Thursday 26 Mangshir, 2076 | December 12, 2019
Menu

republica-headerdiscount-subscribe1

istl

पानीको पालो कुर्दै बित्छ बिहान

(0 votes)
पानीको पालो कुर्दै बित्छ बिहान
चितवन– स्यामराङ गाउँमा अल्प संखयक सिमान्तकृत आदिवासी समुदाय चेपाङको मात्रै बसोबास छ । चितवनको पहाडी गाविस लोथरको वडा–७ मा पर्छ यो गाउँ। सदरमुकाम भरतपुरदेखि उत्तरमा रहेको यो गाउँ पुग्न सजिलो छैन।
nepali-patro-may
थोरै राजमार्गको यात्रा र त्यसपछि उकालो, ओरालो र घुमाउरो कच्ची बाटोको लगभग तीन घण्टा यात्रा गरेपछि पनि पैदल हिँडेनलाई जब्बर उकालो बाँकी रहन्छ। जुन उकालो उक्लन हिँड्न सक्नेलाई पनि दुई घण्टा लाग्छ ।
Syamrang Ma Pani Sankat 1
लामो र थकानपूर्ण यात्रापछि गाउँ पुग्दा कडा तिर्खा लाग्नु स्वभाविकै हो। तर गाउँमा खोज्ने बित्तिकै पिउने पानी नपाइन सक्छ। स्यामराङवासी पिउने पानीको समस्याले पीडित छन्। गाउँदेखि एक घण्टा पर रहेको सानो मुहानमा पानी भर्न गाउँलेको बिहान, दिउँसो, साँझ र उस्तै परे रातमा पनि लाइन लाग्ने गर्छ। पालो कुरेर पानी भर्छन गाउँलेहरु। पालो चाडै आओस भनेर झिसमिसेमै कुवामा पुग्छन् महिला, पुरुष र केटाकेटीहरु ।

शनिबार बिहान सवा छ बजे गाउँदेखि पर रहेको कुवामा पुग्दा छजना भेटिए। झम्क चेपाङ, विनोद चेपाङ, सुवासी चेपाङ र ज्ञानीमाया चेपाङ पालो पर्खदै थिए। मनमाया चेपाङ पानी भर्दै थिइन्। सुन्तली चेपाङ पानी भरेर घर फर्कने तरखरमा थिइन्। 'पाँचै बजे आएको हो अझै तीनजनापछि बल्ल मेरो पालो आउने भयो', झम्क चेपाङले भने।
Syamrang Ma Pani Sankat 2
सानो कालो पाइपबाट थोरै पानी झरेको थियो । गाउँलेले एउटा गाग्री भर्न २० मिनेट लगाउँथे । 'अनि यति सानो पानीमा पालो कुरेर गाग्री भर्दा बिहानै बित्छ। कहिले काँही चार घण्टा यही बित्छ', सुवासी चेपाङले भनिन्। वडा नं. ७ को स्यामराङ र लगदम गाउँका ८७ घरधुरीले यही पानी खाने गरेका छन्। त्यो सानो धारोभन्दा एक घण्टा पर सानो खोला पनि छ । खोलाको पानी झनै थोरै र धमिलो छ ।
Syamrang Ma Pani Sankat 5
'यहाँ कुर्दा कुर्दै दिनै बित्ने गर्छ। साह्रै अबेला भयो भने कोही कोही त्यो खोलामा गएर पनि पिउने पानी ल्याउँछन्', स्यामराङका बुद्धिलाल चेपाङले भने। वर्षौदेखि स्यामराङवासीको दिन यसरी चल्दै आएको छ। वर्षापछिका महिना पानी अलि ठूलो आउने भएकाले केही राहत हुन्छ। कात्तिक लागेपछि पानीका लागि कष्ट सुरु हुन्छ ।
Syamrang Ma Pani Sankat 3
विसं २०५१ सालमा खानेपानी योजना सञ्चालन गरेर गाउँमा पाँचवटा धारा राखे पनि सफल नभएको स्थानीय प्रथामिक विद्यालयका प्रधानअध्यापक अतिबल चेपाङले बताए। 'यहाँदेखि १४ किलो मिटर पर राम्रो मुहान छ । तर त्यही टाढा गएर न पानी भर्न सकिन्छ न खानो पानी योजना सञ्चालन गर्न सक्ने वजेट छ । त्यसैले हामी पानीका लागि सास्ती बेहोर्न बाध्य छौं', प्रधानअध्यापक अतिबलले भने ।
रमेशकुमार पौडेल

पौडेल नागरिक दैनिकको चितवन संबाददाता हुन्।

प्रतिक्रिया