Monday 30 Mangshir, 2076 | December 15, 2019
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

धुवाँबाट पीडित महिला

(0 votes)
खोकी लागेको धेरै दिन हुँदा पनि निको नभएर डाक्टर जचाउन पुगेकी राम्री मगर


भारती पोखरेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
(सुनसरी –९)लाई छातीमा कफ जमेको छ भनेको सुन्दा अचम्म लाग्यो। आफू रक्सी–चुरोट केही नखाने हुँदा पनि यस्तो कसरी भयो भन्ने उनको प्रश्न थियो। उनलाई सीओपीडी (क्रोनिक अब्स्ट्राक्टिम पल्मोनरी डिजिज) रोग लागेको रहेछ।

के हो यो? यो एकप्रकारको दम हो। यसले विस्तारै फोक्सोमा असर पार्छ। परिणामः बिरामीलाई स्वास फेर्न गाह्रो हुन्छ। यो रोग चुरोट, तमाखु खाने तथा कोइला खानी वा धुवाँमा बसेर काम गर्नेलाई बढी लाग्छ। अझै पनि दाउराबाट खाना पकाउने चलन छ। समाजको विकासक्रमसँगै खाना पकाउने चुल्होहरू पनि विकसित हँुदै गए। स्टोभ, भुसी चुलो, ग्यास चुल्हो, हिटर, इन्डक्सन चुल्हो तथा सोलार। सहर तथा केही सदरमुकाममा ग्यासचुल्हो त पुगेको छ, त्यसको प्रयोग न्यून छ। न्यून आय हुनेका निम्ति ग्यासचुल्हो सम्भव छैन।

नेपाल घरेलु सर्वेक्षण २०१२ अनुसार ८२.५ प्रतिशत नेपालीको भान्सा असुरक्षित छ। ४४ प्रतिशत जनता खाना पकाउन दाउरा प्रयोग गर्छन्। ६ महिनासम्मको भारतको नाकाबन्दीका कारण ग्यास बाल्नेले पनि भान्सामा दाउरा प्रयोग गर्नुपर्योग। आजसम्म पनि ग्यासको आपूर्ति सहज हुन सकेको छैन। यसरी दाउरा, गुइँठामा खाना बनाउनाले महिलामा स्वासप्रस्वासका साथै आँखा पोल्ने, आँसु बग्नेजस्ता समस्या देखिएको छ। २०६८ को जनगणनाअनुसार खाना पकाउँदा काठको धुलो र दाउरा प्रयोग गर्नेको संख्या कुल जनसंख्याको ६४ प्रतिशत छ भने १० प्रतिशतभन्दा बढीले गोबरको गुइँठा प्रयोग गर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका एकतिहाइ मानिस ऊर्जामा कोइला, दाउरा र गुइँठामा निर्भर छन्। चुल्होमा बालिने दाउरा, कोइला र गुइँठालगायतका वस्तुबाट निस्कने धुवाँमा विषालु कण, कार्बन मोनोअक्साइड, बेन्जिन तथा फर्मालिीहाइटजस्ता विषादि उत्पन्न हुने हुनाले मानव स्वास्थ्यमा निकै असर पुर्या्उँछ। भान्छाको प्रदूषणका कारण दम, ब्रोंकाइटिस, फोक्सोको क्यान्सर, निमोनिया र स्वासप्रस्वासका साथै क्रोनिक अब्स्ट्राक्टिम पल्मोनरीजस्ता रोगका सिकार महिला हुन पुग्छन्।

अन्तर्राष्ट्रिय अध्ययनअनुसार घरभित्र दाउरा, कोइला, गुइँठा बाल्दा निस्कने धुवाँकै कारण उत्पन्न हुने रोगबाट विश्वमा प्रत्येक वर्ष २० लाख मानिसले ज्यान गुमाउँछन्। धुवाँका कारण हुने रोगबाट मृत्यृ हुनेमध्ये ४४ प्रतिशत निमोनिया ५४ प्रतिशत सीओपप्डी र २ प्रतिशत फोक्सोको क्यान्सरले हुने गरेको तथ्यांकले देखाएको छ। गरिब देशका गरिब जनता त्यसमा पनि महिला माटोको चुल्होमा दाउरा प्रयोग गरी आँखाबाट आँसु झार्दै खाना पकाउन बाध्य छन्।

हाम्रो समाजमा संयुक्त परिवारको चलन रहेकाले अधिकांश महिला चुल्होबाट फुर्सद् नै पाउँदैनन्। दिनको ८ घन्टासम्म उनीहरूले भान्साकोठामै बिताउनुपर्ने हुन्छ। जसको कारण कलिलै उमेरमा आँखा खराब तथा दम रोगको सिकार हुन पुग्छन्। डा. अर्जुन कार्कीका अनुसार नेपालमा पुरुषको अनुपातमा महिला दम रोगीको संख्या बढी छ। दमको समयमा उपचार नभएमा ज्यान पनि जान सक्ने र कतिलाई अक्सिजन लिएर बस्नुपर्ने हुनसक्छ। केही वर्षयता गाउँघरमा सुधारिएको चुल्हो जडान भएका छन्। तर, यस्तो चुल्हो प्रयोगकर्ता न्यून छन्।

सहरमा ग्यासको प्रचलन बढ्नाले भान्साको अवस्थामा सुधार आएको छ। तर, ग्यास आफ्नो देशमा उत्पादन नभएकोले र व्यापारीले कृत्रिम अभाव सृजना गरीदिँदा महिलाले धुवाँ निकाल्दै खाना बनाउन बाध्य हुनुपरेको छ। यसरी धुवाँ, धुलोमा नै समय बिताउनुपर्ने हुँदा सीओपीडीबाट ग्रसित हुनपुगेकीमध्येकै एक हुन् ५५ वर्षिया राम्री मगर। राज्यले सहर तथा सुगम स्थानमा ग्यास सहज उपलब्ध गराउँदै गाउँगाउँमा सोलार जडान गरी खाना बनाउने व्यवस्था मिलाउन सके अधिकांश महिला दम, सीओपीडीका साथै आँखाको रोगबाट बच्न सक्थे।

प्रतिक्रिया