र गोडा चाहिँ उपमेय हो। गाईगोडे विशेषण हो र...