Wednesday 27 Kartik, 2076 | November 12, 2019
Menu

फोटो फिचर

republica-headerdiscount-subscribe1

जंगलको आगो गाउँ पसेपछि...

पाँचथर–स्याबरुम्बा–१ का योगेन्द्र बहोराको घरगोठ आगोले डढाएर स्वाहा पार्यो। घर-गाेठ त जलेर खरानी भएपछि उनको मन भतभती पोलिरहेको छ–अब कहाँ बस्ने के खाने? 'जंगलमा एकातिर सल्केको आगो निभाएपछि अब केहि हुँदैन होला भनेर ढुक्क थिएँ,' उनले पीडाको त्यो क्षण सम्झे 'अर्को तर्फबाट सल्केको आगो घरमै पस्यो, आँखै अगाडि अन्नपात, लत्ता कपडा सबै जलायो।
फोटो फिचर हेर्नुस्

झल्कन्छ आमाको माया

काठमाडाैं-नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । 

 

फोटो फिचर हेर्नुस्

'घुमफिर वर्ष २०७३' प्रबर्द्धन गर्न फाेटाे प्रदर्शनी

काठमाडौं– नेपालको प्राकृतिक सौन्दर्यलाई प्रबर्द्धन गर्न 'घुमफिर वर्ष २०७३' नारासहित फोटो प्रदर्शनी राजधानीमा सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित 'ह्यास्ट्याग फोटो नेपाल' नामक प्रदर्शनीको उद्घाटन फोटोग्राफर अनिल चित्रकारले गरेका थिए।
ph-ex1.jpg

फोटो फिचर हेर्नुस्

पशुपतिनाथ क्षेत्रमा झुल्किए कलिला पुजारी

काठमाडौं – पशुपतिनाथ मन्दिर वरपर घुमघाम गरिरहँदा एक्कासी मैले भीडभाड देखे। भीडभाडको महोललाई पच्छाउँदै जाँदा एउटा कलिलो उमेरका पुजारीले एउटा मानिसको हातमा डोरो बाँधिरहेका थिए।
फोटो फिचर हेर्नुस्

नागरिक दैनिकको वार्षिकोत्सवमा स्वास्थ्य शिविर(फाेटाेहरू)

  • शुक्रबार १० बैशाख, २०७३
काठमाडौं – नेपाल रिपब्लिक मिडिया प्रालीद्वारा प्रकाशित नागरिक राष्ट्रिय दैनिक पत्रिकाको सातौं वार्षिकोत्सवको आवसरमा शुक्रबार कम्पनीको सुन्धारा बागदरबारस्थित जेडिए कम्प्लेक्स प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
1qq.jpg

फोटो फिचर हेर्नुस्

सिन्धुपाल्चोकः टेन्टबाट ब्यारेक सरे प्रहरी

सिन्धुपाल्चोक–वैशाख १२ गतेको बिनासकारी भूकम्पले जिल्ला प्रहरी कार्यालयको ब्यारेक ढाल्यो। प्रहरी हबल्दार नबिनकुमार श्रेष्ठले भागेर ज्यान जोगाए। सिंगो मुलुक नै आतंकित हुँदा फरक जिम्मेवारीको कारण उनी त्रासमा बस्ने अवस्था रहेन। न परिवार सम्झेर रोइकराइ गर्ने समय नै थियो उनलाई। तत्कालै फलामे औजार बोकर उनी घाइतेको उद्दारमा निस्किए।
फोटो फिचर हेर्नुस्

जीतको उल्लास

काठमाडौं- आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामाबियाविरुद्ध शानदार जित हात पारेको छ। कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्का र शरद भेषवाकरको १६७ रनको साझेदारी मद्दतले नामियाविरुद्ध जित हात पारेको हो।
फोटो फिचर हेर्नुस्

सुन्दर काठमाडौंको रात्रिकालीन दृश्य

सूर्यास्तसँगै काठमाडौं शहर सुन्दर र रोचक देखिन्छ। घाम अस्ताउने तरखर गरिरहँदा राजधानी भने प्रकाशको उज्यालोको खोजी गरिरहेको त्यो क्षणमा एउटा सजिसाजाउ बेहुलीको सुन्दरता अन्धकारले ढाकिदिएको भान गराउँछन्।
फोटो फिचर हेर्नुस्

रेस्लिङको उपाधी नुवाकोटे टाइगर र कामी काजीलाई (फोटो फिचर)

काठमाडौं– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको पहिलो अन्तराष्ट्रिय रेस्लिङ टुर्नामेन्ट २०१६ को उपाधी जापानी खेलाडी कामी काजी र नेपालका नुवाकोटे टाइगर विजयी भएका छन्।
res16.jpg
फोटो फिचर हेर्नुस्

सिन्दुर जात्रामा रंगियो थिमी, हेराैं १५ तस्बिर

काठमाडाैं-मध्यपुर थिमी नगरपालिका क्षेत्रमा बिहीबार बिहान हर्षोल्लासकासाथ सिन्दुरजात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ। भूकम्पको भग्नावषेशबाट निस्केको धुलो पुछ्दै सर्वंसाधरण जात्राको सिन्दुरे रंगमा रंगिए।
फोटो फिचर हेर्नुस्

गुराँसको राजधानीमा नयाँ वर्ष (फोटो फिचर)

बसन्तपुर (तेह्रथुम)– नयाँ वर्षको दिन झापाबाट गुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले (टिएमजेक्षेत्रमा) आएकी सृजना डाँगी तीनजुरेमा राताम्मे भएर फूलेको गुराँसमा झुत्ती खेल्दै थिइन्। 

naya_2.jpg

फोटो फिचर हेर्नुस्

घोडे जात्रामा कुकुरले देखायो काैशल

  • बिहीबार २५ चैत्र, २०७२
काठमाडौँ-सैनिक मञ्च टुँडिखेलमा घोडे जात्राको अवसरमा बिहीबार नेपाली सेना र प्रहरीको तर्फबाट भव्य कलाबाजी प्रदर्शन भयो। घोडे जात्रा भएकोले घोडचढीका विभिन्न कला प्रस्तुत हुनु स्वभाविक थियो। तर अर्को रोचक प्रदर्शन थियो कुकुरको। तालिम प्राप्त कुकुरहरूले मञ्चमा अासिन राष्ट्रपति, प्रधानमन्त्रीदेखि दर्शक दीर्घाको राम्रै ध्यान तान्यो।
फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed