Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

दीपक खरेल

दीपक खरेल

दीपक खरेल नागरिक दैनिकको ललितपुर संवाददाता हुन्। दुई दशकदेखि मुलधारको पत्रकारितामा सक्रिय उनी अपराध, सुरक्षा, सुशासन बिटमा दक्खल राख्छन्। खोजी पत्रकारिता उनको रुचिको विषय हो।

फेसबुक  : Deepak Kharel

ट्विटर: @praramva

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

भूकम्पपीडितलाई म्याद गुज्रेका औषधि

  • देश
काठमाडौं– भूकम्पपीडितको सहयोगका लागि भन्दै दक्षिण कोरियाबाट आएको चिकित्सकसहितको समूहले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा स्वास्थ्य जाँचका नाममा म्याद गुज्रेका औषधि बाँड्ने र क्रिस्चियन धर्मको प्रचार गरिरहेको फेला परेको छ।

घुसपेठ रोक्न सुरक्षा अलर्ट

  • रक्षा
काठमाडौं–गृह मन्त्रालयले तराई मधेसकेन्द्रित प्रमुख दलसहित संघीय गठबन्धनको आह्वानमा हुन लागेको जेठ २ गतेको सिंहदरबार घेराउ कार्यक्रममा घुसपेठ हुनसक्ने भन्दै मातहत सुरक्षा निकायलाई 'अलर्ट' गराएको छ ।गृहले अनुहार मिल्ने विदेशी नागरिकको घुसपैठ र नियोजित घटना प्रमुख सुरक्षा चुनौती बन्नसक्ने निष्कर्ष निकालेको छ।

रातो मछिन्द्रनाथलाई गाःबहाल पुर्याइयो

  • देश
ललितपुर–सहकाल र वर्षाका देवता रातो मछिन्द्रनाथको रथ तोपको सलामीसहित मिननाथको रथ अघि लगाएर पल्टन र बाजागाजासहित तानेर पुल्चोकबाट गाःबहाल पु¥याइएको छ । पुल्चोकमा सोमबार होम गर्दै गौदान गरिएको थियो । मंगलबार कुच्छेलनीका ९ वटा टोलका बासिन्दाले पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याएका हुन् ।

सशस्त्रमा एकलौटी निर्णयको अन्त्य, घुमुवा राखे हदैसम्म कारवाही

  • रक्षा
काठमाडौं– बहालवाला सहित चार संगठन प्रमुख र वरिष्ठ प्रहरी अधिकारी नै भ्रष्टाचार मुद्दामा तनिएपछि सशस्त्र प्रहरी बलले नीतिगत निर्णयसहित अन्य कामकारवाहीका लागि कमिटी बनाएको छ। बलको प्रिन्सिपल स्टाफ कमिटी (पीएससी) नाम दिइएको उक्त कमिटिमा बलका महानिरीक्षक र अतिरिक्त महानिरीक्षक रहने व्यवस्था गरिएको बलले जनाएको छ।

अपहरण र फिरौतीमा लामालाई सफाइ

  • अपराध
ललितपुर- व्यक्ति अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका गुन्डा–नाइके गणेश लामाले सफाइ पाएका छन्। ललितपुर जिल्ला अदालतले सोमबार लामासहित अन्य दुई जनाविरुद्ध परेेको शरीर बन्धक तथा अपहरण मुद्दामा फैसला गर्दै तीनै जनालाई सफाइ दिएको हो।

रातो मछिन्द्रनाथ रथारोहण

  • देश
ललितपुर- सहकाल र वर्षाका देवता रातो मछिन्द्रनाथलाई शनिबार रथमा आरोहण गराइएको छ। ललितपुर, तःबहालस्थित मन्दिरबाट पल्टन र बाजागाजा सहित खटमा राखेर रातो मछिन्द्रनाथलाई पुल्चोकमा निर्मित रथमा आरोहण गरिएको हो। रथारोहणमा हजारौं सहभागी भएका थिए।

'यात्रा कठिन छ, परिश्रम गरौं'

  • देश
ललितपुर- 'बुबाले भारतीय पत्रिकामा छापिएका न्यायाधीश नियुक्तिसम्बन्धी समाचार देखाएर प्रेरित गर्नुहुन्थ्यो, विस्तारै मलाई त्यसप्रति चासो बढ्न थाल्यो,' सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले महिला कानुन व्यवसायी र कर्मचारीको हौसला बढाउँदै भनिन्, 'अठोट र परिश्रमलाई यात्राको अंग बनाएर अघि बढे सफलता पाउन गाह्रो छैन।'

जलिरहेका इँटाको पर्खाल भत्केपछि...

  • समाज
ललितपुर–ललितपुर इमाडोलस्थिती सेतीपाखामा रहेको एक इँटा उद्योगमा शुक्रबार राती पोलेका इँटाको पर्खाल खस्दा पुरिएर एकजनाको मृत्यु भएको । चारजना घाईते भएका छन् ।

महालक्ष्मी नगरपालिका–१५ सेतिपाखामा सहदेव खड्काले संचालन गरेको एसिएम इँटा उद्योगमा भएको दुर्घटनामा रोल्पा कोटगाँउ–६ का मन्सराम पुनको मृत्यु भएको हो ।

कुमारीपाटीमा फुटपाथ मिचेर बन्दैछ घर

  • देश

ललितपुर– पैदलयात्रीको सुविधा र सुरक्षाका लागि बनेका फुटपाथ नै ओगटेर भौतिक संरचना निर्माण भईसक्दासमेत सम्बन्धित निकायले कुनै पहल नगरेको भेटिएको छ। ललितपुरको मानभवनमा एकजना स्थानीयले फुटपाथ नै मिचेर निर्माण गरिरहेका हुन्।

lali1.jpg

 

 

Subscribe to this RSS feed