Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

लेख्नुको कथा

(0 votes)
लेखेर हिँड्दो रहेछु आजकल
जहाँ पनि, जहिले पनि
सडक विस्तारित हुनु र नहुनु
मैले भोगेकै नियतिको कथा
सहर कागतका पन्नामा लेख्छु
nepali-patro-may
पल्टाउँदै लेख्छु पाइताला आँखा र 
शरीरले जुन सधैंसधैं गुरुत्वाकर्षणका
नयाँनयाँ पाठहरू बोकेर हिँड्छु
सधैं लेख्छु जे पनि
भरंग भएको मन लेख्छु
धुलाम्मे सहरको आकाशमा
छियाछिया भएको मन लेख्छु
आधा खनेर छोडेका सडकमा
धुलाम्य हावामा सुसेलीले लेख्छु
किताबहरूभरि लेख्छु
राजनीतिका हल्ला लेख्छु
अनिर्णयहरू लेख्छु,
हरेक बिहान अखबार पस्छन् अक्षर बोकेर
हेर्छु अनि किनाराहरूमा लेख्न थाल्छु
नछोइने, नसकिने, नबुझिने र मन लाग्ने/नलाग्ने
पाठहरू लेखिबस्छु, आजकल
यो देश पनि लेख्नेमात्र कुरा गरिबस्छ
संविधान लेख्छ, लेख्तैन
संझौताहरू लेख्छ, लेख्तैन
विदेशमा बसेका दुखिया आफना जनहरूको निम्ति
पत्रहरू लेख्छ, लेख्तैन
नियतिहरू अति नै कष्टले भोगेका
मानिसहरूको कथा यो देशले लेख्छ, लेख्तैन
यही लेख्नु र नलेख्नुको महान अन्तर्द्वन्द्वमा 
म भने सधैं लेखिरहन्छु
कहिलेदेखि यस्तो नियतिवश, इच्छा र मायाले 
अनि लेख्नुबाहेक अरू केही नदेखेर
यो सहरमा म आजकाल
लेख्छुमात्र, जारी छ 
पानाहरू भरिन्छन् र मेटिन्छन् तर
हामी सबै भने यहाँ केही लेखिएला भनेर
पर्खिबसेकै छौं
हेर्नुछ कति लेख्छन्, लेख्तैनन्
केही लेखिनेछ, लेखिनेछैन
नभए अर्को लेख्ने तयारी 
पछि नै गरौंला भनेर बसेका छौं।

Leave a comment

संघर्षको सहरमा सफलताको वर्षा

'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र...

गृहिणीको सकस

गृहिणीको सकस

कोटेश्वर महादेवस्थानमा साताको एक दिनमात्रै उपत्यका खानेपानी लिमिटेडको ट्यांकरले पानी वितरण गर्छ। ट्यांकर पुग्नेबित्तिकै स्थानीय उपभोक्ता हातमा प्लास्टिकका जर्किन, जार, बाल्टिन, गाग्रो वा बोतल लिएर धुइरिइहाल्छन्।

बुटवल मास्तिर नुवाकोट

बुटवल मास्तिर नुवाकोट

बुटवलमा गर्मी बढेको छ। शीतल खोज्दै नुवाकोट उक्लनेहरू बढ्दै छन्। सामान्यतः बुटवल बजारमा भन्दा नुवाकोटमा आठ डिग्री तापक्रम कम हुन्छ। शीतल त छँदै छ, धार्मिक, प्राकृतिक र ऐतिहासिक रूपमा पनि...

स्वामित्वको विवाद

स्वामित्वको विवाद

चितवन- वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा नवगठित कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच स्वामित्वको विवाद कायमै रहँदा पठनपाठन प्रभावित भएको छ। दुवै विश्वविद्यालयले विद्यार्थी भर्ना जारी राखेका कारण...

बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

रातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ।...

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई...

बुद्धभूमिको माटो निधारमा

बुद्धभूमिको माटो निधारमा

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनी घुम्न पाउँदा संसारभरका बौद्धमार्गी आफुलाई भाग्यमानी ठान्छन्। लुम्बिनीको माटो निधारमा लगाउँछन्। माटो र इट्टाको टुक्रा स्वदेश लान्छन्। कति ठूलो आस्था!

मण्डेलाको भाषण

आज हामी सिंगै देश र विश्वलाई नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेका छौं।असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछौं, जसप्रति भोलि सिंगो मानवताले गौरव गर्नुपर्ने छ। हाम्रा...