Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

संघीय गठबन्धनको सिंहदरबार घेराउ जारी

(0 votes)
काठमाडौं–मधेसी मोर्चासहितको संघीय गठबन्धन आज पनि सिंहदरबार घेराउलाई निरन्तरता दिएको छ। गठबन्धनका नेताहरुले हनुमानस्थान, माइतीघर मण्डला र बबरमहलमा धर्ना दिएका छन्। सरकारले आफूहरुको माग सम्वोधन नगरेको भन्दै मधेसी मोर्चासहितको संघीय गठबन्धनले जेट २ र ३ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेका थिए।
nepali-patro-may

उनीहरुले आइतबार पनि सिंहदरबार घेराउ अन्तर्गत हनुमानस्थान, माइतीघर मण्डला र बबरमहलमा धर्ना दिएका थिए। यसअघि मधेसी मोर्चाले संविधानमा आफूहरुको माग नसमेटेको भन्दै करिव ६ महिना लामो मधेस केन्द्रित आन्दोलन गरेका थिए। मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै छिमेकी मुलुक भारतले नेपालमाथि पाँच महिनासम्म नाकाबन्दीसमेत लगाएको थियो।

सरकारले भने मधेसी मोर्चाको माग अनुसार संविधान संशोधन गरिएको, बाँकी मुद्दामा सम्बोधन गर्न मोर्चाकै सहमतिमा उच्चस्तरीय राजनीतिक गठन गरिएको भन्दै वार्तामा आउन मोर्चालाई आग्रह गरेको छ। तर गठबन्धनको नेताले भने सरकारसँग वार्ता नगर्ने भन्दै आन्दोलन गर्दै आएका छन्। आजको प्रदशर्ननमा हनुमानस्थानमा तमलोपा, सद्भावना र तमसपा र रामसपाका नेताले नेतृत्व गरेका छन् भने माइतघर मण्डलातर्फ संघीय समाजवादी फोरम नेपाल र विभिन्न आदिवासी जनजातिले धर्ना दिएका छन्। सरकारले गठबन्धनको आन्दोलनलाई मध्यनजर गर्दै ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रतिक्रिया