Wednesday 5 Kartik, 2077 | October 20, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ

(0 votes)
सिंहदरबारमा धर्ना दिँदै संघीय गठबन्धनका नेता। तस्बिर साैजन्य: मनिष सुमन सिंहदरबारमा धर्ना दिँदै संघीय गठबन्धनका नेता। तस्बिर साैजन्य: मनिष सुमन
काठमाडौं–संविधानप्रति विमति जनाउँदै आन्दोलनमा उत्रिएको मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले अहिले सिंहदरबार घेराउ गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस अहिले सिंहदरबार क्षेत्रमा पुग्ने क्रम जारी रहेको गठबन्धनका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
nepali-patro-may
उनका अनुसार अहिले हनुमानस्थान र माइतघरतर्फबाट धर्ना दिइएको छ। धर्नामा मोर्चाका शीर्ष नेता सहभागी रहेका छन्। हनुमानस्थानमा सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेता सहभागी छन्। गठबन्धनले आज र भोलि सिंहदरबार घेराउ गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। गठबन्धनले हिजो शान्तिवाटिकाबाट सुरु भएको जुलुस ठमेलमा पुगेर सकिएको थियो।
13242193 1328110053882113 672843710 o
संधिवानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यसअघि तराई केन्द्रित आन्दोलन गरेको थियो। करिव ६ महिनालामो आन्दोलन गर्दासमेत मधेसको माग राज्यले सम्बोधन नगरेको भन्दै मोर्चाले विभिन्न २९ दल सम्मिलत संघीय गठबन्धन बनइ काठमाडौं केन्द्रित आन्दोलन थालेको हो। 'हाम्रो माग सरकारसँग भएकाले सरकारलाई मधेसका माग सम्बोधन गर्न दबाब दिन राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौं,' सद्भावना महासचिव मनिष सुमनले भने।

मधेसी मोर्चाले मुख्य रुपमा मधेसमा दुई प्रदेश हुनुपर्नेसहित सरकारसँग ११ बुँदे माग राख्दै अाएका छन्। मोर्चाका मागका विषयमा यसअघि सरकार र मोर्चाबीच ३६ पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको छैन। सरकारले मोर्चाको माग सम्वोधन गर्न भन्दै संविधान संशोधनसमेत गरिरहेको छ भने सीमाकंनलगायतका विवादित विषयमा छलफल गर्न भनेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत गठन गरिरकको छ।

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।