Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।
Read more...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।
Read more...

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,' गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ…
Read more...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो सम्पादक चन्द्रशेखर कार्कीलाई प्रदान गर्दै प्रधानमन्त्री ओलीले एमालेको विरोधमा समाचार…
Read more...

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।
Read more...

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।
Read more...

गठबन्धनको आन्दोलन औचित्यहीनःसंचारमन्त्री

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आफ्नो माग पूरा गर्न दबाब दिन सुरु गरेको सिंहदरबार केन्द्रित आन्दोलनलाई सरकारले औचित्यहीन बताएको छ। संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले नागरिकन्युजसँग कुरा गर्दै जनता सहभागी नभएको आन्दोलनको कुनै तुक नभएको बताएका हुन्।
Read more...

संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ

काठमाडौं–संविधानप्रति विमति जनाउँदै आन्दोलनमा उत्रिएको मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले अहिले सिंहदरबार घेराउ गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस अहिले सिंहदरबार क्षेत्रमा पुग्ने क्रम जारी रहेको गठबन्धनका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
Read more...

स्वास्थ्यमा पदस्थापन गर्न धौ-धौ

काठमाडौं- वीर अस्पतालमा आठौं तहमा कार्यरत चिकित्सक बढुवा भएर नवौंमा पुगे। बढुवा भएसँगै उनलाई भक्तपुर अस्पताल सरुवा गरियो। तर, ती चिकित्सक त्यसपछि पनि डेढ वर्षसम्म आठौं तहमै बसेर वीर अस्पतालमा काम गरिरहे।
Read more...

फुट्यो वैद्य माओवादी

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका…
Read more...

क्रान्तिकारी माओवादी विभाजित, थापा नवसंशोधनवादमा पतन भएको बैद्यको आरोप

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यको बैठक रामबहादुर थापाको अध्यक्षतामा बसेको छ। यो संगै बैद्य माओवादी औपचारिकरुपमा नै विभाजन भएको छ।
Read more...

विद्यार्थीलाई प्रदान गरिने ऋणको जमानी सरकार बस्छ: शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने विषय चुनौतीपूर्ण भएपनि लागू गरेरै छाडिने बताएका छन्।
Read more...

आन्दोलन शान्तिपूर्ण हुन्छ : गठबन्धन

नागरिक- मधेसकेन्द्रित दलसहितको संघीय गठबन्धनले जेठ १ र २ गते गर्ने आन्दोलनका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण हुने जनाएको छ। आन्दोलनमा दमन गरिए उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत उसले दिएको छ।
Read more...

'अदालतले दिउँसै रात पार्दैछ'

काठमाडौं- एकीकृत नेकपा माओवादीसहित अन्य माओवादी पार्टीका नेताले १० वर्षका युद्धकालीन मुद्दा राजनीतिक सहमतिका आधारमा टुंग्याउन जोड गरेका छन्। विस्तृत शान्ति सम्झौताअनुसार संविधानको मूल मर्ममा टेकेर युद्धकालीन मुद्दा टुंग्याउनुपर्ने भन्दै उनीहरूले अदालती प्रक्रियामार्फत मुद्दा चलाएर जेल हाल्ने कार्य रोक्नुपर्नेमा जोड…
Read more...
Subscribe to this RSS feed