Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

गुणराज लुइँटेल

गुणराज लुइँटेल

लुइँटेल नागरिक दैनिकका सम्पादक हुन्। अढाइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय उनी राजनीति, समाज, विकास लगायतका विषयमा दक्खल राख्छन्। उनकाे सामयिक टिप्पणी 'बाइराेडकाे बाटाेमा' डेढ दशकदेखि नियमित रुपमा प्रकाशित हुँदै अाएकाे छ।

ट्विटर : @gunaraj

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

पीडित रुवाएर शान्ति

  • विचार
प्रधान मन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको ९ बुँदे सहमतिले सिर्जना गरेको जटिल अवस्थातर्फ मुलुक गइरहेको छ। तत्कालका लागि ओलीको सत्ता जोगियो तर यसले छाड्ने दुष्परिणाम मुलुकले दीर्घकालसम्म भोग्नुपर्ने निश्चित छ।

भूकम्पले नभत्काएको आदत [विचार]

  • विचार
आज एक वर्ष पुग्यो– भूकम्प २०७२ को। त्यसमा पनि भूकम्प गएलगत्तैको भावुक स्थिति हाम्रो मानसपटलबाट कहिल्यै विस्मृतिमा जाने छैन। त्यो अवधिमा हामीले वास्तविक विपत्तिको अनुहार देख्यौँ।

संविधान कार्यान्वयनका स्वार्थ

  • विचार
मुलुकको संवैधानिक तथा न्यायिक इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीशको गौरव प्राप्त हुने अवसर गुमेको छ। समयमै प्रधानन्यायाधीशको सिफारिस र त्यसमा सुनुवाइ भएको भए यतिबेला प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीलाई संसारभरिबाट बधाईको ओइरो लाग्ने थियो। दुनियाँले एकपटक यो अवसरबाट प्रेरणासमेत लिने थियो।

तीनपाने तिर्खा

भर्खरै भारतको बिहार राज्यसरकारले मादक पदार्थ सेवन गर्न नपाइने गरी 'सुक्खा क्षेत्र' घोषणा गरेपछि नेपालतिर रक्सी पिउन आउनेको ताँती लागेको थियो। नेपालमा पनि सरकारले यस्तो निर्णय गर्योा भने परिस्थिति कस्तो होला?

कूटनीतिका बेलगाम बोली

  • विचार
इन्धन आपूर्ति सहज गराइदिन आग्रह गर्दै भारतको विदेश मन्त्रालय साउथ ब्लक पुगेका नेपाली राजदूत दीपकुमार उपाध्यायलाई त्यहाँका अधिकारीले व्यंग्य गर्दै हिन्दीमा भनेछन्– 'आप लोग तो साइकल चढ्नेवाले थे, चढिए न साइकल (तपाईंहरू त साइकल चढ्नेवाला हुनुहन्थ्यो, चढ्नोस् न साइकल)!'

के गम्दैछ दिल्ली?

नयाँ दिल्ली- भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान पासपोर्टका पाना पल्टाउँदै अध्यागमन अधिकृतले सोधे, 'नेपालमा के गर्नुहुन्छ?'
'पत्रकारिता।'
'दिल्ली किन आउनुभएको?'
'गोष्ठीमा भाग लिन।'
'के विषयमा?'
'नेपाल-भारत सम्बन्ध।'
'तपाईंलाई दुई देशबीचको सम्बन्ध कस्तो लाग्छ?'
'राम्रै बन्दै गएको छ।'
'राम्रो बन्दै होइन, अटुट छ,' ती अधिकृतले आफ्नो निष्कर्ष सुनाउन भ्याइहाले।

नेपालको संविधान कोसेढुंगाः भारतीय गृहमन्त्री

नयाँदिल्ली-भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालको नयाँ संविधानलाई 'कोसेढुंगा' भन्दै स्वागत तथा प्रशंसा गरेका छन् । भारत, नयाँदिल्लीमा आयोजित 'नेपाल–भारत सम्बन्धः परिवर्तित सन्दर्भ, विद्यमान परिस्थिति' विषयक गोष्ठीलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शेरबहादुरजीको 'म्यासेज' हेर्नु छ

शशांक कोइराला यतिबेला बिपी पुत्र, आँखा चिकित्सकभन्दा पनि नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्रीका रूपमा नेपाली राजनीतिक क्षेत्रमा चिनिएका छन्। दाजु प्रकाशलाई राजनीति नफापेको विगत चटक्क भुलेर यही क्षेत्रमा होमिएका शंशाक दुई ज्वाइँ–ससुरा प्रतिद्वन्द्वीलाई निकै पछि पार्दै यो शक्तिशाली पद हासिल पार्न सफल भएका हुन्। महाधिवेशनकै सेरोफेरोमा गणतन्त्र र धर्म निरपेक्षताबारे पुनर्विचार हुनुपर्छ भन्ने धारणा अघि सारेर थप चर्चित बनेका यिनै शशांकका खासगरी राजनीति सुधार्ने मेलोमेसो कत्तिको छ त? के सोच्दैछन् उनी? मुलुकका समस्या र समाधानका उपाय के देखेका छन्? जस्ता विषयमा नागरिकका गुणराज लुइँटेलबालकृष्ण अधिकारीले गरेको कुराकानी:

देउवासँग 'सेल्फी'

  • विचार
नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेललाई पराजित गरी पार्टी सभापति निर्वाचित भएयता पूर्वप्रधान मन्त्री शेरबहादुर देउवाको व्यस्तता झनै चुलिएको छ । कारणः उनको सफलतामा आफूलाई कुनै न कुनै रूपमा आफूसँग जोडेर भेट्न आउनेहरूको भीड बूढानिलकण्ठमा थामिइसकेको छैन ।

तपोवनमा नौला पाहुना

काठमाडौं –यहाँको राजनीतिसँग गहिरो चासो र प्रभाव राख्ने उनले अहिलेसम्म काठमाडौं भने टेकेका थिएनन् । युगौंको ‘रोटीबेटी’ सम्बन्ध र सीमाले जोडेको आत्मीयतालाई उनी नजिकैबाट स्पर्श गर्न चाहन्थे तर मौका जुरिरहेको थिएन। भारत, बिहारका मुख्य मन्त्री नीतीशकुमारले संयोगवश कांग्रेसको पाहुना बनेर बुधबार त्रिभुवन विमानस्थल टेके । कांग्रेसको तेह्रौं महाधिवेशनको आतिथ्यभन्दा अविस्मरणीय बन्न पुग्यो, उनको एक रातको राजधानी बसाइ।
Subscribe to this RSS feed