Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

'थाङ्का कलाको माग बढ्दो छ'

(0 votes)
'थाङ्का कलाको माग बढ्दो छ'
नेपाली परम्परागत र मौलिक कला मानिने थाङ्का चित्रको व्यापार र माग बढेकोमा खुसी छन् कलाकार निमा घ्याम्छो लामा। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रहेका कलाकार निमा भन्छन्, 'तर यो कलाप्रति नयाँ पुस्ताको रुचि घट्दै गएकोमा भने दुःखी छु।'

nepali-patro-may
निमा अहिले प्रतिष्ठानको परम्परागत तथा शिल्पकला विभागका प्रमुख छन्। परम्परागत कलालाई कसरी प्रवर्द्धन गर्ने भन्ने जिम्मेवारी उनको काँधमा छ। लगभग दुई वर्षको अनुभवमा उनले परम्परागत कलामा नयाँ पुस्ताको सहभागिता त्यति उत्साहजनक पाएका छैनन्।

युवा पुस्ताको सहभागिता निराशाजनक देखिए पनि उनलाई एउटा कुराको सन्तुष्टि छ। 'विगतमा थाङ्कालगायत अरु परम्परागत कलालाई जीविकोपार्जनको माध्यममात्र ठानिन्थ्यो, आजकल चाहिँ विशुद्ध कलाका रुपमा समेत लिन थालेको देखेको छु,' निमाले भने।

सिन्धुपाल्चोकमा २०१९ सालमा जन्मेका निमाको परिवार चार पुस्तादेखि थाङ्का कलाप्रति आश्रित रहँदै आएका छन्। हाल स्वयम्भुमा बसोबास गर्ने निमाले थुप्रै युवालाई थाङ्का कला सिकाइसकेका छन्। तीमध्ये अधिकांश अहिले उनीसँगै काम गर्छन्।

थाङ्का कलाको मुख्य बजार चीन, थाइल्यान्ड, हङकङ, मलेसिया, भियतनामजस्ता पूर्वी एसियाली देशहरु रहेको निमाको अनुभव छ। 'पश्चिमेली ग्राहकहरुले सोखका रुपमा थाङ्का किन्ने गर्छन्, तर बुझेर र आध्यात्मिक सन्तुष्टिका लागि चाहिँ चिनियाँहरुले थाङ्का किनेर घरघरमा राख्ने गर्छन्,' निमाले खुलाए, 'थाङ्काको आध्यात्मिक र दार्शनिक पक्ष बु‰नेले नै महँगो दाम तिर्ने हुन्।'

भर्खरै चीनको बेइजिङस्थित वाटर मुन म्युजियमले निमाको थाङ्कालाई आफ्नो संग्रहमा समावेश गरेको छ। निमाले बनाएको उक्त हजार बुद्धको थाङ्कालाई चिनियाँ एजेन्टले चारपाँच वर्षअघि चीन लगेका थिए।

यसअघि गत वैशाख महिनामा थाङ्का कलामा आधारित मण्डला बनाउन निमा बेलायतको लन्डन पुगेका थिए। स्थानीय साउथ ब्याङ्क सेन्टरमा भएको अल्केमी फेस्टिभलमा निमाको नेतृत्वमा दीपक जोशी र प्रचण्ड शाक्य सम्मिलित नेपाली कलाकार टोलीले भाग लिएको थियो।

नेपाल–बेलायत दौत्य सम्बन्धले दुई शताब्दी पूरा गरेको अवसरमा लन्डन पुगेको टोलीले पञ्चबुद्ध, लक्ष्मी, श्रीयन्त्र, अन्नपूर्ण, नवग्रहलगायतका मण्डला बनाएर स्थानीय कलाप्रेमीको मन जितेका थिए। उक्त फेस्टिभलमा नेपाल पहिलोपटक सहभागी भएको थियो।

परम्परागत कलाको उत्थानका लागि निमा प्रज्ञा प्रतिष्ठानमा आउनु अघिदेखि नै सक्रिय थिए। २०६० सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कलाकौशल विभागले गरेको प्रथम राष्ट्रिय परम्परागत पौभा–थाङ्का कला प्रदर्शनीलाई सफल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

परम्परागत कलामा समर्पित कलाकारहरुलाई प्रोत्साहन दिन उनले आफ्नो विभागमार्फत अरनिको ललितकला पुरस्कार स्थापना गरेका छन्। हरेक वर्ष अरनिको दिवसका अवसरमा प्रदान गरिने यो पुरस्कार परम्परागत कलामा योगदान दिएका केही कलाकार तथा लुकेका प्रतिभाहरुले पाइसकेका छन्।

काम सिकेको ६–७ महिनामै आकर्षक आम्दानी गर्न सकिने हुनाले उनी परम्परागत कलाकारलाई रोजगारीको सजिलो माध्यमसमेत मान्छन्। पढाइ छाडेका वा नपढेकाहरुले मात्र थाङ्का बनाउने भन्ने मानसिकता छ। उनी यो मानसिकतालाई पनि बदल्न चाहन्छन्।

'पढेलेखेकाले थाङ्का बनाउनु झन् राम्रो हो, उनीहरुले यससँग जोडिएका इतिहास र दर्शन झन् बढी बु‰नसक्छ, त्यसैले पढेलेखेका युवाहरुले थाङ्का पेशा अपनाउन हिच्किचाउनु हुँदैन,' निमाले थपे।

प्रबल गोदवा चौथोबाट सम्मानित भइसकेका निमा परम्परागत कलाको हितका लागि सरकारलाई घचघच्याइरहने योजनामा छन्। 'मैले केही योजनाहरु तयार पार्दैछु, त्यसलाई यथार्थमा परिणत गर्न सरकारसँग आग्रह गर्नेछु,' उनले आश्वासन दिए, 'कार्यकाल सकेर भविष्यमा प्रतिष्ठानमा नरहे पनि म परम्परागत कलाको विकास अभियानलाई जारी राख्नेछु।'

Leave a comment

फर्कियो रौनक

फर्कियो रौनक

भूकम्पले केही समय थलिएको राजधानी फेरि तग्रिँदै छ। वैशाख दोस्रो सातादेखि नै बाहिरिएकाहरू धेरै फर्किइसके। उद्योग, व्यापार व्यवसाय, स्कुल, कलेज सञ्चालनमा आइसकेका छन्। यस अर्थमा राजधानीको रौनक फर्किएको छ। जीवनशैली...

बयान

बयान

सुकमायाले एकपटक झ्यालबाहिर हेरी। सुनसान थियो गाउँ। परतिर धान काटिरहेका महिलाहरू भूकम्पलाई विषय बनाएर गीत गाइरहेका थिए। गीतले कुनै उत्साह जगाउँदैनथ्यो। एक प्रकारले नीरस थिए, ती गीत। अघिल्ला वर्षहरूमा गाइने...

भाषिक अराजकताको घेरामा पदयोग र पदवियोग

भाषिक अराजकताको घेरामा पदयोग र पदवियोग

नेपाली भाषा व्याकरणका क्षेत्रमा यतिखेर एक प्रकारको भाँडभैलो देखापरेको छ। विशेष गरी हिज्जेे (वर्णविन्यास) को मानक रूप कस्तो हुनुपर्ने? भन्ने पक्षमा नेपाली बुद्धिजीवीहरू विभाजित बन्न पुगेका छन्। केही वर्षयता आएर...

पहिलोपटक भोट हाल्दै करिश्मा

पहिलोपटक भोट हाल्दै करिश्मा

करिश्मा मानन्धरले अहिलेसम्म भोट हालेकी छैनन्। मतदाता नामावलीमा नाम नभएर होइन। 'मैले अहिलेसम्म भोटको महत्त्व नै बुझिनँ। अहिले बल्ल महसुस गरेकी छु। यसपटक चाहिँ पक्कै भोट हाल्छु,' उनी भन्छिन्, 'राजनीतिक...

आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

बानेश्वर टु यमलोक

बानेश्वर टु यमलोक

मध्य बानेश्वर। संविधानसभा भवन पश्चिमतिरको फुटपाथ। रेजरवायरले घेरेर सुरक्षित पारिएको घेराभित्र थोत्रो लुगा र झुत्रो कुम्लो लिएर बसेको छ, एउटा बूढो। केही कागज–कपडा छन् साथमा। न माग्ने भाँडो छ, न...

सामाजिक हिंसाले पछाडि

सामाजिक हिंसाले पछाडि

अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो। गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन्। गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे...

बालुवाटारमा इलियट

बालुवाटारमा इलियट

दुई साताअघिको शनिबार एउटा फोटो पत्रकारका रुपमा मेरा लागि महत्वपूर्ण रहयो। अस्ट्रेलियाली क्रिकेटर फिल ह्युजसको स्मृतिमा भएको सम्मान खेलका लागि हजारौं समर्थक कीर्तिपुरको मैदानमा जम्मा भएका थिए। एक घरेलु खेलदौरान...