Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

जो पनि मोडल !

(1 Vote)
जो पनि मोडल !
कुनै गीत तयार भएपछि त्यसलाई आम दर्शक र स्रोतामा पुर्याउन म्युजिक भिडियो बनाउने गरिन्छ । गीतको भाव र सन्देशलाई दृश्यमा उतार्न सक्ने क्षमता भएका कलाकारलाई भिडियोमा अभिनय गराउनुपर्ने हो । तर, भद्रगोल यहीँनेर भइरहेको छ । म्युजिक भिडियो विकृतिको क्षेत्र भइरहेको छ । जो पनि, जस्तो पनि मोडल भइरहेका छन् । क्षमता, योग्यता केही पनि नखोजिने सजिलो पेशा भएको छ यो । एकातिर महिला मोडलहरू श्रम र शारीरिक शोषणमा परिरहेका छन् भने अर्कातिर मोडल बन्नका लागि जे गर्न पनि तयार हुनेहरूको कमी छैन । अनिल यादवले यस क्षेत्रका अँध्यारा पाटा देखाएका छन्।
nepali-patro-may

केही दिनअघि चल्तीका म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई अस्ट्रेलियामा बसेर व्यवसाय गरिरहेका एक नेपाली पुरुषले भिडियो निर्देशनको 'अफर' गरे । उनले नेपालकी चल्तीकी अभिनेत्रीसँग भिडियो खेल्ने इच्छा जाहेर गरे । 'हिरोइनसँग भिडियो खेलाइदिनुस् र सेटिङ पनि गरिदिनुस् । निर्देशन गरिदिएबापत म तपाईंलाई तपार्इंले लिनेभन्दा डबल रेट दिन्छु,' उनको सीधा प्रस्ताव थियो । 'मैले उसलाई,' म्युजिक भिडियो निर्देशक भण्डारीले भने, ''म निर्देशक हुँ, केटी मिलाउने दलाल होइन' भन्दै हप्काइदिएँ ।'

साढे तीन वर्षदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय श्रीधर पौडेललाई एक महिनाअघि दुबईबाट फर्किएका एक व्यक्तिले भिडियो बनाउन प्रस्ताव गरे । उनले पनि एकजना चलेको हिरोइनको नाम लिए । पौडेलले सम्झिए, 'ती व्यक्तिले मलाई 'त्यो हिरोइनसँग भिडियो खेलाइदिनुस्, भिडियो खेलिसकेपछि मसँग रमाइलो पनि गर्नुपर्छ, त्यो बापत म उसलाई एक लाख रुपियाँ दिन्छु र भिडियो बनाएबापत तपाईंलाई दुई लाख दिन्छु' भने । उनले विना कुनै हिचकिचाहट प्रस्ताव राखेको पौडेलले बताए । 'मैले मार गाली गरेर पठाइदिएँ,' पौडेलले भने, 'उसले त्यो भिडियो अर्कै अभिनेत्री लिएर अर्कै निर्देशकसँग बनाइसक्यो ।'

हालसालै यी दुई निर्देशकलाई आएका यी प्रस्ताव सुन्दा अचम्म लाग्न सक्छ । तर, उनीहरूका लागि भने यो नौलो होइन । 'यस्ता प्रस्ताव त कति आउँछन्, आउँछन्,' निर्देशक पौडल भन्छन्, 'राम्रा निर्देशकका हातमा परे भने गाली खान्छन् र बाटो लाग्छन् । नत्र यहाँ मोडललाई प्रयोग गर्ने निर्देशकको पनि कमी छैन । मोडल बन्नका लागि जे पनि गर्न तयार हुनेको अभाव छैन ।'
priyanka-karki
०००

नेपालमा बर्सेनि कति म्युजिक भिडियो बन्छन् ? त्यसको आधिकारिक तथ्यांक छैन । तर, युट्युबमा गन्ती गर्दै जाने हो भने वर्षमा कम्तीमा पाँच सयभन्दा बढी भिडियो बनेकै छन् । यहाँ न्यूनतम २० हजारदेखि तीन लाख रुपैयाँसम्मका भिडियो निर्माण भइरहेको बताउँछन्, आठ वर्षदेखि भिडियो निर्देशन गरिरहेका विशाल भण्डारी । उनलाई आधार मानेर एउटा भिडियो निर्माणको औसत लागत एक लाख रुपैयाँ राख्ने हो भने पनि यहाँ पाँच करोड भन्दा बढी लगानी म्युुजिक भिडियो निर्माणमा भइरहेको छ ।

हेर्दा रंगिन देखिने अधिकांश भिडियोको पछाडि एउटा अँध्यारो कहानी लुकेको पाइन्छ । भिडियो निर्माण र लगानी बढेसँगै यहाँ विकृति पनि कम बढेको छैन । दिनानुदिन म्युजिक भिडियोमा नयाँ–नयाँ मोडल देखिइरहेका छन् । तर, वर्षमा क्षमता भएका चाहिँ एक दर्जन पनि देखिँदैनन् । यसमा सहमत छन्, २० वर्षदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय निर्देशक सहेन्द्र श्रेष्ठ । 'यहाँ पैसाको बलबुतामा मोडल बनिरहेका छन् । लगानीकर्ताको दबाबमा क्षमता नभएकालाई मोडलमा लिनुपर्ने अवस्था छ,' उनी भन्छन्, 'मोडल भनेपछि अनुहार र अभिनय क्षमता दुवै हुन आवश्यक छ । तर, यहाँ अनुहार र ट्यालेन्ट भएकाहरू कम आइरहेका छन् । यो दुःखद कुरा हो । अहिले म्युजिक भिडियो हेरेरै फिल्मका लागि कलाकार छान्न थालिएको अवस्था छ । त्यसैले यसलाई गम्भीर रूपमा लिन आवश्यक छ ।'

अभिनेत्री तथा मोडल प्रियंका कार्की पनि अभिनय क्षेत्रमा देखिएको अस्वस्थ प्रवेशप्रति चिन्तित छिन् । 'यहाँ मोडलिङ र अभिनयलाई सजिलो पेशाका रूपमा लिइँदै छ,' उनी भन्छिन्, 'हामीकहाँ मोडल या कलाकार हुनलाई योग्यता हुनुपर्छ भन्ने नै छैन । जसले जहाँबाट उठाएर ल्याए पनि भयो । यो सब पैसाको तागतले हो । यसलाई कसैले जित्न सक्दैन रैछ । यहाँ मामा, छोरी, भाञ्जा, भाञ्जी सबैलाई मोडल÷कलाकार बनाउन सकिन्छ ।'

नियतमै खोट

केकी अधिकारी, बेनिशा हमाल, वर्षा राउत, वर्षा शिवाकोटी, पल शाहलगायत चल्तीका कलाकारहरू म्युजिक भिडियोबाट डेब्यू हुँदै फिल्ममा जमिरहेका छन् । यसरी फिल्मको कलाकार छान्न सहज माध्यम बनिरहेको छ म्युजिक भिडियो । तर, यही क्षेत्र अहिले गलत नियत भएका म्युजिक भिडियो निर्माता र निर्देशकका कारण बदनाम भइरहेको बताउँछन्, म्युजिक भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ ।

त्यसो त मोडल आयुषा राईले एक वर्षअघि म्युजिक भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले गरेको यौनप्रस्ताव फेसबुकमार्फत बाहिर ल्याइदिएर यो क्षेत्रको विकृति उदांगो पारिदिएकी थिइन् । उनले कोइरालाको एक म्युजिक भिडियोमा काम गरेकी थिइन् । जसको पारिश्रमिक माग्ने क्रममा उनलाई ती निर्देशकले 'मैले भनेको मान्यौ भने तीन महिनामा स्टार बनाइदिन्छु' सम्म भनेका थिए । के गर्नुपर्ने ? भनेर सोध्दा सीधै 'मसँग सुत्नुपर्छ, त्यो पनि बेडमा फिलिङ्ससहित' भनेर निर्देशक कोइरालाले प्रस्ताव गरेको त्यतिबेला आयुषाले सञ्चारमाध्यमलाई बताएकी थिइन् ।

नयाँ मोडललाई निर्माता/निर्देशक कतिसम्मको शोषण गर्न खोज्छन् ? यसको तीतो अनुभव मोडल करिश्मा ढकालसँग पनि छ । उनी तीन वर्षअघि बच्चैदेखिको अभिनय सपनालाई साकार पार्न यो क्षेत्रमा आइपुगेकी थिइन् । 'त्यतिबेला मैले १० हजार रुपियाँ तिरेर निर्देशक ऋषिराज आचार्यसँग एक्टिङ सिकेकी थिएँ,' उनले सम्झिइन्, 'त्यो मेरो लागि ठूलो रकम थियो त्यतिबेला । तर, मलाई २५ दिनमात्र सिकाइएको थियो ।' त्यसपछि मोडलिङमा डेब्यू गर्न उनले खूब संघर्ष गरेको बताइन् । 'भिडियो खेलाउँछु भन्दै आश्वासन दिने धरै निस्किए । तर, नियत कसैको सफा थिएन,' उनले विगत सम्झिइन्, 'म धेरै बुझेर काम गर्न खोज्थेँ । बुझ्दाबुझ्दै पनि कहिलेकाहीँ फसिहालिन्थ्यो । त्यतिबेला मलाई परिवारको 'सपोर्ट' थिएन । कहिलकाहीँ गाडी भाडा पनि सापट मागेर हिँड्ने अवस्था हुन्थ्यो । १२ बजे सुटिङ छ भन्दै बोलाउँथे । म मेकअप गरेर 'रेडी' भइसक्दा पनि दुई दिनसम्म सुटिङ नगरी अड्काइन्थ्यो । यहाँ चलेका÷नचलेका सबै निर्देशक उस्तै छन् । सयमा पाँच प्रतिशतमात्र सही छन् । सबै लुट्ने मात्र छन् । निर्देशक, निर्माता र स्थापित मोडल गरी दर्जनभन्दा बढीले मलाई घुमाउरो शैलीमा सेक्सको प्रस्ताव राखे ।' कस्ता–कस्ता प्रस्ताव ? 'कोही 'भिडियो गरुम्' भन्दै बोलाउँथे,' उनले भनिन्, ''तिमीलाई सपोर्ट गर्छु, स्टार बनाइदिन्छु तर मसँग घुम्न जानुपर्छ, भनेको मान्नुपर्छ' भन्थे । कोही कफीका लागि बोलाएर 'मैले धेरैलाई चर्चित बनाएँ' भन्दै 'लङ टुर' र 'लङ ड्राइभ'को प्रस्ताव राख्थे । कोही चाहिँ भिडियो खेलाइसकेपछि पनि नराम्रो प्रस्ताव राख्थे । यस्तो समस्या मैले चिनेका अन्य थुप्रै मोडलले पनि भोगे । यही कारणले उनीहरू यो क्षेत्रबाटै पलायन भए ।'
7O0A7449 copy
करिश्माको जस्तै दुखेसो मोडल सुजना ढकालको पनि छ । 'यहाँ मोडल बन्न लागेका अर्थात् नयाँ भनेपछि हेर्ने नजर नै गलत छ,' उनले भनिन्, 'यहाँ काम दिनेभन्दा बढी 'युज' गर्न खोज्छन् । 'भिडियो खेलाउँछु तर मेरो गलफ्रेन्ड हुनुपर्छ' भन्छन् । निर्देशकसँग 'कम्प्रोमाइज' गर्न सक्ने केटी यहाँ हिट हुन सक्छे । नत्र गाह्रो छ । त्यही भएर म सात महिनायता भिडियो खेलिरहेको छैन । यो क्षेत्र र यहाँको प्रवृत्तिदेखि विरक्तिसकेँ ।'

कार्यालयमै दुर्व्यवार


म्युजिक भिडियो बनाउने कम्पनीका सञ्चालक र निर्देशकहरूले आफ्नो कार्यालयमै मोडलहरूमाथि दुव्र्यवहार गर्ने गरेको चर्चा मनोरञ्जन वृत्तमा खूब चल्ने गरेको छ । तर, कसैले यसबारे खुलेर बोल्ने गर्दैनन् । मोडल सविता ढकाल (नाम परिवर्तन) ले लोकदोहोरीका चर्चित म्युजिक भिडियो निर्देशकबाटै दुव्र्यवहार भोगको अनुभव सुनाइन् । नाम नभन्ने शर्तमा उनले घटनाको बेलीविस्तार लगाइन्, 'डान्सिङ नम्बरको गीत छ भन्दै मलाई उसले कार्यालयमा भेट्न बोलायो । 'तिम्रो डान्स हेर्ने' भन्दै नृत्य सिकाउने कक्षमा लग्यो । केही स्टेप गरिसकेपछि 'तिमीले सिक्न बाँकी छ, म सपोर्ट गर्छु' भन्यो । त्यसपछि त अचानक 'हग गरौँ न' भन्यो । मैले त्यस्तो नजरले भन्या होइन होला भनेर हग पनि गरेँ । पछि त सीधै ओठमा किस खान खोज्यो । म चुपचाप फुत्किएर भागेँ ।'

लगानीकर्ताको राज

म्युजिक भिडियोमा यतिबेला लगानीकर्ताको राज छ । अधिकांश नयाँ अनुहार यहाँ पैसाको बलबुतामा आइरहेका छन् । न उनीहरू क्षमता भएर आएका छन्, न अभिनय सिकेर । बस्, पैसाको भरमा चर्चा र रमाइलोको लोभमा प्रवेश गरिरहेका छन् । त्यस्ता मोडलको पोल रिलिज भइसकेको भिडियोले पनि केही हदसम्म खोलिसकेको हुन्छ । 'अभिनय र अनुहार दुवै नभएका अव्यावसायिक मोडल कि पैसा हालेर खेलिरहेका हुन्छन् कि निर्देशक÷निर्माताको सम्बन्धका कारण,' मोडल सनम कठायत ठोकुवा गर्छन् । उनीसँग सहमत छन्, म्युजिक भिडियो निर्देशक विज्ञान राई । भन्छन्, 'यहाँ यतिखेर अधिकांश नयाँ पुरुष मोडल पैसा हालेर भित्रिरहेका छन् । पर्दामा देखिएर चर्चा कमाउने र 'अपोजिट मोडल'सँग रोमान्स गर्ने ध्येय उनीहरूमा पाइन्छ ।'

यता म्युजिक भिडियो निर्देशक श्रीधर पौडेल डिजिटल मिडियाको विकासक्रमसँगै सस्तो लोकप्रियताका लागि लगानी गरेर मोडल बन्नेको संख्या बढेको बताउँछन् । 'यहाँ पैसाको बलमा मोडल बन्ने पुरुष र महिला दुवै छन्,' उनले भने, 'धेरै संख्यामा चाहिँ पुरुष छन् । उनीहरूसँग पैसा लिएर एउटा भिडियो खेलेकै भरमा भयंकर चर्चा गरिदिने डिजिटल मिडियाहरू बढिरहेका छन् । जसकारण युरोप, अस्ट्रेलियालगायत देशबाट फर्किएका युवाहरू चर्चा कमाउने सजिलो माध्यमका रूपमा म्युजिक भिडियोलाई प्रयोग गरिरहेका छन् । '

अभिनेत्री प्रियंका कार्की पनि पैसाको पावरमा मोडल बन्नेहरूको बिगबिगी देख्छिन् । 'यसरी पैसाकै बलमा आफूलाई तयार नगरी अभिनयमा आउनेहरू आफैँ बढारिँदै जान्छन्, कसैले खेदाउनुपर्दैन,' उनी भन्छिन्, 'जीवनमा केही गर्न सकिएन भने यो क्षेत्रमा लाग्दा सजिलो हुन्छ भन्ने सोचको परिणाम पनि हो यो । जसकारण इमानदारी र लगावसहित काम गर्ने मान्छेको इज्जत यहाँ घटिरहेको छ ।' थोरै पैसा लगानी गरेर सजिलै सेलिब्रिटी बन्न सकिने सोचका कारण म्युजिक भिडियोमा लगानीकर्ता बढिरहेका छन् । थुप्रै पुरुष मोडलहरू लगानी गरेर मोडल बनिरहेकाले व्यावसायिक पुरुष मोडललाई असर परिरहेको बताउँछन्, निर्देशक विशाल भण्डारी । 'लगानी गर्ने प्रवृत्तिका कारण व्यावसायिक पुरुष मोडललाई पारिश्रमिक दिएर काम गराउन हिचकिचाउँछन् निर्माता÷निर्देशक,' उनले भने ।

नाम नबताउने शर्तमा एक मोडल भन्छिन्, 'केही मोडलहरू यौन व्यवसायमा पनि सक्रिय छन् । उनीहरू दुबई, भारत गएर डान्सबारमा नाच्ने गरेका छन् । नाम चलेकै मोडलहरू पनि दुबई गइरहेका छन् । उनीहरू तीन महिना दुबई बसेर आउँछन् । लाखौँ पैसा पनि कमाउँछन् । नेपाली कलाकार भनेर आफ्नो भिडियो देखाउँदा मोटा ग्राहक पाउँछन् ।'

जे गर्न पनि तयार

केही दिनअघि मोडल सनम कठायतलाई एक युवतीले भिडियोको काम मिलाइदिन आग्रह गरिन् । उनले भिडियो खेलाइदिए 'जे गर्न पनि तयार रहेको'सम्म भनिछिन् । सनमले भने, 'ती युवतीले 'म जे भने पनि मान्न तयार छु, जहाँ बोलाए, त्यहीँ आउँछु, मलाई भिडियो खेलाउनुप¥यो । कतिले मलाई प्रयोग गरे, तपाईं पनि गर्नुस्' भन्दा म त छाँगाबाट खसेजस्तै भएँ ।' अब त मोडलिङमा प्रवेश गर्ने कतिपय युवतीहरू निर्माता÷निर्देशकले भनेको जे पनि मान्ने मानसिकता बोकेरै आउन थालेको उनले बताए । 'यो सब गलत प्रवृत्तिको नतिजा हो,' उनले भने, 'यस्तै कारणले गर्दा व्यावसायिक रूपमा काम गरिरहेकालाई पनि मोडल भन्न लाजमर्दो भइसक्यो ।' यस्ता प्रस्तावको शिकार निर्देशक विशाल भण्डारी पनि हुँदा रहेछन् । उनले भने, ''दाइ, भिडियो खेल्नलाई के गर्नुपर्छ ? म जे गर्न पनि तयार छु' भन्ने त कति हुन्छन् कति ?'

प्राथमिकतामा अंग प्रदर्शन

युट्युब म्यूजिक भिडियो देखाउने प्रमुख थलो बनेको छ यतिबेला । नेपालमा सबैभन्दा बढी हेरिएका म्युजिक भिडियो भद्दा अभिनय गर्ने र अंग प्रदर्शन गर्नेहरूकै छ । ज्योति मगर र अर्चना पनेरुका प्रायः भिडियोमा अत्यधिक दर्शक हुन्छन् । त्यसैले गायकदेखि निर्देशकसम्म अंग प्रदर्शन गर्नसक्ने मोडलका खोजीमा हुन्छन् । 'हामी वर्षाैंदेखि अभिनय गर्दा पनि 'नोटिस्ड' हुन समय लाग्यो,' एक चर्चित मोडलले भनिन्, 'तर, अर्चना पनेरुहरू नांगिएकै भरमा चले । हामीभन्दा बढी पारिश्रमिक लिएर काम गर्न थाले । साह्रै दुःख लाग्छ । यहाँ हिट हुन नांगिनैपर्ने रैछ ।'

Leave a comment

हेनरी स्काई स्पोर्टसमा आबद्ध

हेनरी स्काई स्पोर्टसमा आबद्ध

फ्रान्सेली पूर्वस्ट्राइकर थिएरी हेनरीले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गर्ने भएका छन्। फुटबल कार्यक्रम सञ्चालन र कमेन्ट्रीका लागि उनी बेलायती टेलिभिजन च्यानल स्काई स्पोर्टसमा आबद्ध भएका छन्। उनले वार्षिक ४०...

म्युनिखमा रोमाञ्च र पीडा

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ नेपाली फुटबलमा परिचित नाम हो। देशकै प्रतिष्ठित र सफलमध्येको थ्री स्टार क्लबका अध्यक्ष श्रेष्ठ ए डिभिजन लिगका पूर्वखेलाडी पनि हुन्।...

अपराधीलाई रोल मोडल बनाउने?

अपराधीलाई रोल मोडल बनाउने?

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–   दिनेश अधिकारीको घटना के हो? यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।   भन्नाले? आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय...

भन्न खोजेको के?

भन्न खोजेको के?

विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी'कै रूपमा चिनिन्छन्। फिल्मदेखि व्यवसायसम्म सहकार्य गरिरहेका उनीहरूले सम्बन्धलाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताइन्छ। शनिवार एक कार्यक्रममा यो जोडी सँगै देखियो।...

गजबकी अभिनेत्री गजबकी आमा

गजबकी अभिनेत्री गजबकी आमा

हालै हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो ३९ औँ जन्मदिन मनाइन्। ४ जुन १९७५ मा जन्मिएकी एन्जेलिना विश्वभरिका मानिसले रुचाएकी अभिनेत्री हुन्। जीवनको चौथो दशकमा टेक्न आँटेकी यी अभिनेत्रीको 'चार्म' आफ्ना...

ब्राजिलमा 'सुन्दरी भेला'

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, जेरार्ड पिकेलगायत चर्चित खेलाडीका श्रीमती वा प्रेमिका ब्राजिल पुगेका छन्। उनीहरू आफ्ना पति वा प्रेमीका साथै आफ्नो टिमको समर्थन गर्दै हौसला बढाउन ब्राजिल पुगेका हुन्। टिमको...

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

'डाक्टर पढ्न फिलिपिन्समा सस्तो छ'

नेपालमा मेडिकल कलेज खोल्ने स्पर्धा चर्को बन्दै गए पनि एमबीबीएस पढ्न विदेशिने विद्यार्थीको संख्या भने घट्न सकेको छैन। देशमा अहिले डेढ दर्जन मेडिकल कलेज सञ्चालनमा छन्। तर, एमबीबीएस पढ्न विदेश...

लाहुरे बन्न लालायित

लाहुरे बन्न लालायित

सपनाः लाहुरे छोराहरूको बाउको मानिस होला, जसले सपना देख्दैन। एउटा सपना विपना बन्न नपाउँदै अर्को सपना देखिहाल्न आत्तिन्छ मान्छे। काभ्रे, बनेपाका हरिध्वज थापासँग पनि सपनाको चाङ छ। उनका सपनाले साकार...