Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

कस्तो मनोरञ्जन? कसको मजाक?

  • शुक्रबार ३१ बैशाख, २०७३
  • माधव ढुङ्गेल
  • Be the first to comment!
(0 votes)
कस्तो मनोरञ्जन? कसको मजाक?
गजब कतिसम्म छ भने सेक्स उद्योग र चलचित्र उद्योग दुवैलाई मनोरञ्जन उद्योग भनेर मान्नेहरू पनि छन्। पत्रपत्रिकामा पनि धेरैले चलचित्रलाई मनोरञ्जनकै क्षेत्र मान्छन्। यो हो पनि। चलचित्रमात्रै किन, कलाका सबै रूपहरू मनोरञ्जनकै क्षेत्र हुन्। सङ्गीत मनोरञ्जनको क्षेत्र हो, नृत्य मनोरञ्जनको क्षेत्र हो। नाटक, साहित्य, चित्रकला सबैमा मनोरञ्जन त हुन्छ नै। मनोरञ्जन नहुने हो भने मानिस पैसा तिरी–तिरीकन चलचित्र किन हेर्छ? तब प्रश्न आउँछ, चलचित्रले दिने मनोरञ्जन कस्तो मनोरञ्जन हो, जसमा लोभिएर मानिसहरू गोजीको पैसा खर्च गर्न हलसम्म पुग्छन्?

nepali-patro-may
मनोरञ्जनको मतलब आनन्द। मनोरञ्जनको मतलब स्वाद। स्वाद नआउने हो भने, आनन्द नआउने हो भने हामी त्यसलाई मनोरञ्जन भन्दैनौँ। तर, त्यो स्वाद कस्तो? आनन्द कस्तो? रसभरीको स्वाद र चलचित्रको स्वाद उस्तै त हुँदैन। करेला वा गुन्द्रुकको स्वाद जस्तो पनि हुँदैन। घुमफिरको आनन्द वा नयाँ लुगा लगाउँदाको आनन्द र चलचित्रको आनन्दमा केही त अवश्यै फरक छ। यो गर्मीमा पौडी खेल्दा पनि आनन्दै आउँछ तर चलचित्रको आनन्द अर्कै हो।

चलचित्रको आनन्द बरु सङ्गीतको आनन्दसँग नजिक छ। साहित्यको, उपन्यास वा नाटकको आनन्दसँग नजिक छ। चित्रकलाको आनन्दसँग नजिक छ। अर्थात्, कलाबाट प्राप्त हुने आनन्द नै चलचित्रबाट प्राप्त हुने आनन्द हो र यस्तो आनन्दलाई संस्कृतका आचार्यहरूले रस भनेका छन्। चलचित्रमा पनि रस हुन्छ र त्यही पाएपछि हामीलाई आनन्द हुने हो।

शृङ्गार रसले हामीलाई रोमाञ्चित गर्छ। मायाप्रीतिका प्रसङ्गहरूले हामीलाई रोमाञ्चित गर्छन्, उद्वेलित गर्छन्। आकुलव्याकुल पनि बनाउँछन् कहिलेकाहीँ। करुण रसले हामीलाई रुवाउँछ। अरूको दुःख देखेर हाम्रा आँखामा आँशु आउँछ। भयानक रसले हामीलाई त्रासमा लैजान्छ। भूतका फिल्महरू हेर्दा हामी डराउँछौँ र पनि आनन्दितै हुन्छौँ। अद्भूत रस भन्छन्, हेर्दै आश्चर्य लाग्छ। अचम्मलाग्दा दृश्यहरू हामी हेरेको हेर्यैन हुन्छौँ। हास्य रस हुन्छ अर्को। फिल्म हेर्दा हामी हाँस्छौँ। यो सब के हो? यही त चलचित्रले दिने आनन्द हो। मनोरञ्जन मतलब हाँस्नु, रमाउनु हामीले बुझेको यही हो।

तर, कुरा आउँछ, मनोरञ्जन भनेको यही हो? यही भावात्मक कुरा हो जसले हामीलाई भिन्न–भिन्न मनस्थितिमा डोर्या।उने गर्छ? कोही मान्छे चिप्लेर लडेको देख्छौँ, हामीलाई रमाइलो लाग्छ। कसैले अर्कोलाई लखेटेको देख्दा, पिटेको देख्दा हामी ट्वाल्ल परेर हेर्छाैं। रमाइलै लागेर हेरेका हौँला। कसैले कसैको नक्कल गर्दा पनि हामी रमाएकै छौँ। कसैले चिमोट्यो, लुक्यो, गीत गाएर जङ्गलमा नाच्यो। तब के त रमाउने भन्ने कुरा यति सस्तो कुरा हो? चलचित्रले दिने मनोरञ्जन भनेको यस्तै कुरा हो? हाम्रा नेपाली धेरैजसो चलचित्र वा टेलिचलचित्र प्रायः यस्तै–यस्तै कुरालाई देखाइराखेका छन्।

चलचित्र बनाउनेहरूको तर्क हुन्छ, नेपाली दर्शकलाई हामीले मनोरञ्जन दिइराखेका छौँ। नेपाल टेलिभिजनमा हास्य शृङ्खला लोकप्रिय भएको देख्दा यो हो जस्तो पनि लाग्छ। नेपाली चलचित्रले दर्शक हँसाउनका लागि, जोकर बनाउनका लागि छानेका व्यक्तिहरू हेर्दा यस्तो लाग्छ– आफूभन्दा कमजोर मानिस देखेर दर्शक हाँस्छ। आफूभन्दा गँवार र मूर्ख मानिस देखेर दर्शकले आनन्द मान्छ। बोल्न नजान्ने मानिस देखेर दर्शक रमाउँछ। उल्टो काम गर्ने मानिस देख्दा दर्शकको मन प्रफुल्ल हुन्छ। आफूभन्दा कमजोर मान्छे देख्दा दर्शक रमाइलो मान्छ भने यसको अर्थ त ऊ सधैँ अरूलाई कमजोर बनाएर प्रफुल्लित हुन चाहन्छ भन्ने निस्कन्छ। तब यो त विकासविरोधी कुरा भयो। उन्नति–प्रगतिविरोधी कुरा भयो। के यस्तो हुनु सम्भव छैन कि मानिस आफूभन्दा योग्य, आफूभन्दा विद्वान् र आफूभन्दा मूल्यवान् व्यक्ति देख्दा पनि रमाउन सकोस्?

वास्तविक जीवनमा यो हुन्छ। नत्र हामी आफूभन्दा सफल वा मूल्यवान् व्यक्तिसँग फोटो खिच्न किन रमाउँछौँ? आफूभन्दा कुनै न कुनै कुरामा माथि उठेको व्यक्तिसँग खिचेको फोटो किन फेसबुकमा हाल्छौँ? रमाइलै लागेर यसो गरिएको होइन र? सँगै बस्दा चाहिँ आफूभन्दा ठूलो मानिससँग मजा आउने, गर्व लाग्ने तर चलचित्रमा हेर्न चाहिँ निम्छरो, निरीह वा कमजोर मानिसबाट मात्रै मज्जा आउने कसरी हुन्छ? के नेपालीहरू गरिबलाई हेरेर मनोरञ्जन लिने जाति हुन्? नेपाली जाति होचा पुड्कालाई हेरेर, अपाङ्गलाई हेरेर वा कामदारहरूलाई हेरेर मनोरञ्जित हुने अमानवीय जाति हो? नत्र नेपाली चलचित्रले कमजोर आर्थिक र सामाजिक स्थिति भएका व्यक्तिहरूलाई नै छानी–छानी होच्याउनुपर्ने, जिस्काउनुपर्ने वा उनीहरूको मजाक उडाउनुपर्ने कारण के?

वास्तवमा चलचित्रले हामीलाई तुच्छ विचारमा रमाउन सिकाएका छन्। उदात्तता नेपाली चलचित्रहरूले खोज्नै सकेनन्। वीरता हाम्रो पाखुरामा र लात्तीमा सीमित छ, मान्छे कुट्ने काममा अल्भि्कएको छ। वीरको जाति नेपाली भन्ने इतिहासलाई चलचित्रका पर्दामा देख्न पाएका छैनौँ। वीरतापूर्ण कार्यबाट सगर्व आनन्दित हुन हामीले पाएका छैनौँ। हाम्रो नायक भनेको पनि खलनायकहरूसँग फाइट खेल्नै मात्र तम्सिन्छ। कति तुच्छ कुरामा नेपाली नायकहरू लडिराखेका छन्? नायकको वीरतामा आदर्शको झल्को पटक्कै छैन, जसले जीवनलाई अझै राम्रो विचारसहित बाँच्नका लागि प्रेरित गरोस्।

हामीसँग त्यस्ता नायक को छन्, जसलाई सम्झँदा दुःखमा पनि अगाडि बढ्न प्रेरणा मिल्छ? जसको स्मृति मात्रैले पनि केही गर्नमा हौसला मिल्छ। त्यस्ता नायिका को छन् जसको स्मृति मात्रैले पनि आत्मसम्मानको बोध हुन्छ। इतिहासमा छन् तर चलचित्रमा छैनन्। मानव जातिको हितका लागि बलिादानी दिनेहरूलाई, शहीदहरूलाई पनि हामीले चलचित्रमा ससम्मान बोलाउन सकेनौँ। बल्लतल्ल कसैलाई ठाउँ दिएका छौँ भने पनि तिनलाई त्यति गर्विलो बनाएर उभ्याउन सकेनौँ, उनीहरूको चरित्रमाथि न्याय गर्न सकेनौँ जति गर्विला उनीहरू वास्तविक जीवनमै थिए।

उनीहरूलाई चलचित्रको पर्दामा देख्न पाउँदा जो कोही रोमाञ्चित हुन्थ्यो। उनीहरूको दुःखमा रुन पाउँदा मनोरञ्जन किन हुँदैन? उनीहरूको भावनालाई आत्मसात् गर्न पाउँदा हाम्रो पनि आत्मा गर्वले फुल्छ। मनोरञ्जन भनेको त्यही होइन? मनोरञ्जन भनेको आत्मिक कुरा होइन? आदर्शप्रतिको आकर्षणमा सच्चा आनन्द छैन? त्यो हाम्रा चलचित्रमा देख्न कहिले पाऔँला?

Leave a comment

प्रेम दिवसमा नेपालीपनको वकालत

प्रेम दिवसमा नेपालीपनको वकालत

कस्तो संयोग, एकातर्फ नेपाली हिन्दूका घर–घरमा महादेवको प्रेममा लिप्त सती र पार्वतीको कथा वाचन हुँदैछ भने अर्कोतर्फ नवयुवाहरू आयातीत संस्कृति 'भ्यालेन्टाइन्स डे' मनाउने तरखरमा छन्। कथा, किंवदन्ती जे भने पनि...

मिडिया पनि विपत्ति हो

मिडिया पनि विपत्ति हो

नेपाल भयानक त्रासदीबाट गुज्रँदै छ। रेक्टर स्केलमा ६.९ को तीव्रतामा आएको भूकम्पले यस देशलाई सबै दृष्टिकोणबाट लथालिंग बनाइदिएको छ। झन्डै आठ हजार मानिसले ज्यान गुमाए भने हजारौँ मानिस घाइते र...

शुक्रबार सम्पादकीय : डरलाग्दो अतीतमोह

जनता आफूले विभिन्न कालखण्डमा गरेका संघर्ष तथा आन्दोलनका उपलब्धि संस्थागत भएको हेर्न चाहिरहेका छन्। तर, राजनीतिक नेतृत्व जनताको शक्तिबाट प्राप्त उपलब्धिलाई रक्षा गरेर अघि बढ्नुको सट्टा ‘नोस्टाल्जिक मुड'मा देखिन्छ। वर्तमानमा...

धरापमा फुटबल

धरापमा फुटबल

फिफा र एएफसीले आफ्ना कुनै पनि सदस्यमाथि तेस्रो पक्षको हस्तक्षेप स्विकार्दैनन्। केही महिनाअघि नाइजेरियाली फुटबल संघमा त्यहाँको सरकारले हस्तक्षेप गर्दा पनि फिफाले नाइजेरियाको सदस्यता निलम्बित गरेको थियो। नेपालमा पनि सरकारले...

'मेरो जिन्दगी एक पाइलाको सुन्दर यात्रा'

आठ वर्षकै उमेरमा सडक दुर्घटनामा परेर रोमा न्यौपानेले एउटा खुट्टा गुमाइन्। तर, उनले हिम्मत हारिनन्। आफूलाई सबैभन्दा मन पर्ने कुरा नृत्यलाई अघि बढाइन्। आज उनको नृत्यको सर्वत्र प्रशंसा हुन्छ। नृत्य...

एउटा फोटोको कमाल

चीनका ३२ वर्षीय ताओ लिउ हफेई वाटर सप्लाई कम्पनीमा 'वाटर मिटर रिडर'को काम गर्छन्। आफ्नो मोटरसाइकल चढेर मिटर रिड गर्न उनी दिनहुँ विभिन्न मानिसका घर चहार्ने गर्छन्। फुर्सद हुनासाथ उनी...

जलपरीको धुवाँदार चुनौती

जलपरीको धुवाँदार चुनौती

नेपाली पौडीलाई ११ वर्षे गौरियाले नयाँ चुनौती दिएकी छिन्। बिदा मनाउन नेपाल आएकी गौरिका १९ औँ राष्ट्रिय खुला पौडीमा सात कीर्तिमान बनाउँदै लन्डन फर्कंदै छन्। गौरिकाले सातदोबाटोमा १३ र १२...

विपिका भइन् लिटिल च्याम्प

विपिका भइन् लिटिल च्याम्प

तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्प–२०१४ को उपाधि विपिका कायस्थले जितेकी छन्। शनिवार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा प्रतिभा माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले उपाधि जितेकी हुन्।