Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

केले बनाउँछ सुन्दर?

(2 votes)
देशमा हप्तैपिच्छे र टोलैपिच्छे सौन्दर्य प्रतिस्पर्धा भइरहेका छन्। देशमा गोरो या गोरी बनाउने क्रिमपाउडर पनि बिकिरहेका छन्। सबै सुन्दर बन्न चाहन्छन्। 'गुड लुक' भएकाहरूले करिअर पनि राम्रै बनाउँछन् भन्ने हल्ला पनि चलेकै छ। खासमा के हो त सुन्दरता? केले बनाउँछ मानिसलाई सुन्दर? मृगका जस्ता आँखाले? गुलाबी ओठले? बारुले कम्मरले? कि क्षमता, दक्षता, प्रतिभा, सोच या व्यवहारले? संगीता श्रेष्ठले यो अप्ठ्यारो प्रश्नको उत्तर खोज्ने प्रयत्न गरेकी छिन्।
nepali-patro-may
सुन्दरताबाट जोसुकै प्रभावित हुन्छ। जोसुकैलाई सुन्दर हुन मन लाग्छ। 'ह्यान्डसम' र 'ब्युटिफुल' क्रमशः पुरुष र महिलाका कानले सुन्न चाहने शब्द हुन्। तर, के हो त सुन्दरता? केले बनाउँछ मान्छेलाई राम्रो या राम्री? 
'जसलाई देखेर आनन्द र सन्तोषको अनुभूति होस्, जसले आकर्षित गरोस्, त्यही नै हो सुन्दरता,' भन्छिन् पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ। अभिनेत्री रीमा विश्वकर्मा हँसिलो अनुहारमा सुन्दरता देख्छिन्। भन्छिन्, 'हँसिलो अनुहार भएका मानिस मलाई सुन्दर लाग्छन्। उनीहरूको हाँसोमा म सुन्दरता देख्छु।' कलाकार निराजन लुइँटेल मानिसको बानी–व्यवहारमा सुन्दरता देख्छन् भने धरानका फिटनेस ºयाट्रीका सञ्चालक स्वस्थ शरीरमा। 'मलाई स्वास्थ्यमा ध्यान दिने मानिस सधैँ सुन्दर लाग्छ,' उनी भन्छन्। व्यक्तिपरक छ सुन्दरताको परिभाषा। यसलाई हेर्ने र बुझ्ने सबैका आ–आºना दृष्टिकोण छन्।
अंग्रेजीमा एउटा भनाइ छ– 'ब्युटी लाइज इन द आइज अफ द बिहोल्डर।' अर्थात्, सौन्दर्य हेर्नेका आँखामा हुन्छ। यसमा सहमत छन्, मानवशास्त्री सुरेश ढकाल। 'सौन्दर्य हेर्ने मान्छेको आँखामा हुन्छ,' उनी भन्छन्, 'हामीले जे देख्छौँ र जे देख्न चाहन्छौँ, त्यसमै सुन्दरता पाउँछौँ।' ढकालजस्तै सुन्दरता व्यक्तिगत सोच र विचारमा भर पर्ने विश्वास गर्छिन् सदीक्षा। 'राम्रो अनुहार, मिलेको जिउडालमात्रै हुनुपर्दैन,' उनी भन्छिन्, 'हेर्नेले सानो आँखा, चेप्टो नाक, कम उचाइ भएको मानिसलाई पनि सुन्दर नै देख्छ,' उनी भन्छिन्, 'कालो–गोरो रङसित त झन् सरोकारै भएन।' 

के हुन् त सुन्दरताका मापदण्ड?
देश र संस्कृतिअनुसार सुन्दरताका मापदण्ड पनि फरक–फरक हुने गरेका छन्। कुनै देशमा कोही सुन्दर छ भने अर्को देशमा ऊ असुन्दर पनि हुनसक्छ। मानवशास्त्री ढकाल सुन्दरतालाई संस्कृति सापेक्ष मान्छन्। भन्छन्, 'हाम्रा आँखा सांस्कृतिक रूपमा जुन सुन्दरता हेर्नमा अभ्यस्त हुन्छन्, त्यसमै हामीले सुन्दरता पाउँछौँ।' पश्चिमा मुुलुकमा गालाको हड्डीलाई सुन्दरताको मापदण्डका रूपमा लिइन्छ तर पूर्वी देशहरूमा त्यस्तो मानिँदैन। कतै काला आँखामा सुन्दरताको बखान गरिन्छ भने कतै नीला आँखा सौन्दर्यका प्रतीक हुन्छन्। कुनै ठाउँमा कालो कपाल हुनुलाई सुन्दरता मानिन्छ भने कतै सेतो कपाल हुने महिला सुन्दरी हुन्छिन्। जिम्बावेमा एकदमै कालो रङ, ठूला ओठ, वक्ष र नितम्ब भएका महिलालाई सुन्दर मानिन्छ तर युरोपेली मुलुकका लागि पातलो, गोरी र अग्ली महिला सुन्दर हुन्। जापान तथा चीनमा भने चिम्सा आँखा, छोटा कपाल र साना खुट्टालाई सुन्दरताको पर्याय मानिन्छ। छिमेकी मुलुक भारतका धेरै ठाउँमा दुब्लो पातलो जिउ भएकी महिलालाई सुन्दर मानिन्छ तर दक्षिण भारतमा भने हट्टाकट्टा र भरिभराउ ज्यान भएकी महिला आकर्षक हुन्छन्। 
फिताले नापेर यो सुन्दर वा यो असुन्दर भनेर तोक्न नसकिने बताउँछन्, मानवशास्त्री ढकाल। भन्छन्, 'काली नै भए पनि यदि उसको नाकनक्सा मिलेको छ भने ऊभन्दा सुन्दर कोही पनि हुन सक्दैन।' कालो रङले सुन्दरतालाई केही असर नगर्ने बताउँछिन्, सौन्दर्यकर्मी राजश्री श्रेष्ठ। 'कालो रङले सौन्दर्य घटाउने वा बढाउने हुँदैन। 'फेसियल स्ट्रक्चर' मिलेको छ भने कालो वर्णकी महिला गोरीभन्दा पनि आकर्षक देखिन्छे,' उनी भन्छिन्। 

भित्री सुन्दरताको कुरो 
सुन्दरतालाई केही निश्चित शब्दमा परिभाषित गर्न नसकिए पनि यसलाई हेर्ने मुख्य दुइटा दृष्टिकोण रहेको सुरेश ढकालको भनाइ छ। 'सुन्दरतालाई आन्तरिक र बाह्य दुई प्रकारबाट हेर्ने गरिएको छ,' उनी भन्छन्, 'देखिने बाहिरी सुन्दरता हो भने महसुस गरिने आन्तरिक सुन्दरता हो। बाहिरी सुन्दरता पहिलो खुड्किलो हो। बाहिरी सुन्दरतामार्फत भित्री सुन्दरतालाई प्रस्तुत गर्न सकिन्छ।' ढकालजस्तै भित्री सुन्दरतामै जोड दिन्छिन्, महिला उद्यमी ऋतु सिंह वैद्य। 'मानिसभित्रको सुन्दरता नै असली सुन्दरता हो,' पूर्व मिस इन्डिया पनि रहिसकेकी वैद्य भन्छिन्, 'बाहिरी सुन्दरता पर्याप्त हुँदैन। स्वच्छ मन, सकारात्मक सोच, व्यवहार, उदार हृदय नै भित्री सुन्दरता हो।' भित्री सुन्दरताबारे बताउँदै अभिनेत्री मिथिला शर्मा भन्छिन्, 'यौवनको सुन्दरता झलक्क देखिन्छ र झलक्क बिलाउँछ। देखिने सुन्दरता क्षणिक हुन्छ तर सोच, व्यवहारले ल्याउने सुन्दरता दीर्घकालीन हुन्छ। बाहिरका साथै भित्री रूपमा पनि मानिस सुन्दर भए सुनमा सुगन्ध थपिएजस्तै हुन्छ।' 
केले बनाउँछ सुन्दर?
'फेशन सेन्स'ले मानिसलाई सुन्दर बनाउने बताउँछन्, फेशन डिजाइनर तेन्जिङ छेतेन भुटिया। 'फेशनअनुसारको ड्रेसअप र गेटअपले मानिसलाई सुन्दर देखाउँछ,' उनी भन्छन्। मिस तमुस्यो २०६९, दोब्गा गुरुङ मान्छेभित्र रहेको बहुप्रतिभाले उसलाई सुन्दर बनाउने बताउँछिन्। 
मीठो बोली, आकर्षक व्यक्तित्व, सकारात्मक सोच, परोपकारी मन, राम्रो बानी–व्यवहार र समयसुहाउँदो लवाइखवाइ र रहनसहनले मानिसलाई सुन्दर बनाउने आम धारणा छ। बुटवलका ज्ञानु आचार्य भन्छन्, 'महिलालाई लज्जालु स्वभावले सुन्दर बनाउँछ। त्यसमाथि क्रिमपाउडरले झन् सुन्दर बनाउँछ।' 

ब्युटिसियनका नजरमा सुन्दरता 
'प्राकृतिक सुन्दरता नै वास्तविक सुन्दरता हो,' भन्छिन् ब्युटी एक्सपर्ट बिनु श्रेष्ठ। 'प्राकृतिक सुन्दरता भएका मानिसले शृंगार गर्नैपर्दैन,' उनी भन्छिन्, 'उनीहरू यसै सुन्दर देखिन्छन्। ब्युटिसियनको काम त 'करेक्सन' गर्ने मात्रै हो।' अग्ली, सलक्क परेको घाँटी भएकी, अण्डाकार 'फेसियल कट' वाला र ठूला आँखा भएका महिलालाई मेकअप गर्न सजिलो हुने उनी बताउँछिन्। 
अंगप्रत्यंग नमिलेका महिलालाई पनि सुन्दर बनाउन सकिने राजश्री बताउँछिन्। अर्की ब्युटी एक्सपर्ट रुबी राणा सुन्दर हुन शारीरिक संरचना मिलेको हुनु अति जरुरी ठान्छिन्। 'शरीरलाई मेन्टेन गर्न पनि जान्नुपर्छ,' उनी भन्छिन्, 'नत्र सौन्दर्य चाँडै नै ओइलाउँछ।' 
सौन्दर्य प्रतियोगिता
सौन्दर्य प्रतियोगिताका विरोधीहरू भन्छन्– 'जतिबेला एक जना विश्वसुन्दरीले सुन्दरताको ताज जित्छिन्, त्यतिबेला संसारभरिका करौँडो महिला हार्छन्।' अर्काेतिर सौन्दर्य प्रतियोगितालाई महिलाको क्षमता, शक्ति र प्रतिभा उजागर गर्ने माध्यम ठान्नेहरू झन् धेरै छन्। 
मिस वर्ल्ड, मिस युनिभर्स, मिस एसिया प्यासेफिकलगायत थुप्रै किसिमका सुन्दरी प्रतियोेगिता अन्तर्राष्ट्रिय स्तरमा हुने गरेका छन्। नेपालकै कुरा गर्ने हो भने पनि यहाँ मिस नेपाल, मिस टिन, मिस राजधानी, मिस ग्लोबल इन्टरनेसनल, मिस एयर होस्टेस, मिस कलेज, मिस शेर्पा, मिस नेवाः, मिस एसएलसी प्रिन्सेस, मिस लिम्बू, मिस पूर्वाञ्चल, मिस बलामी, मिस मंगोल, मिस लिटिल नेवाः, मिस मारवाडी नेपाल, मिस चितवन आदि थुपैे्र सौन्दर्य प्रतियोगिता हुने गरेका छन्। 
यस्ता प्रतियोगिताका विजयी युवती निर्णायकका नजरमा सबैभन्दा सुन्दर महिला भए पनि अरूका लागि उनी सुन्दरी नहुन पनि सक्छिन्। 
पूँजीवादमा सौन्दर्य प्रतियोगिता नाफा कमाउने, नारी सौन्दर्यलाई बिक्री गर्ने माध्यम भएको बताउँछन्, मानवशास्त्री ढकाल। भन्छन्, 'मानिसको वास्तविक सौन्दर्य उसको गुण, क्षमता र योग्यतामा हुन्छ। बाहिरी रूपले सुन्दरताको आँकलन गर्न सकिँदैन।'
स्वास्थ्य, शिक्षा तथा सबै किसिमका सुविधाबाट सम्पन्न युवती वा महिला सुन्दरी प्रतिस्पर्धामा भाग लिन्छन् र सुन्दरी बन्छन्। यस विपरीत गाउँघरका अशिक्षित र गरीब युवती यस अवसरबाट वञ्चित हुन्छन्। नेपालमा सौन्दर्य प्रतियोगितामा बर्सेनि साढे ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

नारीका ३२ लक्षण

१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु
२. हातका औ“ला लामा हुनु
३.औ“ला टम्म मिलेका हुनु
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न सात वटा सुगन्ध हुनु
६. हरिणका जस्ता फिला हुनु
७. गुप्तांगहरू हात्तीको अण्डकोषझैँ गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहजस्तै सलक्क मिलेको हुनु
९. शरीर सुगठित हुनु
१०. का“ध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्ररी फर्कने हुनु
१२. पाखुरा लामा हुनु
१३. सम्पूर्ण शरीर कान्तिमय हुनु
१४. शंखसमान घा“टी हुनु
१५. सोझो र सिंहको जस्तो चिउ“डो हुनु 
१६. बत्तीस वटा दा“त हुनु
१७. चम्किला र टमक्क जोडिएका दन्तपंक्ति हुनु
१८. समान मिलेका दा“त हुनु
१९. बंगारा स्वच्छ र सुन्दर हुन 
२०. जिब्रो लामो हुनु 
२१. सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु 
२२. भ“गेराको जस्तो स्वर हुुनु
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२४. आ“खीभौ“ सा“ढेका जस्ता र नीलकमलका रङका हुनु
२५. आ“खीभौ“का बीच रौ“कै कोमल र सूक्ष्म रेखा हुनु
२६. मिलेको कपाल हुनु
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
२९. शरीरमा धेरै र परस्पर टा“सिएका नरम र दाहिनेतिर घुमेका रौ“ हुनु
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३१. न्याग्रोध परिमण्डल 
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु।

Leave a comment

राहत लम्बेतान प्रक्रिया नबनोस्

भूकम्पपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका दातृ निकायहरू सरकारी च्यानलबाट रकम खर्च गर्न आनाकानी गर्दै छन्। नेपालको सरकारी संयन्त्र पारदर्शी नभएको र आफूले दिएको रकम दुरुपयोग हुन सक्ने आशंका...

एचआईभी संक्रमितको सहयोगार्थ 'सम्बोधन'

एचआईभी संक्रमितको सहयोगार्थ 'सम्बोधन'

फिल्म 'सम्बोधन'ले च्यारिटी शो गर्दै प्रदर्शन थालेको छ। समाज सुधारको विषयलाई जोड दिएर बनाइएको फिल्मले एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ दाङमा पहिलो शो देखाएको हो।

पार्वतीको तपस्या

पार्वतीको तपस्या

नयाँ वर्षको सुरुवाती समय भएकाले सबैले आफ्ना योजना र संकल्प सुनाउन थालेका छन्। लोकदोहोरी गीतमा नृत्यांगनाका रूपमा एकछत्र राज गरिरहेकी पार्वती राईले पनि नयाँ वर्षमा केही नयाँ काम गर्ने योजना...

फरक स्वर, फरक विचार

फरक स्वर, फरक विचार

फरक स्वरकै कारण फरक परिचय बनाएकी गायिका आस्था राउतले काम पनि त्यस्तै गरिन्। सामान्यतः नयाँ गायिकालाई सुरुमा कसैले नपत्याउने भएकाले उनीहरू पहिले आफ्नै एल्बम बजारमा ल्याउने गर्छन्। तर, आस्थाले उल्टो...

खुल्लमखुल्ला देहसुख

खुल्लमखुल्ला देहसुख

चाणक्य नीति भन्छ– सद्गुणी व्यक्ति त्यो हो, जसले कागले झैँ कसैले नदेख्नेगरी संसर्ग गर्छ। सेलिब्रिटीको हकमा यो नियम अझ लागू हुन्छ, किनकि उनीहरूलाई सार्वजनिक स्थलमा मिडिया र पापाराजीले पछ्याइरहेका हुन्छन्।...

आत्मसमर्पणवादी 'कलिउड'

आत्मसमर्पणवादी 'कलिउड'

कुनै मान्छे, ठाउँ वा चिजको नाम जुराउन 'कुण्डली' केलाइन्छ। मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ। तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रूपमा प्रयोग गरिने शब्द 'कलिउड'ले न...

व्यंग्य : दयावीरहरूको देश

हामी नेपालीले सबैभन्दा पढेको र सुनेको गौरवगाथा हाम्रो वीरताको हो। हाम्रा कवि, कलाकार र इतिहासकारहरूले हाम्रो वीरतालाई यसरी प्राथमिकता दिए कि वीरअस्पतालमा उपचार गर्ने हरेक नेपालीले आफूलाई वीर सम्झने मनोवृत्तिको...

भुत प्रियंका

भुत प्रियंका

पपुलर डेब्यू अभिनेत्री अवार्ड प्रियंका कार्कीका लागि ढिलो भयो किनभने यो अवार्ड पाउने अवस्थासम्म आइपुग्दा उनी पपुलर हिरोइनकै क्याटगोरीमा प्रतिस्पर्धा गर्ने भइसकेकी थिइन्। एउटै फिल्म हिट नहुँदा पनि 'पपुलर' भएकी...