Tuesday 24 Mangshir, 2076 | December 10, 2019
Menu

स्वास्थ्य

republica-headerdiscount-subscribe1

istl

भिन्डीका १७ फाइदा

(0 votes)
भिन्डीका १७ फाइदा
– भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ।


nepali-patro-may
– भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ।

– गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ। साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ।

– भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन्।

– भिन्डीमा पाइने भिटामिन–सीलगायत तŒवले दमको असर कम गर्छ।

– आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ। वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ।

– भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ।

– भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ। भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।

– भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ।

– भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ।

– भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ।

– भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन्।

– आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ।

– भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन।

– रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ।

– भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याेउँछ।

– भिन्डी प्रोटिनको राम्रो स्रोत भएकाले शरीरमा प्रोटिनको इन्टेक बढाउन यसको तरकारी खान सकिन्छ।

प्रतिक्रिया