Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

बाह्य चलखेल

(0 votes)
मान्छेले जंगलदेखि महलसम्मको यात्रा पार गर्न हजारौँ साल लगायो। यति लामो अनुभव र अभ्यासले समाज, छरछिमेक र इष्टमित्रको आश्यकता र अनिवार्यतालाई सिद्ध गर्योा। छिमेक भएन भने बस्न सकिन्न। आफन्त भएनन् भने जीवन स्वादिलो हुँदैन। तर, संसारमा सवैभन्दा तनाव पनि छिमेकी र आफन्तले नै सिर्जना गराउँछन्। मेरो घरसँगै जोडिएको घर, जिउँदाको जन्ती र मर्दाको मलामीको भर पनि हो। तर, छिमेकीको घरका कारण कैयाँै रात अनिदैमा बित्छन्। 
nepali-patro-may
कतिपटक न्यायाधीशसमेत बन्नुपर्छ। भन्नेहरू भन्छन्– श्रीमान्–श्रीमतीको झगडा परालको आगो हो। तर, मेरो छिमेकी जोईपोइमा यो उखान लागू हुँदैन। उनीहरूका लागि श्रीमान्– श्रीमतीको झगडा सखुवाको जंगलमा सल्किएको डढेलो हो। छिमेकीको घर जहिल्यै इन्डिया–पाकिस्तानको क्रिकेट म्याचको जस्तो प्रेसरमा हुन्छ। जब घरभित्रको बलिङ र ब्याटिङ हामी छिमेकीहरूको चोटाकोठामा आइपुग्छ, अनि हामी पनि प्रेसरमा पर्छौं। अस्ति राति पनि उनीहरूको परम्परागत म्याचले हामी छिमेकीहरूको निद्रा बिथोल्यो। केही क्षण घरभित्रै मच्चिएको म्याच आँगनमा ओर्लिएपछि हामीहरू पनि दर्शकदीर्घामा उभिन बाध्य भयौँ। अरू रातको भन्दा यस रात अलि चर्कै पर्योो। श्रीमतीले आफूमाथि गम्भीर हातपात नै भएको आरोप लगाइन्। छिमेकी कचहरीले उनीहरूबीचको मुद्दा फैसला गर्न सकेन। छिमेकबाट नभएपछि श्रीमतीले गाउँ–समाजलाई नै गुहारिन्। भोलिपल्ट पीपल चौतारीमा भद्र भलाद्मीहरूको भेला भयो। चौतारीमा साह्रै थोरै मात्र समस्या समाधानमा लागि आएका थिए भने अधिकांश दर्शकका रूपमा उपस्थित थिए।

'म यो आइमाईसँग सक्दै नसक्ने भएँ?' श्रीमान्ले चिच्याउँदै भने।

'नसके म के गरौँ त, अर्की ल्याएर बस न।' श्रीमतीले तत्काल जवाफ फर्काइन्।

'यसरी रातदिन झगडा गरेर हुँदैन। मिल्नुपर्छ। घरपरिवार एक भएन भने कहिल्यै सुख सन्तोष हुँदैन।' दर्शकदीर्घामा उभिएका एकजना ज्येष्ठ छिमेकीले भने।

'मिल्न त मिल्ने, तर कसरी मिल्ने? खाली माइती मावलीका कुरा सुनेर निहुँ खोजिरहन्छे। घरभित्रको समस्या भए पो समाधान गर्न सकिन्थ्यो। म त सक्दै नसक्ने भएँ।' श्रीमान्ले छिमेकीहरूको सामुन्ने सुस्केरा हाले।

'हेर, मेरो माइती मावलीलाई दोष लगाएको? कस्तो लाज नभएको मान्छे रहेछ!' श्रीमतीले भनिन्, 'मेरा माइतीलाई किन दोष दिन्छौ? तिमी कहिले कुन गाउँलेको, कहिले कुन छिमेकीको कुरा सुन्छौ र घरमा झगडा भिœयाउँछौ। अझ उल्टै मेरा आफन्तलाई दोष लाउने भाको।'

'श्रीमतीसँग यसरी रातदिन झगडा गरेर हुन्छ त? सम्झाइबुझाइ गर्नुपर्छ। आफैँ झगडा गर्न तम्सिएपछि घरमा कलह भित्रिहाल्छ नि?' भद्रभलाद्मी मञ्चबाट एकजना अधबैँसेले भने।

'सम्भि्कए पो सम्झाउनु। जति सम्झाउँदा पनि मेरो केही लागेन। यसलाई सम्झाउन त केपीले मात्रै सक्छन् जस्तो छ। अरू कसैले सक्दैनन्।'

गाउँमा केपी भन्ने मान्छे कोही पनि थिएन। भद्रभलाद्मी र दर्शकहरूले मुखामुख गरे। तर, निर्क्याेल निकाल्न सकेनन्।

'को केपी नि?' अलि परको छिमेकीले सोधे।

'को हुनु नि। प्रधानमन्त्री केपी शर्मा ओली।' श्रीमान्ले झर्काे मान्दै भने।

घर झगडामा एकाएक देशको प्रधानमन्त्रीको विषयले प्रवेश पाएपछि दर्शकहरूले रमाइलो माने। भद्रभलाद्मीहरू तीनछक् परे।

'तेरी स्वास्नीलाई सम्झाउन खूब प्रधानमन्त्री आउलान् नि?' भद्रभलाद्मी समूहको युवा सदस्यले खिस्याउने शैलीमा भने।

'आउँदैनन् भन्ने त मलाई पनि थाहा छ नि। तर, यसलाई सम्झाउने मान्छे यो देशमा कोही छ भने त्यो केपी ओली मात्र हो पो भन्न खोजेको त। यसलाई अरू कसैले पनि सम्झाउन सक्दैन। यसले कसैका कुरा पनि सुन्दिन।'

'ए केटा कस्तो अनौठा बात गरिस् ए तैँले।' उमेर र बैँस भारतमा चढाएर चोला बिसाउने बेलामा गाउँको स्थायी बासिन्दा भएका भद्रभलाद्मी समूहका सदस्यले मुख मिठ्याउँदै भने, 'ओ जो प्रधानमन्त्रीले तेरो बूढीलाई कसरी सम्झाउँछ। तैँले त प्रधानमन्त्रीसँग जानपहिचानजस्तै बात गरिस्।'

'मैले प्रधानमन्त्रीलाई फोटामा र टीभीमा मात्र देख्या हुँ। सामुन्ने अगाडि समेत देखेको छैन। आमनेसामने भेट नभएपछि चिनजानको त कुरै भएन। तर, यो देशमा मानिसलाई सम्झाइबुझाइ गरेर सहमत गराउन सक्ने मान्छे हाम्रा प्रधानमन्त्री मात्र रहेछन्। कस्ता–कस्तालाई सम्झाउन सक्ने प्रधानमन्त्रीले मेरी बूढीलाई पनि सम्झाउन सक्लान् भन्ने मेरो अनुमान हो।'

'कसरी नि?' दर्शकदीर्घामा उभिएको एउटा ठिटोले सोध्यो।

'यति जाबो कुरा पनि कस्तो नबुझेको?' भद्रभलाद्मी र दशकदीर्घातर्फ एक नजर हुत्याउँदै झगडिया श्रीमान्ले भने, 'सरकार ढालेर आफू प्रधानमन्त्री बन्ने निर्णयमा चट्टान जसरी उभिएका प्रचण्डलाई समेत प्रधानमन्त्रीले सम्झाउन सके। प्रधानमन्त्रीको पदसमेत छाड्न तयार हुने गरी सम्झाउन सक्नु भनेको चानचुने कुरा हो र? तेत्रो ठक्कर खाँदा पनि सम्भि्कन नसकेका प्रचण्डलाई केपी ओलीले एकदुई बसाइमै सम्झाउन सके। प्रचण्डलाई त सम्झाउन सक्ने केपी ओलीले मेरी श्रीमतीलाई सजिलै सम्झाउन सक्छन्।'

'त्यो त देश चलाउने कुरो हो। त्यसमा प्रधानमन्त्रीले सम्झाए होलान्। तर, तेरो त घरव्यवहारको कुरा हो। घरव्यवहारको कुरा र देशको कुरा एउटै हुन्छ त?' भद्रभलाद्मी समूहमा बसेकी एक जना आमैले भनिन्।

'कुरै उस्तै हो। प्रचण्ड पनि छरछिमेकको कुरा सुनेर सरकार ढाल्ने खेलमा लागेका थिए। मेरी श्रीमती पनि माइती मावलीको कुरा सुनेर घरमा रडाको निकालिरहन्छे। आखिर मात्राको मात्र फरक हो। देशको कुरा ठूलो होला। परिवारको कुरा सानो होला। तर, दुवै समस्या बाहिरियाहरूको चलखेलले निम्तिएको हो नि।'

'तिमी पनि सक्ना छौ र?' यतिबेरसम्म चुप लागेर बसेकी श्रीमतीले मुख खोलिन्, 'घरमा यसो रातो मुख भयो भने घरका कुरा बाहिरफेर लगेर सुनाउँछौ। मेरी बूढीलाई सम्झाइदेऊ न भनेर छिमेकीलाई भन्छौ। कहिले बाटामाथिका छिमेकीसँग घरका कुरा गर्छाै, कहिले पल्लाघरेको घरमा गएर मेरो बेइज्जत गर्छाै। मेरो ज्यानाँ जुम्रा देख्नुअगाडि आफ्नो आङको भैँसी पनि हेर न।'

ग्राम कचहरीले श्रीमान्–श्रीमतीका आ–आफ्ना तर्क र समस्यालाई राम्रो गरी सुन्यो र अन्त्यमा घर झगडाको कारण आन्तरिक समस्याभन्दा पनि बाह्य चलखेलमा श्रीमान्–श्रीमती बहकिनुलाई ठहर गर्योर। ग्राम कचहरीले दुवैलाई सुझाव दिँदै भन्यो, 'बाहिरी चलखेललाई दुवैले राम्रो गरी बुझ्ने आदतको विकास गर्नुपर्योा। घरपरिवार, त्यसमा पनि श्रीमान्–श्रीमतीको नाताजस्तो नजिक छिमेकीहरू हुन सक्दैनन्। तसर्थ, श्रीमान्–श्रीमतीले आफ्ना आवश्यकता र समस्यालाई दृष्टिगत गरी संवाद गर्ने र समाधान निकाल्ने।'

Leave a comment

१० सेक्स गन्तव्य

१० सेक्स गन्तव्य

डोमिनिकन रिपब्लिक क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमिनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ। यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरहेका छन्। यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी...

टेन्सनग्रस्त काजी

टेन्सनग्रस्त काजी

डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणको करिब–करिब पटाक्षेप भएको छ। वरिष्ठ नेताको सूत्रलाई पार्टीको पूर्व स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्य तथा इन्चार्जहरूको बैठकले अनुमोदन गरेर समस्याको टालटुले समाधान निकालिएको...

पालमुनि बास त्रासैत्रास!

पालमुनि बास त्रासैत्रास!

वैशाख १२ को ठूलो भूकम्पपछि असंख्य नेपालीको बास पालमुनि छ। पालमुनि असुविधामात्रै छैन, असुरक्षा पनि छ। बालिका र किशोरीहरू बढी जोखिममा छन्। चेलीबेटी बेचबिखनमा संलग्न गिरोह र दलाल विपद्मा चौका...

तारुकामा तारे VS माले

तारुकामा तारे VS माले

हरेक वर्ष नुवाकोटको तारुकामा माघे संक्रान्तिका दिन गोरु जुधाइन्छन्। यसपटक तारुकामा १५ हल गोरु जुधाइए। गोरु जुधाइ हेर्न रसुवा, धादिङ र काठमाडौँबाट थुप्रै मानिस तारुका पुगेका थिए। यस वर्ष स्थानीय...

साइनबोर्ड एउटा धन्दा अर्कै

फलानो मेनपावर कम्पनी ! फलानो ब्युटिपार्लर ! फलानो खाजापसल ! साइनबोर्डमा यस्तो लेखिएको हुन्छ । तर, लेखिएअनुसार नै काम हुन्छ भन्न कहाँ सकिन्छ र ? राजधानीमा एकथरी पेशा वा व्यवसायको...

'म त चुर्लुम्मै डुबेर गाउँछु'

'म त चुर्लुम्मै डुबेर गाउँछु'

पछिल्लो पुस्ताका राम्रो सम्भावना बोकेका गायकका रूपमा लिइन्छ, विश्व नेपालीलाई। उनले भर्खरै आधुनिक गीत गायनमा उत्कृष्ट गायनका लागि इमेज अवार्ड पाए। दुइटा सोलो एल्बम, फिल्मका गीत, कलेक्सन एल्बममा गरी ७०...

टाइमपास मोडलिङ

टाइमपास मोडलिङ

पोखरेली फोटोग्राफर विशरत्न शाक्यको फोटो स्टुडियोमा एकताका विभिन्न साइजमा फोटो राखेका हुन्थे। ग्राहकलाई कस्तो तस्बिर खिच्ने भनेर सोध्न 'स्याम्पल' राखिएका ती फोटोको खूब चर्चा हुन्थ्यो। फोटोको चर्चा हुनुको मुख्य कारण...

शुक्रबार सम्पादकीय : गयल हुने गल्ती

संविधानका विवादित विषयमा सहमति जुटाउन भएका भनिएका 'घनीभूत' छलफलको स्तर र हैसियतमाथि नै प्रश्न उठ्नेगरी प्रमुख दलहरूको बीचमा धु्रवीकरण सुरु भएको छ। संविधानका विवादित विषयमा सहमति जुटाउन भगीरथ प्रयत्न गरिरहेको...