Friday 2 Ashwin, 2077 | September 18, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

दिलीप पौडेल

दिलीप पौडेल

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

तरकारी भाउ छोइनसक्नू!

  • देश
काठमाडौं- उपत्यकामा हरियो तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्तालाई दैनिकी चलाउनै हम्मे परेको छ। खडेरीले उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ता बताउँछन्।


तरकारी पोहोर प्रति किलो रु यसपाली प्रति किलो रु

गोलभेँडा ३७ ५८

आलु ११ ३३

काउली २३ ६७

सिमी १९ ८५

घिरौंला २७ ६५

भिण्डी १९ ३८

करेला १९ ७५

गाजर २१ ५२

मुला २१ ४५

कांक्रो २३ ५६

खुर्सानी ४३ १२३

श्रोतःकालीमाटी फलफूल तथा तरकारी बजार

भूकम्पपीडित किसानले राहत पाएनन्

काठमाडौं- राहत प्याकेज उपलब्ध गराउने सरकारी घोषणा कार्यान्वयन नहुँदा भूकम्पपीडित किसान निराश भएका छन्। गत वर्ष भूकम्पले कृषि क्षेत्रमा करिब २८ अर्ब रुपैयाँको क्षति भएपछि कृषि मन्त्रालयले किसानलाई राहत प्रदान गर्ने घोषणा गरेको थियो।

दैनिक डेढ लाख लिटर दूध अपुग

काठमाडौं– भूकम्पले घरवारविहीन भएका किसान पशुपालनबाट पलायन हुँदा बजारमा दूधको अभाव भएको छ। भूकम्पको असरसँगै खडेरीले घाँस अभाव हुँदा दूध उत्पादनमा कमी, लोडसेडिङको कारण चिस्यान गर्न कठिनाइ भएपछि दैनिक डेढ लाख लिटर दूध कमी भएको हो।


 

 

ग्यासमा उपभोक्ता कार्ड चाँडै

काठमाडौं-ग्यास वितरणलाई व्यवस्थित गर्न सरकारले ग्यास उपभोक्ता कार्ड प्रयोगमा ल्याउने भएको छ। ग्यास सिलिन्डर बिक्री वितरणमा देखिएको दोहोरोपना हटाई सहज रुपमा उपभोक्ताले ग्यास प्राप्त गर्ने व्यवस्था मिलाउन 'उपभोक्ता कार्ड' कार्यान्वयनमा ल्याउन लागेको हो।


कर्णालीको खाद्यान्न ओसार्न आधा अर्ब

काठमाडौं- स्थानीय स्तरमा कृषिजन्य उत्पादन बढाउनुको साटो हरेक वर्ष चामल पुर्याकएर सरकारले कर्णालीका बासिन्दालाई परनिर्भर बनाएको छ। खाद्यान्नको मूल्यभन्दा महँगो ढुवानी भाडामा चामल लगेर बेच्दा स्थानीय स्तरमा परनिर्भरता बढेको सरोकारवालाले बताएका छन्।

आत्तिए उपभोक्ता

काठमाडौ- भूकम्प र नाकाबन्दी बहानामा व्यापारीले आफूखुसी बढाएको उपभोग्य सामग्रीको भाउ अवस्था सामान्य भइसक्दा पनि जहाँको त्यहीँ छ। खाद्यान्न, पेय, तरकारीजस्ता दैनिक आवश्यकतामै तलब सक्नुपर्दा उपभोक्ता मारमा छन्। कालोबजारी र कृत्रिम मूल्यवृद्धिको गुनासो चुलिएको लामो समय बित्दा पनि सरकारले बजार अनुगमन प्रभावकारी बनाउन सकेको छैन। त्यही कमजोरीको फाइदा उठाउँदै व्यापारी उपभोक्तासँग मनोमानी मूल्य असुलिरहेका छन्।

ग्यास भण्डारणस्थल बनाउने तयारी

काठमाडौं- ग्यास आयातमा अवरोध हुनासाथ बजारमा अभाव हुने स्थितिको अन्त्य गर्न नेपाल आयल निगम ग्यास भण्डारणस्थल बनाउने तयारीमा जुटेको छ। भारतबाट ग्यास किनेर सिधै उद्योगीलाई बेच्ने गरेको निगमले आफ्नै स्वामित्वमा एलपिजी ग्यास भण्डार गर्ने पूर्वाधार निर्माण गर्न लागेको हो।

लामो खडेरीले किसानलाई सकस

  • कृषि
काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी गिरावट आउने भएको छ।

पेट्रोल पाइप निर्माण अघि बढाइने

  • अर्थ
काठमाडौं-नेपाल र भारत सरकारबीच सम्झौता भएर पनि काम अघि नबढेको रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माण सुरु हुने भएको छ। भारतीय पक्षले तत्परता देखाएपछि नेपाल आयल निगम उक्त परियोजना कार्यन्वयनमा ल्याउन उत्साहित भएको छ।


Subscribe to this RSS feed