Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

प्रेम-सद्‍भावको पर्व होली

(0 votes)
मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ। देशभरि सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागुवा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ। यो पर्वको आरम्भ कसरी भयो भन्ने कुरामा विभिन्न मत उल्लेख रहेको पाइन्छ।
भारती पोखरेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
प्राचीन समयदेखि नै नेपालमा यो पर्व मनाएको इतिहास छ। मल्लकालीन युग, पृथ्वीनारायण शाहको दिव्योपदेशमा पनि होली पर्वको चर्चा भएको पुस्तकहरूमा उल्लेख छ। यो पर्वले वसन्त ऋतुको सुखद् अनुभूति गराउँछ। यो पर्वको नाउँ होली नै किन रह्यो

त भन्ने प्रश्नमा सत्ययुगमा हिरण्यकश्यपु राक्षसकी बहिनी होलिकाको नामबाट रहन गएको हो। हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णुभक्त भएकै कारण हिरण्यकश्यपुले प्रह्लादलाई मार्नका लागि आफ्नी बहिनीले आगोमा नडढ्ने वरदान पाएकी हुँदा उनै होलिकाले प्रह्लादलाई आगोमा लिएर बस्दा होलिका डढी, तर प्रह्लाद जस्ताको त्यस्तै रहे। यो देखेर जनहरूले प्रह्लादजस्ता भक्त बाँचेको खुसीमा यो पर्व मनाउने गरेको र उनै होलिकाको नामबाट होली (फागु) नाम रहन गयो।

फागुन शुक्ल अष्टमीकै दिन औपचारिकरूपमा फागुन उत्सव प्रतीक चीर गाडेर यो पर्व आरम्भ गरिन्छ। केही वर्षअगाडि जंगी, निजामती पदाधिकारीहरूले उर्दीको सेतो पोशाक लगाएर फागु खेल्ने प्रथा थियो, तर अहिले यो बन्द भइसकेको छ। वृन्दावनमा भगवान् कृष्णले राधिका र गोपिनीहरूसँग खेलेको पर्वको रूपमा पनि होली मनाइन्छ। यो पर्व वृन्दावनजति राम्रो अन्य ठाउँमा हेर्न पाइँदैन। कृष्णले आफ्नी प्रेमिका राधासँग रासलीला गरेको खुसीमा यो पर्व वृन्दावनवासीले मनाउने गर्छन्।

नेपालको पहाडभन्दा तराईमा यो पर्व रमाइलोका साथ मनाइन्छ। तराईवासीहरू एकजुट भई ढोल बजाउँदै अबिर, रंग छर्दै घरघर गएर रंग लगाइ आफूभन्दा ठूलोको आशीर्वाद लिने गर्छन्। यतिमात्र होइन होली गीत गाउँदै नटुवालाई नचाउँदै घर जाने, मालपुवा खाने गर्छन्। तर, परम्परामा विस्तारै परिवर्तन आउन थालेको छ। यो पर्वमा सरकारले तराई, पहाड गरी छुट्टाछुट्टै सार्वजनिक विदा दिने गरेको छ।

यो पर्व मनाउने क्रममा पुरुष, महिला भनी भेदभाव गरिएको पाइन्छ। कुनै पनि अवस्थामा पुरुषले यो पर्व मनाउन सक्छन्, तर एकल महिलाले यो पर्व मनाउँदैनन्। विधुवा महिलाले रंग लगाउनु हुन्न भनेर समाजले रोकेको देखिन्छ, तर पुरुष विधुर भए पनि छुट छ। यो नियम पहाड–तराई दुवै ठाउँमा देखिन्छ। एकल महिलाले रंग लगाउनु हुँदैन भनेर हाम्रो कुनै धार्मिक ग्रन्थमा उल्लेख छैन, तर समाजले भने रोक लगाइदिएको छ।

पछिल्लो समय यो पर्वमा निकै विकृति भित्रिएको देखिन्छ। बजारमा पाइने अनेक किसिमका केमिकल मिलाएर बेचिएका रंग, अबिरले कतिको अनुहार बिगार्नेसमेत गर्छ। यतिमात्र होइन छिमेकी मुलुक भारतमा त रिस उठेका व्यक्तिलाई होलीकै दिन पारेर एसिड छ्याप्ने गरेको सुन्नमा आएको छ। रंग मिसाएको भाङका मिठाइ व्यापारीले बेच्ने गर्छन्। जसको कारण कति मानिस झाडापखालाको सिकार हुन पुग्छन्।

कुनै पनि चाडपर्वमा विकृति नआओस् भनी सरकारको विशेष ध्यान जानु आवश्यक छ। गत वर्ष बैशाख १२ गते आएको भूकम्पको पीडा सहेका ती परिवारले यो पर्व कसरी मनाउँछन् होला? दुःख–पीडामा छटपटाइरहेका उनीहरूकै घरआँगनमा गएर खेल्न सकेमा एक दिन भए पनि तिनका ओँठमा मुस्कान आउने थियो। यो पर्वले जातजाति, भाषाभाषीलाई एकै सूत्रमा समेटेर लगेको छ। समाजमा एकरूपता ल्याउन सबैसँग हातेमालो गरी मनाइने यो एकमात्र पर्व हो।

प्रतिक्रिया