Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मिट–मसला र नुन–खुर्सानीको खिर

(0 votes)
श्रम–दिवसको दिन जन्मिएकीले मैले नातिनीको नाम श्रमिका राखिदिएको थिएँ। वास्तवमै उनी श्रमिक भएर निस्किसकेकी छन्। टेलिभिजन उनैले खोल्नुपर्ने, टेलिफुन उनैले उठाउनुपर्ने, कुचो उनैले लाउनुपर्ने। हाम्रो कपालसमेत बाटिदिन भ्याउँछिन्। एउटा कचौरो पखाल्नलाई एक करुवा पानी खत्याउँछिन्, भाँडा माझ्न उनै अगि सर्छिन्। कोठामा कम्युटर चलाउने उनै, बारीमा फर्सी फलाउने उनै। उनले नजानेको काम केही छैन तर अङ्ग विकसित भइनसकेको भएर होला राम्रो गर्ने ढङ्ग छैन। सुझाव स्वीकार गर्ने साहस छैन। उनी सर्वज्ञ हुन्। एक दिन त हपाँ आमासँग गएर गाईको गोबरसमेत सोरिछन्।
nepali-patro-may
गत शनिवार बालदिवस रहेछ! यस उपलक्ष्यमा मेरी नातिनीले विशेष खानेकुरा बनाउनुपर्ने हठ व्यक्त गरिन्—“बालदिवसमा विशेष परिकार बनाएर खानुपर्छ अरे! माला गुरुमाले भन्नुभएको!” बालमस्तिष्कमा पीडा नपरोस् भनेर मैले नातिनीको होमा हो मिसाइदिने गरेको थिएँ। बालदिवसका दिन त झन् के भन्नु र! उनकै रोजाइको परिकार बनाउनुपर्ने अरे!
चार वर्षकी बहिनी र छ वर्षको दाइ भएर परिकारको कल्पना गरे। दाजु चाहिँले हतपताउँदै भने—“मलाई एउटा जुक्ती फुर्यो्! जे पकाए पनि मिट मसला हाल्नुपर्छ! स्वादिलो मिट मसला!” उनले मासु–मसलालाई 'मिट मसला' भनेका रहेछन्। नातिले एउटा शब्द भने पनि अङ्ग्रेजी जानेकोमा मैले मनमनै गौरव पनि गरेँ। पालो आयो, बहिनीको। उनलाई असाध्यै मन पर्ने वस्तु भनेकै खिर हो। “मिटमसला हालेर खिर बनाउने!” दाजुले आफ्नो प्रस्ताव पनि पारित भएकोमा प्रसन्नता व्यक्त गर्दै थपे—“अलिकति खुर्सानी र नुन पनि मिसाउनुपर्छ है नानी! नत्र मिठो हुँदैन।” बाल–सम्मति त भयो तर अनर्थै हुने भयो। मिट–मसला र नुन–खुर्सानी हालेर पकाएको खिर कस्तो होला? परिवारका वयस्क, प्रौढ र वृद्ध– सदस्यको सर्व–विमति भयो। हामीले नपकाइदिने भएपछि उनीहरू आफैँ तम्सिए।
म चाहिँ नेपाली टेलिभिजनका उद्घोषक र समाचार–वाचकहरूबाट नेपाली भाषा सिक्दै थिएँ। ऐन(अइन्)–कानुन 'एनकानुन' भइसकेछ। विद्यार्थी(विद्द्यार्थी) विध्ध्यार्थी भएको भयै छ। चाहिँदोभन्दा बढी प्रयोग गरेर स्थिति बुझाउने 'अवस्था' शब्दलाई थेगो बनाउने प्रतिस्पर्द्धा गरिँदै छ। “आज पानी परेको अवस्था छ। बटुवाहरूले छाता ओढेको अवस्था हो। जताततै पहिरो गएको अवस्था थियो। स्वयं–सेवकहरू सक्रिय भएको अवस्था छ।” 
कसै–कसैले 'मैले यो भनिरहँदा' कण्ठै गरेर बसेका छन्। ठसठसी कन्नै पर्ने, अनुप्रास मिलाएर भन्नैपर्ने। चामल परोस् कि बियाँ परोस्, तिनलाई शब्द केलाउने फुर्सद छैन। नेपाली भाषाप्रधान टेलिभिजन, रेडियो, पत्र–पत्रिका, साहित्यिक कृति, कार्यक्रम अथवा स्तम्भ आदिको नाम अङ्ग्रेजीमै राख्नुपर्ने? जथाभाबी अङ्ग्रेजी शब्दको प्रयोग गरिनु गौरव हो कि हीनताबोध? ती बिचरा र बबुराहरूले नाउँ जुराउनलाई नेपाली शब्द नपाएरै विदेशबाट बेसाएका हुन् त? म यस्तै सोच्दै थिएँ। नातिनी चाहिँ मिट–मसला र नुन–खुर्सानी राखेर खिर पकाउँदै रहिछन्।

Leave a comment

अपराधीलाई रोल मोडल बनाउने?

अपराधीलाई रोल मोडल बनाउने?

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–   दिनेश अधिकारीको घटना के हो? यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।   भन्नाले? आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय...

व्यङ्ग्य : बंकर

रक्तरञ्जित क्रान्तिकालका हरेक दिन उसका लागि प्रिय थिए। सर्वहाराको सत्ता ल्याउने जोश थियो। मरे शहीद बाँचे मुक्ति– उसको एकमात्र संकल्प थियो। शान्तिकालपछिका दिनलाई उसले राम्रोगरी हजम गर्न सकेको छैन। क्रान्ति...

म्युजिक भिडियोकर्मी फिल्मतिर

म्युजिक भिडियोकर्मी फिल्मतिर

म्युजिक भिडियोमा रुचाइएका निर्देशक निकेश खड्का, अभिनेत्री अकेशा विष्ट र अभिनेता सौरभराज तुलाधरको टिम फिल्म यात्रामा निस्केको छ। फिल्म 'जिन्दगी रक्स'मार्फत उनीहरूले ठूलो पर्दामा डेब्यू गरेको मंगलवार पत्रकार सम्मेलन गरी...

मिस तमुस्यो प्रशिक्षण सुरु

मिस तमुस्यो प्रशिक्षण सुरु

चौथो मिस तमुस्यो नेपाल २०१४ को एक महिने प्रशिक्षण सुरु भएको छ। 'मिस तमुस्योको सान, मौलिक संस्कृतिको पहिचान' भन्ने नाराका साथ यो प्रतियोगिता नेपाल तमू विद्यार्थी छोँज धीँ कास्कीले आयोजना...

शुक्रबार सम्पादकीय - माघ ८ः आलाप आ–आफ्ना

संविधान जारी गर्ने भनिएको माघ ८ गते नजिकिँदै गर्दा संविधान सहमतिका आधारमा जारी गर्ने कि प्रक्रियामा गएर जारी गर्ने भन्ने विषयमा आ–आफ्ना स्वार्थअनुसारको 'लबिङ' तीव्र गतिमा सुरु भएको छ।

बाफरे, हिप!

बाफरे, हिप!

मिकेल, डेनिस, मार्लेना र क्लाउडिया। यी चार महिला आफ्ना विशाल हिपका कारण संसारभर चर्चित छन्। उनीहरूका असामान्य रूपले चौडा नितम्बहरूको संयुक्त नाप हुन्छ– २७ फिट!

ड्राइभरले सबैको कचकच सुन्नुपर्छ  : रूपक श्रेष्ठ, बा.३ख ४३९३

ड्राइभरले सबैको कचकच सुन्नुपर्छ : रूपक श्रेष्ठ, बा.३ख ४३९३

कुन रुट हो ? काठमाडौँ–जिरी।   उमेर कति भयो ? २६ वर्ष।

रेखामाथि राजनीति

रेखामाथि राजनीति

रेखा थापा बाठी फिल्मकर्मी हुन्। फिल्म क्षेत्रमा आफूलाई चर्चामा राख्न र अघि बढ्न अनेक नीति अख्तियार गर्ने खुबी छ उनमा। केही समयअघि एमाओवादी नेता प्रचण्डसँग नाच्नुका साथै उनले तत्कालीन वाइसियल...