Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

नीति तथा कार्यक्रमः गफको पार्सल

(0 votes)
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा प्राथमिकता पाउनुपर्ने विषयहरू ओझेलमा पारिएका छन्। यसअघिका सरकारले जस्तै यसपटक पनि जनतालाई अलमलमा पार्ने चिल्ला कुरा गरेर वर्तमान सरकार जनपक्षीय देखिने धुनमा जुटेको देखिन्छ।
nepali-patro-may
वामपन्थी गठबन्धनसँगै परिवर्तनको विपक्षमा रहेका दक्षिणपन्थी कमल थापाहरू सम्मिलित सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले 'वामपन्थीहरूको गफ' भनेर व्यंग्य गरेका छन्। प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार नै 'म्यादी' भएकाले नीति तथा कार्यक्रम कार्यान्वयन नहुने ठोकुवा गरेका छन्। नीति तथा कार्यक्रम कार्यान्वयन हुने कुनै आधार, सिद्धान्त र नीति नभएको भन्दै कांग्रेसले '१ घण्टा ३० मिनेट लामो हुनु नै यसको महत्वपूर्ण उपलब्धि' भएको टिप्पणी गरेको छ। नीति तथा कार्यक्रमको प्राथमिकता गत वर्षको भूकम्पबाट घरबारविहीन भएकाहरूको पुनःस्थापना, भूकम्प र नाकाबन्दीका कारण ध्वस्त भएको अर्थतन्त्रको पुनःउत्थान र संविधान कार्यान्वयनका लागि चाहिने नयाँ राजनीतिक प्रशासनिक संरचना र कानुन निर्माण हुनुपर्नेमा त्यो नभएको देखिन्छ। संविधान कार्यान्वनका लागि तत्काल गर्नुपर्ने काम प्रदेश राजधानी घोषणा, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश स्तरको प्रशासनिक संरचना निर्माणलगायत महत्वपूर्ण कामबारे सरकारको नीति तथा कार्यक्रम मौन छ। त्यसैले सरकारले नीति तथा कार्यक्रममा जनतालाई भुलाउन जति नै मीठा कुरा गरे पनि त्यसले कुनै परिणाम निकाल्न नसक्ने देखिन्छ। नयाँ संविधानको पूर्ण कार्यान्वनविना नीति तथा कार्यक्रम जति नै सुन्दर भए पनि त्यसले परिवर्तनलाई संस्थागत गर्न सक्दैन।

सरकारको नीति तथा कार्यक्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली, एक घर एक रोजगारी, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने, प्रत्येक गाविसमा हेलिप्याड बनाउनेजस्ता अति प्रचारमुखी कार्यक्रम समेटिएका छन्। यति वर्षमा यति हजार मेगावाट बिजुली उत्पादन गर्ने गफ हरेक सरकारले गर्दै आएका छन्। तर, बिजुली उत्पादनका लागि चाहिने लगानी कसरी जुटाउने भन्नेमा भने कुनै पनि सरकारको ध्यान गएको देखिन्न। निर्माणाधीन परियोजनामा हुने गरेका राजनीतिक हस्तक्षेप बन्द गर्न दलका नेता तयार देखिँदैनन्। एक सय वर्षमा जम्मा सात सय मेगावाट बिजुली उत्पादन भएको देशका नागरिकले हरेक सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने १० औँ हजार मेगावाट बिजुलीको ठूलो युनिटको गफ सुनेरै चित्त बुझाउनुपर्ने अवस्था छ। सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने बताएको छ तर ब्यांकहरूले यसरी ऋण दिन मिल्दैन भनिसकेका छन्। भूकम्पपीडितलाई घर बनाउन दुई प्रतिशतमा सहुलियतपूर्ण ऋण दिने सरकारको घोषणालाई पनि ब्यांकहरूले विफल बनाइसकेका छन्। सरकारले भनेजस्तो दुई प्रतिशत ब्याजदरमा ऋण दिन नसकिने ब्यांकहरू बताइरहेका छन्। तर, सरकारले गाउँमा १५ लाख र शहरमा २५ लाख रुपैयाँसम्म घर बनाउन ऋण पाइने गफ दिन छोडेको छैन। नीति तथा कार्यक्रममा पनि भूकम्पपीडितलाई घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ अनुदानबाहेक सामूहिक जमानीमा तीन लाख ऋण दिने घोषणा गरिएको छ। यो पनि पीडितहरूलाई थप केही समय भुलाउन गरिएको गफ हो भन्ने सबैले बुझेकै छन्।

नीति तथा कार्यक्रममा निकै महत्वका साथ समेटिएको स्थानीय निकायको निर्वाचनलाई लिएर सत्तारूढ गठबन्धनभित्रै विवाद सिर्जना हुने देखिएको छ। १८ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन आगामी मंसिरमा गर्ने सरकारी घोषणा विवादमा परेको छ। गाउँपालिका, नगरपालिकाको पुनःसंरचनाअघि स्थानीय निर्वाचन हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तारूढ दल एकीकृत नेकपा माओवादीले सरकारको नीति तथा कार्यक्रम संशोधन हुनुपर्ने बताएका छन्। संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार आगामी मंसिरमा स्थानीय निकायको अन्तरिम निर्वाचन गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। स्थानीय निकायमा अन्तरिम निर्वाचन गर्दा संक्रमणकाल लम्बिने दाबी गर्दै प्रमुख विपक्षी दल कांग्रेसले स्थानीय निकायको पुनःसंरचनापछि मात्रै निर्वाचन गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ भने एमाओवादीले यसलाई समर्थन गरेको छ। सत्तारूढ गठबन्धनभित्रकै एक घटक 'कन्भिन्स्ड' नभएको यो नीति तथा कार्यक्रम लागू होला भन्ने जनतालाई विश्वास छैन।

नीति तथा कार्यक्रम पेस गर्नुअगावै सरकार ढल्न आँटेको थियो। जसले गर्दा पनि सरकारले अघि सारेका कार्यक्रम पूरा होला भनेर जनतालाई विश्वास छैन। नीति तथा कार्यक्रम र बजेट पास भएपछि प्रधानमन्त्रीको कुर्सी सत्ता सहयोगी एनकेपा माओवादीका अध्यक्ष प्रचण्डलाई दिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धताका कारण पनि यो नीति तथा कार्यक्रम गफमै सीमित हुने स्थिति छ। प्रधानमन्त्री नै परिवर्तन हुने भएपछि नीति तथा कार्यक्रम यसै पनि कमजोर हुनेछ। प्राथमिकता दिनुपर्ने विषयलाई बेवास्ता गरेर फगत चर्चाका लागि 'सेट' गरिएका कार्यक्रम लागू

हुने छाँटकाँट छैन।

Leave a comment

जलपरीको धुवाँदार चुनौती

जलपरीको धुवाँदार चुनौती

नेपाली पौडीलाई ११ वर्षे गौरियाले नयाँ चुनौती दिएकी छिन्। बिदा मनाउन नेपाल आएकी गौरिका १९ औँ राष्ट्रिय खुला पौडीमा सात कीर्तिमान बनाउँदै लन्डन फर्कंदै छन्। गौरिकाले सातदोबाटोमा १३ र १२...

बाह्य चलखेल

मान्छेले जंगलदेखि महलसम्मको यात्रा पार गर्न हजारौँ साल लगायो। यति लामो अनुभव र अभ्यासले समाज, छरछिमेक र इष्टमित्रको आश्यकता र अनिवार्यतालाई सिद्ध गर्योा। छिमेक भएन भने बस्न सकिन्न। आफन्त भएनन्...

कलाकारलाई माया गर्ने हङकङ

कलाकारलाई माया गर्ने हङकङ

संगीत क्षेत्रमा छिरेताका गायिका जुना श्रीसमगरलाई हङकङ सपनाको शहर लाग्थ्यो। नेपालका विभिन्न कलाकारले हङकङ गएर प्रस्तुति दिएको खबर सुन्दा उनलाई पनि 'जाउँ–जाउँ' लाग्थ्यो। बिस्तारै गीतसंगीतमा जम्न थालेपछि जुनाको सपनाले साकार...

घरमा चढेर सरर

घरमा चढेर सरर

इराकको टिग्रिस–युफ्रेटिज इलाकामा रहेको दलदल भूमि अचम्मका घरहरूका कारण संसारभर चिनिएको छ। पाँच हजार वर्षअघिदेखि यहाँ मानिसहरूले बसोबास गर्दै आएका छन्। यहाँका सबै घर डुंगामा बनेका छन्। पिलर गाडेर घर...

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको पिरती

बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ। बलिउडमा क्रिकेटमाथि 'लगान' र 'अब्बल नम्बर', 'पटियाला हाउस', 'दिल बोले हडिप्पा', 'भिक्ट्री', 'चेन खुली कि मेन खुली', 'फरारी की सवारी', 'जन्नत'लगायत थुप्रै फिल्म बनेका...

'हिम्मत नहार्नेले संसार जित्छ'

'हिम्मत नहार्नेले संसार जित्छ'

सत्र वर्षवघि दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरीका कारण प्रवीण श्रेष्ठ ह्विलचियरको सहारामा पुगे। तर, उनले हिम्मत हारेनन्। निरन्तर संघर्षका कारण भिडियो एडिटर, निर्देशक हुँदै फिल्म निर्देशनमा पुगेका छन् उनी। उनले...

जोगिनीको मादक हेराइ

जोगिनीको मादक हेराइ

हट हिरोइनको छवि बनाएकी सुषमा कार्की शनिवार भद्रकाली मन्दिरमा फरक पहिरनमा देखिइन्। छोटो कपडामा उत्तेजक अभिनय र डान्स गर्ने हिरोइनको परिचय त्यो दिन शतप्रतिशत गायब थियो। हिउँदको चिसोमा पनि अरूको...

हेर्नै पर्ने नाटक : कोही किन बर्बाद होस्!

सुनील पोखरेल नेपाली नाट्य–कलाकारमध्येका शिखर पुरुष नै हुन्। 'प्रतिभा आकाश खोज्छे' नाटकमा उनले दुष्ट देवरको जीवन्त अभिनय गरेर मलाई आजभन्दा २५–३० वर्षअगाडि नै तानिसकेका थिए।