Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

काठमान्डूप्रति

(5 votes)
काठमान्डू छिरेपछि स्वयं काठमान्डू बन्न खोज्छ मान्छे।
चोभार थुनेर पौडिन खोज्छ, सक्तैन
महाराज बन्न खोज्छ, बन्दैन
nepali-patro-may
आफूले थेगेको आकाश हेर्छ, जमिन हेर्दैन
विक्षिप्त हुन्छ र काठमान्डूको नाकैमा उभिएर गर्छ सत्तोसराप।
आफ्नो उचाइ नाप्छ धराहरास"ग
रानीपोखरीमा पहिचानको गहिराइ खोज्छ
यहा"का सा"घुरा गल्लीभन्दा असरल्ल
आफ्नै सपनाका खो"चमा चेपिएपछि
तथानाम गाली गर्छ।
गाली गर्ने देखेर लाग्छ, काठमान्डू एउटा कुख्यात अपराधी हो?
आफ्नै स्वाभिमानले उ"चो बा"चेको यसले
न कसैलाई बोलाउ"छ, न त किन आयौ भनेरै सोध्छ
न कसैलाई घोक्र्या उ"छ,
न माग्छ कसैस"ग भिख,
न रुन्छ कसैको काखमा घोप्टो परेर?
गाली गर्नेहरूको केवल एउटै ध्याउन्न हुन्छ
पशुपतिकै आशीर्वादले सिंगो काठमान्डू बन्ने
स्वयम्भूका आ"खाभित्र काठमान्डू देखिने
आफू दरबार उभिने
सिंहदरबार हुने र सलाम खाने।
काठमान्डू!
टाउकोमा मुड्कीले ठोके पनि चुप लाग्छ
घनले फुटाउन खोजे पनि बज्र बन्छ
काखैमा कुल्चि"दा पनि सहिरहन्छ।
काठमान्डूले अब त आ"खा खोले हुने!
बूढानीलकण्ठलाई उभ्याएर
बिरुपाक्षलाई हि"डाएर
उन्मत्त भैरवलाई नचाएर
कलिलाई जमिनबाट तत्काल निकालेर
हजार मन्दिरबाट देवदेवीलाई खुल्ला मैदानमा डाकेर
काठमान्डूले अकाट्य प्रतिउत्तर बोले हुने!
देख्नेहरुले बुझून्!
गालीले भत्किँदैन काठमान्डू
काठमान्डू भत्किन भत्किनुपर्छ नव–काठमान्डू।
पराजित ठान्नेहरूले बुझून्!
काठमान्डूको काँध चढ्दैमा काठमान्डू बन्न सक्तैन मान्छे।

Leave a comment

मृत्युअघि : मृत्युपछि

मृत्युअघि : मृत्युपछि

श्रीमतीसँग उनको बोलचाल नभएको करिब एक वर्ष भइसकेको थियो। त्यसताका उनी कृषि मन्त्री थिए। बलात्कारको मुद्दामा पक्राउ परेको आफ्नो कार्यकर्तालाई पूरै फोर्स लगाएर छुटाए, यता श्रीमती उनीसँग बोल्न छाडिन्। औपचारिक...

समाचार ‘लोकसाहित्य' होइन

समाचार ‘लोकसाहित्य' होइन

गत जुन महिनामा इन्डियन एक्सप्रेसको प्रधान सम्पादक पदबाट राजिनामा दिएका शेखर गुप्ता भारतका सबैभन्दा महँगा तथा व्यावसायिक सम्पादकमध्येमा गनिन्छन्। यही डिसेम्बरको दोस्रो साता भारतीय डिजिटल पत्रिका स्क्रोल डट इनले एक्सप्रेसमा...

प्राज्ञिक काममा राजनीति मिसिनुहुन्न

प्राज्ञिक काममा राजनीति मिसिनुहुन्न

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको सन्दर्भ पारेर हरेक असार ९ गते गर्दै आएको ‘राष्ट्रिय कविता महोत्सव' यो वर्ष माघ २५ र २६ गते गर्ने भएको छ। विगतका वर्षहरूमा महोत्सवमा सहभागी...

नेपाली हुनुको गौरव

नेपाली हुनुको गौरव

दुई सय वर्षअघि नेपाल–अंग्रेज युद्धमा अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा आफ्नो बहादुरी प्रदर्शन गरेका थिए। तर पनि नेपालले आफ्नो कतिपय भूमि गुमाउनुपर्योव। त्यसै समयमा...

मखमली आवाज

मखमली आवाज

कुनै बेला यी दुई गायकका आवाज चिन्न हम्मे पर्दथ्यो। कताकता उस्तैउस्तै लाग्थ्यो, यिनका गीत सुन्नेहरूलाई! हेर्ने होइन, आँखा चिम्लेर सुन्ने गीत, मनभित्र छुने रोमान्टिक र सेन्टिमेन्टल गीतमा यी दुवैको रूचि...

सजिलो छैन जीवन

सजिलो छैन जीवन

प्रिय छोरी स्मारिका,न्यानो माया।मलाई थाहा छ मलाई जति तिम्रो माया लागेको छ, म जति तिम्रा लागि पलपल जलेको छु, तिमीलाई यसको पत्तोसम्म छैन। भैहाले पनि फेरी तिमीले ओठ लेप्राउने छौ,...

हनुमान नाचमा रमाउँदै

हनुमान नाचमा रमाउँदै

बागलुङको न्यु एभरेस्ट एकेडेमी कक्षा आठका विद्यार्थी अभिषेक पौडेल ‰याली बजाउँदै थिए। आर्जन ओझा मृदुंगा (ढोलकी) ठोक्दै थिए। अभिषेक र आर्जनले पनि तालमा ताल मिलाएर बाजा बजाए।

अर्थात् घाटे

अर्थात् घाटे

आरम्भ–खण्ड(जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली।