Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

ग्यासको विकल्प माटोको चुलो

(0 votes)
सीप, जाँगर र लगनशीलता भएमा कसैले पनि भोकै बस्नुनपर्ने मात्रै होइन, अर्थोपार्जन समेत गर्नसकिन्छ भन्ने उदाहरण मोरङ हल्दीबारी– ५ की सस्ता राजवंशी बनेकी छन्। उनले मंसिर र पुस महिनामा माटोको चुलो बनाएर हाटमा लगेर बेचेर १० हजार आम्दानी गरेकी छन्।
भारती पोखरेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
देशभरि ग्यासको हाहाकार भैरहेको बेला चुलो बिक्री गरी गृहिणीलाई राहत पुर्याछउने काम उनले गरिन्। सस्ता भन्छिन्, ‘मेरो यो सानो मेहनतले मलाई पुग्दैन। धेरै बनाएर बिक्री नहोला भन्ने डरका कारण अर्डर पाएपछि मात्रै बनाउँछु।' चुलोको मूल्य २ सयसम्म वर्छ। मसिना दाउरा, गाई–भैँसीको गोबरबाट तयार पारिएको गुइँठाको प्रयोग पनि यो चुलोमा गर्न सकिन्छ। दुई महिनाको अवधिमा उनले ५० ओटा चुलो बेचिसकेकी छन्।
हरेक बुधबार घरनजिक लाग्ने हाटबजार धेरै दिनपछि जाँदा निकै रमाइलो लाग्छ। दुई पैसा आम्दानीको आशामा टाढाटाढाबाट तरकारीलगायत अन्य सामग्री बेच्नेको भीड थियो नै। व्यवसाय गर्न त्यहाँ आएका महिलाको संख्या पनि कम थिएन। एक दिन सोही हाटमा सस्ताले आफूले बनाएको चुलो बिक्री गर्दै थिइन्। भीड छिचोल्दै म पनि त्यहाँ पुगेँ। ‘ग्यास चुलो, इलेक्ट्रिक हिटर, सौर्य ऊर्जाको जमानामा तपार्इंहरू पुरानै प्रविधिमा किन फर्कंदै?' मैले चुलो किन्न आएको महिलालाई सोधेँ। मोरङ कटहरी– ५ की सितु सोनीले ‘पैसा तिरेर पनि के पाइन्छ र आज करिब ३ महिना भैसक्यो ग्यासको हाहाकारै छ। हामी निम्न र मध्यमवर्गका लागि जीवन धान्न कठिन भैरहेको छ। अनि पुरानो प्रविधि नअपनाए के गर्ने?' भनिन्। 
‘ग्यासको आपूर्ति नहुनाले गृहिणीले समस्या खेपिरहेका छन्। पूर्वाञ्चल पनि यो समस्याबाट मुक्त छैन। ‘फागुनको दोस्रो सातासम्म यो समस्या हटेर जाने र भाउ बढ्ने कुरा हल्लामात्र हो' पूर्वाञ्चल आयल निगम विराटनगरका प्रमुख भुवनराज रेग्मी भन्छन्। केही व्यापारीले मौकाको फाइदा उठाउन कालोबजारी गरेको उनको भनाई छ। कोशी ग्यास उद्योग मोरङका प्रमुख कुनै पनि अवस्थामा ग्यास डिलरहरूले कालोबजारी नगर्ने बरु बिचौलिया सक्रिय भएको हुनसक्ने तर्क गर्छन्। केही दिनअघि सरकारले ग्यासको कोटा बढाएकाले चाँडै नै समस्या समाधान हुने सम्बद्ध अधिकारीको भनाई छ। 
हरेक दिन नभइनहुने यस्तो संवेदनशील कुरालाई लिएर आयल निगमले समन्वय गरेर छिटोभन्दा छिटो सहज गर्नुपर्ने हुन्छ। कालोबजारी गर्नेलाई प्रशासनले अनुगमन गर्नुपर्छ। ग्यास कति आयो, कति बिक्री भयो भन्ने कुराको रेकर्ड प्रशासनले राख्न सक्नुपर्छ। उपभोक्तामा पनि चेतना हुनु जरुरी छ। आवश्यकताभन्दा बढी ग्यास घरमा थुपारिदिनाले पनि अभाव सृजना हुनपुगेको छ। यसको कारण सरकारप्रतिको अविश्वास पनि हो। सरकार विश्वासिलो हुँदो हो त सर्वसाधारणले घरमा अनावश्यक ढंगमा ग्यास थुपारेर राख्दैनथे। यसमा सरकार, प्रशासन, आयल निगम, डिलरहरू र व्यापारीबीच समन्वय हुनु जरुरी छ। यी निकायबीचको समन्वयले बजारमा ग्यास अभाव हुनुको तथ्य पत्ता लाग्छ। कहिलेकाहीँ सरकारले आवश्यकताभन्दा बढी नै ग्यास बजारमा पठाउँदा पनि कृत्रिम अभाव हुने गरेको छ। 
विशेषगरी चाडपर्व नजिकिँदै गर्दा बजारमा ग्यास, मट्टितेलको कृत्रिम अभाव सृजना गरिन्छ। यसबाट सबैभन्दा बढी निम्न आयस्तर भएका जनता मर्कामा पर्छन्। यसकारण चाडपर्व आउनुभन्दा केही समयअघि नै इन्धनसम्बद्ध निकाय चनाखो हुनु जरुरी छ। आवश्यक अनुगमन गर्दै कालोबजारी गर्ने कृत्रिम अभाव सृजना गर्ने जोकोहीलाई कडा कारबाही गर्न सक्नुपर्छ। 
देशमा अत्यावश्यक वस्तुको अभाव निरन्तर हुन्छ। यस्तो अवस्थामा सस्ताले बनाएको चुलो प्रभावकारी विकल्प हुनसक्छ। तर यसको प्रयोग लामो समयसम्म गर्नु हुन्न। यसले मानवस्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ। दाउरा र गुइँठामा खाना बनाउँदा तथा आगो ताप्दा हुने हानीबारे जानकारी राख्नु जरुरी छ। धेरै दिनसम्म आगोको धुवाँमा बस्ने व्यक्तिको स्वासप्रस्वास खराब भई निमोनिया, दमका साथै आँखामा समस्या हुन्छ। यसैले सरकारले जनताको जीवनसँग जोडिएको कुरामा लापरबाही नगरी छिटो ग्यास आपूर्ति गर्नु अति जरुरी छ।

प्रतिक्रिया