Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

मधेसी नेतामा सोचको अभाव

(0 votes)
जन्मभूमि र स्वर्गभन्दा पनि प्यारो हुन्छ। हामी जुन जमिन र समाजमा जन्म लिन्छौँ, त्यसका लागि के गर्छौं? त्यस जन्मभूमिप्रति कस्तो व्यवहार गर्छौं? हाम्रो कर्तव्यनिष्ठाको झलक हाम्रो दैनिक व्यवहारमा झल्कनुपर्छ। स्वर्गभन्दा प्यारो जन्मभूमिप्रतिको कर्तव्यबोध सबैमा हुनुपर्छ।
nepali-patro-may
हाम्रा मधेसी नेताहरू– राजेन्द्र, उपेन्द्र, महेन्द्र, महन्थ, अनिलहरूले जेजस्ता स्थान यस मातृभूमिका नाउँमा प्राप्त गरेका छन्, तिनले त्यसलाई ब्याजसहित फर्काउन सिक्नुपर्छ। यही साँचो धर्म–कर्म हो। यही नैतिकता र इमानदारी हो। यस सन्दर्भमा आफ्नो जन्मभूमि मधेसलाई हामी के दिन सक्छौँ? कसरी दिन सक्छौँ? मातृभूमि मधेस कुनै व्यक्ति होइन, जसलाई भौतिक चिज–वस्तुको आवश्यकता हुन्छ। दिनुको अर्थ हुन्छ– हामीमा जेजस्तो क्षमता, योग्यता र प्रतिभा छ, हामी जेजस्तो पदमा छौँ, जुन कार्य हामी मिलेर एकतावद्ध भएर गर्न सक्छौँ, त्यो इमानदारी र निष्ठासाथ गरौँ। आआफ्ना कर्तव्यलाई इमानदारीसँग पालना गरौँ। यही नै वास्तविक मधेसभक्ति हो। यही मधेसी धर्म हो।

¬वर्तमान परिस्थितिमा यी तथाकथित मधेसी नेताहरूका सोच अति नै संकीर्ण र स्वार्थी भएको देखिएको छ। २०४८ सालको पुनः प्रजातन्त्र पछि उदाएका नेपाल सद्भावना पार्टी (नेसपा, स्वः गजेन्द्र) वर्तमान अवस्थामा टुक्रिएर एक मात्र हकदारका रूपमा प्रस्तुत गर्ने राजेन्द्र, अनिल–सरिता, खुसीलाल, श्यामसुन्दर आदिका रूपमा देखापरेर जातिगत र क्षेत्रीयताका आधारमा थामेका छन्। २०६३ सालमा मधेसी जनआन्दोलनबाट उदाएका तथा तथाकथित मसिहा कहलाइराखेका नेता उपेन्द्रका मधेसी जनअधिकार फोरम, गच्छेदार गुट, जयप्रकाश गुप्ता, राजकिशोर यादव, शरदसिंह भण्डारी, भाग्यनारायण गुप्ता र अमर यादव आदि असंख्य गुटमा विभाजित छन्। त्यस्तै, जनआन्दोलन–२ पछि तराई–मधेसका लागि अति चिन्तित विभिन्न दलमा आवद्ध रही उच्च पदसम्म पुगेका व्यक्तित्वहरूले तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापित गरे। तर, व्यक्तिगत महŒवाकांक्षा, राजनीतिक पदलोलुपताले ग्रस्त यी नेताहरूमध्ये महेन्द्र यादवले दल फुटाएर मन्त्री बनेका कुरा मधेसीमात्र होइन सारा नेपालीले बिर्सेका छैनन्। महन्थ ठाकुर नेपाली कांग्रेसमा छँदा वरिष्ठमात्र नभएर सम्मानित नेताका रूपमा स्थापित थिए। तर, तराई–मधेसमा जन्मिएकोले कलगढी कांग्रेस अधिवेशनका साथै संसद्मा पनि आवाज बुलन्द गर्दा स्व. गिरिजाप्रसादले वास्ता नगरिदनाले बाध्य भएर अलग्गिनुपरेको इतिहास छ। तर, उनको वरिष्ठता, नैतिकता र निष्ठालाई चुनौती दिँदै उपेन्द्र र राजेन्द्रले उनकै छत्रछायाँमा एउटा छाता संगठन निर्माण गर्न चाहिरहेका छैनन्। कारण व्यक्तिगत महŒवाकांक्षा तथा 'हम किसी से कम नहीँ' को अहम् भावनाले ग्रस्त भएर पटक–पटक संयुक्त लोकतान्त्रिक मोर्चा खोलेर मधेसमा आन्दोलन गरिरहेका छन्। दर्जनौँ सहिदका रगत खेर बगाएर, नाकाबन्दी गर्नु/नाका खोल्नु, मनपरि खेल खेलेर मधेसी जनजीवनमा प्रहार गर्नु तथा अन्योलको स्थिति सिर्जना हुनुको एकमात्र कारण नेताहरूमा आपसी मतान्तर हुनु हो। यिनीहरूले कहिल्यै पनि 'वन भ्वाइस' (एक स्वरमा) मधेसीलाई मात्र होइन, नेपालका एकमात्र हकदार खसवादी दलहरू र अन्तर्राष्ट्रिय जगत्लाई मधेसका चाहना, नभई नहुने हकअधिकारलाई बुझाउन सकिरहेका छैनन्। ११ बुँदे माग राखेर खसवादी (खाँटी नेपालका हकदार) का मुख ताकेर, शीर निहुराएर वार्तामा गएर, मोजमस्तीका साथ खानपिउनमा पल्किसकेका छन् यी मधेसी नेता। खसवादीहरू अंग्रेजद्वारा स्थापित राजनीति 'फुटाऊ र शासन गर'को सिद्धान्तलाई अक्षरशः पालन गरिरहेका छन्।

क्षमासाथ अंग्रेजहरूका एउटा अर्को उखान उल्लेख गर्न चाहन्छु– 'सुतेको कुकुरलाई सुत्न देऊ, यदि बुँझिन्छ भने एक चोक्टा मासु फाल्देऊ।' यहाँ म कुनै खास मधेसीलाई आरोप लगाउन चाहन्न। प्रसंगबस् 'चोक्टा खान गएकी बूढी, झोलमा डुबेर मरी' भन्ने उखान पनि हाम्रा मधेसी नेताका हकमा ठ्याक्कै लागु हुन्छ। मधेसी नेताहरू यदि आफ्ना सोचलाई उदार बनाएर र जे कार्य गर्नु छ त्यसलाई मधेस तथा समाजका हितमा राखेर एकतावद्धरूपमा अघि बढ्न सक्नुपर्छ। तराई–मधेसका सम्पूर्ण जिल्लामा एकताको प्रदर्शन गर्ने र प्रत्येक जिल्लामा एक/दुई दिवसीय सुझाव संकलन गर्दै आगामी दिनमा के गर्ने? कसरी गर्ने? कहाँ गर्ने? कसको नेतृत्वमा सहभागिता जनाउने भन्ने विषयमा एउटा निर्क्योलमा पुग्न सक्नुपर्छ। साथै, न्यूनतम मागको सुनुवाइ नभएसम्म सरकारसँग कुनै किसिमको संवाद नगर्ने, अरुको मुख ताकेर, अरुको बलमा, अरुको निर्देशन अर्थात् छिमेकी मुलुक भारतको बलमा आन्दोलन नगर्ने निष्कर्षमा पुग्नुपर्छ।

भारतको स्वतन्त्रता संग्रामताका १९४२ मा 'भारत छोडो' आन्दोलनमा जयप्रकाश नारायण, राममनोहर लोहिया, श्यामनन्दन मिश्र, हरिकिशोर सिंह, महन्थराम किशोरदास र पण्डित सहदेव झाजस्ता हजारौँ नेतालाई मधेसीले शरण दिएका थिए। तर, भारतका प्रथम प्रधानमन्त्री जवाहरलालदेखि हालसम्म मधेसीलाई सतरञ्जको प्यादा (गोटी) सरह प्रयोग गरिँदै आएको छ। तसर्थ, आफ्नो बलबुतामा एकजुट भई शान्तिपूर्ण कार्यक्रम निर्धारण गर्ने तथा सबैतिरका उच्चकोटीका विद्वत्जनलाई आदर–सम्मानसाथ आमन्त्रण गर्ने अनि तिनको सुझावलाई पालना गर्ने काम गर्नुपर्छ। भनिन्छ, 'शत्रुको शत्रु आफ्नो मित्र हुन्छ। ओली सरकार भारतको भोज खाएर त्यसको थालमा प्वाल पार्दै चीनसँग लम्पसार भएको सबैले बुझेकौ छन्। यी कुरालाई हाम्रा मधेसी नेताहरूले आँखा र कान खोलेर, हेर्ने र सुन्ने काम गर्नुपर्छ।

सत्तामा पुग्न थरिथरिका मार्क्सवादी–लेनिनवादी–माओवादी वामपन्थी एकतावद्ध हुन चाहिराखेका छन् भने मधेसी नेताहरू मधेसका निम्ति एकपटक किन एकतावद्ध नहुने? मधेसको अधिकार तथा हकहित प्राप्त भइसकेपछि संघीयता लागु गर्न कसैले रोक्न सक्ने छैन। संघीयता लागु भएपछि मधेसका विभिन्न समूह, गरिब, किनारीकृतको माग पूरा गर्न सहज हुनेछ। तर दुर्भाग्य मधेसी नेताहरूको कथनी र करनीमा पटक–पटक फरक देखापरिरहेको छ। अरुको बलबुतामा संघर्ष गर्दा असफलता निश्चित हुन्छ। राष्ट्र हाँक्ने भनिएका खसवादी स्व. गिरिजा, स्व. सुशील, माधव, झलनाथ, प्रचण्ड, बाबुरामले मधेसप्रति आफ्नो धर्मकर्म निर्वाह गरेनन्, तथापि मधेसका अधिकांश नेता यिनकै मन्त्रिमण्डलमा सामेल भए। सत्तामा पुग्नका लागि आफ्नो बूढी औँला काटेर ल्याप्चे लगाउने मधेसी नै हुन्।

मधेसीका बलमा यो देशमा विभिन्न पार्टीका कैयौँ नेता पदमा पुगे। यो कुरा बुझेर आफ्नो धर्मकर्मको पालन गर्न सक्दामात्र मधेसको हित हुन्छ। आफूभित्र लुकेको स्वार्थको परित्याग गर्न सक्दा मधेसी नेता राजनीतिक परीक्षामा सफल हुनेछन्। कृष्णले अर्जुनलाई भनेका थिए– फलको चिन्ता नगर्दै आफ्नो कर्म गर्दै जाऊ। विगतमा राष्ट्रप्रति वफादार भएर सबैजसो भनाइ र गराइमा अन्धो समर्थन गर्यौँथ, तर हाम्रो इमानदारी–वफादारीमाथि विश्वासघात गरेकाले अन्तरिम संविधानमा समावेश गरिएका हकलाई समेत लत्याइएको छ। यस्तो अवस्थामा आआफ्नो जुँगा, स्वाभिमान, मान–अभिमानलाई कायम राख्ने ढिपीमा मधेसको स्वाभिमान नै धरापमा परिसकेको छ।

अब मधेसी नेताहरूले स्वयंको बुद्धिवृद्धि गर्नु जरुरी छ। हाम्रा यथार्थमा तराई–मधेस भूगोलको नाम हो। मधेस आवादीको पनि नाम हो। नेपाल देश जन्मनुभन्दा पहिला मधेस र मधेसी जन्मिएका हुन्। रामावतारमा मधेस थिए। कृष्णावतारताका नेपाल उपत्यकाको उत्पत्तिको इतिहास छ। विदेह, मिथिला, तिरहुत डोय, लिच्छवी, मल्ल, राजा विराट, राजा शुद्धोधन कपिलवस्तु, सेनवंशी, शाहवंशी र राणाहरूसमेत हिन्दु धर्म रक्षार्थ पलायन भएर आएका मधेसी नै थिए। कालान्तरमा व्यक्तिगत र राजनीतिक स्वार्थपरताले यिनीहरू परिवर्तित हुँदै गएका कुरा बु‰न र बुझाउन सक्नुपर्छ। नबु‰ने लिँडेढिपी गर्नेसँग संवाद काम लाग्दैन। तसर्थ, मधेसी नेताहरूले काठमाडौँको बसाइ त्यागेर तराई–मधेसमा गाउँगाउँ घुमी समस्या समाधानका लागि नयाँ मार्ग खोज्ने प्रयास गर्नुपर्छ। मतभिन्नता त्यागेर, एकजुट बन्न सक्नुपर्छ। बिर्सनु के हुँदैन भने, पहिलो संविधानसभामा जनताले दिएको विश्वास किन दोस्रो संविधानसभामा पाउन सकिएन? यसको लेखाजोखा गर्दै मधेसी नेता अघि बढ्न सक्नुपर्छ।

प्रतिक्रिया