Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

युवाको रात्री जीवन

(1 Vote)
युवाको रात्री जीवन
युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने युवायुवतस्लाई असिनपसिन हुनेगरी नचाउन व्यस्त थिए।
nepali-patro-may
र्याप ब्याटलबाटै युवाबीच चर्चित लाउरे गएको भ्यालेन्टाइन्स डेमा धरानका युवाहरूलाई मनोरञ्जन दिइरहेका थिए । धरानको हुक्पाचोङवाङ रिसोर्टमा भेला भएका युवायुवती मध्यरातसम्म लाउरेसँग नाचे, गाए र रमाए । त्यसो त अहिले हरेक साताजसो धरानका युवायुवती औपचारिक कार्यक्रम नै गरेर नाच्ने, गाउने र मस्ती गर्ने गरेका छन् । पहिला केही युवाले धरानमा नाइट कल्चर विकास गर्न खोजे पनि सोचेजस्तो माहोल नहुँदा उनीहरूको प्रयास लामो समय टिक्न सकेन । तर, अहिले धराने युवायुवती नै नाइट कल्चरमा रमाउन थालेपछि धमाधम क्लब, बार र रेस्टुरेन्ट खुलिरहेका छन् ।
2
कुनै समय खुला डान्सपार्टी धेरै हुने धरानमा केही समययता त्यस्ता पार्टीको संख्या घटेको छ । तर, त्यसको ठाउँ धमाधम खुल्दै गएका नाइट क्लबहरूले लिदैछन् । धरानमा काठमाडौँ वा पोखराजस्तो बाह्य पर्यटकको चाप छैन । त्यसैले पनि पहिला नाइट कल्चर फस्टाएको थिएन । तर, पछिल्लो समय देशविदेश घुमेका धरानेहरू नै नाइट कल्चरको खोजीमा लागेपछि धमाधम क्लब, बार, दोहोरी खुल्न थालेका छन् । पहिला नाइट कल्चर फस्टाउने आशामा खुलेका केही क्लब र दोहोरी देशको राजनीतिक कारण चल्न नसकेर बन्द भएका थिए । तर, देश शान्ति मार्गमा लागेपछि अहिले धमाधम क्लब, डान्स बार, दोहोरी साँझ, नाइट रेस्टुरेन्ट खुल्न थालेका छन् अनि त्यहाँ युवायुवतीको चाप पनि बढ्दो छ ।

धरानमा हालै खुलेको क्लब डोमले हरेक साता युवायुवतीलाई नचाउन कार्यक्रम आयोजना गर्दै आएको छ । डिजे डबल बीले सञ्चालनमा ल्याएको यो क्लबले पछिल्लो समय युवायुवतीलाई लक्षित गर्दै हरेक हप्ता पार्टी गर्ने गरेको छ भने केही वर्षअघिदेखि डिजे ललितले सञ्चालन गरिरहेको क्लबमा पनि युवायुवतीको पार्टी जम्ने गरेको छ । धराने युवापुस्ताबीच नाइट कल्चरको माग बढिरहेको बेला धरानमा केही समयअघि डान्सबार खुलेको छ । धरान ९मा खुलेको डान्सबारमा पनि युवायुवतीको राम्रै उपस्थिति देखिन्छ । धरान ९मै खुलेको दोहोरी साँझमा पनि नाच्ने गाउनेको हरेक रात भीड लाग्छ भने ब्यान्डहरूको लाइभ प्रस्तुति हुने मालिङ्गोलगायत रेस्टुरेन्टमा पनि संगीतप्रेमीको बाक्लै भीड लाग्छ । धरानको नाइट कल्चर विकास गर्न सक्रिय डिजे डबल बी धरानमा बल्ल नाइट कल्चरको महत्व युवापुस्ताले बुझ्न थालेको बताउँछन् । भन्छन्, 'अहिलेको पुस्ता नाइट लाइ्फमा रमाउन चाहन्छ । अब धरानका लागि पहिलाजस्तो समय छैन ।'
3
लामो समयदेखि नाइट क्लब चलाउँदै आएका ललित राईको अनुभवमा सुरुका दिनमा नाइट कल्चरप्रति समाजको पनि खासै सहयोग थिएन । प्रहरी प्रशासनले पनि गलत नजरले मात्र हेर्ने ग¥थ्यो । तर, अहिले दिनभरिको थकान मेटाउन पनि नाइट कल्चरमा रमाउन चाहन्छ शहरिया युवापुस्ता । ललित भन्छन्, 'पहिलाभन्दा समाजले पनि नाइट लाइफको महत्व बुझ्न थालेको छ । युवापुस्ताले समाजलाई गलत असर नपर्ने हिसाबले अगाडि बढाए नाइट कल्चरले व्यावसायिक रूप लिन सक्छ । यसले युवापुस्तालाई रमाउन सहज हुन्छ ।'

Leave a comment

'पपुलर' पुटिन

प्रेमी पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६२ वर्षका भए। रसिक स्वभावका पुटिन अहिले एकजना जिम्न्यास्टिक सुन्दरीसँग प्रेममा छन्। गतसाता पत्रकारहरूसँगको कुराकानीमा आफूले कसैलाई प्रेम गरेको र ती युवतीले पनि आफूलाई प्रेम...

'देउवाको आवाजमा प्रचण्डको नम्बर माग्थेँ'

'देउवाको आवाजमा प्रचण्डको नम्बर माग्थेँ'

विजय बराल रंगमञ्चका चर्चित अनुहारमध्ये एक हुन् । पछिल्लो समय फिल्म 'कबड्डी कबड्डी'को 'बिके' पात्रले उनलाई फिल्मका दर्शकमाझ पनि चर्चित बनाएको छ। उनले 'छड्के', 'साँघुरो', 'कर्कश'लगायत फिल्ममा अभिनय गरेका छन्...

जाडोसँगै 'फेशन शो'को लहर

जाडोसँगै 'फेशन शो'को लहर

सडकमा जथाभावी कागज, लुगाका टुक्रा, चाउचाउ र चकलेटका खोल फ्याँकिएका भेटिन्छन्। तिनले वातावरणलाई त प्रदूषण गर्छन् नै, शहरलाई समेत कुरूप बनाइदिन्छन्। तर, तिनै फोहोरका रूपमा फालिएका वस्तुमा सिर्जनशील दिमाग प्रयोग...

रंगमञ्च र समाज

मेरो नितान्त नजिकको सहकर्मी/रंगकर्मीको गुनासो रहने गरेको छ– 'मैले समाजको लागि गरेँ तर समाजले मलाई हेरेन। त्यसैले यो समाजसँग मेरो असहमति छ।'

सीपबिनै विदेशतिर

नेपाली कामदार रोजगारीको खोजीमा विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन्। सरकारले खुला गरेको १ सय ८ मुलुकमा नेपाली कामदार आफ्नो श्रम बेच्न जान्छन्। नेपाली श्रम बजारमा वार्षिक रूपमा प्रवेश गर्ने...

हौसिएकी सोविन

हौसिएकी सोविन

थुप्रै फिल्ममा अभिनय गरेका डीबी गुरुङ छोरी सोविनलाई पनि यही क्षेत्रमा क्रियाशील गराउन चाहन्थे। चौध वर्षकै उमेरमा सोविनले त्यो लक्षण देखाइन्। 'म्ही छ्याबा’ फिल्ममा अभिनय गरेपछि सोविन फिल्ममा रमाउन थालिन्।

'मात्र 'शो पिस' हुन चाहन्नँ'

'मात्र 'शो पिस' हुन चाहन्नँ'

मिस नेपाल २०११ को ताज जितेपछि चर्चामा आएकी हुन्, मलिना जोशी। अघिल्लो वर्ष रिलिज फिल्म 'कलिउड'को एउटा गीतमा नृत्य गरेर फिल्म मोह दर्शाएकी थिइन्। भर्खरै रिलिज फिल्म 'ऋतु'मार्फत उनले हिरोइनका...

मोडल भनेको मनपर्दैन

मोडल भनेको मनपर्दैन

शिवांगिनी राणालाई मोडल भनेको मन पर्दैन। उनको आफ्नै तर्क छ। भारतीय टेलिभिजन च्यानल एमटिभीको चर्चित कार्यक्रम 'एमटिभी रियालिटी स्टार'मा अभिनय देखाएरै टप फाइभमा परेको दाबी गर्ने उनी आफूलाई अभिनेत्री भनिदिए...