Sunday 14 Mangshir, 2077 | November 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मनोनयनमा मनपरी नहोस्

  • बिहीबार ४ चैत्र, २०७२
  • शुक्रवार सम्पादकीय
  • Be the first to comment!
(0 votes)
महाधिवेशनबाट विजय र पराजयको टुंगो लागेसँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एक आपसमा सद्भाव साटासाट गर्न व्यस्त देखिन थालेका छन्। पार्टी सभापतिमा निर्वाचित भएसँगै एक सातासम्म शुभकामना ग्रहण गरेर बूढानीलकण्ठस्थित निवासमा बसिरहेका शेरबहादुर देउवालाई मंगलवार साँझ बोहोराटारस्थित निवासमा बोलाएर सभापतिका पराजित उम्मेदवार रामचन्द्र पौडेलले शुभकामना दिए।
nepali-patro-may
महाधिवेशनबाट निर्वाचित भएकालाई शुभकामना दिन निवर्तमान उपसभापति पौडेलले चियापान आयोजना गरेका थिए। कांग्रेसले राजनीतिमा चियापानलाई विशेष महत्व दिने गरेको छ। राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किएपछि संस्थापक नेता बीपी कोइरालाले सुरु गरेको चियापानलाई कांग्रेसले अहिले पनि निरन्तरता दिइरहेको छ। यस्ता चियापानमा कांग्रेसका नेताहरू आपसमा हँसिलो अनुहारमा बातचित गर्छन्। मनोमालिन्य मेटाउने कोसिस गर्छन्। बोहोराटारमा भएको चियापानमा पनि सभापति देउवा र सभापतिमा पराजित भएका पौडेलले आत्मीयता प्रकट गरे। लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गर्नेहरूले निर्वाचनमा हुने हार–जीतलाई सामान्य रूपमा लिनुपर्ने सन्देश नेताहरूले दिए। निर्वाचनअघि आफूलाई अब्बल देखाउन एकअर्काविरुद्ध गरिएका हरेक प्रयासलाई बिर्सिएर नेताहरूले पार्टीलाई एक ढिक्का बनाउन आगामी दिनमा पनि यस्तै खालको हार्दिकता प्रकट गर्न सके भने त्यो कांग्रेसका लागि निकै फलदायी हुनेछ।

सभापति निर्वाचित भइसकेपछि देउवाले आफूले गर्ने कामको कार्यसूचिको पहिलो बुँदामा नै आफूसँग पराजित भएका पौडेललाई केन्द्रीय समितिमा मनोनयन गर्ने बताएका छन्। 'निर्वाचनमा पराजित भएका तथा क्षमता भएका साथीहरूलाई समेटेर अघि बढ्छु' भन्दै आएका देउवाका लागि पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापाजस्ता नेताहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्न खासै गाह्रो पर्दैन। तर, कांग्रेसभित्रको असली राजनीति यही मनोनयन गर्ने प्रक्रियामै देखिने गरेको छ। १२ औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले आफ्नो कार्यकाल पूरा गर्ने बेलासम्ममा पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेका थिएनन्। सभापतिले मनोनयन गर्न पाउने २१ केन्द्रीय सदस्यमा भागबण्डा नमिलेकै कारण दिवंगत कोइरालाले अपूरो केन्द्रीय समितिमै पाँच वर्ष बिताएका थिए। पार्टीको गतिविधि सञ्चालन गर्नका लागि विधानमा व्यवस्था भएका ४१ वटा विभाग गठन नै हुन सकेनन्। गठन भएका विभागले पनि काम गर्न सकेनन्। सभापतिले मनोनयन गर्ने एक महामन्त्री र सहमहामन्त्रीका लागि पनि निकै 'लफडा' भएको थियो। विगतको अनुभवका आधारमा कांग्रेसभित्र यो मनोनयन प्रक्रियाले अहिले पनि सभापतिको टाउको दुखाउने देखिन्छ।

सबैलाई मिलाएर अघि बढ्छु, कसैलाई काखापाखा गर्दिनँ, विधानअनुसार चल्छु भनेर देउवाले गरेको प्रतिबद्धता लागू हुन सकेन भने उनी पनि सुरुदेखि नै आलोचित हुनेछन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन गर्ने काम देउवाका लागि पनि त्यति सहज छैन। निरन्तर उनको पछि लागेका र निर्वाचन रणनीतिअन्तर्गत उनीसँग जोडिन आइपुगेका सहकर्मीलाई उनले कसरी व्यवस्थापन गर्छन्, त्यसैका आधारमा उनको यात्रा सहज या कठिन के हुन्छ? त्यसको निर्क्याेल हुनेछ। पदाधिकारी मनोनयनमा सबैलाई मिलाएर अघि बढ्न सके भने मात्र देउवाले केन्द्रीय समिति र विभाग गठनमा पनि सजिलो महसुस गर्न सक्छन्। अन्यथा, पदाधिकारी मनोनयनमा चिढिएकाहरूले अन्य प्रक्रियालाई पनि निरन्तर बिथोल्ने क्रम सुरु हुनसक्छ। देउवाले गर्ने सुरुका निर्णयमा निकै सोचविचार गर्नुपर्ने अवस्था छ। पदाधिकारी मनोनयनमा सन्तुलन मिलाउन सकेनन् भने उनले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नसक्ने छैनन्। उनलाई पार्टीमा निर्णय लिन सहज बहुमत त पुगेको छ तर महामन्त्री र कोषाध्यक्ष उनीभन्दा भिन्न समूहबाट जितेर आएका छन्। अर्को समूहबाट जित्नेहरू ४१ प्रतिशतको हाराहारीमा छन्। त्यसैले प्रतिशतको आधारमा भागबण्डा गर्ने क्रम बन्द गरे पनि दुवै पक्षकालाई मान्य हुने नेताको छनोट त्यति सजिलो छैन। यस्तो अवस्थामा क्षमता र पार्टीमा सक्रियताको आधारमा जिम्मेवारी दिने अवस्था बन्यो भने मात्र देउवा पार्टीमा सबैको सभापतिका रूपमा काम गर्नसक्ने छन्। कांग्रेस मतदाताले भारी मत दिएका खुमबहादुर खड्का र महामन्त्री डा. शशांक कोइराला पार्टीले महाधिवेशनबाट पारित गरेको 'संविधान कार्यान्वयनको वैचारिक नेतृत्व' लिने नीतिको विपक्षमा देखिएका छन्। महामन्त्री र धेरै मत पाएका निकट सहयोगी नै पार्टीको नीतिविरुद्ध रहेकाले सभापति देउवालाई पार्टी सञ्चालन गर्न त्यति सहज छैन भन्ने प्रस्ट बुझिन्छ। उनले परिवर्तनको विपक्षमा बोल्नेहरूको मुख बन्द गराउन सकेनन् र उनीहरूलाई नै दायाँबायाँ राखेर निर्णय गर्न थाले भने कांग्रेस कुहिराको काग बन्न बेर छैन। त्यतिबेला सभापति देउवाले अहिले व्यक्त गरेका प्रतिबद्धताको कुनै अर्थ र महत्व बाँकी रहने छैनन्।

Leave a comment

सकियो 'होस्टेल रिटर्न्स'

सकियो 'होस्टेल रिटर्न्स'

फिल्म 'होस्टेल रिटर्न्स'को छायांकन सकिएसँगै रिलिज मिति घोषणा भएको छ। वैशाख २५ गते यो फिल्म देशव्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्म्सले जनाएको छ।

६४ करोडको फोटो

६४ करोडको फोटो

संसारभरि दिनहुँ करोडौँ फोटो खिचिन्छन् होला। तर, तीमध्ये कुनै फोटोको मूल्य करोडौँको हुुनसक्छ भन्ने अनुमान लगाउन कठिन छ। तर, एउटा फोटो करिब ६४ करोड रुपैयाँमा बिक्री भएको छ।

सेलिब्रिटी-पत्रकार सम्बन्ध

अभिनेत्री निशा अधिकारीले केही दिनअघि पत्रकारहरूको वर्गीकरण गरिनुपर्छ भन्दै व्यंग्यात्मक स्ट्याटस फेसबुकमा लेखेकी थिइन्। पत्रकारहरूले एक प्लेट मःमःको भरमा समाचार लेख्छन् भन्ने आरोप उनको स्ट्याटसमा मुछिएको छ। उनको व्यंग्यप्रति केही...

अबोला नम्रता

अबोला नम्रता

अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता...

'इम्पोर्टेड फ्रेन्ड'

'इम्पोर्टेड फ्रेन्ड'

बलिउड अभिनेता–अभिनेत्रीका नाम बेला–बेला अन्तर्राष्ट्रिय स्टारसँग जोडिइरहन्छ। बलिउड अभिनेत्रीहरू अन्तर्राष्ट्रिय अभिनेतालाई कहिले ब्वाइफ्रेन्डका रूपमा स्विकार्छन् त कहिले साथीका रूपमा मिडियासामु परिचित गराउँछिन्।

फिल्म हेरेर रुन्छु: अनमोल केसी

फिल्म हेरेर रुन्छु: अनमोल केसी

अभिनेता भुवन केसीका छोरा हुन् अनमोल। तर, अब उनलाई भुवनको नामले चिनाइरहनु पर्दैन। 'होस्टेल' र 'जेरी' जस्ता फिल्मले उनलाई अभिनेताका रूपमा स्थापित गराइसकेको छ। 'साथी म तिम्रो' फिल्मबाट डेब्यू गरेका...

मध्यरातमा 'गुलाब ग्याङ'

रातमा इटहरीबाट धरानतर्फ जाने सुनसान सडकमा केही युवती हिँडिरहेका थिए। नेपाली सेनाको पूर्वी पृतना इटहरीका सैनिक जवानहरू प्रदीप तामाङ, परमेश्वर राजवंशी र चन्द्रबहादुर तामाङले ती युवतीलाई 'कता हो बहिनी' भन्दै...

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

उज्ज्वल प्रसाईं कुनै ठूलो नाम होइन। उनी अखबारमा लेख्छन्, अनुवाद गर्छन्, सार्वजनिक मञ्चहरूमा बोल्छन्, प्लेकार्ड लिएर सडकमा पुग्छन्। उनी मूलतः परिवर्तनलाई सघाउन प्रयत्नरत लेखक हुन्, जो आफ्ना कुरा निर्भीकता, स्पष्टता...