दुःखका पहाड बोकेर
- १ जेष्ठ, २०७३
- भोजराज न्यौपाने
- Be the first to comment!
हिमाल हेर्न मात्र रमाइलो हुन्छ। हिमालमै बाँच्न निकै कठिन छ। पुर्खाले आर्जेको थातथलो छाडेर हिंड्न मुस्किल पर्छ मान्छेलाई त्यसैले जहाँ भएपनि बाँच्न विवश हुन्छ। पुरै जीवन अभाव, अशिक्षा र भयानक दुखको चक्रबाट गुजि्ररहेको हुन्छ।
हिमाली मान्छेका साथी मान्छे मात्रै हुँदैनन्। चौंरी पनि हुन्छन्। जंगली जनावर पनि हुन्छन् फूलहरु हुन्छन्। र, हुन्छन्–बडेमानका दुःखका पहाडहरु! जन्मेदेखि नमरुन्जेल उनीहरु तिनै दुःखका पहाड बोकेर हिँड्छन्।
त्यस्तै हिमालको काखमा आफूलाई समर्पित गरेका शेर्पा समुदायको कथा उनेका छन् उपन्यासकार नयनराज पाण्डेले आफ्नो नयाँ उपन्यास 'सल्लीपिरमा'।
तीन कथा संग्रह र सात उपन्यासका स्रष्टा नयनको सल्लीपिर पछिल्लो कृति हो। उनका उल्लार, लू र घामकिरी चर्चित उपन्यास हुन्।
केहि बर्षअघि देखि उनको लेखन दू्रत गतिमा छ। नेपाली साहित्यमा नयनराज पाण्डेको स्थान कहाँ छ? त्यसको खोजी हुनेनै छ। तर उनका पाठक निकै झाँगिएका छन्। नयन अहिलेका सर्वप्रिय लेखकका रुपमा स्थापित छन्। उनको पछिल्लो पुस्तक सल्लीपिरले उनलाई अझै दरो गरि उभ्याएको छ।
सूक्ष्म रुपमा कथालाई बुन्नु र पाठकको हृदयको भित्री तहलाई प्रेमिल स्पर्श गर्न सक्नु नयनको मूल विशेषता हो। उनी पाठकलाई पुस्तकभरि डोर्यारइरहन्छन् र सुटुक्क मनको मझेरीमा वास बस्न पुग्छन्। उनको कथाशिल्पी लोभ लाग्दो छ। शिलशिला त्यत्तिकै चुस्त छ। छोटा छोटा वाक्य, छोटो अनुच्छेद र सुन्दर शव्द चयनले उनका उपन्यास पढिरहूँ जस्तो लाग्छ। सरल र सुललित भाषाले पाठकलाई सुरुदेखि अन्त्यसम्म डोर्या ई रहन्छ।
उपन्यास पढिरहँदा पाठक आफैं दावा बनेर हिमाल आरोहण गरिदिन्छ। पेमा बनेर सेछेन गाउँको भीर पहरामा चौंरी डुलाउन पुग्छ। फुर्वालाई आफ्नै सन्तानले पाएको सकस ठानिदिन सक्छ। आफ्नै डाँडाकाँडा र थातथलोको यादले भुतुक्कै बनाइ रहन्छ। किन किन नोष्टाल्जिक बनाउँछ पाठकलाई।
नयन अक्षरको माध्यमबाट पाठककोे भित्री हृदयमा पुग्छन्। खुम्बु क्षेत्र (सोलुखुम्बु जिल्लाको लुक्ला भन्दा माथि सगरमाथा हिमालसम्मको भू–भाग) संसारकै अनुपम भूमि हो। प्रकृतिको यो अतुलनीय भूमिमा यति निरिह भएर बसेका शेर्पा समुदायप्रति नयनको अगाध श्रद्धा छ। नयनले राज्यप्रति केही प्रश्न खडा गरेका छन्।
उनीहरुलाई भरिया बनाएर राज्यले सगरमाथा आरोहण गराउँछ तर उनीहरुकै थातथलोमा एउटा स्कूल खोल्न चाहँदैन। चरिचरिणलाई व्यवस्थित गर्न चाहँदैन। चौंरी चराउने खर्कमा पार्टीका 'मसल वर्कर' को दवदवा छ। यि सवै नियतीका बीच मुस्कुराउँछन् खुम्बुका पेमाहरु।
सल्लीपिर खुम्बुका शेर्पाहरुको दुःखको दस्तावेज हो। घरभन्दा अगाडि गाडिएका लुङ्दार र मानेका मन्त्रले मुग्ध खुम्बुको सीमान्तकृत शेर्पा समुदायको इमान्दारिताको चर्चा लेखकले गरेका छन्।
सल्लीपिरका अधिकांस पात्र सचेत छन्। कर्तव्यवोधले बेरिएका छन्। लेखक स्वयंले सगरमाथा आरोही जस्तै हिमालको कुनाकानीको सूक्ष्म विश्लेषण गरेका छन्। शेर्पा समुदायमा प्रचलित रितिरिवाज र संस्कृतिको मिहीन चित्रण गरिएको छ। खुम्बुको आञ्चलिकतामा मज्जैले जमेको छ पात्रको बोलीचाली।
विद्यालय नै नदेखेको एउटा वालकले देखाएको पुस्तकप्रतिको आकर्षणलाई मन छुने गरि चर्चा गरेका छन् उनले। पढ्दा मन छुने विषय भएपनि १३ वर्षे बालकको हदैसम्मको 'पुस्तक रुचि' अलि अस्वाभाविक छ। त्यसमाथि खुम्बुको त्यो भित्तो जहाँ उसले पुस्तकको नाममा लामागुरुले बोक्ने पुस्तक बाहेक अरु कुनै पुस्तक नै देखेको हुँदैन। त्यस्तो वालकलाई कितावप्रतिको मोह त्यति धेरै हुन सक्ला?
त्यसैगरि आफ्नो छोरा फुर्वालाई आमा पेमाले एक बोरा किताव किनेको प्रसंग पनि स्वाभाविक लाग्दैन। जहाँ दैनिक जीवन त्यति धेरै कष्टपूर्ण छ। त्यहाँ बोराभरि किताव बोकेर पुग्न सक्ने कुराको कल्पनाशिलता पनि अलि बढी नै छ।
नयनराज पाण्डेले सल्लीपिरका अधिकाँश पात्रलाई आदर्श पात्रका रुपमा उभ्याउने कोशिस गरेका छन्। त्यसबाट उनी समाजप्रति सकारात्मक छन् भन्ने बुझ्न सकिन्छ। पात्रका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नुलाई उनको सुन्दर मनोबृत्ति मान्न सकिन्छ।
समग्रमा, राम्रो पुस्तक पढ्ने चाहने पाठकलाई सल्लीपिर राम्रो खुराक बन्न सक्छ ।
पुस्तक : सल्लीपिर
विधा : उपन्यास
लेखक : नयनराज पाण्डे
प्रकाशक : फाइनप्रिन्ट
मूल्य : ३४८
Leave a comment
गुन्डागिरीको चिन्तामा ब्यवसायी
कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' र राधे भण्डारीबीचको आक्रमण/प्रत्याक्रमण तथा ललितपुरको धापाखेलमा मीनकृष्ण महर्जनमाथि भएको गोली प्रहारको घटनालाई प्रहरीले 'डन संस्कृतिको पुनरोदय'का रूपमा लिएको छ। प्रमुख दलहरूसँग निकट सम्बन्ध राख्ने...

राजनीतिमा रंग
अभिनेत्री रेखा थापा निकै अड्कलेर कुरा गर्छिन्। सोचेर जवाफ दिन्छिन्। सकेसम्म कुरा छोट्याउने प्रयत्न गर्छिन्।यो उनको पुरानो बानी भने होइन।राजनीतिमा लागेपछि उनको स्वभाव बदलिएको छ। फिल्मको कुनै मोडले भूमिकामा आएको...
समय र लेखकको तस्बिर
झन्डै एक महिने अमेरिका बसाइमा धेरै ठाउँ घुमेँ। घुमेभन्दा कैयौं गुना धेरै ठाउँ घुम्न बाँकी रहे। धेरै पात्र भेटेँ। भेटेभन्दा कैयौं गुना पात्र भेट्न बाँकी रहे।तिनै धेरै पात्रमध्येका एक बालक...
कठिन जीवन
काठमाडौं– स्वाबलम्बी जीवनका लागि आधुनिक प्रविधिमा अपांगता भएकाहरूको पहुँच पुर्या्उनुपर्ने आवाज उठ्दै आएको छ। 'दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता' नाराका साथ डिसेम्बर ३ (मंसिर १७) मा संसारभर अपांगता दिवस मनाइँदैछ।

नारी दिवसमा पुरुषका कुरा
सन्दर्भ नारी दिवसको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको समालोचना तथा निबन्ध बिभाग अन्र्तगत प्राज्ञ ज्ञानु पाण्डेको संयोजनमा गत माघ २१ गते एक कार्यक्रम सम्पन्न भयो । जसमा दुई कार्यपत्रहरु थिए।

घलेगाउँदेखि काउलेपानीसम्म
सुर्योदय घलेगाउँको जस्तो होस्। सेताम्य हिमालहरूले घेरिएको र कलाकारले क्यानभाष माथि कोरिदिएको तस्विरमा जस्ता घरहरुको सुन्दर बस्ती हो घलेगाउँ। बिहानी हुनु अगावै चाँदीजस्ता हिमालले गाउँमाथि आभा छरेझैं हुन्छ। घामको झुल्कोसंगै...

शरीर, व्याख्या र दलित
शरीर कसरी अछुत हुन सक्छ? म अछुत हुँ, मेरो शरीर अछुत छ भनी केका आधारमा स्वीकार गर्न सकिन्छ? एउटै समाजमा बस्ने व्यक्तिमध्ये कसैको शरीर पवित्र र कसैको अपवित्र हुन्छ भन्ने...

शुक्लाफाँटामा खुसीको खबर
मृग प्रजातिको जनावर बाह्रसिंगाका लागि कञ्चनपुरको शुक्लाफाँटा संसारमै प्रख्यात छ। त्यहाँ करिब २२ सय बाह्रसिंगा छन्। बर्दियामा पनि बाह्रसिंगा पाइन्छ। ५५ वर्ग किमिमा फैलेको शुक्लाफाँटामा चरिरहेका सयौं बाह्रसिंगा देखिन्छन्।