Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

भीम तुलाधरको नयाँ आयाम

(2 votes)
भीम तुलाधरको नयाँ आयाम
क्यासेटको बजारमा बाढी आउँदा गायक भीम तुलाधर डंुगा खियाउँदै थिए। बाढी बिस्तारै सुक्दै गयो। तुलाधरको डुंगा पनि नचल्ने अवस्थामा पुग्यो। त्यसैले उनी अहिले अलमलमा छन्– प्रविधिको विकासले गायक गायिकालाई राम्रो गर्‍यो कि नराम्रो!


nepali-patro-may
असनको आफ्नै घरमा क्यासेट सेन्टर थियो– अन्नपूर्ण क्यासेट सेन्टर। दाइसँग उनी पनि त्यहीँ तल्लिन हुन्थे। ३९ सालदेखि सुरु भएको क्यासेट सेन्टरमा हिन्दी, अंग्रेजी एल्बमले तखता भरिएका हुन्थे। तखताबाट एल्बम निकालेर बिटल्स ब्यान्ड, पर्पल, पिङ फायर्डजस्ता विश्वप्रसिद्ध ब्यान्डका गीत सुन्थे।

एसएलसी दिएपछि छ महिनाजति 'ग्याप' हुन्थ्यो। ४० सालमा एसएलसी दिएका तुलाधर त्यही छ महिनाको सदुपयोग गर्न संगीततिर लागे। उनी ड्रमबाट मिठो ताल निकाल्न तल्लिन भए। 'मलाई बिटल ब्यान्डका गीत एकदमै मनपर्थ्यो,' उनी भन्छन्, 'यही गीतको प्रभावले म संगीतमा लागेँ।'

क्रिसमसको दिन सुन्धाराको एक कफी शपमा गफिँदै तुलाधरले भने, 'यस्तै क्रिसमस, नयाँ वर्षको बेलामा अंग्रेजी गीत घन्किन्थे। नेपालीको खासै थिएनन्।'

केटाकेटीमा धेरै हिन्दी र फाट्टफुट्ट अंग्रेजी सुन्थे उनी। ल्याबोरोटरी हाइस्कुल कीर्तिपुरमा पढेका तुलाधर एसएलसी उत्तीर्ण भएपछि अमृत साइन्स क्याम्पस भर्ना भए। दुईचार महिना गिटार पनि सिके। त्यहाँ नयाँ साथी भेटिए। साथीहरूसँग उनी स्वयम्भूमा भेटघाट गर्थे। ध्रुव लामा, नरेन्द्र, कविद्र शाक्यजस्ता साथी तुलाधरको घरमा जम्मा हुन्थे। असनको घरमा स्पिकर बजाएर पूरै थर्काउँथे। बाटोमा हिँड्ने जम्मा भएर सुन्थे।

४० सालतिर हरेक पूर्णितको रात उनीहरू स्वयम्भूमा पुग्थे। फाट्टफुट्ट मान्छे जम्मा गरेर रमाइलो गर्थे। चोकचोकमा कार्यक्रम गर्ने चलन सुरु भइसकेको थियो।

त्यही माहोलमा कविन्द्र शाक्यसँग दोस्ती भयो। कविन्द्र कविता र गीत लेख्थे। अन्य साथी पनि तुलाधरजस्तै अंग्रेजी ब्यान्डको फ्यान रहेछन्।

अंग्रेजीजस्ता हल्काफुल्का गीत नेपालीमा भएनन्, उनीहरू यस्तै विषयमा गफिन्थे। 'त्यतिखेर नारायण गोपाल, गोपाल योन्जन, दीप श्रेष्ठजस्ता कलाकारका क्लासिक गीतमात्र थिए,' तुलाधर भन्छन्, 'ती गीत राम्रा भए पनि नयाँ पिँढीले अंग्रेजी नै मन पराउँथे।'

साथीहरूबीच बिटल्स ब्यान्डले जस्तो लभ, ट्राजिडीजस्ता 'पप' गीतहरू निकाल्ने सल्लाह गरे उनीहरूले। एकदिन कविन्द्रले भने, 'मैले गीत लेख्छु, तँैले कम्पोज गर है त।' तुलाधरले सहमति जनाए। कविन्द्रले गीत लेखे–

भनिदेऊ मायालु तिमी कसको

मेरो हो कि उसको

नढाँटी भनिदेऊ।

गीत राम्रो लाग्यो तुलाधरलाई। उनले यो गीतलाई कम्पोज गरे। क्लासिकल गीतहरू सुनिरहेकालाई यो गीत नयाँ लाग्यो। 'फरक टेस्टको सिम्पल, टची गीत' भनेर प्रतिक्रिया दिए। तुलाधरलाई पनि हौसला बढ्यो। स्वयम्भूमा रविन दर्शनधारीको आल्फा रेकर्डिङ स्टुडियो थियो। त्यही स्टुडियोमा यो गीत रेकर्ड गरे।

गीत रेकर्ड गरेर सुन्दा अनौठो नयाँ खालको लाग्यो। केही महिनापछि नेपाल टेलिभिजनबाट पनि प्रसारण भयो। एनटिभी भर्खर सुरु भएको थियो। एनटिभीमा एउटा स्टुडियो थियो। रेकर्डिङ स्टुडियोभित्र छिर्दा जुत्ता खोलेर छिर्नुपर्थ्यो। जुत्ता खालेर पर्फमेन्स दिनपर्थ्यो। उनीहरू पनि त्यसै गरे। उनीहरूको गीत टेलिभिजनबाट प्रसारण भयो। गीतको यतिधेरै चर्चा भयो, यही गीतको आडमा उनको संगीत यात्रा सुरु भयो।

१६–१७ वर्षको उमेर थियो। यही जोसमा उनीहरू यस्तै अरू गीत पनि रेकर्ड गर्न तम्सिए। कविन्द्रले भट्टाभट्ट गीत लेख्दै गए। दुई जनाले मात्र एल्बम निकाल्न सम्भव थिएन। अन्य साथी पनि जम्मा गरे– निर्मल ड्रमर, राजेन बेस्ट गिटारिस्ट किबोर्डिसमा राजेश र विनय। विनय र तुलाधर भोकलमा थिए । छ जनाको समूह भयो र यो समूहको नाम राखे– 'द इन्फ्युयन्स ब्यान्ड'।

ब्यान्डले पहिलो एल्बम निकाले– मायालुलाई। रेकर्डिङको लागि धेरै गाह्रो थियो। लाइभ रेकर्डिङ गर्नुपर्थ्यो। बल्बल्ल रेकर्डिङ गरेको एल्बममा आठ वटा गीत थिए।

'हामीले पनि पश्चिमी खालका गीत निकाल्न सफल भयौं,' तुलाधर भन्छन् 'त्यतिखेर नेपाली पप गीत भन्ने चलन नै थिएन। पछि मात्र नेपाली पप गीत भनिएको हो।'

तुलाधर दाबी गर्छन्, उनीहरूले निकालेको 'मायालुलाई' भन्ने एल्बम नेपाली ब्यान्डले निकालेको पहिलो एल्बम हो। 'त्यो बेलासम्म एकल एल्बम निकाले पनि ब्यान्डले निकालेको पश्चिमा शैलीको हाम्रो पहिलो एल्बम हो,' तुलाधरले भने।

त्यो बेला कति अप्ठ्यारो थियो भने भोकल पास गर्न रेडियो नेपाल जानुपर्ने। अनुत्तीर्ण पनि हुन सकिन्थ्यो। रेडियो नेपाल जाऊ, टाइम लेऊ, भोकल परीक्षा देऊ, पास भए फेरि रेकर्डिङ गर्न जाऊ। त्यसलाई ब्रेक गरेर प्राइभेट रूपमा गीत रेकर्ड गरेर एल्बम निकाल्न सकिन्छ भनेर देखाएका थिए उनीहरूले। २०५० साल सम्म त दिनको दुई तीनवटा जस्तो एल्बम निस्कन्थे।

त्यतिखेर काठमाडौंमा अरू ब्यान्ड पनि नभएका होइनन्। प्रिज्मा, लेजेन्ड, काठमाडौं क्याट्स्, एलिगेन्ट्स, ब्लाइन्ड फेड, रोधीजस्ता ब्यान्ड थिए। ती सबै ब्यान्डले अंग्रेजी गीतमात्र गाएको तुलाधर बताउँछन्। कन्सर्टमा पनि अंग्रेजी गीतमात्र बज्थे। यी ब्यान्डहरू अरु कलाकारलाई व्याकअपका रुपमा सहयोग पनि गर्थे। गायक सिंगल हुन्छ भने व्याकअप व्याग हुन्थ्यो। प्रिज्मले धेरै कर्न्सटमा व्याकअप व्यान्डको काम गरेको छ।

तुलाधरका अनुसार उनीहरूका व्यान्डले स्टेजमा नयाँ पन ल्याइदियो। त्यसपछि कन्सर्टहरूमा पनि नेपाली गीतहरू प्रशस्त मात्रामा घन्किन थाले। जुन गीतहरू पश्चिमी शैलीका पप र रक एण्ड रोल जस्ता थिए। त्यसपछि नेपाली गीतको कर्न्सट हुनथाल्यो। गायक पनि धेरै आए।

प्रजातन्त्रको आगमनसँगै कीर्तिपुर पांगामा ठूलो कन्सर्ट भएको थियो। त्यो बेलामा धेरै समूह व्यान्डहरूको सहभागिता थियो। तुलाधरको व्यान्ड सहित संजय श्रेष्ठ, संजिब प्रधान, सर्जु रन्जित, हरिष माथेमा, सुनिल उप्रेती लगायतका गायक स्टेजमा आएका थिए। व्याकअप व्यान्डमा प्रिज्मा थियो। यस्तै चर्चा भएको अर्को कन्सर्ट भएको ४८ सालतिर धरानमा भएको। त्यो कार्यक्रममा देव, सुवर्ड लिम्बु, मदनसिंह नेपाली, हरिष माथेमा, सुनिल उप्रेती, सुदिप रिजाल, प्रवेसमान शाक्य, पुनम प्रधान सहित तुलाधर पनि थिए।

त्यतिबेला बनेपामा पनि ठूलै कन्सर्ट गरे उनीहरूले। योगेश्वर अमात्य, हरिष माथेमा, सुनिल, संजय, तुलाधर लगायतका गायकमा व्याकअप व्यान्डमा प्रिज्म थियो। पप, रक एण्ड रोल, पश्चिमा गीत प्रस्तुत गरेको यो कन्सर्ट अहिलेसम्म पनि सम्झन्छन दर्शकले। 'अहिलेसम्म पनि यस्तै कन्सर्ट गर्नु पर्‍यो भनेर म्यासेज पठाउँछन्, तुलाधर भन्छन्, 'मान्छेलाई उचाल्ने खालको थियो कार्यक्रम।'

पोखरा, धरानमा जस्ता काठमाडौं बाहिरका सहर पनि उनी पुगेका छन्। दर्शकहरू कन्सर्टको लागि मरिहत्ते गर्थे। अहिले चलेका केही कलाकार तुलाधरसँग हिड्दा हिड्दै पनि दर्शकमाझ चर्चित भए।

यो समूहले २०४४ सालमा अर्को एल्बम निकाल्यो– सपनीमा। तर यो समूहले आफ्नो संगीतको यात्रालाई निरन्तरता दिन भने सकेन। 'हाम्रो व्यान्डले दुई तीनवटा मात्र कन्सर्ट गरेका थियौं,' तुलाधर भन्छन्, 'साथीहरूको व्यस्तताले गर्दा लाखपाखा लागे।' तुलाधर भने अगाडी बढिरहे। २०५६ सालमा 'सम्झना' एल्बम निकाल्दासम्म उनी ७ वटा सोलो र कलेक्सनमा ३ वटा कलेक्समा स्वार दिएका छन्।

व्यान्डबाट 'पहिलो एल्बम' निकालेका तुलाधरले नेवारी गीत पनि धेरै गाएका छन्। उनले निकालेको 'ज' ले निकै चर्चा पनि पायो। नेवारीमा भजन एक, सोलो ३ वटा र केही कलेक्सन छन्। उनले नेपाली र नेवारीमा 'नन स्टप' गीतहरू पनि गाएका छन्। त्यतिबेला पार्टीमा अंग्रजी 'नन स्टप' गीतमात्र बज्थे। 'नेपाली नन स्टप गीत पनि गाउन मन लाग्यो,' तुलाधर भन्छन्, 'यो पनि मेरो नयाँ प्रयोग थियो।'

नेपाली पप संगित नभएको अवस्थामा उनले टिनेजलाई हुनेखालको गीत गाए। 'भनिदेउ मायालु,' 'अंगालो अंगालो,' 'मृद्ध घरकी आमालाई एउटा बुहारीको खाँचो छ,' भन्ने लोक वेसमा भएको गीतले पनि चर्चा पायो।

उलने संगीतको यात्रा सुरु गर्दा मखन टोलमा मखन क्यासेट सेन्टर ( एमसिसि) थियो। त्यसबाहेक उनको अन्नपुर्ण क्यासेट सेन्टर र रन्जना हल अगाडी पनि दुई तीनवटा थिए। क्यासेट धेरै चल्थे। मान्छेले संगीत सुन्ने भनेकै क्यासेटमा थियो। क्यासेट सुन्ने चलन नारायण गोपालको गीती यात्रा निस्केपछि अझ धेरै बढ्यो। यो क्यासेट बजारमा मारामार बिक्यो। दीप श्रेष्ठको पनि धेरै चल्यो। पुराना गीतको एल्बम पनि फेरी चल्न थाले।

उनले आफ्नो एल्बम मात्र होइन। अन्नपूर्ण क्यासेट सेन्टरलाई कम्पनीको रुपमा अगाडी बडाए। क्यासेट उत्पादक भए। अहिले पनि उनी अडियो भिडियोको काम गर्छन। नेवारी म्युजिक भिडियो, फिल्म उत्पादन गर्छन। 'मैले अहिलेसम्म तीन सयको हाराहारीमा एल्बम निकालेको छु,' तुलाधरले भने, 'अहिले पनि फाट्टफुट्ट चलिरहेको छ।'

उनीसँगै हारती, मुनलाईट, ताल, म्युजिक डट कम जस्ता धेरै कम्पनी आए। त्यो बेलामा सबैभन्दा चलेको स्टुडियो सिम्फोनिक स्टुडियो थियो।

५० सालपछि भने क्यासेटको बजार लगभक शून्य जस्तै भयो। ५६ सालमा अन्तिम एल्बम निकालेका तुलाधर त्यसपछि एल्बम निकाल्ने आँट गर्न सकेका छैनन्। 'नयाँ एल्बम निकाल्ने सोँचमा त छु, तर आँट गरेको छैन,' उनले भने।

नारायण गोपालको गीत सुनिरहेकाहरू गीत गाउन गाह्रो हुन्छ भन्थे। 'तर हामीले नारायण गोपालको जस्तो मात्र होइन यस्तो पनि गीत गाउन सकिन्छ भनेर बाटो देखाएका थियौं।,' तुलाधरले भने, 'सजिलो र हल्लाका खालका गीतहरू पनि गाउन सकिन्छ भन्ने हामीले प्रमाणित गरेका थियौं।'

त्यसपछि उनले देखाएको बाटोमा अन्य धेरै प्रतिवाभान कलाकारहरू थपिए। एल्बम थपिए। म्युजिक कम्पनी थपिए र नेपाली संगितले ठूलो क्षेत्र बनायो। तर पनि उनी एक कुरामा अलमल छन्– कलाकारले क्यासेट ननिकालि पनि भएन। निकाले पनि अहिले क्यासेट बिक्रि हुदैनन्।

Leave a comment

भरियालाई भ्याइनभ्याइ

भरियालाई भ्याइनभ्याइ

खुर्कोट (सिन्धुली)– उनीहरू हतारमा छन्। सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने झोलुंगे पुलमा होस् वा सुनकोसी किनारको खुर्कोट नयाँ बजारमा उनीहरू दौडिरहेका छन्। हातमा नाम्लो लिएका वा पिठ्युँमा भारी बोकेका–...

किताबी ठेलीमा उभिनुभएको शिव दाइ

मोतीराम भट्टद्वारा लिखित र आजभन्दा १२२ वर्षअघि प्रकाशित कवि भानुभक्तको जीवनचरित्र अंग्रेजीमा अनुवाद गर्दै थिए। अकृनको फोन आयो, 'दाइ, शिव दाइ बित्नुभयो।' 'मोतीरामलाई पाखा राखे, पिकदूत पढ्ने इच्छा थियो त्यसदिन।...

माटो सुहाउँदो विकास वकालत

कर्णालीको विकास गरिनुपर्छ। जलविद्युत् निकालेर लोडसेडिङ अन्त्य गर्नुपर्छ। विकास दिगो हुनुपर्छ। पर्यटनबाटै मुलुक विकास हुने भएकाले यसतर्फ लाग्न ढिला भइसक्यो। समृद्ध नेपाल नबनाइ हुँदैन– खासगरी राजनीति गर्नेहरुले भाषणमा बारम्बार दोहोर्या...

ह्वाईट बोर्डमा सिमित तालिम केन्द्र

ह्वाईट बोर्डमा सिमित तालिम केन्द्र

काठमाडौं-नेपालजस्तो गरिब देशले आफ्ना नागरिकलाई सिपमूलक तालिम दिनका लागि वर्षको १८ अर्ब रुपैयाँ खर्च गर्छ भन्नु आफैंमा अपत्यारिलो त छँदै छ, त्योभन्दा अचम्मचाहिँ के छ भने त्यति पैसा खर्च गरेका...

लेख्नुको कथा

लेखेर हिँड्दो रहेछु आजकलजहाँ पनि, जहिले पनिसडक विस्तारित हुनु र नहुनुमैले भोगेकै नियतिको कथासहर कागतका पन्नामा लेख्छु

फेरिँदो पहिरन

फेरिँदो पहिरन

बिहेको धेरै वर्षसम्म पनि रत्नदेवी ढुंगानाको पहिरन एकैखाले थियो– सारी र फरिया।काठमाडौं, जोरपाटीनिवासी यी ७५ वर्षीयाले पाँच वर्षयता भने आफ्नो पहिरनशैली केही विस्तार गरेकी छन्। हिजोआज उनी प्रायः कुर्तासुरुवालमा भेटिन्छिन्।

अमलेखगन्जको मिलाप

अमलेखगन्जको मिलाप

अमलेखगन्ज- अमलेखगन्जका भरत घले बजारटोलस्थित आफ्नै घरमा पत्नी गीता साहसँगै बसेर सन्तानको तस्बिर नियाल्दै थिए। जिल्लाको अर्को कुनामा सीमांकनमा असहमति र छुट्टै प्रदेशको माग गर्दै मधेसवादी दलको आन्दोलन चर्कंदै थियो।...

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो...