Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

'हतारमा पछुताउनु नपरोस्'

(0 votes)
'हतारमा पछुताउनु नपरोस्'

झापा- चाँडो नयाँ संविधान जारी गरिहाल्ने हतारोमा फेरि द्वन्द्व सिर्जना गर्ने ढंगको संविधान नल्याउन झापाका सर्वसाधारणले सुझाव दिएका छन्। नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनमत र सुझाव संकलनको क्रम चलिरहेका बेला उक्त अभियानमा उत्साहपूर्वक सहभागी भइरहेका झापाली सर्वसाधारणले वर्तमान प्रक्रियाको स्वागत गर्दै नयाँ संविधानलाई कम विवादरहित बनाउन जोड दिए।

nepali-patro-may
नयाँ संविधान राजनीतिक गतिरोधबाट निकासका लागिमात्रै नभई मुलुकका धेरै द्वन्द्वहरूको अन्त्यका लागि पनि जरुरी रहेको औंल्याउँदै उनीहरूले आम अभिमत समेट्ने क्रममा गम्भीरता दर्शाउन पनि दलहरूलाई आग्रह गरेका छन्।

'नेपाली समाज लामो समयको विभेदको अन्त्य गर्ने दिशामा अग्रसर छ,' मनकामना कलेज बिर्तामोडमा स्नात्तक पढ्ने अशोक अधिकारी भन्छन्, 'नयाँ संविधानले यी विभेद अन्त्य गर्ने विश्वास छ। हतारो गरेर फेरि द्वन्द्व निम्तिने ठाउँ नराखेको राम्रो।' लामो समयदेखि उत्पीडनमा परेका आदिवासी, जनजाति, दलित तथा पिछडिएको क्षेत्रका नागरिकलाई नयाँ संविधानले 'संविधानतः अपनत्व महसुस गराउनुपर्ने' उनको मत छ। 'राजनीतिक अधिकार दिएर हुन्छ कि अन्य आयोग संविधानमै बनाएर हु्न्छ, उनीहरूलाई मुलुकमा हिस्सेदारीको अनुभव चाहिन्छ,' अधिकारीले थपे, 'त्यसो भयो भने फेरिफेरि नयाँ द्वन्द्व निम्तिने सम्भावना कम भएर जान्छ।'

मेची बहुमुखी क्याम्पस भद्रपुरका सह–प्राध्यापक भीम सुब्बा संविधानको मस्यौदाको मौलिक हकसम्बन्धी महलमा सन्तुलन नभएको बताउँछन्। 'मस्यौदामा महिला, दलितको अधिकारको चर्चा छ,' उनले भने 'तर, एउटा ठूलो समूह आदिवासी, जनजातिको अधिकारबारे प्रस्ट छैन।' राजनीतिशास्त्रका अध्येता सुब्बा महिलालाई दिने भनिएको हक पनि समानताको हकअनुसार मिल्दो नभएको बताउँछन्। 'नेपाली पुरुषले बिहे गरेको विदेशी महिलाले तत्कालै नागरिकता पाइहाल्ने तर नेपाली चेललिे बिहे गरेको विदेशीले १५ वर्ष कुर्नपर्ने प्रावधान विभेदकारी भयो,' उनले भने 'यसलाई सच्याउनुपर्छ। समानताका आधारमा यसको प्रबन्ध गरिनुपर्छ।'

नेपालमा पछिल्लो समय भएका सबै आन्दोलनले समावेशी लोकतन्त्रका पक्षमा मत अभिव्यक्त गरेको भन्दै सुब्बाले संविधानले पनि त्यस्तै विचार अभिव्यक्त गर्नुपर्ने बताए। 'समावेशी लोकतन्त्र सिद्धान्तमा मात्रै छ,' उनको भनाइ छ, 'त्यसलाई टेको दिने आधार संविधानमा छैन। आयोगहरू हचुवाका भरमा व्यवस्था गर्न खोजिएको छ।' संघीय शासन प्रणालीमा केन्द्रसँगै प्रदेशहरू पनि बलियो बन्नुपर्नेमा त्यसो हुन नसकेको उनको कथन छ। 'यदि प्रदेशहरूलाई पूर्ण केन्द्राश्रित बनाउने हो भने संघात्मक शासनको नाममात्रै बाँकी हुन्छ, मर्म रहँदैन,' उनी भन्छन्।

शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चम्लागार्इं संविधानको प्रस्तावनामै 'धार्मिक स्वतन्त्रता' उल्लेख हुनुपर्ने आवश्यकता औल्याउँछन्। 'यसले धर्मका नाममा लगातार लडिरहेकाहरूको माग सम्बोधन गर्छ,' उनले भने, 'त्यसैले निरपेक्षको साटो धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्छ।' संघीय राज्यको सीमांकन टुंग्याएर मात्रै नयाँ संविधान जारी हुनुपर्ने उनको मत छ। त्यस्तै संविधानमै प्रस्ट किटान गरेर बलियो शिक्षा आयोग बनाउन पनि उनले सुझाव दिए, 'अहिले शिक्षकभन्दा पनि धेरै पार्टी कार्यकर्ताको भिड छ। यदि लोकसेवा जस्तै शिक्षक छनोट गर्ने र अलग आयोग हुने हो भने योग्य शिक्षकहरू आउँछन्।'

सुझाव दिने क्रममा विभिन्न ठाउँमा आफ्नो मत व्यक्त गरिरहेका झापालीहरूले प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता स्वतनत्रतामा कुनै पनि खाले अंकुश लगाउन नमिल्ने बताएका छन्। 'नेपाली समाजको पछिल्लो विकासक्रम नेपाली प्रेसको अभूतपूर्व विकासका कारण पनि सम्भव भएको हो,' ज्यामिरगढीमा आयोजित अन्तरक्रियामा स्थानीय इन्द्र राईले भने, 'यसकारण प्रेसलाई अंकुश लगाउने काम हुनुहुँदैन। सकेसम्म बढी स्वतन्त्रता प्रेसलाई दिनु राम्रो हुन्छ।'

'प्रेस स्वतन्त्रता सञ्चारमाध्यम र पत्रकारहरूसँग मात्रै सम्बन्धित कुरा होइन,' मेचीनगर–६ की हिरा तामाङले थपिन्, 'प्रेस स्वतन्त्र हुँदाको फाइदा आम नागरिकलाई हुन्छ। यो पछिल्लो दशकमा सबैले महसुस गरेका छन्। व्यवहारबाटै सिद्द भइसकेको यो तथ्य बिर्सेर प्रेसलाई अंकुश लगाउन मिल्दैन।'

नयाँ संविधानमा जनताको सुझाव समेट्न झापामा सुझाव संकलन अभियान तीव्र भइरहेको छ। विभिन्न गाविस तथा नगरपालिकामा कार्यक्रम गरेर तथा नगरपालिका, जिविस र जिल्ला प्रशासनमा सुझाव संकलन केन्द्र नै स्थापना गर्ने काम छ। 'हामीले सकेसम्म सबै गाउँ र नगरका टोलसम्मैका नागरिकको सुझाव समेटियोस् भनेर टोलटोलमा अन्तरक्रिया जारी राखेका छौं,' प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने, 'यसका लागि सबै संघसंस्था, दलहरूलाई समन्वय र सहयोगका लागि आग्रह गरेका छौं।'

जिल्लाका विभिन्न नगरमा बुधबारदेखि लागू हुने गरी नगरवासीको सुझाव संकलनका लागि सामाजिक विकास शाखामा हेल्प डेक्सको स्थापना गरिएको छ। उक्त सुझावलाई साउन ४ गते क्षेत्रक्षेत्रमा हुने मस्यौदाको सुझाव संकलन कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृतले पेस गर्नेछन्। जहाँ, सर्वसाधारणको मात्रै होइन, सभासद्हरूको पनि उपस्थिति रहनेछ।

यसैगरी संविधान मस्यौदामा सुझाव संकलनका लागि जिल्लाका प्रशासनिक प्रमुख तथा राजनीतिक दलकाबीच निरन्तर छलफल चलिरहेको छ। प्रजिअ पौडेलले मस्यौदा संकलन कार्यक्रम राष्ट्रिय अभियान भएकाले यसलाई पर्वको रूपमा लिएर सफल बनाउन आग्रह गरेका छन्। यसैगरी जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले संकलन कार्यक्रमलाई सफल बनाउन सुरक्षा व्यवस्था कसिलो पारिएको बताए।

Leave a comment

काँकरभिट्टा र देश

घाम न्यानो खुट्टा टेकेर पश्चिम लागेको देख्थ्यो ऊअहिले पहिचानको छाती टेकेर उभिएपछि नाकाबन्दी

आकांक्षा

आकांक्षा

परेला खुल्ला छन्, दृष्टि बन्द छ। कस्तो अनौठो परिस्थितिमा छु म। दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन्। दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद...

झरी र प्रेम

झरी र प्रेम

साउनको झरीलाई लिएर धेरै गीतहरू लेखिएका छन्, गाइएका छन्। साहित्यमा पनि मनसुने–साउन त्यत्तिकै पढ्न पाइन्छ। दीपक जंगमले लेखेको र नारायणगोपालले गाएको यो कालजयी गीतले पनि साउनलाई सधैं सम्झाइरहन्छ-

बुद्धभूमिको माटो निधारमा

बुद्धभूमिको माटो निधारमा

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनी घुम्न पाउँदा संसारभरका बौद्धमार्गी आफुलाई भाग्यमानी ठान्छन्। लुम्बिनीको माटो निधारमा लगाउँछन्। माटो र इट्टाको टुक्रा स्वदेश लान्छन्। कति ठूलो आस्था!

सानो सहयोगले दिएको खुसी

सानो सहयोगले दिएको खुसी

गएको महिना देशैभरि कम्पन छुट्नेगरी आएको भूकम्पले नेपालीहरूको घरमात्र हल्लाएन, विदेशमा बस्ने नेपालीहरुको मन पनि हल्लायो। अध्ययन, रोजगारी वा अन्य सिलसिलामा विदेश पुगेकाहरूले गाउँमा रहेका आफ्ना घर सम्झे, बास सम्झे...

त्यो जिद्दी केटो

नेल्सन मन्डेला विश्वचर्चित राजनीतिज्ञ एवं विश्वनेता हुन्। रंगभेदविरुद्धको आन्दोलका अभियन्ता उनले रंगभेद हटाउन हिंसाको सट्टा शान्ति र आशा रोजे। त्यही कारण उनी चर्चित छन्। सबैभन्दा धेरै समय जेल बिताउने नेताका...

मर्मस्पर्शी गायक

मर्मस्पर्शी गायक

२०४४ साल। नातिकाजी रेडियो नेपालका जागिरे थिए। एकपटक कालो झोलाबाट पाँच वटा गीतका टुक्रा फुत्त निकालेर टेबुलमा राखे। त्यहीँ रहेका योगेश वैद्यले एकएक गर्दै गीत नियाले। गीतका रचनाकारको नाम कतै...

दुवै धर्ममा समभाव

दुवै धर्ममा समभाव

नेपालगन्ज- हिन्दू समुदायकी गंगा सुनार र मुस्लिम समुदायका सराफत अलि खाँले आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा बदले। बर्दिया तारातालकी गंगा र नेपालगन्ज–७ निवासी सराफतबीच १९ वर्ष अघि जोडिएको बैबाहिक सम्बन्ध...