Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

विधान लत्याउँदै देउवा

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधि र विधान अटेर गर्न थालेका छन्। १३औं महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन्।

nepali-patro-may
पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नुपर्ने उल्लेख छ। फागुन २४ गते सभापति निर्वाचित भएका देउवाले सबै निकायलाई पूर्णता होइन, त्यसको प्रक्रियासमेत सुरु गरेका छैनन्।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार पदाधिकारीका साथै सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने भए पनि सभापतिको ध्यान त्यता नपुगेको बताए। 'नेतृत्वमा नपुग्दासम्म विधान पालना भएन भन्ने तर आफैँ पुगेपछि अटेर गर्दै अघि बढ्ने प्रवृत्ति राम्रो होइन,' घिमिरेले भने, 'कोठे बैठकमा कसैले कुरा गरेको बाहेक पदाधिकारी मनोनयनको काम अघि बढ्न सकेको छैन।'

सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनको गृहकार्य सुरु गरेका छैनन्। त्यस्तै, बाँकी १४ जना केन्द्रीय सदस्य मनोनयन, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनको गृहकार्यसमेत सुरु भएको छैन। विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ।

केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी विधानको पूर्ण पालनामा सबैको ध्यान पुग्नुपर्ने बताए। 'विधानको पालना गर्दा नै पार्टी संगठन र सभापतिका लागि पनि राम्रो हुन्छ,' भण्डारीले भने, 'सभापतिले पदाधिकारी मनोनयदेखिका काम अघि बढाइरहनुभएको छैन।'

केन्द्रीय सदस्य प्रकाशशरण महतले पदाधिकारीसहित सबै निकायले छिट्टै पूर्णता पाउने बताए। 'सभापतिजी विधानअनुसार नै पदाधिकारीदेखि सबै निकायलाई छिटो पूर्णता दिनुपर्छ भन्नेमा हुनुहुन्छ,' महतले भने, 'तर अहिले कसलाई के गर्ने भन्ने छलफल नै सुरु भएको छैन।'

केन्द्रीय सदस्य भण्डारीले पार्टी नेता खुमबहादुर खड्कालाई महाधिवेशनअघि नै उपसभापति दिने समझदारी भइसकेको दाबी गरे। 'सम्भावना र अनुमानको कुरा होइन, हिजो भएको सहमति कार्यान्वयन गर्ने हो,' उनले भने, 'खुमबहादुर खड्कालाई उपसभापति बनाउने समझदारी भएको छ, अब त्यसलाई कार्यान्वयन गर्ने कुरा मात्र हो।'

देउवापक्षीय नेताहरूले भने खड्कालाई उपसभापति दिने महाधिवेशनअघि कुनै समझदारी नभएको दाबी गर्दै आएका छन्। भ्रष्टाचार अभियोग प्रमाणित भएर सजाय भोगिसकेको व्यक्तिलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी नदिन सभापतिलाई दबाब परेको निकट स्रोतको दाबी छ। सभापति देउवा उपसभापतिको जिम्मेवारी नेता विमलेन्द्र निधिलाई दिने पक्षमा रहेको स्रोतको दाबी छ। 'कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठको पनि उपसभापतिमा चाहना नभएको होइन,' निकट एक नेताले भने, 'खुमबहादुर खड्कालाई सभापति प्रस्तावक राख्दा नै विरोध खेप्नु परेकाले मधेसी समुदायको पनि प्रतिनिधित्व हुनेगरी निधि नै सभापतिको रोजाइमा पर्नुहुन्छ होला।'

त्यस्तै, एक महामन्त्री पदका लागि देउवा पक्षकै आधादर्जन नेताले आकांक्षा देखाउँदै आएका छन्। पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउदसहित नेताको दाबी छ। आन्तरिक समीकरण मिलाउनुका साथै पूर्व सहमहामन्त्रीसमेत रहेकाले महामन्त्री पूर्णबहादुर खड्काको सम्भावना बढी रहेको स्रोतको दाबी छ। तर, संविधान जारीपछि भएको प्रधानमन्त्री निर्वाचनलाई लिएर खड्काले सहमहामन्त्रीबाट राजीनामापछि देउवासँग सम्बन्ध चिसिएको एक नेताले दाबी गरे।

महामन्त्रीका अन्य दाबेदारभन्दा कार्की सिनियर पनि भएको र अर्को पक्षलाई पनि स्वीकार गर्न सहज हुने भएकाले देउवाले कार्कीलाई अघि सार्नसक्ने एक नेताले बताए। 'उपसभापतिका दुई दाबेदरमध्ये एकले महामन्त्रीमा चित्त बुझाउने अवस्थामा अर्को कुरा हो,' निकट एक नेताले भने, 'महाधिवेशनमा कार्कीले निर्वाह गरेको भूमिकाप्रति सभापति निकै सन्तुष्ट देखिनुहुन्छ, महामन्त्रीजस्तो जिम्मेवार पद आवेगमा आउने व्यक्तिलाई दिँदा पछि धोका हुन्छ कि भन्नेमा सचेत देखिनुभएको छ।'

त्यस्तै, सभापतिइतरका नेता शेखर कोइरालाको नाम पनि उपसभापति /महामन्त्रीमा चर्चामा छ। रामचन्द्र पौडेलनिकट मानिएका आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, दिलेन्द्रप्रसाद बडु पदाधिकारीका दाबेदार हुन्।

सभापति देउवा पौडेलपक्षको समर्थनमा आर्चायलाई सहमहामन्त्रीका लागि प्रस्ताव गर्ने पक्षमा रहेको एक नेताले बताए। 'सहज व्यक्तिलाई मनोनीत गर्न पाए हुन्थ्यो भन्ने सभापतिको चाहना हुनु स्वाभाविक हो,' पौडेलनिकट एक नेताले भने, 'मध्यस्थ होइन, हामीलाई मुकाबिला गर्ने व्यक्ति चाहिएको छ।'

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।