'साथीहरू 'भाडा नलाग्ने गीत' गाइस् भन्छन्'
- शुक्रबार ३१ बैशाख, २०७३
- नागरिक
- Be the first to comment!

भर्खरै नयाँ म्युजिक भिडियो 'नाइलनको सारी' सार्वजनिक गरेको छु। यसैको 'प्रमोसन'मा दौडिरहेको छु।
कस्तो गीत हो 'नाइलनको सारी'?
यो लोक 'फ्युजन' भएको गीत हो। यसमा मौलिक लोक धुन छ। अहिलेका दर्शक/स्रोताको रोजाइलाई ध्यानमा राखेर ल्याएको गीत हो।
हो। मेरा साथीहरूले पनि मलाई सधैँ गीत गाउन प्रेरित गरिरहन्थे। म आफैँलाई पनि गाउन सक्छु भन्ने आत्मविश्वास थियो। तर, पनि संगीत भर्नमै रमाएँ। आर्थिक कारणले पनि केही पछि धकेल्यो होला। अर्को कुरा, म पहिलेदेखि नै लोक धुन मिसिएका गीत गर्थें। अहिले त्यस्तै खालका गीत चलिरा'छन्। त्यही कारण मलाई गायनमा आउन यो उचित समय जस्तो लाग्यो। जे गर्न पनि समय आउनुपर्ने रैछ।
तपाईं पत्रकारिता पेशामा पनि आबद्ध हुनुहुन्छ। गायक बन्छु भन्ने लागेको थियो?
गाउँबाट राजधानी म इन्जिनियर बन्छु भन्ने सपना बोकेर छिरेको हुँ। पछि पत्रकारिता गरेँ। गीत म पहिलेदेखि गुनगुनाउँथेँ। तर, गायक बन्छु भन्ने चाहिँ लागेको थिएन। मेरो घरमा सबै गायक हुनुहुन्थ्यो। बुबा लोकगीत गाउनुहुन्थ्यो। आमा असमी गीत गुनगुनाउनुहुन्थ्यो। दाइको स्वर पनि राम्रो थियो। घरको सांगीतिक माहोलले मलाई कतै न कतै छोइरहेको रहेछ। त्यसैले होला म गायक बनेँ।
तपार्इं आफूलाई कस्तो गायकका रूपमा चिनाउन चाहनुुहुन्छ?
म मेलोडी, सुफी, आर एन्ड बी आदि सबै खाले गीत गाउँछु। साथीहरू मेरो आवाजमा नयाँ टोन छ भन्छन्। म आफूलाई भर्सटायल गायकका रूपमा चिनाउन चाहन्छु।
तपाईंले राष्ट्रिय भाव झल्किने गीत पनि गाउनुभएको छ, होइन?
हो। 'बन्छ नेपाल' बोलको गीत मैले भूकम्पपछि गाएको हुँ। पालमुनि बसेर मैले त्यो गीत लेखेको थिएँ। नाकाबन्दीपछि मात्र गीत पूरा भयो। तराई–मधेश जोड्ने गीत पनि हो यो। जतिसुकै अप्ठेरो अवस्था आए पनि देशचाहिँ बन्छ तर हामी सबै एकजुट हुनुपर्छ भन्ने भाव गीतमा छ।
आफ्ना गीतमा शब्द र संगीत पनि आफ्नै राख्नुको कारण के हो?
अहिलेसम्म मैले आफ्नै शब्द र संगीतमा मात्र गाइरहेको छु। सधैँ यस्तै गर्छु भन्ने चाहिँ होइन। अरूका शब्द र संगीतमा पनि गाउँछु। तर, एउटा वास्तविकता के हो भने आफ्नै सिर्जनामा स्वर दिँदा बढी 'फिल' दिन सकिन्छ। गीतलाई न्याय गर्न सकिन्छ।
तपार्इंको एउटा गीत 'मयालाई'मा थुप्रै शहरका नाम लिइएका छन्। यो कतै लोकप्रिय बन्ने सूत्र त होइन तपाईंको?
बिलकुलै होइन। तर, यस्तो ठान्नु स्वाभाविक चाहिँ हो। किनभने, यो गीतमा मैले भारतको दार्जिलिङदेखि नेपालका पोखरा, हेटौँडा, काठमाडौँ आदि शहरका नाम उच्चारण गरेको छु। त्यही भएर मेरा साथीहरूले मलाई 'भाडा नलाग्ने गीत' गाइस् भन्छन्। मैले जुन–जुन शहरको नाम लिएको छु, त्यहाँ चल्ने बसले मेरो भाडा लिँदैनन् भन्ने उनीहरूको रमाइलो आशय हो। विदेशबाट फर्किएको पुरुषले आफ्नो प्रेमिकामाझ व्यक्त गरेको घुमाउने रहर यो गीतमा पाइन्छ।
तपार्इंका सबै गीतमा लोक धुन मिसिएकै हुन्छ। किन?
हो। मेरो गीत कतै न कतै मौलिकतासँग नजिक हुन्छ, हाम्रोपनसँग नजिक हुन्छ।
गीत तयार गर्दा सबैभन्दा बढी तपाईंको ध्यान केमा हुन्छ?
सर्वप्रथम म शब्दमा बढी ध्यान दिन्छु। त्यसपछि मात्र संगीतमा। मलाई लाग्छ बलियो शब्दले संगीतको कमजोर पाटालाई पनि बिर्साइदिनसक्छ।
तपार्इंको अनुहार र गेटअप कता–कता भारतीय गायक सोनु निगमसँग मिल्छ नि।
हो। धेरैले मलाई यस्तै भन्नुहुन्छ। मेरो अनुहार चर्चित मान्छेसँग मिल्नुलाई म फाइदा ठान्दिनँ। तर, म उहाँको फ्यान चाहिँ हो। मेरा लागि उहाँ प्रेरणाको स्रोत हो। उहाँको गायनदेखि प्रभावित छु।
संगीत सिक्नुभएको छ?
गुरुहरू रामचन्द्र भण्डारी र रामचन्द अन्जानसँग साढे दुई वर्ष संगीत सिकेको छु।
तपाईंका लागि के हो त संगीत?
कहिल्यै नटाढिने साथी हो। जस्तोसुकै परिस्थितिमा पनि संगीत मसँगै हुन्छ।
प्रस्तुतिः अनिल यादव
Leave a comment
'अर्को खट्को काटियो'
सत्यमोहन जोशी (९६), संस्कृतिविद्खाना खाएर अखबार किन्न भनेर पसल गएको थिएँ। फर्केर आउँदा 'लौ लौ भुइँचालो गयो' भन्न थाले सबै जना। फनफनी घुमाउन थाल्यो। दौडेर आउने कुरो भएन। दौडनु हुन्न...
बक्रासन : सार्कपछिको लालपुर्जा
सार्क शिखर सम्मेलन सम्पन्न भयो। बडो तामझामसाथ, बडो उमंगसाथ सम्पन्न भयो। र, सम्पन्न भए केही मान्छे। कोही नव धनाढ्य भए, कोही थप धनाढ्य भए। 'शान्ति र समृद्धिका लागि गहिरो एकता'...

धुर्मुस जोडी भन्छन्- 'सरसफाइ अभियान नेताको दिमागसम्म चलाउनुपर्छ'
सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई भन्दा धुर्मुस र सुन्तलीलाई चिन्ने मानिस बढी छन्। यो जोडी टेलिशृंखला 'मेरी बास्सै'लाई मूल घर र आफ्नो घरलाई दोस्रो घर ठान्छ। यो टेलिशृंखलाले उनीहरूलाई चर्चित...
'फोसा'को काम स्थगित
मलेसिया दूतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा दिएको 'फोसा' नामक संस्था सो कामबाट पछि हटेको छ। फोसाले एक महिनाअघि काम अगाडि बढाएको थियो। बीचमा विवाद आएकाले मलेसियाले नै नेपालमा...
व्यङ्ग्य : साउन ‘सावन' बनेपछि
साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको...

मन-मनमा दसैँ
बजारमा किनमेल गर्नेको घुइँचो छ। काठमाडौँ बाहिर जाने बसका टिकटहरू बुकिङ हुन थालिसकेका छन्। ठूला कम्पनीले छुट तथा उपहार योजना ल्याइसकेका छन्। अर्थात्, दसैँले नेपालीका आँगन टेकिसक्यो।

गर्नै नहुने भो लभ
प्रेम गर्नु पनि ठूलै जोखिम मोल्नु भएको छ अचेल। मायालुको हातमा भएको गुलाब कतिखेर चक्कुमा परिणत हुने हो र त्यो मुटुमा रोपिने हो, ठेगान हुँदैन। प्रेमीप्रेमिका एकअर्कासँग सशंकित र त्रसित...

वर्षा राउत भन्छिन्- 'पंखाअगाडि कपाल हल्लाउँदै नाच्थेँ'
म्युजिक भिडियोमा व्यस्त मोडल हुन्, वर्षा राउत। तीन वर्षमा उनले ८० भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन्। भिडियोबाट पाएको लोकप्रियताकै कारण उनले फिल्म 'नाइँ नभन्नू ल–४' मा काम गर्ने...