स्त्री एकान्त
- १ जेष्ठ, २०७३
- रोशन थापा 'नीरव'
- Be the first to comment!

त्यतिबेला नबुझिएको कुरो भए पनि यति बेला बु‰न सक्षम हु"दा, केही खुट्ट्याउन सकि"दो हो र अनेक अर्थहीन अर्थलाई यो त यो पो रहेछ भन्न सकिने रहेछ अर्थात् नेपाली समाजमा कतिपय अवस्थामा हुने मातापिताको रडाको एक मिथक लागे पनि यथार्थको त्यो दृश्य केही नजानि"दो र केही अथाहमूलक घाउ हु"दो रहेछ सन्तानलाई, जुन कतिपय अवस्थैमा पनि अपरिभाषित रूपले स्मृतिको पुनरावृत्ति बनेर बस्तो रहेछ। अनि त्यही पुनरावृत्ति नचाह"दानचाह"दै पनि बोक्नुपर्ने हु"दो रहेछ। यस्तोमा कतिले के देख्ता हुन्, कुन्नि। मैले जे देखेको हु", त्यतिबेला केही खुट्ट्याउन सक्ने स्थितिको नभए पनि आज आएर के लाग्छ भने त्यस अतीतीय चित्रपटमा छायाङ्कित पात्र अर्थात् पिताको क्रोधभित्र माताको असह्य वेदना वा आ"सु विलित भएको देख्नु पनि त्यतिबेला जे भए पनि यति बेला भने स्त्री एकान्त नै हो भन्ने लागेर आउ"छ। अर्थात् एक प्रकारको आभ्यान्तरिक पीडाको असहनीय नारीस्थितिको पर्याय यही हो।
यतिबेला मेरा पिता छैनन्। महाप्रस्थानको यात्रामा विलीन भएको त्रैवार्षिक अवधि पूर्ण भएको छ। यस्तोमा आफ्ना असाध्य रोगस"ग सङ्घर्ष गर्दै, दुई धारतिर बगिरहेका सन्तान र तिनीहरूका वंशजलाई हेर्दै, त्यो शल्यक्रीयीत आ"खाको मधुरो दृष्टि फलकबाट हेर्नु सधै" घरको कौसीमा बसेर आफ्नो एकाकी जीवनको अपरिभाषित समय कटान गर्नु मेरी माताको कुनै सजाय वा धर्मनिर्णीत भोगाइ त पक्कै पनि होइन, हु"दै होइन, तर यसलाई के भन्ने त? यो प्रश्न बारम्बार ऐकान्तिक स्थितिमा भोग्ने गरेको छु। यसैले मलाई लागेको यो पनि एक प्रकारको स्त्री एकान्त नै हो। पीडा आफ्नो ठाउ"मा छ"दै छ। जीवनका अनेक उकालीओराली स"गस"गै यात्रारत रहिरहेको बेला एक्कासी आफ्नो सहयात्रीलाई हराउनु योभन्दा ठूलो पीडा के होला र जीवनमा? मेरी आमाले भन्न नसकेका यी कुरा उनका अस्रुपूरित नेत्रभरिभरि देखेको छु। यो जस्तो ठूलो पीडाको अनन्त एकान्त भोगाइ अरू के होला र मेरी आमाको लागि? अपरिभाष्य यो नियतिको पर्याय नै सम्भवतः स्त्री एकान्त हो।
यी वैयक्तिक भावना यतिबेला मेरा शब्दमा किन पसेको भनेर कसैले भने पनि वा नभने पनि म आफूलाई चाहि" यसकारण हो भनेर भन्नुपर्ने स्थिति छ। यस्तो एकान्त अमूक हुन्छ। मातालाई बाटाको किनारमा पुत्रस"गस"गै नातिनातिनालाई एकपटक हेर्ने लालसासहित अनेक रोगबाट गलित अनुहारमा उभिरहेको भेट्छु। त्यति बेलासम्म पनि मैले माताको यो क्रियाकलापलाई केही भन्न सकेको छैन वा भनू" अर्थ्याउन सकेको छैन। बरु मध्यरातमा माताको अनुहार चित्रित गर्दै निद्रित आ"खामा केही भन्ने वा उपाय खुट्ट्याउने जोहोमा यति भन्न सक्छु, माताको अनुहारमा एकाकी जीवनको एकलासे क्षणक्षणका अज्ञात त्रासहरूले डामेका रहेछन्। अनि लाग्न थाल्छ, यही त हो स्त्री एकान्त भनेको।
यी वाक्यांश ममा एक्कासि उमि्रएका होइनन्, तर यो के हो भनेर भन्ने तर्क अझ पनि मलाई ठेट लागेको छैन, भनू" प्राप्त भएको छैन। यसो हुनाको कारण केही होइन पाठकवृन्द। केही समयदेखि मेरो कोठामा बोराभित्र कोचिएका पुस्तक मिलाउने क्रममा एउटा 'सोच' भन्ने हिन्दी पत्रिका पाएर पढ्न थालेको, त्यसका अन्य रचनाभन्दा एउटा कवितामा मेरो ध्यान अड्किरहेर हो। शुभा नाम गरेको कवयित्रीको स्त्रीविषयक दुइटा कविता प्रकाशित छन्। शुभा नर हो वा नारी कतै परिचय खुट्टिएको छैन, तर कविताको विषय र भावले पक्कै पनि नारी भन्ने लागेको छ।
कविता यस्तो ढङ्गमा अनुवाद गर्न म बाध्य भए"... ...
स्त्रीको एकान्त
१
न मातापिता छन्
न पति छ
न पुत्र छ
न धर्म न कुनै जाति छ
स्वयम् कमाउ"छु
टाउको निहुराएर एक्लै खान्छु
एउटा यथार्थ छ चुनौती दि"दै
यसरी कम्तीमा पनि एक स्त्री हु"
जसलाई तपाईंहरूको भाषामा बाइफाले भनिन्छ
२
एक बलात्कृता स्त्री कहिलेकाही"
पुरुष लिङ्गलाई चक्कुले काटेर फाल्ने
दृश्य सपनामा देख्तछिन्
यस हिंसाबाट उनी डराउ"छिन्
सोच्तछिन् कसैले थाहा नपाओस्
३
उनी ठान्दथे
पटकपटक फर्कनु मेरो विवशता थियो
म जे हार्दछु पटकपटक
मेरो कमजोरी हो
मैले पनि यही ठाने"
धेरै समयसम्म
गुरुहरूस"ग
१
गुरुहो, युगौ"देखि तिमीहरू सिकाइरहेका छौ
युगौ"देखि हामी सिकिरहेका छौ"
फेरि पनि हौ" हामी अज्ञानका पोल्टाहरू
अब हेर्न सकिन्न तिमीहरूको पीडा
हामी तिमीहरूलाई मुक्त गर्दछौ"
आफूलाई आपै"्क समाल
हामी तिमीहरूलाई भोजन गराउन सक्छौ"
तर तिमीहरूको ज्ञानका बारेमा हामी के नै गर्न सक्छौ" र
हामी त स्वयम् नै हौ" अज्ञानका पोल्टाहरू
२
गुरुहो, के गति बनाइरहेका छौ यो
आओ हामी निर्वाह गर्दछौ" स्त्रीधर्म
पुछिदिन्छौ" तिमीहरूका पसिना
दिन्छौ" कान्तासम्मित उपदेश
केही समय आफ्नो ज्ञान बिर्सेर हेर
केही समय शासनको इच्छा छोड
केही समय पोषित गर्न सिक
केही समय यस बच्चीलाई काखमा लेऊ
जो तिमीहरूको होइन
३
तिमीहरूले केके गरेनौ हाम्रा लागि
ललित कलाहरू रच्यौ
चारचार तरिकाका नायकहरूको पार्ट निर्वाह गर्यौ
हाम्रा लागि नायिका–भेदहरू लेख्यौ
जबजब हामी बिर्सियौ" तिमीहरूले प्रम्पटिङ गर्यौ
कति थाक्छौ
अब आराम गर... ...
यसपछि? यसपछि कविताको झल्को त समाप्त भएको छ, तर रन्को भने यथावत्, धेरै समयसम्म रन्कि नै रहेको भान परेको छ। मथिङ्गललाई एकटक स्थिर पारेर सोच्न थाल्छु र केही अर्थलाई आप"ै्कभित्र प्रेषित गर्न थाल्छु, यसरी... ... युगौ"देखि स्त्रीको स्थिति विभिन्न ढङ्गमा चित्रित भएर आइरहेकै छ। 'वीर भोग्या वसुन्धरा' जस्ता महावाणीदेखि नारीवादी सोचसम्मका छलफलहरू देखि"दै, पढि"दै आइएकै हो। यसमा मेरो अल्प ज्ञानले धेरै बहस गर्न मानेको छैन, तर यो 'स्त्री एकान्त' उपमाले भने धेरै नै सोच्न बाध्य पारेको छ। म यो भन्छु, मेरो यो बाध्यकारी स्थिति अरू सबैलाई पनि बाध्यकारी नै बनाउ"छ भन्ने मेरो कुनै प्रत्याभूतिमूलक ढिपी छैन। मेरो अल्प ज्ञान र अल्प भावनाले यति शब्द कोर्न बाध्य भएको भने हु"। यस कवितामा, अब थाहा लागेको छ मेरी माताको उहिल्यैउहिल्यै पिताको पर्खाइको प्रक्रियाको शाब्दिक अर्थ रहेछ। स्त्री एकान्त यही रहेछ। अहिले मेरा पिताको अभावमा मेरी माताले कसलाई यसरी कुरिरहेको, शून्यमा के खोजिरहेको, पीडामा विवशताको अनेक क्षणस"ग के भोगिरहेको? भन्ने प्रश्नहरूले मलाई धेरै सोच्न बाध्य बनाएको छ, यो सत्य हो र यसै सत्यतामा के पनि लागेको छ भने यी सबै निश्चय पनि स्त्री एकान्तको दुख्तो उपमा हुन्। मेरी माताले, अहिले थाहा पाएको छु, यथार्थमा यस्तै स्त्री एकान्त पो भोगिरहेको। पीडास"ग बा"च्नु एकान्तको यस्तै प्रक्रिया त रहेछ नि, त्यो पनि अनागत क्षणको आत्मसात् अपरिभाष्य परिस्थितिबाट अर्जित भएर।
मलाई लाग्छ, अब म कविताको यो भावभन्दा पर जान सक्ने छैन र त्यसको अर्थताŒिवक गर्तभित्र पसेर मेरी माताको एकांकी जीवनको कुनै शब्दखोलुवा परिभाषा दिन सक्ने छैन, पक्कै पनि पाठकवृन्द। मेरो चिन्तना यति हो, माथिको कविताका पङ्क्तिस"गै मेरी माता अझै त्यस्तै विशाल एकलासे जीवन भोगिरहेकी छिन्। त्यसैलाई नै सम्भवतः स्त्री एकान्त भनि"दो रहेछ। एउटा विराट् शून्यता जस्तो स्त्री एकान्त।
आमा, तिमीलाई करोडौ" सलाम। ०००
Leave a comment

साहित्यको सत्यनिरुपण
नेपाली समाजको विविधता साहित्यमा प्रतिविम्बित हुनु स्वभाविक छ। अरु क्षेत्रमा झैं नेपाली साहित्यमा पनि जातिगत क्षेत्रगत विविधता छन्। पछिल्लो पटक सक्रियतापूर्वक विविधताहरूको लेखन क्रम चलिरहेको छ। यो नेपाली समाजभित्रको बृहत्तर...

दसैंमा गुलजार शक्तिपीठहरू
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।

ढुँगेसाँघुको मेलामा
सम्झनासाहित्यकार विनोद गौचनका दुई कविता कृति छन्, ढुँगेसाँघुको मेलामा र पोखरामाफुल फुल्दैन । अरुण थापाले गाएको 'जति माया लाए पनि जति कसम खाए पनि',कन्दरा व्याण्डका विवेक श्रेष्ठले गाएको 'तगारोमा रुमाल...

खेलकुदको शहर धरान
गत फागुन १६ देखि २३ गतेसम्म धरानमा सञ्चालन भएको १७ औं बुढासुब्बा गोल्डकपको चर्चा सेलाइसकेकै छैन। फुटबलका कारण धरानले ‘मिनि ब्राजिल' को उपमा पाएको छ। विगत १७ बर्षदेखि नियमित सञ्चालनमा...

त्रिविका त्रुटिले सकस
काठमाडौं– तेह्रथुमका प्रमोद वाग्ले लाखौँ रुपैयाँ खर्चेर उच्च शिक्षानिम्ति जापान पुगे। उनी त्यतिबेला छाँगाबाट खसेझैं भए जब उनलाई जापानको एक विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै भर्ना लिन अस्वीकार...

तपाईंको देशमा
कुदिरहेको रेलमा तीन नेपाली छौं। रेलभरि मान्छे छन्, थरीथरीका। एसियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहार।

पापड बेल्नु त यसरी
संविधान जारी भएपछि एकाएक नाकाबन्दीले मन भरङ्ग थियो। त्यही बेला युरोपको सानो र सुन्दर सहर लक्जम्बर्गको केही दिनको यात्रा अवसर मिल्यो। केही दिनमात्र भए पनि मन फराकिलो होला भन्ने लाग्यो।

चिरिच्याँट्ट सिँगापुर
केही दिनलाई काठमाडौं छाडेर बाहिर जान रमाइलो लाग्छ। सधैंको भागाभागबाट दुई–चार दिन भए पनि मुक्ति मिल्ने कुराले मन फुरुङ्ङ थियो। पहिलो औपचारिक भ्रमण नै सिंगापुर थियो । त्यसैले झनै पुलकित...