Tuesday 6 Falgun, 2076 | February 18, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

क्रिकेटको सहर

(0 votes)
फाप्ला मैदानमा एनपिएलको एक खेलमा उपस्थित दर्शक। तस्बिर सौजन्य : रमन सिवाकोटी फाप्ला मैदानमा एनपिएलको एक खेलमा उपस्थित दर्शक। तस्बिर सौजन्य : रमन सिवाकोटी
कैलाली- धनगढी विमानस्थलबाट बाहिरिनेवित्तिकै एउटा होर्डिङ बोर्डले आगन्तुकलाई अभिवादन गर्छ, 'क्रिकेटको शहर धनगढीमा तपाईलाई स्वागत छ।' सुदूर पश्चिमको राजधानी मानिने कैलाली जिल्लाको यो नगरपालिका सडकमार्ग हुँदै पुग्नेलाई पनि विभिन्न व्यापारिक उत्पादनका होडिङ बोर्डले यसैगरी स्वागत गर्छन्। अत्तरिया चोक होस वा भारतीय सिमाको डोके बजार जताबाट धनगढी भित्रिनेलाई होडिङ बोर्डले भन्छन्, 'क्रिकेटको सहरमा तपाईलाई स्वागत छ।'


nepali-patro-may
नेपाली राष्ट्रिय टोलीले नामिबियामा माघमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा उत्कृष्ट प्रदर्शनका साथ हैसियत जोगाएपछि पूरा देश क्रिकेटमय भएको छ। त्यसअघि पनि राष्ट्रिय टोलीका लगातार सफलताले खेलकुदमा चासो नहुनेलाई समेत क्रिकेटप्रति लगाव पैदा गराएको थियो। अझ नामिबियाबाट फर्केपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट डिभिजन १ हैसियतको प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेपाललाई मौका प्रदान गरिएपछि देशभित्र क्रिकेटमाथि झनै आशा बढ्यो।

वेथिति, अपारदर्सिता, भ्रष्टाचार, कमजोर प्रशासन, आपसी कलह र दयनीय पूर्वाधारले बदनाम स्थितीमाथि जीत हासिल गर्दै राष्ट्रिय टोलीको सफलताले क्रिकेटलाई नवजीवन प्रदान गरेको छ। सरकारदेखि निजी क्षेत्र, राजनीतिदेखि सामाजिक कार्यकर्ता, विद्यार्थीदेखि व्यावसायीसम्म क्रिकेटले पहुच विस्तार गरेको छ। अझ विश्व क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता एकदिवसीय विश्वकप पनि यही समयमा परेपछि नेपाली क्रिकेटले सुहाउँदो मौसम पाएको छ।

यसैको प्रभाव हुन सक्छ, धनगढीलाई क्रिकेटको शहरका रुपमा वयान गरिनु। 'यत्तिमात्र होइन,' धनगढीलाई क्रिकेटको राजधानी बनाउने अभियानका मुख्य अभियन्ता सुवास शाही भन्छन्, 'हामीले केही वर्षअघि देखि नै यो अभियान सुरु गरिसकेका थियौं। औपचारिक रुपमा अघि बढाउन थालेको चाँही भर्खरै हो।'

पुस मसान्तमा धनगढी नगरपालिकाको नगरपरिषदले भौतिक पूर्वाधार निर्माण गर्ने, एकेडेमी तथा प्रतियोगितालाई निरन्तरता दिँदै धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्ने निर्णय गरेको थियो। नगरपालिकाको यो योजनामा नगरभित्र एउटा कम्तीमा ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने, नगरका सबै १४ वडामा कम्तिमा एक क्रिकेट मैदान बनाउने, हाल सञ्चालनमा रहेका प्रतियोगितालाई निरन्तरता दिने, क्रिकेट एकेडेमी सञ्चालन गर्ने तथा भविश्यमा अन्तर्राष्ट्रिय टिमहरुको तटस्थ मैदानका रुपमा धनगढीलाई स्थापित गर्ने उदेश्य सामेल छन्।

आफ्नै विशेष पहलमा पाँच वर्षअघि देखि धनगढीमा नेपाली क्रिकेटकै सबभन्दा बढि पुरस्कार राशीको एसपिए कप क्रिकेट प्रतियोगिता गर्दै आएका शाही राष्ट्रिय टोलीले हासिल गरेका लगातारका सफलताले अभियानमा बल पुर्या एको भने स्विकार्छन। 'राष्ट्रिय टोलीको प्रदर्शनले पूरा देशलाई नै क्रिकेटमा केही गर्न हौसाएको छ। हाम्रो हौसलामा पनि यसले बल दिएको पक्कै हो,' उनले सम्भि्कए, 'तर हामीले पाँच वर्षअघि देखि नै एसपिए कप गरेर यहाँको क्रिकेट माहोल तताएका हौं। अहिले यो प्रतियोतिगाको लागि पूरा धनगढी एक भएको छ। अव धनगढीलाई क्रिकेटको सहरका रुपमा स्थापित गर्न पनि हामी एक भएर काम गर्नेछौं।'

निजी शिक्षण संस्था सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए) ले २०१० बाट धनगढीमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्न थालेको थियो। प्रतियोगिताले चौथो संस्करण पूरा गर्दा सम्म एकेडेमीका निर्देशक शाहीले आफ्नै अध्यक्षतामा धनगढी क्रिकेट एकेडेमी (डिसिए) को स्थापना गरिसकेका छन्। डिसिएको टोलीले वार्षिक रुपमा भारत, बंगलादेश तथा श्रीलंकाको मैत्रीपूर्ण भ्रमण पनि गर्ने गरेको छ। त्यही एकेडेमीको आयोजनामा कैलालीमा धनगढी क्रिकेट लिग पनि हुने गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दुई सातामा राष्ट्रिय प्रतियोगिताको झारो टारिरहेको अवस्थामा डिसिएले गर्ने धनगढी लिग भने ६ महिना चल्छ। प्रत्येक शनिबार जिल्लाका आठ टोलीले राउन्ड रोविन लिगका आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गर्छन।

शाहीको अग्रसरताले धनगढीको माहोल क्रिकेटमय भएपछि नगरपालिकाले अझ महत्वाकांक्षी निर्णय गरेको नगरपालिकाको सर्वदलीय संयन्त्रका संयोजक रोम स्वाँर बताउँछन्। राप्रपा नेपालका तर्फबाट सर्वदलीय संयन्त्रमा प्रतिनिधित्व गरेका स्वाँर भन्छन्, 'सुवासजीले लगातार तीन/चार वर्षदेखि क्रिकेटका योजनाहरु नगरपालिकामा पेनिट्रेट गरिरहनुभयो। यसबाट सबै प्रभावित भए। उहाँ आफैले क्रिकेटमा धेरै गर्नुभएको छ। क्रिकेटको माध्यमबाट हामीले धनगढीको पहिचान अन्तर्राष्ट्रियकरण गर्नुका साथै सुदूर पश्चिमकै मुहार परिवर्तन गर्ने लक्ष्य राखेका छौं।'

अन्तर्राष्ट्रिय रंगशाला बनाउनका लागि डिलासैनी सामुदायिक वनको भोगाधिकारमा रहेको फाप्लास्थित ६ बिगाहा जग्गा क्रिकेटलाई दिने निर्णय भइसकेको छ। पुस मसान्तमा सामुदायिक बन उपभोक्ता समितिले आवस्यकताअनुसार क्षेत्रफल बढाउन सकिने गरी क्रिकेटलाई जग्गा दिएपछि क्रिकेट सहरको अभियान थप मजबुत बनेको डिसिएका उपाध्यक्ष सौरभ ओझा बताउँछन्। 'हामीलाई स्थानीय प्रशासनको पूरा साथ छ। धनगढीका सबै उद्योगी–व्यावसायी, सर्वसाधारण, राजनीतिक दल तथा खेलप्रेमी यो अभियानमा एकजुट छन्। त्यसैले आगामी केही वर्षभित्र धनगढीमा देशकै सबभन्दा ठूलो र सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेछ,' ओझाले भने, 'हामी यो अभियान धनगढीवासीकै योगदानबाट सुरु गर्न चाहन्छौं।'

नगरपालिकाका आर्थिक प्रमूख डिल्लीराज ओझाले आन्तरिक स्रोत परिचालन गरेरै महत्वाकांक्षी योजना सुरुआत गर्ने बताए। 'हामीसँग तत्कालका लागि ठूलो बजेट छैन। आगामी आर्थिक वर्षमा क्रिकेटका लागि विशेष व्यवस्था गर्ने सहमति भएको छ। तत्कालका लागि हामीले धनगढीलाई क्रिकेटको सहर घोषणा गर्ने सैदान्तिक निर्णय गरेका छौं,' ओझाले योजना सुनाए, 'प्रत्येक वडामा एउटा क्रिकेट मैदान र धनगढीमा एउटा ठूलो अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना छ। यसका साथै अहिले भएका प्रतियोगितालाई निरन्तरता दिँदै भविश्यमा थप प्रतियोगिता गर्ने पनि हाम्रो उदेश्य हो।'

ओझाले खेलकुदसँग सभ्यता, संस्कृति, मित्रता, शिक्षा तथा आर्थिक पक्ष पनि जोडिने भएकाले क्रिकेटको माध्यमबाट धनगढीलाई उदाहरणीय सहर बनाउने अभियानमा पूरा सहर एक भएको बताए। फाप्लामा ४० हजार दर्शक क्षमताको सुविधा सम्पन्न रंगशाला बनाएर अन्तर्राष्ट्रिय खेलमार्फत धनगढीलाई खेल पर्यटनको 'हब' बनाउने उदेश्य ओझाले सुनाए। ओझासँग समर्थन जनाउँदै डिसिएका अध्यक्ष एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ९ का उपाध्यक्ष शाहीले भने, 'फाप्लामा स्तरीय रंगशाला बनाउन सके हामी भारत र पाकिस्तानजस्ता देशका खेलको तटस्थ भूमिका रुपमा समेत धनगढीलाई उपयोग गर्न सक्छौं। मोहना नदीको किनारमा रहेको मैदानको बाँकी तीन क्षेत्रमा जंगल भएकाले यहाँ आउने सबै खेलाडी तथा समर्थक मोहित हुनेछन्।'

फाप्लालाई अन्तर्राष्ट्रिय रंगाशाला निर्माणस्थलका रुपमा स्थापित गराउने शाही सम्झन्छन्, 'डिसिएको स्थापनापछि धनगढीमा जिल्ला लिग सुरु हुन थाल्यो। तर मैदान अभावले सधै आयोजकलाई सताइरहन्थ्यो। भएको एउटै धनगढी रंगशाला २०६८ मा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदपछि क्रिकेट खेल्न अयोग्य भयो। रंगशाला फुटबलप्रतिमात्र समर्पित भएपछि क्रिकेट अन्चल प्रहरी कार्यालयको मैदानमा सर्योु। तर प्रहरीको मैदान सबैखाले सामाजिक, राजनीतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साझा गन्तव्य भएपछि हामीले विकल्प खोज्यौं, फाप्ला मैदान।'

शाहीका अनुसार धनगढीमा अन्तर्राष्ट्रिय स्तरको मैदान हुनुपर्नेमा सबै एकमत भए पनि त्यसका लागि उपयुक्त जग्गाको भेउ मिलिरहेको थिएन।

डिलासैनी सामुदायिक बनको भोगाधिकारमा रहेको फाप्ला मैदानले सफलतापूर्वक जिल्ला लिगका तीन संस्करण आयोजना गर्यो । यसैबीच गतवर्ष भएको नेपाल प्रिमियर लिग (एनपिएल) को एकदिवसीय संस्करण धनगढीमा गर्ने निर्णय हुँदा स्थानीय संयोजक शाहीले फाप्ला प्रस्ताव गरे। एनपिएलको सफल आयोजना तथा हजारौंको संख्यामा दर्शकको उपस्थितीले फाप्लालाई स्थापित गर्योप। त्यसैले धनगढी क्रिकेटका अभियन्ता शाहीले नयाँ अभियान ल्याएका छन्, 'ड्रिम फाप्ला'।

'ड्रिम फाप्ला भन्नाले सबै धनगढीवासीको सपना हो। जसलाई हामी आफैले साकार पार्नुछ,' शाही भन्छन्, 'श्रीलंकाको धम्बुला रंगशालाजस्तै हाम्रो पनि प्राकृतिक पूर्वाधार बनाउने योजना हो। फाप्लामा पनि तीनतिर माटोको प्राकृतिक प्यारापिट हुन्छ, एकतिरमात्र पक्की प्यारापिट बनाउने हाम्रो योजना छ।'

शाहीले नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेबाट सहयोगको आश्वासन पाएको स्मरण गर्दै भने, 'पुबुदुले श्रीलंकाबाटै क्रिकेटमा अनुभवी इन्जिनियर ल्याएर नक्सा बनाउने काममा सहयोग गर्ने बाचा गर्नुभएको छ।'

रंगशाला बनाउनुअघि शही योजना हुनुपर्नेमा जोड दिँदै शाहीले स्थानीय स्तरबाटै काम सुरु गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगको बाटो समात्ने बताए। 'पहिला हामी सही नक्सा बनाउनेछौं। त्यसपछि स्थानीय स्तरबाट काम सुरु गर्नेछौं। अनिमात्र सरकार तथा विदेशी दातृ निकायसँग अनुरोध गर्नेछौं,' शाही भन्छन्, 'धनगढीवासीको महत्वाकांक्षा आउँदो पाँच वर्षभित्र रंगशाला निर्माणको काम पूरा गर्ने छ। हामी तत्काल काम सुरु गर्नेछौं।'

Leave a comment

'मेरो दोस्रो अम्मल कविता'

'मेरो दोस्रो अम्मल कविता'

तराईमा जारी आन्दोलन त्यसमा पनि डेढ महिनादेखिको बन्दले थलिएको विराटनगर। नारा–जुलुस, झडप र ढुुंगामुढा छल्दै एउटा चिया पसलको तीन तलामाथिको छतमा जुट्यौं हामी। संयोग पनि कस्तो परेछ भने, अन्तर्वार्ता गर्न...

उत्सवमय शनिबार

उत्सवमय शनिबार

जब शनिबार आउँछ, बिहानै छोराछोरीलाई फोनमा सोध्छु, ‘आज कुन पत्रिकामा कसकसको रचना छापिएका छन्, बुझेर खबर गर है!' मेरा रचना छापिएको भए ‘बाबा, आज तपाईंको आएको रहेछ नि। बधाई बाबा'...

दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

ऊ, प्रेमिका अनि संविधान

ऊ, प्रेमिका अनि संविधान

उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति...

कथामा रोचक बान्की

कथामा रोचक बान्की

एउटा कथाकारले जिन्दगीमा कति वटा कथा लेख्न सक्ला? सफल कथाकार हुनका निम्ति धेरैभन्दा धेरै कथा लेख्नु वा थोरै तर उत्कृष्ट लेख्नु आवश्यक छ? यी दुवै प्रश्नका उत्तर सधैं एउटै वा...

‘साहित्य सिर्जना सय मिटरको दौड होइन'

‘साहित्य सिर्जना सय मिटरको दौड होइन'

समकालीन नेपाली साहित्यको आख्यान विधामा कलम चलाइरहेका सक्रिय लेखक हुन्, नयनराज पाण्डे। विशेषतः तराईको भावभूमिमा रहेर आख्यान सिर्जना गर्न उनी रुचाउँछन्। ‘उलार', ‘लू'जस्ता उपन्यास उनका चर्चित र प्रशंसित कृति हुन्।...

सहिद खेती

सहिद खेती

काठमाडौं– 'सहिद' अर्थात् आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने बृहत नेपाली शब्दकोशमा सहिदको परिभाषा यसरी...

दिमागमा गज्जबको झड्का

मनको हुस्सु पहिल्याएर अघि बढ्नु सजिलो छ त?लाग्छ एउटा ठुलै जोखिम। यो त कुरा भो मनको। बाहिरको पनि कुरा गरौँ। यात्रामा रहेका अरुको पनि कुरो गरौँ। दुर्घटनाको जोखिम हत्केलामै नचाउँदै...