Sunday 1 Bhadra, 2076 | August 18, 2019
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

मुनी खातुनको हाँसो

(0 votes)
मुनी खातुनको हाँसो
उन्नाइस वर्ष अगाडि पतिबाट साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने जिम्मा काँधमा आइपर्यो्। छोरी सलमा काखमै थिइन जब उनका पिता दुनियाँबाट बिदा भए। सलमा सहित ६ दिदीभाइको लालनपालनको भार मुनी खातुनमाथि पर्योन। जनकपुर–४ कि मुनिलाई बच्चा हुर्काउन सजिलो भएन।
nepali-patro-may
'कालो अक्षर भैंसी बराबर', निरक्षर मुनी अलमल्ल परिन्। बालबच्चा हुर्काउने कसरी? महिना दिन जसोतसो पिताजीको घरमा आश्रय लिइन्। त्यसपछि काम खोजीन्। अलिक दिन मजदुरी गरिन्, तर भारी काम गर्न उनको शरिरले मानेन।

बेकामे बस्दा घरखर्च चलाउन मुस्किल भयो। उनका पतिका कारण छिमेकि अजित साहसंग घनिष्ट थियो खातुन परिवार। मुस्लिम समुदायको भएता पनि अजितको परिवारसंग खातनु परिवारको राम्रो हिमचिम थियो। हिन्दू पर्वमा खातुन परिवार निम्ता मान्थे। मुस्लिम पर्वमा साह परिवार। साह जनकपुर आर्ट एण्ड क्राफ्टका प्रबन्ध निर्देशक हुन्। उनी जातपात, सम्प्रदायको घेराभन्दा माथि उठेका छन्।

दुई दशक अगाडि समाज रुढी र कम शिक्षित थियो। त्यही बेला खातुन र साह परिवार आपसमा सहयोगी थियो। तिनै साहको सहयोगले मिथिला कला यात्रा गरिन् मुनीले। आज मुनि स्थापित कलाकार भैसकिन्।

मुनी ललितकला प्रज्ञा प्रतिष्ठानको मिथिला कला कार्यशालामा आइतवार लहानमा भेटिइन्। भन्दैथिइन्, 'मुना बौवा(अजित)ले हौसला नबढाएको भए म कहाँ हुन्थे, मेरा बालबच्चा कहाँ?'

मजदुरी गर्न सकिनन् उनले। हल्का काम गर्न पढाइ थिएन। उनलाई उनकै पितालेे अजितको कला केन्द्रतर्फ डोर्या इदिए। उनलाई सुरुमा मिथिला कला पहाड चढेजस्तै गारो भयो।

छोराछोरीको अनुहार सम्झेर चित्रकलामा डुबिन्। 'बुरुस समातेर क्यानभासमा स्पर्श गर्ने बितिकै आँशुले पाना भिज्थ्यो। अजितले हौसला बढाउँदै आँशु पुछिदिन्थे', उनले उन्नाइस वर्ष अघिका क्षण सम्भि्कइन् 'पन्ध्र दिनजति लाग्यो ब्रसमा रंग चोपेर क्यानभासमा जिवन्त कला उतार्न।'

दिनरात मिहिनेत गरिन। काममा लगन र दृढ अठोट भएपछि गर्न नसकिने केहि छैन। उनलाई पत्तै भए मुस्लिम समुदायमा जिवन्त कलाकर्म गर्न बन्देज छ भनेर। जव कलामा निखार आउन थाल्यो समुदायबाट पछि हट्न दवाव आयो। उनले हरेस खाइनन्। समुदायलाई सम्झाइन्। धर्मगुरु(मौलाना)हरुलाई छोराछोरीको पालनपोषणका लागि काम गरेको बाध्यता बुझाइन्।

'पेटका खातिर गरेको काम 'गुनाह'(अपराध) हो?', धर्मगुरुहरुसँग उनी सोध्थिन्। मौलानाहरु पनि मुनीको तर्कबाट सहमत हुँदै गए। पछि उनीहरुले नै हौस्याउन थाले। तिनताका भन्थिन्, 'इश्वरलाई भनिदिन्छु बच्चाको लागि म काम गर्छु।' उनी कलाकर्मबाटै पाँच छोरीको विवाह गर्न सफल भइन्।

'गुजारा कसैले चलाइ दिँदैन। आफैले गर्नुपर्छ', उनी भन्छिन्, 'दुनियाँको मुखमा जवाफ फर्काउनुभन्दा आफ्नो कामप्रति निरन्तर लाग्नु पर्छ। कर्म गरेपछि फल अबश्य पाइन्छ।'

मुनिको चित्र विश्व बजारमा विक्छ। 'विश्वका धनवानहरुका भित्तामा मेरो कला झुन्डिएको छ', उनी गर्व गर्छिन, 'कलाले परिवार त पालें नै, सन्तुष्टि पनि दियो।'

कलाले हिन्दु र मुस्लिम भनेर छुट्टयाउँदैन। भन्छिन्,'कलाले सबै धर्म, संस्कृती र संस्कारलाई जोड्ने काम गर्छ। हामी चित्र बनाउँदा ब्राम्हण, कायस्थ सबै एकै थलोमा हुन्छौं। एकसाथ खानपिन गर्छौं।'

मिथिला कला उत्कृष्ट छ। मिथिलाको सभ्यता, रहनसहन, जिवनशैलीलाई चित्रका माध्यमले प्रस्तुत गर्ने कला कसरी धार्मिक घेरामा खुम्चिन सक्छ? मिथिला सभ्यतामा सबै धर्म र जाती समेटिएका छन्।

मिथिला क्षेत्रका घर–आँगनको श्रृंगारका लागि कोरिंदै आएको कला विश्वमा फैलिइसकेको छ। अहिले नेपाल र भारतको नक्शामा मिथिला राज्य भेटिंदैन। इतिहासमा भारतको उत्तरी बिहारदेखि नेपालको तराइसम्म मिथिला राज्य थियो।

जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाका दृष्टिले अग्रणी मानिन्थ्यो। 'पहिला माटाका घरले भरिएको मिथिला क्षेत्र पक्कि घरको स्वरुपमा लम्किदै छ। यद्यपी, मिथिलाक्षेत्रले अफ्नो छवी गुमाइसकेको छैन', ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एससि सुमन भन्छन्, 'कुनै समय जाति बिषेशमा सिमित मिथिला आर्टले व्यापकता पाइसकेको छ।'

मिथिला कलाको सहरका रुपमा जनकपुर मात्रै चिनिन्थ्यो विगतमा। आज सिरहा, सप्तरी लगायत जिल्लामा यो कला फैलिसकेको छ। मिथिला सभ्यता चिनाउन यसले महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ।

विशेषतः मैथिल क्षेत्रमा घर–आँगन, भित्तामा कोर्दै आएको यो कला पछिल्लो समय व्यावसायिक बन्दै छ। परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनावलीलाई मिथिला आर्टमा प्रस्तुत गरिन्छ। यसका प्रतीकात्मक र आध्यात्मिक बिम्ब हुन्छन्।

चाडपर्व वा विवाहलगायत उत्सवमा आँगन र भित्तामा कोरिने कला अहिले लोक्ता (नेपाली कागज), कपडा, क्यानभास र भाँडावर्तनमा पनि उतार्न थालिएको छ।

आँगन र भित्तामा बुट्टा कोर्ने काममा प्रायः महिला सरिक हुन्थे। तर, यो श्रृंगारिक कलालाई लोक्ता वा क्यान्भासमा उतार्न थालेदेखि महिला–पुरुष दुवैको सहभागिता सरोबरी छ। गाउँ–घरमा अझै पनि महिलाले नै कोहबर, बाँस, लट्पटिया सुगा, विधि–विधाता आदि विषयमा कला कोरेको देखिन्छ।

मैथिल मूलबाहेकले पनि यसमा रुचि देखाएका छन्। 'मैथिल कलामाथि नयाँ पुस्ताले नयाँ–नयाँ प्रयोग गरिरहेका छन्' साह भन्छन्, 'कतिले त आधुनिक कलालाई पनि मिथिलासँग संयोजन गरी नयाँ बनाएका छन्।' साहको संस्थामा ३४ महिला रोजगार छन्। त्यहाँ उत्पादित सामान जापान, अमेरिका लगायत देशमा पुग्छ।

'कति मिथिला कलाकार र कलाकृति गुमनाम छन्', प्राज्ञ सुमन भन्छन्, 'तिनको पहिचानका लागि मिथिलाको गाउँ सहरमा अनुसन्धानमूलक कार्यक्रम सुरु गरेका छौं।'

कलाको बजार बढेसँगै कलाकारले पनि 'एक्सपोजर' पाइरहेका छन। देश–विदेशमा कला प्रदर्शनी हुन थालेको छ। आउँदो २० मेदेखि अमेरिकामा हुने प्रदर्शनीमा भाग लिन क्राफ्टका अजय साह त्यता जाँदै छन्। बजार बढे पनि नेपालमा उचित स्थान नपाएको गुनासो छ।

'महत्व नै बुझाउन नसकेका पो हौं कि', प्राज्ञ सुमन भन्छन्, 'मिथिला कलाको महत्व बुझाउनसके देहातका थुप्रै महिला आत्मनिर्भर हुनसक्थे।'

Leave a comment

सेल्फी राहत

सेल्फी राहत

वैशाखको गर्मी मौसम। मध्य दिन हुँदा पनि आकाश छ्यांग उघि्रएको थिएन। घुम्लुंग बादल ओढेर समय कुन्नि किन ठुस्स परेर बसेको थियो। सुन्तली बाख्रालाई टाट्नामा घाँस हालिदिएर आँगनमा निस्किई। छोरो बाहिरै...

कृष्ण खनालका चुनावी टिप्स

कृष्ण खनालका चुनावी टिप्स

काठमाडौं– १० कांग्रेसको एक प्रतिबद्ध मतदाता। का मतदाता राजनीतिशास्त्री कृष्ण खनालको परिचय अघिल्लो चुनावसम्म यस्तो थियो। त्यो अब रहेन। उनको भोट त यसपालि पनि 'लोकतन्त्रकै पक्षमा' जान्छ। तर कसलाई! 

ऋणमा डुबेका घरधनी कार्यालय

ऋणमा डुबेका घरधनी कार्यालय

नेपाल औषधि लिमिटेडको बायाँतिरको भवनमा भू–सूचना अभिलेख कार्यालय भाडामा बसेको छ। दायाँतिर जिल्ला सरकारी वकिलको कार्यालय र शान्ति सचिवालय टाँसिएको छ। तीन वर्षदेखि बन्दजस्तै अवस्थामा रहेको औषधि लिमिटेडका कर्मचारीको अनुहारमा...

मनोपाखण्डको चिरफार

मनोपाखण्डको चिरफार

पुरुष चेतनामा परिवर्तन आउन के चाहिन्छ र कस्तो रसायनले बनेको हुन्छ, पुरुष मन? पुरुषको खुसीका लागि के संसारभर महिलाले सास्ती बेहोर्नुपर्छ? जिन्दगीको आनन्द पुरुषले मात्र भोग्नुपर्ने हो। पुरुषकै लागि जन्मिएका...

योमरी साइकल ट्रेल

भुइँचालोले हाम्रा धेरै सम्पदा ध्वस्त भएका छन्। ठूला सम्पदा पुननिर्माण गर्न ठूलै बजेट र लामो समय लाग्छ। स्थानीय तहमा गर्न सकिने पुननिर्माण भने हामी आफैं सुरु गर्नु पर्छ। जस्तो कि...

इतिहास पाठशाला

सामान्यतः गोरखा बजार साँझ छिप्पिन नपाउँदै बन्द हुने र बिहान घाम झुल्किएपछि खुल्ने गर्छ। तर अचेल (कात्तिकदेखि फागुनसम्म) साँझ अबेर र बिहान मिर्मिरेमै चहलपहल बढ्छ। कारण हो– शैक्षिक भ्रमणको याम।

निबन्धमा घुसघुसे विद्रोह

सचित राईद्वारा लिखित सोह्रथान निबन्धको संकलन किताब हो 'माङखिम'। 'माङखिम' अर्थात् 'देउताको घर'। यसमा व्यक्तिचित्र, यात्रा र पत्रकारितासँग सम्बन्धित निबन्ध छन्।

पारिवारिक माया

पारिवारिक माया

म काठमाडौं दरबार स्क्वायर नजिकै झोछेँमा जन्मेँ। हुर्कें। त्यसैले धेरै पर्यटकका आँखा पढेको छु। नेपालको सौन्दर्यमा रमाएका विदेशी देख्दा घुम्न मन लाग्थ्यो। झोला र क्यामेरा बोक्थेँ। निस्कन्थेँ।